सल्यानमा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।
सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा परी १ जना घाइते भएका छन्।
नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले। प्रहरी सेवामा रहँदा देशविदेश देखेका उनलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो। त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उनले तरकारी र फलफूल खेती सुरु गरेका हुन। ऊ बेलादेखि नै उनले काठमाडौँका तारे होटललाई बजारको ‘टार्गेट’ गरेका हुन। उनको लक्ष्य अहिले विस्तारित हुँदैछ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले तरकारी खेती गरेर वार्षिक रूपमा २५ लाख रुपैयाँ बढी आम्दानी गर्दै आएका छन्।
गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।
केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन्। उनीहरू आफैंले उत्पादन गरेका तरकारी आफैं बिक्री वितरण गर्दै आएका हुन्।
तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ।
विद्यालयको गेटमा लेखिएको छ ‘विद्यालयभित्र लिएको ज्ञानलाई व्यवहारमा लागू गरौं’। त्यही ज्ञानलाई मूर्त रूप दिन दाङको सिद्धरत्ननाथ मावि नारायणपुरका विद्यार्थीहरू लागिपरेका छन्।
पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ।
भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको संख्या बढ्दै गएको छ। उनीहरूले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानी समेत गर्दै आएका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिका १० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले व्यवसायीक रुपमा तरकारी खेत गर्न थालेको २० वर्ष पुग्यो। डल्लाकोटीले २ रोपनी बारीमा मौसम अनुसारको तरकारी लगाउँछन्। यतिखेर उनको बारीमा सिमी तयारी रहेका छन्। तर,उनलाई बजारीकरणको भने समस्या छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धाका माध्यमबाट भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।
राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ।
पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ ।
दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एक मात्र सडक खलङ्गा-तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।
बाँके बैजनाथ गाउँपालिका-८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छिन्।