हङकङ र नेपालका विधेयक विरोध
स्वार्थ समूहहरूले बनाएका नीतिले समाजशास्त्रलाई सम्बोधन गर्न नसक्दा नेपाल र हङकङका सडकमा विमति पोखिएको छ।
स्वार्थ समूहहरूले बनाएका नीतिले समाजशास्त्रलाई सम्बोधन गर्न नसक्दा नेपाल र हङकङका सडकमा विमति पोखिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आउँदो बिहीबार गर्ने भनिएको श्रीलंका भ्रमण अन्तिम समयमा आएर रद्द भएको छ।
सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लीन फिड’ लागु गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन्।
सरकारले ल्याएको गुठी विधेयकको चौतर्फी विरोध भइरहेका बेला नेपाल मुस्लिम संघले पनि विधेयकको विरोधमा ऐक्यवद्दता जनाउँदै भोलि हुने आन्दोलनमा सहभागी हुने जनाएको छ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सरकारले ल्याएको गुठी विधेयक खारेजीको माग राख्दै विरोध प्रदर्शन गरेका छन्। समितिले शनिबार यंगालमा डमरु, सिठी, झयाम्टालगायत बजाएर गुठी विधेयक खारेजीको माग राख्दै विरोध गरेको हो।
सत्तारुढ नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदहरुलाई ल्याप्टप बाड्ने संसद सचिवालयको निर्णयको विरोध गरेकी छिन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै झाँक्रीले सांसदलाई प्रविधिमैत्री बनाउने नाममा ल्याप्टप बाड्ने निर्णय आपत्तिजनक रहेको र यो गर्न नहुने बताइन्।
देशभक्त जनगणतान्त्रिकका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले सरकारले जनविरोधी गुठी विधेयक ल्याएको बताए।
दुई करोड बढी रुपैयाँ रकमान्तर गरेर ५४ वटा गाडी गरिद गरेको विरोधमा साझा विवेकशील पार्टी कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेश सरकारलाई खेलौना कार उपहार प्रदान गरेको छ। साझा विवेकशील पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दहालले विकास बजेट खर्च गर्न नसक्नु प्रदेश सरकारको असफलता भएको भन्दै विरोध स्वरुप खेलौना कार उपहार दिइएको बताए। नागरिकले दुई करोडबढी रकमान्तर गरेर गाडी खरिद गरेको समाचार प्रकाशित गरेको थियो।
सरकारले ल्याएको बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले विरोध जनाएका छन्। कैलालीबाट निर्वाचित सांसद झपट रावलले मंगलबारको बैठकमा रोस्टममा मौन उभिएर सांकेतिक विरोध जनाए। सभामुख कृष्णबहादुर महराले ‘रेष्ट’ लिँदा जेष्ठ सदस्य राधा ज्ञवालीले संसद सञ्चालन गरिरहेकी थिइन्। ज्ञवालीले ६ मिनेट समयसहित रावललाई बोल्नका लागि रोस्टममा बोलाइन्।
गुठी विधेयकविरुद्ध शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले सोमबार इन्द्रचोकमा प्रदर्शन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली छैठौ संशोधनको विरोधमा राजधानीमा विरोध र्याली निकालेको छ। सरकारले आयोजना ठेक्का समयअवधिको ५० प्रतिशत भन्दा बढी म्याद थप गर्न नपाउने व्यवस्थासहित नियमावली संशोधन गरेपछि व्यवसायी त्यसको विरोधमा उत्रिएका हुन्।
पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेलगत्तै यहाँका पत्रकारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण सुरु भएको छ। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीका समर्थकहरुले यहाँका पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने धम्की दिनुका साथै श्रद्धाञ्जलीसमेत व्यक्त गरिरहेका छन्।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिले मार्तडीमा आयोजित जनजागरण कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारको खुलेरै विरोध गरेका छन्। जनताको आकांक्षा र चाहनालाई संवोधन गर्न नसकेको र झुटको खेती गरेको आरोप लगाउँदै नेताहरुले विरोध गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पनि प्रेस स्वतन्त्रताको विरुद्धमा आएको मिडिया काउन्सिलसम्बन्धि विधेयक तत्काल खारेज गर्न सरकारसँग माग गर्दै सडक आन्दोलन सुरु गरेको छ।