८ वैशाख २०८१ शनिबार

दसैँमा हवाई टिकट नपाउँदा यात्रु अलपत्र

हिन्दू धर्मालम्वीहरूको महान् चाड दसैँको रौनक घरआँगनमा आइरहेको बेला विभिन्न जिल्लाबाट घर जान हिँडेका यात्रु राँझा विमानस्थल नेपालगञ्जमा अलपत्र परेका छन्।

‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै

नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ।

नेपालगन्जको जमुनाहा नाकामा नेपाली मजदुर अलपत्र

कर्फ्यु लागेपछि नेपालगन्जको जमुनाहास्थित नेपाल–भारत नाकामा भारतबाट काम गरेर आउने नेपाली अलपत्र परेका छन्। नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।

विवादपछि अलपत्र गणेशमान सिंह स्मृति वाटिकाको ‘गुरुयोजना’

दधिकोट र कटुन्जेका जनताले उपभोग गरिरहेको खानेपानी ट्याङ्की र ऐतिहासिक सुवर्णेश्वर महादेव मन्दिर पनि वाटिका परिसरभित्रै परेकाले त्यसलाई असर पुग्ने गरी सरकारी सम्पत्ति निजी क्षेत्रलाई दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी हालेपछि समिति सम्झौता रद्द भएको थियो ।

कुवेतमा अलपत्र नेपालीको गुनासो, ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ’

वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।

हुलाकी सडकः निर्माण ढुलासुस्तीले म्याद थप अलमल

म्याद थपका लागि निर्माण व्यवसायीले प्रक्रिया अघि बढाएको भए पनि निर्माण गर्ने छाँट नदेखाएकाले पनि म्याद थपको विषय अन्योलमा परेको छ।

धमाधम थपिँदै नयाँ सभाहल पुराना अलपत्र

करोडौं खर्च गरेर बनेका सभाहल अलपत्र भइरहेका बेला मोटो रकम खर्च गरेर साउन महिनामा मात्रै अरू १३ वटा सभाहल थपिएका छन्।

रकम अभावले शहीद कुवँरको सम्झनामा निर्माणाधीन पुस्तकालय अलपत्र

कर्णाली सरकारले आफ्नो स्थापना दिवस मनाइरहँदा संघीयताका लागि बलिदानी दिने शहीदलाई यहाँका राजनैतिक दल र सरोकारवाला निकायहरूले बिर्सन थालेका छन्।

वन विकास कोषको १ अर्ब अलपत्र

वनको विकास, संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यबाट गठन गरिएको वन विकास कोषमा अहिलेसम्म करिब १ अर्ब रूपैयाँ जम्मा भएको छ।

नारायणघाट बुटबल सडकः काम अलपत्र पार्ने ठेकेदारलाई म्याद थप

सडक विभागले ठेक्का सम्झौता अनुसार काम नगर्ने नारायणघाट–बुटबल सडक खण्डको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङलाई कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको छ। सुरुआती ठेक्का सम्झौता अनुसार यो सडक खण्डको ठेक्का २०७९ साउन २२ गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो।

मन्त्री मोदीका सबै निर्णय अलपत्र

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फेरि अर्को एउटा महत्वाकांक्षी निर्णय गरेका छन्, सुगमका कर्मचारीलाई दुर्गममा र दुर्गमकालाई सुगममा पठाउने।

कुवेतमा ८३ नेपाली युवा अलपत्रः ६ महिनादेखि तलब पाएनन्, अधिकांशको पासपोर्ट खोसियो

वैदेशिक रोजगारीका क्रममा गत मंसिर ३ गते कुवेत पुगेका ८३ नेपाली युवा अलपत्र परेका छन्। कामको खोजीमा कुवेत पुगेका उनीहरूको पासपोर्ट रोजगारदाताले खोसिदिएका छन्। उनीहरूले ६ महिनादेखि तलब पाएका छैनन्। कुवेत पुगेलगत्तै आफूहरू समस्यामा परेको भन्दै उनीहरूले गुनासो गरेका छन्।

आकाशे पुल बनाउने योजना अलपत्र

२०७९ भदौ ४ गते नेपालगन्जस्थित राँझामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले आकाशे पुलको शिलान्यास गरे। त्यतिबेला नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोकसँगै कारकाँदो चोक र कोहलपुरमा न्युरोड चोक र त्रिभुवन नमुना उमाविको अगाडि आकाशे पुल निर्माण गरिने भनिएको थियो।

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्