९ मंसिर २०८१ आइतबार
image/svg+xml

सेल्फी खिच्ने क्रममा फेवातालमा खसेका युवाको शव फेला

पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव शनिबार बिहान फेला परेको छ।

रसुवामा रातिको समयमा हेलिकप्टर अवतरणका लागि हेलिप्याड निर्माण

रसुवामा रातिको समयमा हेलिकप्टर अवतरण गर्नका लागि नयाँ हेलिप्याड निर्माण गरिएको छ।

भारतमा ‘स्यानिटरी प्याड’ माथिको कर हट्यो

अधिकारवादीहरुको महिनौंको विरोध अभियानपछि भारत सरकारले सबै प्रकारको ‘स्यानिटरी’ उत्पादनमा लगाएको १२ प्रतिशत कर हटाएको छ।

महिनावारीमा प्याडको विकल्प कप

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ।

रसुवामा आधुनिक हेलिप्याड निर्माण

सुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुकाम धुन्चेस्थित गणभित्र करिब १५ लाखको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो । गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो।

जिप्रका रसुवामा फ्रि वाइफाइदेखि स्यानेटरी प्याडको व्यवस्था

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाको अतिरिक्त कार्यालयले विशेष सेवाहरु सुरु गरेको छ ।

पुरुषलाई प्याड

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यस वर्ष पनि महिला हिंसाविरुद्ध पुरुष पदयात्रा गरिने भएको छ । यसपटक पुरुष पदयात्रामा सहभागीहरुलाई प्याड (स्यानिटरी) वितरण गरिने भएको छ ।

पहिलो महिला मेयरद्वारा सेनिटरी प्याड वितरण

मधेसको पहिलो र एकमात्र महिला मेयरले आफ्नो नगरपालिकामा दुई वटा नयाँ कार्यक्रमको शुभारम्भ गरेकी छिन्। रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनादेवी साहले दुई वर्षभित्र नगरपालिकालाई साक्षर बनाउन घोषणा गरेकी छिन् । कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले निकै चुनौतीपूर्ण काम भए पनि विभाग, जिल्ला शिक्षा कार्यालय रौतहट तथा नगरपालिकाको समन्वयमा लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्। महानिर्देशक पौडेलले जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंहलाई साक्षरता अभियानलाई सफल बनाउन निर्देशन दिएका छन्।

अक्षयकुमारको ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

बलिउड अभिनेता अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको फेडरल सेन्सर बोर्डले फिल्मको कथावस्तु आफूहरुको धर्म, समाज र संस्कृतिको हितमा नरहेको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो।

प्याडम्यानको कमाईबाट अक्षयकुमार असन्तुष्ट ?

बलिउडका स्टार अक्षय कुमार अभिनित फिल्म ‘प्याडम्यान’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। सामाजिक चेतनाले भरिपूर्ण रहेको फिल्मले बक्स अफिसमा पहिलो दिन १०.२६ करोड कमाई गरेको छ।

बाह्र दिनसम्म सुत्केरीको पाठेघरमा ‘प्याड’

धौलागिरी अञ्चल अस्पताल, बागलुङले प्रसूति सेवामा गम्भीर खेलवाड गरेको पाइएको छ। जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराकी ३० वर्षीया सुष्मा थापामगर सुत्केरी हुँदा पाठेघरमा छोडिएको ‘प्याड’ १२ दिनपछि आइतबार निकालिएको छ। प्रसूतिपछि रक्तस्राव रोक्न प्रयोग गरिएको ‘प्याड’ पाठेघरभित्रै छोडेर स्वास्थ्यकर्मीले टाँका लगाइएका थिए। स्वास्थ्यकर्मीको चरम लापरबाही र असावधानीका कारण थापामगरले गम्भीर स्वास्थ्य समस्या झेल्न बाध्य हुनुपरेको छ।

चिकित्सकको लाहपरबाहीले सुत्केरी भएको १२ दिनसम्म गुप्ताङ्गभित्रै प्याड

स्वास्थ्यकर्मीको लाहपरबाहीका कारण यहाँकी एक सुत्केरी महिलाले सास्ती खेप्नुपरेको छ। जिल्लाको जैमिनी नगरपालिका—१ कुश्मीसेराकी सुस्मा थापा मगरले धौलागिरी अञ्चल अस्पताल बागलुङका स्वास्थ्यकर्मीको लाहपरबाहीका कारण सास्ती खेप्न बाध्य भएकी हुन्।

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

अक्षय कुमारको सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ को प्रदर्शन मिति सारिएको छ। २५ जनवरीका लागि तोकिएको फिल्म अब फेब्रअरी ९ मा प्रदर्शन हुनेछ।

अक्षयकुमारको ‘प्याडम्यान’सँग भिड्ने भयो ‘पद्मावती’

सञ्जयलिला भन्सालीको विवादास्पद फिल्म ‘पद्मावती’ले प्रदर्शन मिति तोकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ‘पद्मावत’ नामबाट फिल्म २५ जनवरीमा प्रदर्शनमा आउने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्