८ वैशाख २०८१ शनिबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण औपचारिक रुपमा हस्तान्तरण

नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई आज औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।

भूकम्प गएको छ वर्षपछि ठडियो काष्ठमण्डप

त्यसैगरी ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको थियो। तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ।

सात लाखभन्दा बढी घरको पुनःनिर्माण

सरकारले भूकम्प प्रभावित भनी सूचीकृत गरेका ३२ जिल्लामा जम्मा लाभग्राही आठ लाख ६६ हजार १६० रहेका छन्। तीमध्ये आठ लाख २९ हजार ६६७ सँग अनुदान सम्झौता भएको थियो

पहिराेले विद्यालयमा क्षति

वर्षासँगै खसेको पहिराेले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ।

निजी आवासका लाभग्राहीहरुलाई २०७८ कार्तिक मसान्तसम्मको समयावधि

बैठकले कोभिड–१९ महामारीको दोस्रो लहरका कारण काम सम्पन्न गर्न नसकेका निजी आवासका लाभग्राहीहरुलाई २०७८ कार्तिक मसान्तसम्मको समयावधि तोकी उक्त कार्यको फछ्र्यौट गर्ने निर्णय पनि गरेको छ।

सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि समय लाग्ने

धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन। अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम भइरहेको छ। यही वैशाख ११ गते उद्घाटन गर्ने तयरीस्वरुप अहिले रङ्ग लगाउने काम भइरहेको हो।

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ।

‘सम्पदा पुनर्निर्माणमा समुदायको सहभागिता प्रभावकारी’

संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताए।

पाँच वर्षपछि भूकम्पपीडित खोजिँदै

पाँच वर्षपछि काभ्रेपलाञ्चोकका वास्तविक भूकम्पपीडित खोजिने भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले भूकम्पपीडित खोज्न गाउँगाउँ जाने योजना बनाएको हो।

भूकम्पपीडितका सबै गुनासो फर्स्योट, पुनरावेदनमा जान पाइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ‘लाभग्राहीमा समावेश गरियोस्’ भनी भूकम्प पीडितले दर्ता गरेका र विभिन्न चरणका सर्वेक्षणबाट सङ्कलन गरिएका सबै गुनासो फर्स्योट गरेको छ।

अलपत्र पुनःनिर्माणले सधैं सम्झाउँछ भूकम्प

सकिनुपर्ने समयमा गोरखा दरबार पुनःनिर्माणको काम ५० प्रतिशत मात्रै भएको छ। पुराŒव विभाग र निर्माण जिम्मा लिएको पचली सिवाको जेभी कन्स्ट्रक्सनले समयमै काम गर्न गराउन नसक्दा निर्माण सकिनुपर्ने दरबार अलपत्र परेको छ।

विस्थापित स्थानान्तरण समस्या यथावत्

रसुवाको उत्तरगया गाउँपालिका–१ गोगनेका पूर्णबहादुर घले विस्थापित भएर उत्तरगया–५ खाल्डे बगरस्थित अस्थायी शिविरमा बस्न थालेको पाँच वर्ष हुन लाग्यो। तर उनले अझै स्थायी घर बनाएर कहाँ बस्ने टुंगो लगाउन सकेका छैनन्। जग्गा खोज्ने कार्य जारी छ। जग्गा अझै मिलेको छैन।

ललितपुरमा अझै पुनःनिर्माण हुन सकेनन् छ हजार निजी आवास

ललितपुर महानगरपालिकाभित्र भूकम्प गएको चार वर्ष बितिसक्दा पनि अझै छ हजार बढी निजी आवास पुनःनिर्माण हुन सकेका छैनन्।

राष्ट्रपतिद्वारा पुनःनिर्माण भएका सम्पदाको अवलोकन(फोटो फिचरसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाभित्र पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप, दरबार हाइस्कुल र वसन्तपुर दरबारको अवलोकन गरेकी छन्।

भवन एउटाको प्रयोग अर्कैको

कतिपय स्थानीय तह भने अझै भाडाकै घरबाट सेवा प्रवाह गर्ने बाध्यतामा छन्। सदरमुकाममा सरकारी भवन भने धमाधम ठडिएका छन्, जहाँ सेवाग्राहीको कुनै चाप छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्