coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

लकडाउन अनुभव

लकडाउनको बेला गुरुगुरुआमाले हामीलाई अनलाइन कक्षा लिँदै हुनुहुन्छ । मैले पहिले पहिले त्यत्ति मोबाइल चलाउँदिनथें । अहिले अनलाइन पढ्नुपर्ने भएपछि यो चलाउने तरीका पनि सिकियो । जे हुन्छ राम्रैका लागि हुन्छ भनेर गुरुआमाले भन्नुहुन्थ्यो हो जस्तो लाग्यो ।

विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो।

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ।

अनलाइन शिक्षाका सम्भावना र चुनौती

प्रविधिको विकाससँगै अनेकौं सम्भावना लिएर आएको अनलाइन शिक्षालाई प्रभावकारी बनाउन विद्यालयको भूमिका महत्त्वपूर्ण हुन्छ ।

अनलाइन कक्षा सञ्चालनका लागि विद्यालयसँग छलफल

टोखा नगरपालिकाले बन्दाबन्दीको समयमा अनलाइनमार्फत पठनपाठन सुरू गर्न संस्थागत र सामुदायिक विद्यालयसँग छलफल सुरु गरेको छ ।

लकडाउन अनुभव नातिनीको भाकामा

घरमा मैले सक्ने थाहै नपाएका सक्ने कामहरू बाबुआमा र हजुरीले सिकाउनुहुन्छ। पढ्नुलेख्नु, पेन्टिङ गर्नु , रमाइला कथाका पुस्तक पढ्नु, नाच्नु र गाउनु।

सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु

कतिपय गाउँ गएका साथी चाहिँ अनलाइन कक्षा लिनबाट इन्टरनेट नचलेकै कारण बन्चित भएका छन् । कति दुःख लाग्दो कुरो ! अब उनीहरूको पढाई के होला ? मैले उनीहरूलाई कसरी सहयोग गर्न सक्छु होला भनेर बेलाबेलामा सोच्ने पनि गर्छु ।

लकडाउन अभिशाप कि वरदान ?

छोरी असार एक गतेदेखि स्कुल लाग्छ भन्नुको अर्थ सधैंझैं किताबकापी बोकेर ड्रेस लगाएर स्कुल जान पाइने भनेको हैन । घरमै बसीबसी अनलाइन कक्षा सञ्चालन गर्ने मात्र भनेको हो क्या । यस्तो महामारीमा कसले पठाउँछ र आफ्ना छोराछोरीलाई स्कुल ।

बालबालिका र लकडाउन

स्वतन्त्र भई आकाशमा उड्ने पक्षीलाई पिँजडाको साँघुरो घेरामा बस्न कति कठिन हुँदो रहेछ भन्ने मानिसले राम्रोसँग बुझेको छ यतिबेला । कोभिड– १९ भाइरसबाट सुरक्षित रहन लकडाउन स्वीकार्नुबाहेक अन्य विकल्प पनि त छैन ।

लकडाउन र अनलाइन कक्षा

कोरोना महामारीले जीवनको हरेक पक्षलाई बाधा पुरयाउन हिचकिचाएको छैन । घातक कोरोना भाइरसले देशव्यापी रूपमा बन्दाबन्दी, उडानहरू बन्द, शैक्षिक संस्थाहररू बन्द गर्ने र सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको अवस्था छ।

लकडाउनमा वेस्ट डेलिगेट

शुरूमा लकडाउन सबैलाई अनौठो लागेको थियो । योभन्दा अघि अभिभावकहरूलाई पनि यसबारे थाहा थिएन । अभिभावकसँग घर बस्न पाउँदा प्रायः छोराछोरीलाई त रमाइलो लागिहाल्छ तर काम बन्द भएर घरमा त्यत्तिकै बस्नुपर्दा अभिभावकलाई चिन्ताले खूबै सताएको छ ।

घर नै पाठशाला

नाच्नमा रुचि हुनेले नाच्ने, गाउनमा रुचि हुनेले गाउने, वाद्यवादनमा रुचि हुनेले बजाउने, लेख्नमा रुचि हुनेले लेख्ने, पढ्नमा रुचि हुनेले पढ्ने आदि कामहरू धेरै छन् । तर, हामी काम नै नभएजस्तो दिक्क मानेर बसिरहेका हुन्छौं ।

चित्रमा रमाउने गरेको छु

विपत्को घडीमा त्रसित भएर बस्नुभन्दा सिर्जनात्मक काम गर्नुपर्छ । म चित्रहरूमा रमाउने गरेको छु । मैले आदरणीय व्यक्ति र आफूलाई मनपर्ने चीजका चित्र कोरेर समयको सदुपयोग गरेको छु । आफ्नै चित्रहरूले कोठा सजाएकोे छु ।

नियमित व्यायाम गर्छु

प्रकृतिको यो कहालीलाग्दो समयमा हामी आआफ्नो घरभित्रै सिमित भएका छौं । आजको यो आधुनिक विश्वलाई यति सुक्ष्म जीवाणुले निरीह बनाउला भनेर कसैले कल्पना समेत गरेका थिएनन होला । यो अकल्पनीय समयमा हामीले चुपचाप घरमा बस्नुको अर्को विकल्प भएन र छैन ।

कोरोना कहरमा अनलाइन कक्षा राम्रो विकल्प बन्न सक्छ

हरेक कुरा असम्भव भन्दै केही प्रयास नगरी बस्ने हो भने केही कुरा पनि सम्भव हुँदैन । भन्नेले त विमान बनाउने राइट दाजुभाइलाई पनि बाँकी राखेका थिएनन् । तर उनीहरूले आफ्नो क्षत्रमा गरेको अथाह मेहेनत र निरन्तरताले सफलता पाएरै छोडे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्