८ वैशाख २०८१ शनिबार

सेनेटरी प्याड खरिदमा अनियमितता

जिल्लाको खाँडाचक्र नगरपालिकाले सेनेटरी प्याडमा अनियमितता गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाभित्रका विद्यालयलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रूपैयाँ अनियमितता भएकोे हो।

प्याड लिन विद्यालयमा मेसिन जडान

कालिकोटमा पहिलोपटक सेनेटरी प्याड (भेन्डिङ्ग) मेसिन जडान गरिएको हो। विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन्।

विद्यालयको लापरबाहीले मुसाले खायो छात्राहरुको सेनेटरी प्याड

कालिकोटका अधिकांश विद्यालयमा छात्राहरुले महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड नपाएको गुनासो सुनिन थालिएकाे छ।

डाइपर मात्रै हो आयात गर्ने, सेनेटरी प्याड होइनः ब्लुप्रिन्ट ट्रेडिङ

'सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो,'

अब सिंहदबारभित्रै हेलिप्याड

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।

२८ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

तनहुँको भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ। छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो।

अनुभवले जन्माएको परोपकारी अभियान

आरती रिजाल, विद्यालय जाँदै थिइन्। सार्वजनिक सवारीमा विद्यालय जानु उनको दैनिकी थियो। एक दिन विद्यालय जाँदै गर्दा उनले केही असहज महसुस गरिन्। नजिकको बस बिसौनिमा पुगेर झरेकि उनले कसैको आवाज सुनिन्। एक महिलाले उनलाई डाकेर भनिन् सेतो फरिया रातै भए छ नि! उनले आत्तिएर आफूसँग भएको सलले फरिया बाहिरबाट बेरेर घर फर्किइन्।

महिला कैदीलाई सेनेटरी प्याड

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रोल्पाले बुधबार जिल्ला कारागार लिवाङमा एक कार्यक्रमको आयोजना गरी महिला कैदीहरुका लागि सेनेटरी वितरण गरेको छ।

युग बुद्ध नेपालद्वारा निःशुल्क सेनेटरी प्याड वितरण

यो अभियानबाट सयौँ महिला लाभान्वित भएका छन्। यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ।

अर्थ मन्त्रालयले भन्याे : स्यानिटरी प्याडमा कर वृद्धि भएको छैन

सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर थप नगरिएको पुनः स्पष्ट पारेको छ। सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय सचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको अर्थ मन्त्रालयले जनाएको छ।

पार्टीको लेटरप्याडमा मुख्यमन्त्रीको मागदाबी

पार्टीको लेटरप्याडमा सरकार गठनको दाबीसहित दलको नेताको हस्ताक्षर र त्यही लेटरप्याडमा मुख्यमन्त्री नियुक्त गरिएको व्यहोरासहित प्रदेश प्रमुखको हस्ताक्षर। लुम्बिनी प्रदेशमा पछिल्लो दुई महिनामा नाटकीय रूपमा राजनीतिक घटनाक्रम विकसीत भइरहेका छन्।

प्याड बनाउन सिकाउँदै किशोरी

‘लाइफ स्किल’ तालिमअन्तर्गत सेनेटरी प्याड बनाउने सिप सिकेकी १६ वर्षीया कविताले पहिलो चरणमा रैकर टोल (आफ्नै गाउँ)का दिदी, आमादेखि हजुरआमा उमेर समूहका २५ महिलालाई र दोस्रो चरणमा ५० जना किशोरीलाई प्याड बनाउने तालिम दिइसकेकी छन्।

प्रधानमन्त्री निवासमा बन्यो अत्याधुनिक हेलिप्याड

प्रधानमन्त्री निवासमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त हेलिप्याड नागरिक उड्डयन प्राधिकरण (क्यान) को मापदण्डअनुसार बनाइएको छ।

सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सबै सामुदायिक विद्यालयको छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । यसको शुरुवात मंगलबार मेयर विद्यासुन्दर शाक्यले बाफलमा रहेको ज्ञानोदय स्कुलबाट गरेका छन् । कक्षा ११ अध्ययनको तयारीमा रहेकी उक्त स्कुलकी छात्रा आस्मा पोखरेललाई प्याड वितरण गर्दा उनी निकै खुशी बनिन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्