कनकासुन्दरीमा आलुबाली कृषक पाठशाला
आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ मा आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ।
आलु खेतीलाई आम्दानीको प्रमुख स्रोत बनाउन जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ मा आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम अन्तर्गत बंगुर पकेट क्षेत्र महालक्ष्मी नगरपालिका वडा नं.३ र वडा नं.४ का ६० जना कृषकहरुलाई बंगुरका पाठी प्रदान गरिएको हो।
कोरोना महामारीको बेला त हरेक सिकाईं प्रत्यक्षभन्दा पनि बैकल्पिक माध्यमबाट हुँदै आएको छ। यही क्रममा सोमबार इटहरी उपमहानगरपालिकाले कौशी खेती गर्न चाहने महिलालाई भर्चुअल माध्यमबाट तालिम दिइएको छ।
पछिल्लो समय जिल्लामा स्थानीय जातको कुखुरापालन गर्ने कृषक बढेका छन्। यहाँका मुख्य बजारमा स्थानीय (लोकल) कुखुराको माग बढ्दै गएपछि कृषक व्यावसायिकरूपमै स्थानीय जातका कुखुरापालनमा आकर्षित हुन थालेका छन्।
जङ्गली बँदेलले खेतमा पाक्न लागेको धानबालीमा क्षति पु-याउन थालेपछि धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान धानबाली बचाउन रातभर खेतमै जाग्राम बस्ने गरेका छन् । घर नजिकै रहेका जङ्गलबाट बँदेलले बालीमा क्षति पु-याउन थालेपछि रातभर खेतमै जाग्राम बस्नुपर्ने बाध्यता भएका हुन् ।
जुम्लाका चार जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाले मुल्यांकनका आधारमा चार जना किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो। जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले पुरस्कार प्रदान गरेका हुन्।
बर्दियाको गेरुवा गाउँपालिकामा कृषकका लागि आधुनिक कृषि औजार प्रदान गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन परियोजना राजापुरले कस्टम हायरिङ सेन्टरका लागि यान्त्रिक औजार हस्तान्तरण गरेको हो।
पाल्पाको रामपुर नगरपालिकाले बाँदर भगाउने उपकरण कृषकलाई उपलब्ध गराएको छ। बाँदर आतङ्क बढी देखिएका १, ३, ४, ५ र ७ वडाका ५० कृषकलाई सो उपकरण प्रदान गरिएको हो।
सरकारले गत सालको बजेट भाषणमा चालु आर्थिक वर्ष २०७६/७७ का लागि रासायनिक मल खरिद गर्न १० अर्ब बजेट विनियोजन ग¥यो। एक वर्षअघि नै रासायनिक मल किन्न बजेट सुनिश्चित भए पनि किसानले अहिले मल पाउन सकेका छैनन्।
रसुवाको १६ स्थानमा आलुको बीउ उत्पादन सुरु भएको छ । जिल्लाको पाँचवटै गाउँपालिकाका कृषकलाई पूर्वमूल बीउ अनुदानमा दिएपछि मूल बीउ उत्पादन सुरु भएको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ।
पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ।
२०५७ सालतिरको कुरा हो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका सेनाम नुर्पु घले विदेश जान प्रयास गर्दै थिए । उनको बहिनी पहिलै विदेश गइसकेकी थिइन् । उनी यहाँ थोरै चौरी पालेर बसिरहेका थिए । यहाँ भन्दा विदेशमा राम्रो कमाइ हुने आशामा उनको मनले उनलाई विदेश तिर धकेल्दै थियो ।
रसुवामा चीज उत्पादन केन्द्र सञ्चालनमा नआउँदा कृषकलाई समस्या भएको छ । यसअघि जिल्लामा बैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । तर यो वर्ष अझैसम्म पनि केन्द्र सञ्चालनमा आएका छैनन् ।
कोरोनाको निश्चित तहसम्मको नियन्त्रणपछि दिगो विकास र आर्थिक पुनर्उत्थानका लागि पहिलो खुट्किलो जल र जंगलकोसंरक्षण, व्यवस्थापन र उपभोग नै हो ।