२८ असार २०७७ आइतबार

भूमि बैंक स्थापना

कास्कीको अन्नपूर्ण गाउँपालिकाले बाँझो खेत प्रयोगका लागि भूमि बैंक स्थापना गर्ने भएको छ। गाउँपालिकाले न्यूनतम २० वर्षका लागि जग्गा लिजमा लिई व्यावसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आह्वान गरी उपयुक्त प्रस्तावलाई छनोट गर्ने नीति लिएको हो।

सिटिजन्स बैँकको ऋणपत्र नेप्सेमा सूचिकृत

सिटिजन्स बैँक इन्टरनेसनलले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५% सिटिजन्स बैँक ऋणपत्र २०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

ज्योति विकास बैँकको सिइओमा भट्ट नियुक्त

ज्योति विकास बैँकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । बैँकका सिइओ मनोज ज्ञवालीले राजीनामा दिएको करिव ३ महिनापछि भट्टलाई सिईओको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । नव नियुक्त भट्टको कार्यकाल ४ वर्षको हुनेछ ।

मेगा बैंकको संयुक्त कारोबार सूरु

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेको मेगा बैंक नेपालले संयुक्त कारोबार सुरु गरेको छ। पोखरामा एक समारोहका बीच गण्डकी विकास बैंकलाई मेगा बैंकमा प्राप्तिको घोषणा गरेपछि संयुक्त कारोबार सूरु गरेको बैंकले जनाएको छ।

एनएमबि बैंकको साधारण सभा

एनएमबि बैंकको आइतबार सम्पन्न विशेष साधारणसभाले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ।

कृषि विकास बैंक ह्याक गर्ने प्रहरी हिरासतमा

गत असोज ७ गते कृषि विकास बैंकको प्रणाली ह्याक गरेर पैसा निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बैंकको काठमाडौंको न्यूरोड शाखाबाट संगठित रुपमा प्रणाली ह्याक गरि पैसा निकालेको समूहका सौजन तामाङलाई शनिबार साँझ पक्राउ गरी आज जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ।

बैंक अफ काठमाण्डूद्धारा बीमा दाबी भुक्तानी

बैँक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना अन्र्तगत बैंकमा खाता खोलेका ग्राहकलाई बीमा दावि भुक्तानी गरेको छ।

सिटिजन्स बैंक र साबिकको सहयोगी विकास बैंकको एकीकृत कारोबार शुरू

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सञ्चालक समितिका अध्यक्ष श्री राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका छन् ।

सानिमा बैंक र आईएमएस ग्रुपबीच सम्झौता

सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ।

उद्योगी व्यवसायी सडकमा उत्रिए

उद्योगी व्यवसायीले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न गाह्रो भएको भन्दै सडकबाट ध्यानाकर्षण गराएका छन् । असारभित्र तिर्नुपर्ने बैंकको किस्ता र ब्याज तिर्ने समय थप गर्न राष्ट्र बैंकसमक्ष माग गरिएको छ ।

सहुलियत दिन हिच्किचाउँदैनौं, वित्तीय स्थायित्वसँग सम्झौता गर्दैनौं

समग्रमा आर्थिक हिसाबले हेर्दा अहिले विभिन्न एजेन्सीले आफ्ना खालका रिपोर्ट दिइरहे पनि नेपाल समग्रमा दक्षिण एसियामा पनि अलिकति राम्रै स्थितिमा छ। अरु मुलुकभन्दा सकारात्मक परिदृश्य नै छ। हामी ऋणात्मक भइसकेका छैनौं।

यस्तो छ बैंक वित्तीय संस्थाको १० महिनाको निक्षेप परिचालन र कर्जा प्रवाहको अवस्था

चालु आर्थिक वर्षको १० महिनाको अवधीमा बैंक तथा वित्तीय संस्थाले चल्ती, मुद्दती र बचत खातामा ३६ खर्ब ९७ अर्ब रुपैयाँ बचत परिचालन गरेका छन्। सो अवधीमा यी बैंक वित्तीय संस्थाले पर्यटन, कृषि, होटल, उद्योगलगायतका क्षेत्रमा ३२ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंकको किस्ता भुक्तानी गर्ने समय ६ महिना थप्न माग

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट यातायात व्यवसायीले लिएको ऋणको किस्ता भुक्तानी गर्ने समय छ महिना थप गर्न माग गरेको छ।

विश्व बैंकको नेपाल निर्देशकमा फारिस

विश्व बैंकले नेपालका लागि राष्ट्रिय निर्देशकमा फारिस हदाद जर्भोसलाई नियुक्त गरेको छ। फारिसलाई नेपालसँगै माल्दिभ्स र श्रीलंकाको पनि जिम्मेवारी दिइएको छ।

गरिमा विकास बैंकद्धारा एक महिनाको ब्याज मिनाहा

कोभिड–१९ को संक्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट सूरु गरेको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र पनि प्रभावित भएको भन्दै गरिमा विकास बैंकले नयाँ योजना सार्वजनिक गरेको छ। बैंकले यात्रुबाहक सवारी साधन खरिद गर्न कर्जा लिएका ऋणीलाई प्राथमिकतामा राख्दै एक महिनाको ब्याज छुट दिएको निर्णय गरेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्