९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘विहारमा मदिरा निषेध अभियान असफल’

सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ। प्रतिबन्ध उल्लंघन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन।

डोटीमा निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री वितरणमा रोक

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।

काष्ठमाण्डप टेलिभिजनका ५ जना पत्रकारमाथि लक्ष्मी बैंकका सुरक्षा गार्डले गरे हातपात

नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि समाचार संकलनमा अवरोध गर्नु, हातपात हुनु तथा सञ्चा सामग्रीमा क्षति पुर्‍याउने काम हुनु, निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै पत्रकार महासंघले विज्ञप्ति जारी गरेको छ।

मदिराका दुई ब्रान्डबीच मर्ज

विनर लिकर (पर्नोड रिचार्ड इन्डियासँगको एक संयुक्त उद्यम) र एसपीजी ट्रेडिङ, पर्नोड रिचार्ड (सीग्राम) ब्रान्डबीच मर्जरको सम्झौता भएको छ।

मदिरा सेवनबाट कलेजो बिग्रने समस्या बढ्दो

अस्पतालमा कलेजोरोग विशेषज्ञ र मनोरोग विशेषज्ञ भएकाले यस्ता बिरामी बढी हुने गरेका छन्। यसो त यहाँका मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा यो समस्या लिएर आउनेको सङ्ख्या निकै बढी हुने गरेको छ।

अवैध घरेलु मदिरा उत्पादनमा रोक

जिल्ला प्रहरी कार्यालय कालिकोटले जिल्लाभर घरेलु मदिरा बरामद गर्न थालेको छ। घरेलु मदिरा सेवनबाट हुने झै झगडाहरु कम गर्न अभियान चलाएको हो।

तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय तनहुँमा सम्पन्न राजनीतिक दल सहितको सरोकारवालाको बैठकले मौन अवधिभर मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

ग्रिनलाइन सेन्टर प्रालिका संचालक अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

मन्त्री हाङगामद्धारा लोकल मदिरालाई ‘बेण्ड होइन,ब्राण्ड' बनाउने बहसको पुनः जागृत

प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले लोकल मदिरालाई ‘बेण्ड होइन, ब्राण्ड’ बनाउने भनाइलाई फेरी बहसमा ल्याएका छन्।

दसैँमा मदिरा बिक्री बन्द

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो।

मदिरा सारंगी बजारमा उपलब्ध

नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको उत्कृष्ट स्वाद र अन्तर्राष्ट्रिय स्तरको मदिरा सारंगी बुधबारदेखि बजारमा उपलब्ध भएको छ।

लगानीको स्रोत नखोज्ने व्यवस्थाप्रति एमालेको आपत्ति

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटमा बजेटमार्फत कालोधनलाई वैध बनाउन खोजेको भन्दै सरकारको आलोचना गरे।

मदिरा उत्पादक संघको सभा

नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभा सम्पन्न भएको छ। सम्पन्न सभाबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

आतंकवादी क्रियाकलाप र भ्रष्टाचारको लगानीमा छुट छैन: अर्थ मन्त्रालय

मदिरा र सुर्तीजन्य उद्योगमा बाहेक लगानीमा आयस्रोतको खोजी नगर्ने गरी आयकर ऐन संशोधन गरेको सरकारले भ्रष्टाचार वा अन्य कुनै कसूरजन्य कार्यका सम्बन्धमा सम्बन्धित कानुन बमोजिम कारबाही हुने जनाएको छ।

कोदोको रक्सी: ‘ब्यान्ड भर्सेस ब्रान्ड’को अध्ययन प्रतिवेदन तयार

घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्द्धनका लागि सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले गठन गरेको सम्भाव्यता अध्ययन तथा सुझाव कार्यदलले प्रतिवेदन तयार पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्