आइसोलेसनमा लापरबाही, संक्रमित भागेपछि त्रास
आइसोलेसनमा बसिरहेका बाँकेका एक संक्रमित सोमबार राति फरार भए । जानकी गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ वर्षीय पुरुष फरार भएका हुन् । उनी मंगलबार बेलुकीसम्म पनि फेला परेनन् । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुर निवासी संक्रमित सोमबार राति सुरक्षाकर्मीको आँखा छलेर फरार भएका थिए ।