७ वैशाख २०८१ शुक्रबार

गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसन किट वितरण गर्ने

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई होम आइसोलेसन किट निःशुल्क उपलब्ध गराउने भएको छ ।

होम आइसोलेसनः चिकित्सकीय निगरानी नपुग्दा जोखिमपूर्ण

होम आइसोलेसनमा बस्दा स्वास्थ्य बिग्रेको पत्तो नपाउने र अन्तिम अवस्थामा अस्पताल पुग्दा ज्यान जाने जोखिम बढेको चिकित्सक बताउँछन् ।

इलामका जिसस प्रमुख र मेयरलाई कोरोना संक्रमण

इलामका जिल्ला समन्वय समिति प्रमुख गणेश बराललाई कोरोना संक्रमण भएको छ। केही दिनयता घरमै आइसोलेसनमा रहेका प्रमुख बराललाई आइतबार छातीमा समस्या देखिएपछि इलाम अस्पताल ल्याइएको थियो।

चन्दननाथ नगरपालिकामा छैन आइसोलेसन, संक्रमित सबै घरमै

सो नगरपालिकामा सहरी क्षेत्र र जनघनत्त्व पनि अरु गाउँपालिकाभन्दा बढी भए पनि अझसम्म आइसोलेसन केन्द्र बनेको छैन।

अन्नपुर्णमा आइसोलेसन सञ्चालन

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रम फैलिएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ स्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा २५ शय्याको आइसोलेशन कक्ष पुनः सञ्चालन गरेको छ।

खोटाङमा एकैदिन २६ संक्रमित थपिए

शुक्रबार साकेला गाउँपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, ऐसेलुखर्क गाउँपालिकामा ४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।

‘उच्च आत्मबलले कोरोना जित्न सकिन्छ’

गत मंगलबार कोरोना भाइरस संक्रमणमुक्त भएका गायक सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत सबैलाई आत्मबल उच्च राख्न सके कोरोना भाइरसलाई जित्न सकिने जनाएका थिए।

स्थानीय तहका आइसोलेसनः संक्रमित नै बस्न मान्दैनन्

सहरका ठुला अस्पतालमा गए मात्र राम्रो उपचार हुन्छ भन्ने मानसिकता स्थानीयमा छ । त्यो हुनुको कारण स्थानीय तहमा सबै सुविधा नहुँदा गाउँलेले नै नपत्याएका हुन् ।

कोरोनाको हटस्पट बन्दै मध्यपुर थिमि, विकास बजेट कटौती गरी आइसोलेसन केन्द्र सञ्चालनको तयारी

नगरको वडा नं.१, २, ३, ४, ६ र ९ मा बढ्दो कोरोना संक्रमणलाई ध्यान दिँदैं आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको खड्काले बताए।

पत्रकार महासंघ जुम्लाको हलमा ५ बेडको आइसोलेसन

पत्रकार महासंघको हलमा ५ बेडको आइसोलेसन कक्ष बनेको हो। अहिलेसम्म यहाँ पत्रकार संक्रमित नभए पनि आगामी दिनमा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आइसोलेसन तयार पारिएको अध्यक्ष नेत्रबहादुर शाहीले जानकारी दिए।

निजी क्षेत्रबाट इटहरीमा अक्सिजनसहितको आइसोलेसन

इटहरी निजी क्षेत्रबाट इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ। इटहरी वडा नं. १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन तयार गरिने भएको हो। आइसोलेसन तीन दिनभित्रमा तयार हुनेछ।

होम आइसोलेसनमा बसेकालाई घरमै स्वास्थ्य सेवा

‘होम आइसोलेसनमा बसेका नगरवासीले हेल्थ असिस्टेन्ट सुधन बुढाथोकी, असिफ खान, स्टाफ नर्स सुनिता थारुलाई मोबाइलमै सम्पर्क गर्न सक्नेछन्,’ उनले भनिन् ‘आफ्नो वडा र टोलको विवरण खुल्ने गरी नाम ठेगाना एसएमएस गर्ने वा सिधैं फोन सम्पर्क गर्न सक्नुहुनेछ।’

आइसोलेसन बने तर अक्सिजन छैन

जिल्लामा कोरोना संक्रमण रोकथामका लागि ढिला गरी तातेका स्थानीय तहहरूले बिरामीको उपचारलाई प्राथमिकता दिएका छन्। फलतः बिरामीहरूको उपचारका लागि आइसोलेसन निर्माण भए। तर आइसोलेसन निर्माण गरिए पनि अक्सिजन अभावमा बिरामीको उपचार भने गर्न सकिएको छैन।

हलेसी तुवाचुङ नगरपालिकाले बनायो होटलमा ३२ बेडको आइसोलेसन सेन्टर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्