रुसी पत्रकारको निवासमै गोली हानी हत्या

रुसी पत्रकारको निवासमै गोली हानी हत्या

बुधबार, १६ जेठ २०७५

रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या गरिएकाे छ । उनी युक्रेनको किभमा कार्यरत थिए। उनकी श्रीमतीले...

धनगढीमा गोली हानी लुटियो साढे नौ लाख

धनगढीमा गोली हानी लुटियो साढे नौ लाख

आइतबार, १३ जेठ २०७५

धनगढी उपमहानगरपालिकामा अज्ञात समूहले गोली हानी साढे नौ लाख लुटेको छ। धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले...

सिरहामा गोली हानी युवकको हत्या

सिरहामा गोली हानी युवकको हत्या

सोमबार, २४ बैशाख २०७५

आईतबार अबेर राती सिरहाको अर्नामा गाउँपालिका १ मा गोलीप्रहार गरी एक युवकको हत्या भएको छ। गोली प्रहारबाट सोही ठाउँका धर्मेन्द्र...

व्यवसायीको गोली हानी हत्या

व्यवसायीको गोली हानी हत्या

शुक्रबार, २१ पुष २०७४

रुपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एक युवकको आज गोली हानी हत्या गरिएको छ। अज्ञात समूहले स्थानीय करिब ४२...

सर्लाहीमा व्यवसायीको गोली हानी हत्या

सर्लाहीमा व्यवसायीको गोली हानी हत्या

बुधबार, २५ असोज २०७४

सर्लाहीमा एक युवकको गोली हानी हत्या गरिएको छ। कविलासी नगरपालिका–३ पिपरिया निवासी सुनिल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका साहको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएको हो।

निर्माण व्यवसायी महासंघ अध्यक्षको नयाँ वानेश्वरमा गोली हानी हत्या

निर्माण व्यवसायी महासंघ अध्यक्षको नयाँ वानेश्वरमा गोली हानी हत्या

सोमबार, २३ असोज २०७४

देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दहाडै काठमाडौंमा हत्या भएको छ। सोमबार दिउँसो नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो। तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

पराजित उम्मेदवारका छोराको गोली हानी हत्या

पराजित उम्मेदवारका छोराको गोली हानी हत्या

सोमबार, ०९ असोज २०७४

रौतहटको परोहा नगरपालिका २ मा वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३:३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो।

काँग्रेसका पराजित उम्मेदवार छोराको गोली हानी हत्या

काँग्रेसका पराजित उम्मेदवार छोराको गोली हानी हत्या

सोमबार, ०९ असोज २०७४

रौतहटको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३ः३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो। गर्मीका कारण बरन्डामा चार पाँच जना साथीसँग सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली हानेको हो। किन गोली चलाएको खुल्न सकेको छैन। पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो।

भारतीय पत्रकार लंकेशको गोली हानी हत्या

भारतीय पत्रकार लंकेशको गोली हानी हत्या

बुधबार, २१ भदौ २०७४

भारतकी वरिष्ठ महिला पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ ।  ५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी  हत्या गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए ।

केडिया अपहरणका 'मास्टरमाइन्ड' बब्लुको अदालतमै गोली हानी हत्या

केडिया अपहरणका 'मास्टरमाइन्ड' बब्लुको अदालतमै गोली हानी हत्या

बिहिबार, २८ बैशाख २०७४

वीरगञ्जका व्यापारी सुरेश केडियाको अपहरणका मुख्य योजनाकार भारतीय अपराधी बब्लु दुबे अदालत परिसरमै मारिएका हुन्। गत वर्ष भएको विरगञ्जका व्यापारी केडियाको अपहरणको अनुसन्धानमा दुबे मुख्य योजनाकार रहेको खुलेको थियो। उनी बिहीबार भारत विहारको बेतिया कोर्ट परिसरमै मारिएका हुन्।

आफ्नै गार्डद्वारा गोली हानी कुटिनीतिज्ञको हत्या

आफ्नै गार्डद्वारा गोली हानी कुटिनीतिज्ञको हत्या

मङ्गलबार, २५ माघ २०७३

अफ्गानिस्तानका एक कुटिनीतिज्ञको गोली हानी हत्या गरिएको छ। पाकिस्तानको दक्षिणी सहर कराँचीमा रहेको अफ्गानिस्तानको वाणिज्य दुतावासमा तृतीय तह सचिव पदमा कार्यरत मोहम्मद जाकी अब्दुको हत्या भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

बुरुन्डीका वातावरण मन्त्रीको गोली हानी हत्या

आइतबार, १७ पुष २०७३

बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहान गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए ।

टर्कीकालागि रुसी  राजदूतको गोली हानी हत्या (भिडियोसहित)

टर्कीकालागि रुसी राजदूतको गोली हानी हत्या (भिडियोसहित)

मङ्गलबार, ०५ पुष २०७३

टर्कीको राजधानी अंकारामा प्रहरीले टर्कीकालागि रुसका राजदूत आन्द्रेई कालरेवको गोली हानी हत्या गरेका छन्। प्रहरीको कला प्रदर्शनका क्रममा एक प्रहरीले आवेशमा आएर राजदूत आन्द्रेई कालरेवमाथि गोली प्रहार गरे र भने ‘एल्पेपो र बदला’ भन्दै नाराबाजीसमेत गरेका थिए। आफ्ना राजदूतको हत्या भएपछि रुसले हत्याको बदला लिने चेतावनी दिएको छ। उसले हत्यारालाई नछोड्ने चेतावनीसमेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

युवा संघका रुपन्देही अध्यक्ष तिवारीको गोली हानी हत्या (अपडेट)

सोमबार, ०४ पुष २०७३

एमालेको भातृ संगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ। युवा संघ नेपालका केन्द्रीय अध्यक्ष राजीव पहारीले 'तिवारीको गोली हानी हत्या भएको' नागरिकन्युजलाई बताए।

गोली हानी मानिसको हत्या गर्दा आनन्द महशुस गर्ने म्याटिस ट्रम्पका रक्षामन्त्री

गोली हानी मानिसको हत्या गर्दा आनन्द महशुस गर्ने म्याटिस ट्रम्पका रक्षामन्त्री

बुधबार, २२ मङि्सर २०७३

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मरिन काप्र्सका सेवानिवृत जनरल जेम्स म्याटिनलाई आफ्नो रक्षा मन्त्रीमा नियुक्त गरेका छन्। म्याटिसको नाममा सहमति जेट्ने वित्तिकै उनले वर्तमान रक्षामन्त्री एस्टन कार्टरको ठाउँ लिने छन्।

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

अबैध सम्बन्ध राखेकाे भन्दै गोली हानी हत्या

शनिबार, ०१ असोज २०७३

धनकुटाको डाडाँगाउँ गाविस–१ मा अर्काकी श्रीमतीसँग यौन क्रियाकलपमा संलग्न रहेका एक युवाको गोली हानी हत्या गरिएको छ। आफ्नो कान्छी बुहारीसँग खुल्ला चौरमा यौन क्रियाकलप गरिरहेको देखेपछि स्थानीय ४८ वर्षीय चक्र भनिने खड्गबहादुर गुरुङले भरुवा बन्दुकले गोली हानेर हत्या गरेका हुन्।

मदिरा पिउने क्रममा विवाद भएपछि गाेली हानी  दुई जनाको  हत्या

मदिरा पिउने क्रममा विवाद भएपछि गाेली हानी दुई जनाको हत्या

सोमबार, ०६ भदौ २०७३

देउखुरीको गढवामा एक व्यक्तिले गोली प्रहार गरी दुईजनाको हत्या गरेका छन्। नेपाल भारत सीमा क्षेत्र देउखुरीको गढवा ५ खवरी नाकामा स्थानीय कर्णवहादुर पुनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेका हुन्। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय राजु रोका र २५ वर्षीय कालुराम रोका रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

खुलेआम गोली हानी प्रहरी जवानको हत्या

खुलेआम गोली हानी प्रहरी जवानको हत्या

आइतबार, ३० साउन २०७३

भारतको बिहार राज्यको मुगेर जिल्लास्थित रेल्वे स्टेशनमा ड्युटीमा रहेका एक राज्य पुलिसका जवानलाई खुलेआम गोली हानी गरी हत्या गरिएको छ। आक्रमणकारी प्रहरीलाई खुलेअाम गाेली प्रहार गरेपछि सर्वसाधारणको भागाभाग भएको थियो।

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

अमेरिकामा मुस्लिम धर्म गुरु र उनको एक सहयोगीको गोली हानी हत्या

आइतबार, ३० साउन २०७३

अमेरिकामा एक मुस्लिम गरु र उनको एक सहयोगीको गोली हानी हत्या गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । न्युयोर्क शहरको क्विन्स् सडकमा हिडिरहेका उनीहरुमाथि पछाडिबाट एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको अमेकिरी प्रहरीका प्रवक्ताले बताए । उनीहरु दुवै जनाको टाउकोमा गोली लागेको थियो ।

चक्कु हानी १९ को हत्या

चक्कु हानी १९ को हत्या

बुधबार, १२ साउन २०७३

जापानमा अपाङ्गता भएकाहरुको आवसीय सेवा केन्द्रमा गरिएको चक्कु हमलामा कम्तीमा १९ जना मारिएका छन् । घाइते २० मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

बाटोन रोजमा तीन प्रहरीको गोली हानी हत्या

बाटोन रोजमा तीन प्रहरीको गोली हानी हत्या

सोमबार, ०३ साउन २०७३

अमेरिकी राज्य लियुसेनियाको बाटोन रोजमा एक बन्दुकधारीले प्रहरीलाई लक्षित गरी गोली चलाउदाँ तीन जना प्रहरीको मृत्यु भएको छ ।

अमेरिकामा चार प्रहरीको गोली हानी हत्या

अमेरिकामा चार प्रहरीको गोली हानी हत्या

शुक्रबार, २४ असार २०७३

अमेरिकाको डल्लासमा प्रदर्शनकारीको गोलीबाट चार प्रहरी अधिकारीको मृत्यु भएको छ। प्रहरीले दुई अश्वेत जातिका मानिसको गोली हानी हत्या गरेको भन्दै उनीहरुले प्रहरीलाई लक्षित गरी गोली चलाएका थिए।

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

प्रहरीले गोली हानी पक्रिएका गुण्डा राईलाई कांग्रेस नेताको संरक्षण, संधै न्युनतम धरौटीमा रिहा

शुक्रबार, १० असार २०७३

काठमाडौं— काठमाडौं जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक विभिन्न जघन्य अपराधमा पक्राउ परी पीडितको किटानी जाहेरीमा प्रमाण सहित मुद्धा बुझाएका अभियुक्तलाई बारम्बार अति न्युन धरौटीमा छाडेको खुलेको छ।

डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास

डोनाल्ड ट्रम्पलाई गोली हानी हत्या गर्ने प्रयास

मङ्गलबार, ०७ असार २०७३

रिपब्लिकन पार्टीकातर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई एक बेलायती नागरिकले होली हानी हत्या गर्ने प्रयास गरेका छन्। ती बेलायती युवकलाई प्रहरीले पक्राउ गरेको छ। २० वर्षीय माइकल स्टिवन सेण्डफोर्ड नामक बेयालती युवकलाई प्रहरीले अदालतमा उपस्थिति गराएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

Ncell Footer Ad