११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुई ठाउँमा नौ जनाको अन्त्येष्टि

देश र विदेशमा रहेका नेपालीहरुलाई स्तब्ध तुल्याउने गरी पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा भएको हत्याकाण्डमा परि ज्यान गुमाएकाहरुको अन्त्येष्टि भइरहेको छ।

सिसाकाण्डको अनुसन्धानप्रति आफन्तको असन्तुष्टि

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारको वंश नै नरहने गरी सोमबार राति हत्या भएको घटना अघिको अर्को काण्डमा अनुसन्धान फितलो भएको भन्दै आफन्तले असन्तोष व्यक्त गरेका छन्।

मिक्लाजुङ हत्याकाण्ड: ‘पत्याउनै गाह्रो, सपनाजस्तो’

हत्या गरिएका धनराज सेर्माको घर आरुबोटे बजारदेखि नजिकै पर्छ। धनराजसहित उनको परिवारका पाँचजनाको हत्या भएको हो। त्यस्तै हत्या गरिएका बमबहादुर फियाकको घर धनराजको घरबाट करिब डेढ किलोमीटर दुरीमा छ।

पाँचथर हत्याकाण्डको यथार्थ छिट्टै : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

शोकमा पाँचथर

दुई परिवाका नौ जनाको पासविक हत्या भएपछि जिल्लाबासि शोकमा छन्। एकपछि अर्को गरी विभत्स हत्याका घटना हुन थालेपछि जिल्लाबासि चिन्तीत भएका छन् । केहि दिन अघिमात्र एक किशोरीको घाटी रेटी हत्या भएको थियो।

दरबार हत्याकाण्डमा ‘दरबारको दुःखान्त’

१८ वर्षअघि भएको राजदरबार हत्याकाण्डका प्रत्यक्षदर्शी एक सैन्य अधिकारीले उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्बन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ पाठकमाझ ल्याउने भएका छन्।

फिरोज हत्याकाण्ड : भिनाजुसँगको प्रेमले श्रीमानको हत्या

चैत १४ गते साँझ बुटवल मैनाबगरमा फिरोज अन्सारी खान हत्याकाण्डमा आफ्नै श्रीमतीको संलग्नता रहेको खुलेको छ।

अपहरणमुक्तपछि सांसद मल्लले भनिन्, ‘माग पूरा नगरिदिए ठीक हुँदैन भने’

नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्। बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई प्रमुख अथिति बनाएर गाउँपालिकाले नारी दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको थियो।

सुखानीमा पहिलोपटक दाहाल र ओली

सुखानी हत्याकाण्ड भएको ४६ औ वर्षपछि मुलुकको ठूलो दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सँगै सम्बोधन गरेका छन्। विगतमा एकिकृत माओवादी र नेकपा एमाले हुँदा बेग्लाबेग्लै सुखानी सहिद स्मृति दिवस मनाउदै आएका यी नेताहरू पहिलोपटक सुखानीमा एकसाथ देखिएका हुन्।

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला पन्त हराएपछि आमा दुर्गादेवी र छिमेकीले अनेक बिन्ती गर्दा पनि प्रहरी खोजीमा गइदिएन। युवती हराउने र खोजी गर्दा बलात्कारसहित हत्या भएको अवस्थामा फेला पर्ने घटना भइरहेका बेला प्रहरीको यो व्यवहारले स्थानीय असन्तुष्ट बने। निर्मला हराएको बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्नू भन्दा प्रहरीले इन्कार ग-यो।

आमा भन्छिन् : अपराधी पत्ता लागेमात्र मनले शान्ति पाउँछ

‘आँसु चुहाएर मात्र पीडा देखिने होइन। चौबीसै घण्टा मेरो छाती जलिरहेको हुन्छ’, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भनिन्, ‘छोरीको पीडाले तीनचार महिना रुँदा आँखाको आँसु पनि सकिन थाल्यो।’ वास्तविक अपराधी छिटो पत्ता लागोस् भन्ने उनको चाहना छ। ‘मलाई न्याय चाहिएको हो। अपराधी पत्ता लागेमात्र मन शान्त हुन्छ’, उनले भनिन्।

रावलको बयानपछि थप दुई पक्राउ

निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। प्रहरीले उनीहरुका अभिभावकलाई पनि सँगै ल्याएको छ।

हत्यारा खोज्न फेरि अर्को टोली

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ।

मैना सुनुवार हत्या काण्डमा सेनाको पूनरावेदन त्रुटीपूर्ण

मैना सुनुवार हत्याकाण्डमा नेपाली सेनाले सर्बोच्च अदालतमा गरेको पुनरावेदन कानुनीरुपमा त्रुटिपूर्ण रहेको इन्टरन्याशनल कमिसन अफ जुरिष्ट(आईसीजे)ले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्