५ वैशाख २०८१ बुधबार

सानेपामा जारी धर्ना र अनशनको सम्बोधन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानवीन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनसन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानवीन समितिलाई निर्देशन दिएका छन्।

कोरोना खोपसहितका माग राख्दै अर्घाखाँचीका शिक्षक धर्नामा

शिक्षक, कर्मचारी र विद्यार्थीका लागि तत्काल खोप उपलब्ध गराउनु पर्ने, संघिय सरकारको बजेट अनुसारका बालविकास शिक्षक, विद्यालय कर्मचारी र सहायक कर्मचारीको पारिश्रमिक व्यवस्था गरिनु पर्ने, पालिका तहका शैक्षिक योजना निर्माणमा शिक्षकका पेशागत संघ संगठनको अनिवार्य प्रतिनिधित्व गराइनु पर्ने लगायतका माग राखेर धर्ना दिएका हुन्।

गण्डकी प्रदेशः प्रदेश प्रमुख कार्यालयमा विपक्षी दलको धर्ना

सशरीर ३१ जना र उनीहरुको हस्ताक्षर (बहुमत) पु¥याएर मुख्यमन्त्रीमा दावी गरेको विपक्षी गठबन्धन दल प्रदेश प्रमुख कार्यालयमा पुगेका छन ।

कमला नदी नियन्त्रण आयोजनामा उपभोक्ताको धर्ना

नदी नियन्त्रणको काम सम्पन्न गरेपनि रकम निकासा नभएको भन्दै उपभोक्ताहरुले कमला नदी नियन्त्रण आयोजना कार्यालय धनुषामा धर्ना दिएका छन् ।

धरानमा खानेपानीको चरम अभाव, बोर्डको बिल काउन्टरमा उपभोक्ताको धर्ना

धरानमा खानेपानीको चरम अभाव हुन थालेको छ। खानेपानीको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको अगुवाइमा एक सातादेखि धरान उपमहानगरपालिका–१६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको छ, भने दिनहुँ धर्ना कार्यक्रम भइरहेको छ।

‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै काठमाडौं महानगरपालिका अगाडि धर्ना (फोटो फिचर)

नागरिक समाजका अगुवाहरुले काठमाडौं महानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्। बृहत नागरिक आन्दोलनको अगुवाईमा ‘विकासका नाममा प्रतिगमन’ भएको भन्दै सुन्धारास्थित महानगरको कार्यालय अगाडि धर्ना दिइएको हो।

जमिन माग्दै मुख्यमन्त्री कार्यालयको गेट नजिकै वादी समुदायको धर्ना

जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय सोमबार रातिदेखि मुख्यमन्त्री कार्यालयको गेट नजिकै धर्नामा बसेका छन्। कालिकोट र दैलेखबाट पैदल हिँडेका वादी समुदायका ४०२ जना नागरिक राति साढे आठ बजे मुख्यमन्त्री कार्यालयको गेटमा पुगेका थिए। वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपूर्जासहितको जमिन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको गेट नछोड्ने बताएको छ।

सीमा नाका खोल्न माग गर्दै शान्तिपूर्ण विरोध धर्ना

सर्वपक्षीय जिल्ला सङ्घर्ष समितिको आयोजनामा सर्लाही सदरमुकाम मलङ्गवास्थित गोरखकाली नेपाल–भारत मुख्य सीमा नाका खोल्नुपर्ने माग राख्दै शान्तिपूर्वक धर्ना कार्यक्रम गरिएको छ।

गृहमन्त्रीसित वार्ता गर्ने भन्दै धर्नामा बसे पूर्व सांसद पासवान

रौतहटमा गत साउन ३१ मा भएको निरन्जन हत्याकान्डपछि पक्राउ परेका विजय रामको प्रहरी हिरासतमा मृत्यु भएको घटनाले राजनैतिक मोड लिन थालेको छ । पूर्व सांसद विश्वेन्द्र पासवानले दुई दलितको हत्यामा रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसमेत माथि कारबाही हुनुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडि धरनामा बसेपछि मुदाले राजनीतिक रुप लिन थालेको देखिएको हो ।

नेकपाका युवा नेताले दिए पार्टी मुख्यालयमा धर्ना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद बढिरहेको बेला केही युवा नेताहरुले एकताको पक्षमा पार्टी कार्यालय धुम्बाराहीमा धर्ना दिएका छन्।

नवराजसहितका युवाको हत्या बिरोधमा प्रशासन अगाडि धर्ना

प्रेमीका भेट्न गएका जाजरकोटका नवराज बिकसहित ६ जनाको हत्या गरिएको बिरोधमा खोटाङका दलित संघसंगठनले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

रुकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै जुम्ली युवाको धर्ना

जेठ १० गते शनिबार रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा अन्तरजातीय प्रेमसम्बन्धका कारण भएको सामूहिक हत्याको घटनामा निष्पक्ष छानबिनको माग गर्दै जुम्लाका युवाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् ।

दूतावासमा धर्ना बस्नु दुखद – एनआरएनए युएई

युएईको एक ट्याक्सी कम्पनीमा कार्यरत नेपालीहरुले मंगलबार नेपाली दूतावासमा धर्ना बसेको घटनाप्रती एनआरएनएले दुःख व्यक्त गरेको छ।

बाँस्कोटामाथि छानबिन गर्न माग

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा मानव अधिकार तथा शान्ति समाजले धर्ना दिएको छ।

चीनबाट विद्यार्थीको उद्धारमा ढिला गरेकोभन्दै धर्ना

‘स्वास्थ्य मन्त्रालय एक्लैले उद्धारको काम गर्न नसक्ने भएकाले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्को निर्णय लगत्तै चीनमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने काम सुरु हुने छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्