९ मंसिर २०८१ आइतबार
image/svg+xml

मेयरले कर्मचारी पिटेको विरोधमा काम ठप्प

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीमाथि कुटपिट गरेको विरोधमा बिहीबार कर्मचारीले काम ठप्प पारे। मेयर चौधरीलाई कानुनी कारबाही गरिनुपर्ने माग राख्दै कर्मचारीले आन्दोलन थालेपछि काम ठप्प भएको हो।

पार्क नबनेकाे विरोधमा उत्रिए जग्गाधनी

झापामा निर्माण हुने भनिएको चाइना–नेपाल फ्रेन्डसिप औद्योगिक पार्क नबनाउने षडयन्त्र सुरु भएको जग्गाधनीले दाबी गरेका छन्। मुआब्जा कम भएको भनेर विरोध गर्दै आएका जग्गाधनीले सरकारको औद्योगिक क्षेत्र बनाउने कुनै तयारी नदेखिएको बताएका हुन्। पहिलो चरणको मुआब्जा वितरण भइसकेको र अर्को चरणको अधिग्रहणका लागि सार्वजानिक सूचना जारी भएपछि औद्योगिक पार्क संघर्ष समितिले पत्रकार सम्मेलन गरेर पार्क बनाउने कुनै ठोस आधार नदेखिएको दाबी गरेको हो।

'प्रेस नियन्त्रण गर्ने विधेयक लोकतन्त्रले चिन्दैन'

सरकारले संसद्मा दर्ता गराएको प्रेस काउन्सिलसम्बन्धी विधेयक मिडियाविरोधी भएकाले संसद्बाट अघि बढाउन नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनाएको छ।

‘मर्न लागेपछि भैँसीले भीर खोज्छ’

सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकका विरुद्ध पाँच पत्रकार संगठनहरु एक ठाउँमा उभिएका छन्। जनपत्रकार संगठन, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल प्रेस सोसाइटी र मधेसी पत्रकार समाजले विधेयकको विरोध गरेका छन्।

‘विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राख’

विश्वविद्यालयलाई सरकारले नियन्त्रण गर्न खोजेको भन्दै पूर्वउपकुलपतिहरुले संयुक्त रुपमा विरोध जनाएका छन्।

कुरा राख्न नपाएको भन्दै सांसदको विरोध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना कुरा राख्न नपाएको भन्दै असन्तुष्टि पोखेका छन्। सांसदहरूले बैठकमा आपना कुरा राख्न पाउनुपर्ने माग नदिएको भन्दै बैठकको सुरुमै सांसद रामकुमारी झाँक्रीले संसद्मा हुने छलफलमा नेकपाका सांसदले सरकारकै पक्षमा बोल्ने भए पनि संसदीय दलको बैठकमा भने आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेकी थिइन्।

पलाञ्चोक भगवती मन्दिरमा गजुर प्रतिष्ठापन

गजुर मन्दिरमा राख्ने तयारी भए पनि गजुरमा नाग नराखिएकाले गजुर प्रतिष्ठापनमा स्थानीयले विरोध गरेका थिए । विरोधलाई लत्याउँदै साझँपख पुजारीखलक र अन्य रोहवरमा अपूरो गजुर राखिएको हो ।

लोकतन्त्रका नेता राजाजस्ता

ज्यानको बाजी थापेर सडकमा उत्रिएका जनताले यत्तिकै नारा लगाएका थिएनन् – ‘श्रीपेच हामी जलाउछौँ/देश हामी चलाउछौँ।’ नाराको ‘हामी’ शब्दले सबै नेपाली जनतालाई समेटेको थियो। तर लोकतन्त्र स्थापनाको १३ वर्षमा देश ‘हामी’ले नभई फेरि पनि केही मानिसहरूले चलाईरहेको महसुस भईरहेको छ।

भारतले नक्कली नक्सा बनाएर नेपालको भूमि मिच्यो : पाँच कम्युनिस्ट घटक

मंगलबार मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी), सुलभ नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेकपा, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी केन्द्र) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।

भेरी नदीको पानी डाइभर्सन निर्णयमा रुकुमेलीको विरोध

उत्तरगंगा जलविद्युत् आयोजनाको पानी कालीगण्डकीमा खसाल्न उर्जा मन्त्रालयले गरेको निर्णयको रुकुमेलीद्वारा चर्काे विरोध हुन थालेको छ। लामो समयदेखि विवाद हुँदै आएको सो आयोजनाको पानी भाइभर्सन गरेर कालीगण्डकीमा खसाल्ने मन्त्रालयस्तरीय निर्णय तत्काल सच्याउन रुकुमका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म लागिपरेका छन्। सो निर्णयलाई आफूहरूले कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने स्थानीयको भनाइ छ। पानीको विवाद टुंगिएको दाबी गर्दै डाइभर्सन गर्न लागिएको खबर सार्वजनिक भएलगत्तै यहाँका जनप्रतिनिधिले सामाजिक सञ्जालमार्फत आपति जनाएका हुन्।

महत्त्वाकांक्षाको उडान

सन्तान रहरले जन्माउनु पर्छ, बाध्यतामा होइन। सायद यस्तै केही थाहा थियो, शृंखलाका बुबा विरोध खतिवडालाई। जसै घरमा दोस्रो सन्तानका रुपमा शृंखला जन्मिइन्, विरोधले चिच्याउँदै एक जना साथीलाई सुनाएका थिए, ‘सुनिस्, मेरी छोरी जन्मिई!’

थाल ठटाएर प्रदर्शन गर्दै चिया श्रमिक

पहिलो चरणको आन्दोलनप्रति सरकार र चिया उद्योगी उदासीन रहेपछि आन्दोलनरत पूर्वका चिया श्रमिकले संघर्षका थप कार्यक्रम तय गरेका छन्।

‘विरोध गराई देखेर प्रम आश्चर्यचकित’

प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी विचार, व्यवहार र संगठन रूपान्तरित हुँदा पनि चित्त दुखाउने मान्छेहरू देखेर आफू आश्चर्यचकित भएको बताएका छन्। शुक्रबार लुम्बिनी प्रेस क्लबले गौतम बुद्ध विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

कांग्रेसको विरोधपछि कार्यसूचीबाट हटाइयो विधेयक

नेपाली कांग्रेसले राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता लिन माग गरेपछि संसद्को कार्यसूचीबाट हटाइएको छ। विधेयकले सीधै प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिएको भन्दै कांग्रेसले विरोध गरेको छ।

राउतसँगको सम्झौता खोरज गर्न माग गर्दै नेकपाको प्रदर्शन

सरकारले सिके रावतसँग गरेको ११ बुँदे सम्झौता खारेज गर्नुपर्ने माग राख्दै सत्ताधारी पार्टी नेकपाकै कार्यकता सडकमा उत्रेका छन्। सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मंगलबार राष्ट्रिय झन्डासहित उनीहरूले सम्झौताको विरोधमा प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्