७ वैशाख २०८१ शुक्रबार

सर्पदंशको जोखिममा बालबालिका र कृषक

कृषकहरू खेतवारी तथा गाईवस्तुको काम गर्ने क्रममा सर्पले टोक्ने गरेको र बालबालिका खेल्ने क्रममा, राति सुतेको बेलामा टोकाइमा पर्ने गरेको पाइएको छ।

कृषकलाई सहुलियतपूर्ण ऋण प्रदान

अनुशासित र आधारशीला सामाजिक उद्यमी महिला सहकारीको सहकार्यमा प्रभु बैंकले किसानलाई सहुलियतपूर्ण कृषिकर्जा उपलब्ध गराएको छ।

ड्रागन खेती: बजार खोज्दै कृषक

पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। खेतीमा जोड दिए पनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ।

पोषणको महत्व बुझ्दै दलित समुदाय

जग्यादेवी पासवान भूमिहीन हुन्। आफू बसेको घर पनि ऐलानीमा छ तर पनि उनले यतिबेला साढे १० कट्ठा जमिन भाडामा लिएर त्यसैमा पोखरी खनाएकी छिन्।

कृषकलाई माछाका भुरा वितरण

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको माग अनुसार भुरा वितरण गरेका हुन्।

बाँझो जग्गामा सामूहिक आलु खेती

म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन्।

सहकारीद्धारा सहुलियत मलको ब्यापक दुरुपयोग

जिल्लामा माग अनुसार थोरै मात्र सहुलियतको मल आपुर्ति हुने र त्यसमा पनि सहकारी कै हालीमहाली हुने गरे पछि जिल्लाका अधिकांस कृषक त्यो मल पाउनबाट बंचित छन। मलका सहकारीका अध्यक्ष र पदाधिकारी कै हालीमुहाली हुने गरेको कृषकहरु बताउछन्।

कपिलवस्तुका ५ उत्कृष्ट कृषकलाई सम्मान

अन्नबाली बीउ बिजन, तरकारी, फलफुल लगायतका क्षेत्रको उत्पादन बढाउन नमुनायोग्य काम गरेको भन्दै कृषि ज्ञान केन्द्रले उनीहरुलाई सम्मानसहित पुरस्कृत समेत गरेको हो।

जिल्लामा एक हजार सात सय ७० कृषकको छैन जमिन

यी कृषकमध्ये जिल्लाका झण्डै ८० प्रतिशत किसानले आफ्नो उत्पादनको बिमा गरेका छैनन। बिमा नहुँदा बेलाबखत आउने प्राकृतिक विपत्तिका कारण किसानले ठूलो क्षति बेहोर्न बाध्य भएका छन्। चितवनका किसानले बाली र पशुमा नयाँ–नयाँ रोग र बर्खामा बाढीको प्रकोप बेहोर्नुपरेको छ।

उत्पादन बढाउन कृषकलाई भत्ता

ताराखोला गाउँपालिका कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्रिय भएको छ। कृषकलाई बढीभन्दा बढी क्षेत्रमा कृषि गर्न र उत्पादन बढाउन कृषकमुखी कार्यक्रमलाई प्राथमिता दिएको छ।

आत्मनिर्भर बनाउन महिला कृषकलाई 'बिउ'

महिला पुनस्थापना केन्द्र (ओरेक) रुकुमले अति बिपन्न, द्धन्द्धपिडीत, एकल महिला, हिंसा प्रभाबित महिलाहरुलाई बिउ र बिउ पुजी हस्तान्तरण गरिएको छ।

बिक्री भएन कृषकको मह

खैरहनी नगरपालिका ४ चैनपुरका देवेन्द्र बस्नेतलाई यतिखेर मह बेच्न भ्याइनभ्याई हुन्थ्यो। काठमाडौँदेखि देशका विभिन्न ठाउँबाट व्यापारीहरू घरसम्मै आइपुग्थे। तर, यसपटक भने मह बिक्री नभएर गोदाममै थुप्रिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्