२३ श्रावण २०७७ शुक्रबार

महासंघको साधारणसभा स्थगित भएकोमा चन्द्र ढकालको असन्तुष्टि

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाएका छन्। शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासी समेत रहेका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका लागि धकेलेको भन्दै असन्तुष्टि जनाए।

वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि लयालुको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि खोटाङका व्यवसायी राजेन्द्र लयालुले उम्मेदवारी घोषणा गरेका छन् ।

उद्योग वाणिज्य महासंघ निर्वाचनः व्यवसायिक र सक्षम नेतृत्व आउनुपर्नेमा जोड

नेपाल उद्योग वाणिज्य महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनुपर्नेमा वरिष्ठ उपाध्यक्ष पदका दुई उम्मेद्वारहरुले जोड दिएका छन्। महासंघको साउन २६ र २७ गते महाधिवेशन हुँदै छ।

महासंघमा दुई प्यानल घोषणा

समानेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका दुवै उम्मेदवारले मंगलबार आ–आफ्नो प्यानल घोेषणा गरेका छन्।

सावाँ, ब्याज तिर्न अवधी थप गर्न एफएनसिसिआईको माग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)ले बैंक वित्तीय संस्थालाई भुक्तानी गर्नूपर्नै साँवा र ब्याज भुक्तानीको अवधी थप गर्नूपर्नै माग अघि सारेको छ।

मापदण्ड पालना गरेर मात्रै व्यापार गर : महासंघ

विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम् मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरु सञ्चालन गर्न नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफू मातहतका व्यवसायीलाई आग्रह गरेको छ।

कोरोनाको बहाना देखाएर पत्रकार निकाल्ने सञ्चारगृहविरुद्ध आन्दोलनमा उत्रिने पत्रकार महासंघको चेतावनी

मंगलबार बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवि पत्रकारविरुद्धका यस्ता सबै खाले क्रियाकलाप एक साताभित्र बन्द गर्न सम्बन्धित सञ्चारगृहलाई आग्रह पनि गरेको छ।

विश्व हिन्दु महासंघ जातीय विभेदविरुद्धको अभियानमा सामेल

कानुनी र सामाजिक रुपमा अमानवीय र अपराधिक मानिएको जातीय भेदभाव अन्त्य नभएपछि विश्व हिन्दु महासंघले विभेदविरुद्ध अभियान चलाउने प्रतिवद्धता जनाएको छ । हिन्दु धर्मका आधारमा नेपाली समाजमा संरचनागत भेदभाव भएकाले यसको अन्त्यका लागि धर्मगुरु र अगुवाबाट गर्ने प्रतिवबद्धता कार्यक्रम सुरु गरिएको हो ।

पत्रकारलाई सेवाबाट नहटाउन आग्रह

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले कोरोना भाइरसको जोखिममा अग्रस्थानमा क्रियाशील सञ्चारकर्मीलाई सेवाबाट नहटाउन आग्रह गरेका छन् ।

फेकोफोनले गर्‍यो सत प्रतिशत प्रगतिसहितको नतिजा सार्वजनिक

सामुदायिक वन उपभोक्ता महासंघ ताप्लेजुङले पवित्र हिमालय भू–परिधि कार्यक्रमको १ वर्षे योजनाको समिक्षा तथा सरोकारवाला सदस्यहरुसंग अन्तरसम्बाद गरेको छ । पवित्र हिमालय भू–परिधि कार्यक्रम तीनजुरे–मिल्के–जलजले संरक्षण क्षेत्र आयोजनाको सहयोगको सञ्चालित योजना हो ।

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव

एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ।

बजेटले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : महासंघ

निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटले निजी क्षेत्रलाई खासै उत्साहित बनाउन नसकेको ठहर गरेको छ । महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी सरकारका उद्देश्य र प्राथमिकता पूरा गर्न सहयोग गर्ने समग्र निजी क्षेत्रका सुझावलाई आगामी बजेटले समेट्न नसकेको बताएको हो ।

घर वरपर बृक्षारोपण गर्न महासंघको आग्रह

सामुदायीक वन उपभोक्ता महासंघ खोटाङले महासंघको २५ औं स्थापना दिवसको अवसरमा घर वरपर बृक्षारोपण गर्न अपिल गरेको छ ।

क्यान महासंघले ज्ञापनपत्र बुझायो

सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र नसमेटिएको भन्दै क्यान महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्