१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।

सत्ता समीकरण परिवर्तनसँगै प्रि-बजेट छलफल प्रभावित

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफल प्रभावित भएको छ।

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए।

बन्ध्याकरण गराउने महिला २७४, पुरुष ४!

सन्तानको रहर पुगेका दम्पतीले परिवारको योजनाअनुसार स्थायी बन्ध्याकरण गराउन सक्छन्।

६ महिनामा कर्तव्य ज्यान मुद्दाका ४०६ जना अभियुक्त पक्राउ

तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन्। तीमध्ये सात पुरुष र एक जना महिला विदेशी रहेका छन्।

बागलुङ कालिका मन्दिरमा सात महिनामा एक करोड ७१ लाख भेटी सङ्कलन

प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा रु एक करोड ७१ लाख भेटी सङ्कलन भएको छ।

सोलुका किसान भन्छन्ः आलुखेतीभन्दा स्याउबाट धेरै आम्दानी

कृषि ज्ञान केन्द्र सोलुखुम्बुको अनुसार आव २०७८/०७९ मा एक हजार एक सय ९३ मेट्रिकटन, ०७९/०८० मा एक हजार तीन सय नौ मेट्रिकटन र ०८०/०८१ मा एक हजार तीन सय ८६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।

राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति सुस्त

चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत सडक आयोजनाको प्रगति कमजोर देखिएको छ।

राष्ट्रिय गौरवका आयोजनाको प्रगति २३.६१ प्रतिशत

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको प्रगति २३.६१ प्रतिशत भएको जनाएको छ।

आर्थिक वृद्धि ३.१ प्रतिशत हुने प्रक्षेपण

सरकारले बजेटमा चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धि ६ प्रतिशत हुने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले ३.१ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ।

हराएका २ सय ५२ मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइयो

कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

छ महिनामा तीन हजार पैँतालिस लागुऔषध कारोबारी पक्राउ

उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्।

स्थानीय तहको पुँजीगत खर्च निराशाजनक, १५ प्रतिशत पनि कटेन

पुस मसान्तसम्ममा यहाँका स्थानीयतहले पुँजीगत खर्चको हिस्सा समग्रमा १५ प्रतिशत कटाउन सकेका छैनन्। चार नगर र चार गाउँपालिका रहेको उदयपुरमा चालु र पुँजीगतको समग्र खर्च प्रतिशत पनि ४० नाघेको छैन।

सेनिटरी प्याडमा खेलाँची

यस अर्थमा निकै राम्रो सुरुवात भन्नुपर्छ यसलाई। तर सेनिटरी प्याड कति चाहिन्छ भन्ने अनुमान, खरिद, व्यवस्थापन र वितरण जस्ता विषयमा जिम्मेवारी तोकिएकाहरू वास्तवमै जिम्मेवार नहुँदा थुप्रै समस्या देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्