९ मंसिर २०८१ आइतबार
image/svg+xml

मदिरा खान लाइसेन्स !

जुम्लाको गुठिचौर गाउँपालिकाभित्र मदिरा खान लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ। कार्यविधि बनाएर गाउँपालिकाले तोकिएको मापदण्ड पूरा गरेपछि मात्र बिक्रीवितरण, ओसारपसार तथा सेवन गर्न पाउने प्रमाणपत्र (लाइसेन्स) दिनुपर्ने व्यवस्था गरेको हो।

नेपालमा सूर्ति र मदिरा प्रयोग गर्नेमा महिलाभन्दा पुरुष बढी

नेपालमा सूर्ति तथा मदिराजन्य पदार्थ प्रयोगकर्तामा महिलाको तुलनामा पुरुष बढी भएको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले यी दुवै पदार्थ प्रयोग गर्नेमा पुरुष बढी भएको रिपोेर्ट सार्वजनिक गरेको हो।

किन गर्छन् आत्महत्या?

चरम निराशा र एक्लोपनका कारण कलाकारदेखि सेलिब्रेटी र आम मानिसहरू डिप्रेसनको सिकार हुने र आत्महत्याको बाटो रोज्ने गरेको मनोविज्ञ कृपा सिग्देलको बुझाइ छ। नेपालमा युवा पुस्तामा आत्महत्या विषयमा अनुसन्धान गरिरहेकी मनोविज्ञ सिग्देल निराशा, अत्याधिक मदिरा सेवन र डिप्रेसनका कारण मानिसले आत्महत्या गर्ने बताउँछिन्।

सर्प समातेर आफैंले घाँटीमा बेर्दा...

सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका-२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।

मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने

म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ। दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको तेह्रौं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक २०७१ चैतमा राउटे समुदायका मानिसको फोटोसमेत खिचेर गणना गरेको थियो। त्यसबेला राउटेको संख्या १८४ थियो। अहिले त्यो संख्या घटेर १४१ मा भएको छ।

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क

कुरकुरे, कुरमुरे, लेज, चिजबल प्रतिकिलो रू १७ अन्तःशुल्क रहेकोमा त्यसलाई बढाएर प्रतिकिलो रू २० पुर्याइएको छ। आलु चिप्स प्रतिकिलो रू १७ अन्तःशुल्क लाग्ने गरेकोमा रू एक बढाएर रू १८ पुर्याइएको छ ।

मदिराको बोत्तलले फोहर व्यवस्थापनमा चुनौती

म्याग्दीमा मदिराका सिसाजन्य बोत्तल व्यवस्थापन हुन नसक्दा समस्या भएको छ। गाउँगाउँ पुर्याइएका सिसाका बोत्तल यत्रतत्र फालिएको अवस्थामा भेटिन्छन्।

४ सय लिटर मदिरा नष्ट

सर्लाही प्रहरीले एकै दिन पौने चार सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ। सर्लाहीको इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको ३७५ लिटर मदिरा नष्ट गरेको हो।

उपनिर्वाचनमा मदिराजन्य पदार्थ बिक्री, वितरण र सेवन नियन्त्रण गर्न गृहलाई पत्राचार

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको निषेध अवधिको सूक्ष्म अनुगमन र निगरानीका लागि विशेष व्यवस्था गरेको छ।

मदिरा तस्करीमा वारिपारि संगठित सञ्जाल

फागुनको दोस्रो साता जयनगर प्रहरीले मदिरा लोड गरिएको मोटरसाइकलसहित चारजनालाई पक्राउ गर्‍यो।

आमाहरूको अभियानः ‘मदिरा र जुवातासमा रोक’

म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङ्मा ‘मदिरा सेवन र बिक्री वितरणसँगै जुवातास खेल्न रोक’ लगाइएको छ।

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि मदिरा नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताउँछन्।

महोत्तरीको मनरासिस्वामा मदिरा प्रतिबन्ध

महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिकाले नगरक्षेत्रमा मदिरा प्रतिबन्ध लगाएको छ। नगरभित्र मदिरा उत्पादन, सङ्कलन, भण्डारण तथा बिक्री वितरणमा रोक लगाइएको हो।

‘कर्दा ट्रिपल एक्स’ बजारमा

लामो समयदेखि २५ युपी र ३० युपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० युपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्