७ वैशाख २०८१ शुक्रबार

गोदामबाट बरामद मललाई ‘बेवारिसे’ बनाइयो

सशस्त्र प्रहरीले सूर्याेदय नगरपालिका–१३, लक्ष्मीपुरस्थित चिया उद्योगको गोदामबाट बरामद गरेको भारतीय मललाई ‘बेवारिसे अवस्थामा भेटिएको’ भनेको पाइएको छ।

गाउँपालिकाको गोदामको चामल व्यापारीलाई बेच्न लागेको भन्दै विरोध

जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाले लकडाउनको मारमा परेकाहरुलाई वितरण गर्न ल्याइएको चामल व्यापारीलाई बेच्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

खाद्यको गोदाममा कुहिएको चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चार सय ५० क्विन्टलभन्दा बढी चामल कुहिएको अवस्थामा भेटिएको छ । आइतबार खाद्यको थापाथलीस्थित धान गोदाममा अनुगमन गर्दा कुहिएको र किरा परेको चामल तथा लेबलिङ नभएको केही बोरा दाल फेलापरेको हो।

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ।

एक्कासि मूल्य बढाएको भन्दै प्याज गोदाममा छापा

नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ। विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो।

केमिकल गोदाममा आगलागी

ललितपुरमा बिहीबार बिहान केमिकल गोदाममा आगलागी भएको छ । लमहानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ ।

बंगलादेशको ढाकामा आगलागि हुँदा ६९ को मृत्यु

बांगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परि ६९ जनाको ज्यान गुमाएका छन। बंगलादेशी अधकारीहरूका अनुसार गोदाममा भएको उक्त आगलागिमा थुप्रै घाइते समेत भएका छन्।

संस्थानको गोदाम भरिभराउ, गाउँका डिपो खाली

दसैं तिहारको अवधिभर जुम्लास्थित खाद्य संस्थानको गोदाममा चामल भरिभराउ भएपनि गाउँका गोदाम खाली नै छन्। जुम्लाको धापा र जुम्लाकोट डिपोमा संस्थानको चामल छैन।

गोदाममै थन्कियो साल्ट ट्रेडिङकाे चिनी

सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वको  साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब १३ करोड रुपैयाँ बराबरको २ हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ।

मुल्य  बढेपछि गोदाममै थन्कियो जापानिज चामल

खाद्य संस्थान केन्द्रीय कार्यालयले दुर्गम क्षेत्रमा आउने चामलको मुल्य बृद्धि गरे संगै जापानिज चामल गोदाममै थन्किएको छ।  मुल्य महंगो भएको भन्दै चामल किन्न आएका उपभोक्ता रिक्तो हात फर्कन थालेपछि जापानिज चामल गोदाममै थन्किन थालेको हो।

सरकारले छापेको पुस्तक गोदाममा, स्कुलमा निजीका पुस्तक

त्रिपुरेश्वरमा रहेको विश्व निकेतन स्कुलमा अध्ययनरत कक्षा १ का विद्यार्थीले किताबको लागि ६ सय अतिरिक्त शुल्क तिरे। सरकारले कक्षा १ को अनिवार्य विषय नेपाली, समाजिक, विज्ञान, स्वास्थ्य, गणित र अंग्रेजी गरी ५ थान अनिवार्य किताबको लागि २ सय ३८ रुपियाँ दिन्छ। सरकारले छाप्ने नेपाली माध्यमको अनिवार्य किताबको लागि उपलब्ध गराएको रकममा थप ६ सय थपेर कुल ८ सय ३८ रुपियाँमा अभिभावकहरुले विश्व निकेतन स्कुलका लागि सम्पूर्ण किताब अंग्रेजी माध्यमकका किने।

चिनीमा यूरिया मिसावट: पसल तथा गोदामको शिलबन्दी ११ दिनपछि तोडियो

जिल्ला प्रशासन कार्यालय खोटाङले चिनीमा यूरिया मिसावट भएको भन्दै शिलबन्दी गरिएको पशलबाट ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ।

पारवहन तथा गोदाम व्यवस्थाको शाखा विशाखापटनम

नेपाल पारवहन तथा गोदाम व्यावस्था कम्पनी लिमिटेडले भारतको बिशाखापटनम बन्दरगाहमा कार्यालय खोल्न लागेको छ।

प्रहरी कार्यालयको छेउमै तस्करको गोदाम

बरियारपट्टी, नरगी माडरको बाइपास सडकमा पछिल्लो समय तस्करी बढी भइरहेको छ । बरियारपट्टी र नरगी नाकामा सशस्त्र र प्रहरीको उपस्थिति छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्