८ वैशाख २०८१ शनिबार

सल्यानमा मास्क नलगाउने १२ सय बढीलाई कारवाही

सरकारले मास्क नलगाएर हिँड्नेलाई कारवाही गर्न निर्देशन दिएपछि सल्यानमा मास्क नलगाउने १ हजार २ सय बढी कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले गृह मन्त्रालयको परिपत्र अनुसार गत असार २७ गते देखि मास्न प्रयोग नगर्नेहरूलाई कारवाही गर्न थालेको हो ।

माक्स लगाउन अटेर गर्ने ६ जनालाई कारवाही

जिल्ला प्रशासन कार्यलय धनकुटाले बिहिबार सम्झाई बुझाई गर्दा पनि माक्स लगाउन अटेर गर्ने ६ जनालाई कारवाही गरेको छ । मास्क लगाउन पटकपटक आग्रह गरिएको सुचनालाई बेवास्ता गरि विना माक्स सार्वजनिक स्थलमा हिडडुल गर्नेलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले कारवाही गरेको हो ।

मास्क नलगाउने एक सय जनालाई कारवाही

मास्क नलगाएर हिड्ने एक सय जनालाई जुम्ला प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार पहिलो दिनमा एक सय जनालाई कारवाही गरिएको हो । मास्क नलगाउनेलाई नियन्त्रणमा लिएर संक्रामक ऐन अनुसार एक सय रुपैयाँ जरिवाना तिराएर सम्झाई बुझाई गरेर पठाउने गरिएको हो ।

सूचना नदिने २४ कार्यालय प्रमुखलाई कारवाही

राष्ट्रिय सूचना आयोगले पछिल्लो १४ वर्षमा सूचना नदिने २४ जना कार्यालय प्रमुखलाई कारवाही गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले १४ वर्षको अवधिमा सूचना नदिने २४ वटा सार्वजनिक कार्यालयका प्रमुखहरुलाई कारबाही गरिएको बताए ।

साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही हुन्छ : आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताइका छन् । १ रुपैयाँ घुस खाने र अर्बौ रुपैयाँ खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको उनले बताए ।

ताप्लेजुङमा एक आवमा साढे एघार सय सवारी चालक कारवाहीमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०७६।०७७ मा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १५० वटा सवारीलाई कारवाही गरेको जनाएको छ ।

पाल्पामा जोर बिजोरमा कडाई, मास्क नलगाउने कारवाहीमा

पाल्पा जिल्लामा मोटरसाइकल र स्कुटरलाई जोर बिजोर प्रणालीमा कडाई गरिएको छ ।

रौतहटमा दुई असईमाथि कारवाही

गए राति मध्यरातमा रौतहटका एकजना असई महिलासित आपत्तिजनक अवस्थामा भेटिएका छन् । प्रहरी चौकी बसतपुरका इन्चार्ज असई सन्जीप झालाई मध्यरातमा आपत्तिजनक अवस्थामा घेरा हाली नियन्त्रणमा लिएर बुधबार बिहान स्थानीयले जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएका हुन् ।

रूकुम घटनाबारे बल्ल बोल्यो नेकपा

अन्तरजातीय प्रेम विवहाको विवादको क्रममा ६ जना युवाको ज्यान जाने गरी भएको रुकुम घटनाको सम्बन्धमा सत्तारुढ दल नेकपाले दोषीमाथि कारवाही गर्न माग गरेको छ । पार्टी महासचिव विष्णु पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग

राष्ट्रिय दलित नेटवर्क नेपालले पछिल्लो समयमा जाजरकोट, सिरहा, पाँचथर, कालिकोट र रुपन्देहीलगायत देशका विभिन्न स्थानमा भएको जातीय भेदभाव तथा छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ।

डेढ दर्जन सवारी प्रहरी नियन्त्रणमा, अनावश्यक हिड्नेलाई समेत कारवाही

लकडाउन उल्लंघन गर्ने उपर कडा रुपमा प्रस्तुत हुन थालेको ताप्लेजुङ प्रहरीले अनुमति बेगर सञ्चालनमा आएका झण्डै डेढ दर्जन बढी सवारी नियन्त्रणमा लिएको छ। लकडाउन उल्लंघन गरी अनावश्यक हिड्डुल गरेको अभियोगमा प्रहरीले १९ जना मानिसलाई कारवाही समेत गरेको जनाएको छ।

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारवाही गर्न माग

तनहुँको भानु नगरपालिकामा–५ पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ।

होलीमा ७ सय भन्दा बढी सवारी चालकलाई कारवाही

होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्