८ मंसिर २०८१ शनिबार
image/svg+xml

कार्यान्वयन हुनेमा सरोकारवालाको शंका

३५ हजारभन्दा बढी सामुदायिक विद्यालयका महिनावारी उमेर समूहका छात्रालाई लक्षित सरकारले घोषणा गरेको सेनेटरी प्याड वितरण योजना अलपत्र परेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्राथमिकताका साथ नीति तथा कार्यक्रममार्फत घोषित कार्यक्रमलाई प्रधानमन्त्री कार्यालयले नै खुब महत्व दिएको भए पनि कार्यान्वयन फितलो बनेको छ।

प्याड बनाएर आत्मनिर्भर

‘छोरीले सुरुमा कपडाको प्याड प्रयोग गर्न हिच्किचाएकी थिइन्। तर, मैले यसबारे बुझाएपछि अहिले नियमित प्रयोग गर्छिन्,’ किरनले भनिन्। उनले कपडाको प्याड केमिकलरहित भएकाले स्वास्थ्यलाई असर नगर्ने र लगाउन सजिलो भएको बताइन्। कपडाको प्याड पुनः प्रयोग गर्न सकिने भएकाले पनि प्रभावकारी भएको उनको भनाइ छ। ‘एक पटक प्रयोग गरेको प्याड डिटोल पानीमा भिजाएर राम्रोसँग सफा गरी पुनः प्रयोग गर्छु,’ उनले भनिन्। पातलो कपडाबाट बनाइने भएकाले यसलाई डिटोल पानीले धोएर पुनःप्रयोग गर्न मिल्ने उनको भनाइ छ।

छात्रालाई स्थानीय तहबाट स्यानेटरी प्याड दिइने

सरकारले छात्राहरुको कक्षा छाड्ने दर घटाउन सबै सामुदायिक विद्यालयका छात्रालाई निःशुःक स्यानेटरी प्याड वितरणका लागि ससर्त अनुदानका रुपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको तयारी गरेको छ ।

सेनाले बनायो रात्री अवतरण हेलिप्याड

नेपाली सेनाले सिन्धुलीमा रात्री अवतरण हेलिप्याड बनाएको छ। नेपाली सेनाको बर्दबहादुर गणले कमलामाई नगरपालिकास्थित नेपाली सेनाकै ९ नं. बाहिनि अड्डा माझीटारभित्र रात्रि अवतरण हेलिप्याड बनाएर हस्तान्तरण गरेको हो।

सिनेटरी प्याड वितरणको व्यवस्थापन स्थानीय तहलाई

सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई सिनेटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ।

कलाकार जोगेन्दरद्वारा छात्रालाई स्यानेटरी प्याड

जोगेन्दर पानवालाको रूपमा चर्चित हास्य कलाकार शिवशंकर रिजालले मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्रालाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन्। बरहथवा नगरपालिकास्थित सरस्वती माविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्रालाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन्।

दूषित पानीका कारण दुर्लभ वन्यजन्तु जोखिममा

प्लास्टिक, महिलाले प्रयोग गरेको प्याड र दूषित पानी नै दुर्लभ वन्यजन्तुमा रोगको संक्रमण देखिनुको मुख्य कारण।

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ।

विद्यालयमै निःशुल्क सेनेटरी प्याड

जिल्लाको सुनकोसी गाउँपालिका–५ मुलखर्कस्थित चौतारा माध्यमिक विद्यालयले छात्राहरू महिनावारी हुँदा निःशुल्क सेनेटरी प्याड दिने व्यवस्था गरेको छ। महिनावारीको समयमा छात्राहरू विद्यालय नआउने क्रम बढ्दै गएपछि त्यसलाई रोक्न विद्यालयमै सेनेटरी प्याड वितरणको व्यवस्था गरिएको हो। सुनकोसी–५ को सहयोगमा विद्यालयमा एक हजार थान प्याडको व्यवस्था गरिएको छ।

‘दुई रुपैयाँको सिक्का राखेपछि निस्कन्छ स्यानिटरी प्याड’

दुई रुपैयाँको सिक्का राखेपछि उक्त मेसिनबाट प्याड आफैँ निस्कने गर्दछ। मन्त्रालयमा कार्यरत महिला कर्मचारी र काम विशेषले आउने जो कोही महिलाले समेत उक्त प्याड प्रयोग गर्न सक्नेछन्।

‘लेडिज प्रोब्लम’हटाउन विद्यालयमा प्याड मेसिन

विद्यालयमा नै प्याड वितरण गर्ने प्रबन्ध गर्दा पनि रजस्वला(महिनावारी) हुँदा छात्राहरु विद्यालय गयल हुने समस्या समाधान नभएपछि धरानको एक विद्यालयले नयाँ तरिका अपनाएको छ।

जुम्लाका प्रत्येक वडामा हेलिप्याड

जुम्लाका प्रत्येक वडामा हेलिप्याड निर्माण प्रक्रिया चलिरहेको छ। प्रत्येक वडाको पायकपर्ने स्थानमा हेलिप्याड निर्माण प्रक्रिया चलिरहेको हो।

साझाको लेटरप्याडमा व्यक्तिगत भावना

नजिकिँदै गरेको प्रेम दिवसको सन्देश हावामै फैलिरहेको अनुभव भइरहेका बेला सरकारी स्वामित्वको साझा प्रकाशनको लेटरप्याडमा प्रेमको आवरणमा घृणाका शब्द छताछुल्ल भएका छन्। साझा प्रकाशनका विवादित महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले प्रकाशनको लेटरप्याड दुरुपयोग गर्दैै प्रेमिल शैलीमा घृणाका शब्द लेखेर साझा प्रकाशनका सञ्चालक समिति सदस्य एवं सांसद विजय सुब्बालाई दिएका छन्।

विद्यालयमै सेनेटरी प्याड

मोलुङ गाउँपालिका–१, बुङनामस्थित सरस्वती माविका छात्रालाई सेनेटरी प्याड उपलब्ध गराइएको छ। वडाध्यक्ष प्रदीप बानियाँको सहयोगमा छात्रालाई महिनावारीका बेला सहज होस् भनेर विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्