coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

किट अभावमा परीक्षण रोकियो

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।

उपत्यकामै किट अभाव

काठमाडौं उपत्यकामै कोरोना परीक्षण गर्न किट अभाव भएको छ । किट अभावमा भक्तपुर अस्पतालले आइतबारदेखि सर्वसाधारणको कोरोना परीक्षण बन्द गरेको जनाएको छ । भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले दुईतीन दिनदेखि नै अस्पतालमा किट अभाव भएको जानकारी दिए ।

जोखिम बढ्यो, किट छैन

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ। यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो। किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए।

तत्काललाई टर्यो किट अभाव

किट अभावले पिसिआर परीक्षणमा ढिलाइ भइरहेका बेला तत्कालका लागि कपिलवस्तुमा किटको अभाव टरेको छ । जिल्लाका आठ पालिकाले आवश्यक भिटिएम किट किन्ने तयारी गरिरहेकै बेला स्वास्थ्य सेवा विभागबाट एकैपटक जिल्लामा तीन हजार किट आएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्