coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

दोधारा चाँदनीवासीको दुखेसो ‘हात्तीबाट जोगिन साह्रै गाह्रो भयो’

दोधारा–चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै संघर्ष गर्दै छिन्।

बाँकेको दशगजाका ७१ सीमा स्तम्भकाे मर्मत सुरु

मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ।

पर्साको ओरिया खोलामा भेटिए दुई सीमास्तम्भ

नेपाल-भारत सीमाबाट हराएका भनिएका दुई सीमास्तम्भ पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा भेटिएको छ। जगरनाथपुर गाउँपालिका–१ पिपरडारीस्थित ओरिया खोलाबाट हराइरहेका सीमास्तम्भ भेटिएपछि आजै जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ।

दसगजा अतिक्रमण व्यापक, आँगन र खेतमा सीमास्तम्भ !

सिरहा नगरपालिका–२० लगडीगदियानी र भारत पौदमा पञ्चायत वडा नम्बर–४ (लगडी) बीचमा आरपी २८ नम्बरको सीमास्तम्भ त ठडिएको छ। तर यो सीमास्तम्भ ज्ञानी मुखियाको आँगनमै छ। मुखिया भारतको लगडी गाउँका हुन्।

हराएको सीमास्तम्भ भेटियो

वर्षौदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो।

नेपाल–भारत सीमाका ८ सय ९२ वटा सीमास्तम्भ गायब

नेपाल–भारत सीमाक्षेत्रमा ८सय ९२ वटा सीमास्तम्भ (पिलर) गायब भएका छन्। १ हजार ८ सय ८० किलोमिटर लामोसीमाक्षेत्रको वैज्ञानिक मापन गर्न ६ वर्षअघि गठन गरिएको नेपाल–भारत संयुक्त सीमा कार्यदलले हालसम्म ४हजार २सय ८ वटा पिलर निर्माण गरेको छ भने ४ हजार ३सय ४५ वटा पिलर निर्माण गर्न बाँकी छ।

कटानले सीमास्तम्भ नदीमा

कैलालीको टीकापुर–८ श्रीलङ्कास्थित कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तीव्र कटानी गरिरहेको छ । नदीले तीव्र कटानी गरेपछि सीमा क्षेत्रमा रहेका सीमास्तम्भसमेत जोखिममा छन् ।

नदी कटानले सीमास्तम्भ जोखिममा

यतिबेला नदीले तिब्र कटानी गरिहेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ। तर कर्णाली नदीले नेपाल–भारत सीमा क्षेत्रमा तिब्र कटानी गरिरहेको छ।

सीमा विवाद : बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५ सय ५२ सीमास्तम्भ कायम गरिएका छन्। त्यसमा मुख्य, सहायक र साना छन्। ती सबै सीमास्तम्भ जहाँ गाडिएका थिए, त्यहाँ नभएको अवस्था छ। बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन्।

प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब

अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेका दुवै सीमास्तम्भ गायब गर्नेबित्तिकै १९४ नम्बरबाट १९७ नम्बरको सीमास्तम्भमा नक्सा कोर्दा प्यारातालसहित दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले सोे क्षेत्रमा भारतीयको नजर लागेको छ।

सीमास्तम्भ नहुँदा दसगजा अतिक्रमण

इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको साढे ५२ किलोमिटर भू–भाग भारतसँग जोडिएको छ। तर दर्जनौं स्थानमा सीमास्तम्भ नहुँदा सीमा यकिन हुन सकेको छैन। सीमा यकिन नभएकै कारण सीमाक्षेत्रमा पटक–पटक तनाव उत्पन्न हुने गरेको छ।

१५ सय सीमास्तम्भ गायब

कपिलवस्तु, पाँचथर, मोरङ, पूर्वी इलाम, डडेलधुरा, दार्चुलालगायतका जिल्लामा पर्ने सीमा क्षेत्रका स्तम्भ हराएका छन्।

बाढीले ढल्दै र पुरिँदै सीमास्तम्भ

‘पटकपटक आएको बाढीले सीमास्तम्भ सार्दै लगेको छ,’ विजयनगर गाउँपालिका–५ निवासी भेषबहादुर थापाले भने, ‘अहिले नै संरक्षण गरिएन भने पछि विवाद आउन सक्छ।’

सीमामा एसएसबीको अवरोध, 'कतै घर भत्काउँदै, कतै सडक थुन्दै'

इलामको पूर्वी साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ। सीमास्तम्भ नभएको, भए पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्