सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

सबै स्थानीय तहमा उद्योगग्राम स्थापना गरिने

आइतबार, ०८ भदौ २०७६

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक स्थानीय तहमा एक÷एक वटा उद्योग ग्राम स्थापना गरिने बताएका छन्। ...

बुहारी पढाउँदै स्थानीय तह

बुहारी पढाउँदै स्थानीय तह

बिहिबार, ०५ भदौ २०७६

विवाहित छात्रालाई (बुहारी)लाई अध्ययनका लागि सहयोग गर्ने कार्यक्रम ल्याएका छन्। जिल्लाको सुनकोशी र खिजीदेम्बा गाउँपालिकाले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएका हुन्।

सिरहाका दुई स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

सिरहाका दुई स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

बिहिबार, ०५ भदौ २०७६

चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन्।

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन

बिहिबार, ०५ भदौ २०७६

काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ। ...

नगदेशको महाकाली नाचमा रमाए स्थानीय

नगदेशको महाकाली नाचमा रमाए स्थानीय

बुधबार, ०४ भदौ २०७६

भक्तपुरको मध्यपुर थिमिको नगदेशमा नचाइने प्राचीन महाकाली नाच मंगलबार रातिदेखि सकिएको छ। नाच शनिबार रातिदेखि सुरु भएको थियो। सो नाच प्रत्येक वर्षमा चार रात चल्ने गर्दछ। गाईजात्राको भोलिपल्ट साँझबाट सुरु हुने महाकाली नाचलाई नगदेशका चोकचोकमा प्रदर्शन गर्ने परम्परा छ। आर्थिक अभावका कारण सो नाच २०६६ सालदेखि नचाउन सकिएको थिएन। सात वर्ष प्रदर्शनमा ल्याउन नसकिएको सो नाचलाई स्थानीय युवाहरुको सक्रियतामा २०७३ सालदेखि पुनः सुचारु गरिएको हो।

राप्ती नदी कटानले विस्थापित हुँदै स्थानीय

राप्ती नदी कटानले विस्थापित हुँदै स्थानीय

सोमबार, २० साउन २०७६

नदी नियन्त्रणका लागि दुवैतर्फ पक्की तटबन्ध बनाउन आफूहरूले मन्त्री, सांसद र कर्मचारीलाई बारम्बार सुझाव दिँदा पनि संघीय सरकारले असार महिनामा बजेट पठाएर सिध्याउने काम मात्रै गरेको पीडित किसान बताउँछन्।

गाउँपालिकाे जग्गामा उद्योग ग्राम, स्थानीयद्वारा विरोध

गाउँपालिकाे जग्गामा उद्योग ग्राम, स्थानीयद्वारा विरोध

सोमबार, २० साउन २०७६

स्थानीयले उपलब्ध गराएको जग्गामा गाउँपालिका भवन निर्माण नगरी गाउँपालिकाले उद्योग ग्राम बनाउने तयारी गरेपछि उनीहरू रुष्ट बनेका हुन्।

कानुनी शासनको उपहास

कानुनी शासनको उपहास

सोमबार, ०६ साउन २०७६

स्थानीयसँगको निजी विवादमा बिर्तामोडका मेयरको गाडी र घरमा क्षति भयो रे। त्यसैले ती मेयरलाई क्षतिपूर्तिस्वरूप ३० लाख दिन प्रधानमन्त्रीबाट आदेश भएछ। मेयर प्रधानमन्त्रीका चिनजानका मान्छे रहेछन्। कसैले कसैको सम्पत्ति क्षति पु¥याउँछ भने बिमा गरेको भए त्यसैबाट, नभए आफैँ मुद्दा गरी तोडफोड गर्ने व्यक्तिबाट बिगो भराउनुपर्छ। प्रधानमन्त्रीले व्यक्तिका हैसियले आफ्नो निजी सम्पत्तिबाट मेयरलाई ३० लाख दिन सक्छन्, तर प्रधानमन्त्रीका हैसियतले राज्यकोषबाट दिन मिल्दैन।

असारे झरीले स्थानीयलाई सास्ती

असारे झरीले स्थानीयलाई सास्ती

शनिबार, २८ असार २०७६

असारे झरीका कारण रौतहट सदरमुकाम गौरलगायत जिल्लाका अधिकांश ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्म र डुबान भएका कारण स्थानीयले आवतजावतमा सास्ती खेप्नुपरेको छ।

बलात्कार घटना दबाउन पञ्चायती

बलात्कार घटना दबाउन पञ्चायती

आइतबार, १५ असार २०७६

स्थानीय ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२७, उदयपुर–घुर्मीका २० वर्षीय राकेश यादवलाई खोजी गरिरहेको छ।

मेलम्चीको काममा स्थानीय भेन्डरको अवरोध

मेलम्चीको काममा स्थानीय भेन्डरको अवरोध

शुक्रबार, ०६ असार २०७६

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससँग जोडिएको इन्टेक थ्री निर्माण गर्न गएको श्रेष्ठ कन्सट्रक्सन प्रालिका कामदारलाई स्थानीय भेन्डर र सप्लायर्सले अवरोध गरेका छन्। स्थानीय भेन्डर र सप्लायर्सले सिएमसीबाट आफूहरुले लिनुपर्ने रकम पाउनुपर्ने माग गर्दै बिहीबार निर्माणस्थल पुगेका कामदारलाई आयोजना प्रवेशमा अवरोध गरेका हुन्। स्थानीयको अवरोधसँगै कामदार आफ्नो क्याम्पमा फर्किएका छन्।

पुल निर्माणको बजेटले स्थानीय उत्साहित

पुल निर्माणको बजेटले स्थानीय उत्साहित

आइतबार, २६ जेठ २०७६

खोटाङको धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दूरीको सडकखण्डमा पुल निर्माणका लागि बजेट परेकाले स्थानीय उत्साहित भएका छन्। खोटाङलाई १ नम्बर प्रदेश र २ नम्बर प्रदेशको राजधानीसँग जोड्ने द्रुतमार्ग खोल्ने मोटरेबल पुल निर्माणका लागि नेपाल सरकारको वार्षिक विकास कार्यक्रममा बजेट परेकाले उनीहरू उत्साहित भएका हुन्।

कर्णालीमा लगातार विद्युत अवरुद्धः स्थानीय आक्रोशित, विकल्प खोज्दै कुलमान

कर्णालीमा लगातार विद्युत अवरुद्धः स्थानीय आक्रोशित, विकल्प खोज्दै कुलमान

बुधबार, २२ जेठ २०७६

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सडक छेउका रुखहरुका कारण कर्णालीका केही जिल्लाहरुमा विद्युत अवरोध हुने गरेको बताएका छन्। देशमा लोडसेडिङ हटाएर चर्चा कमाएका घिसिङले सडक छेउमा भएका रुखहरुमा बिजुलीका तारहरु ठोकिएर विद्युत प्रवाह रोकिने गरेको बताए।

अर्घाखाँचीमा दुई बम निष्कृय, स्थानीय त्रसित

अर्घाखाँचीमा दुई बम निष्कृय, स्थानीय त्रसित

सोमबार, १३ जेठ २०७६

अर्घाखाचीका दुई स्थानमा राखिएको वम निष्कृय पारिएको छ । जिल्लाको सदरमुकाम सन्धिखर्क बजारमा रहेको अर्घाखाची शिक्षा क्याम्पस नजिकै र वाइखोला किनारमा रहेका वमलाई नेपाली सेनाकाे डिस्पोजल टोलीले निष्कृय गरेको हो।रामवाण गुल्मको वम डिस्पोजल टोलीका अनुसार दुवै स्थानमा रहेका शकांस्पद बस्तु वम नै भएको बताइएको छ।

धरहरा पुनर्निर्माणको काम अवरुद्ध

शुक्रबार, ०३ जेठ २०७६

स्थानीयवासीको अवरोधका कारण धरहरा पुनर्निर्माणको काम अवरुद्ध भएको छ। स्थानीयले पैदलमार्ग खुलाउनुपर्ने माग राख्दै आएका छन्।

बौद्धका व्यावसायी आन्दोलित

बौद्धका व्यावसायी आन्दोलित

बिहिबार, २६ बैशाख २०७६

बौद्ध व्यापार संघ र स्थानीयले बुधबार बौद्ध गेट अगाडीको सडकमा आन्दोलन गरे। चाबहिल–साँखु सडक खण्डअन्तर्गतको बौद्ध सडकमा पिचको काममा ढिलाई हुँदा सडक धुलाम्मे भएकाले तत्काल सडक पिच गराउनका लागि उनीहरुले आन्दोलन गरेका बताए।

जन्ती र गाउँलेबीच झडप, तीन जना घाइते

जन्ती र गाउँलेबीच झडप, तीन जना घाइते

शनिबार, १४ बैशाख २०७६

सदरमुकाम मलङ्गवामा शनिवार बिहान बिवाहका जन्ती र स्थानीय गाउँलेबीच झडप हुँदा तीन जना घाइते भएका छन्। झडपमा जन्तीतर्फका महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का ३२ वर्षीय देवेन्द्र अधिकारी, ५८ वर्षीय राजकिशोर साह र ३२ वर्षीय अरुणकुमार साह घाइते भएका हुन्। उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

मदिराले मातेर महिलाको बलात्कार, स्थानीयले समातेर प्रहरीकाे जिम्मा लगाए

मदिराले मातेर महिलाको बलात्कार, स्थानीयले समातेर प्रहरीकाे जिम्मा लगाए

मङ्गलबार, १० बैशाख २०७६

जिल्लाको छत्रकोट गाउँपालिकामा एक महिला बलात्कृत भएकी छिन्। छत्रकोट गाउँपालिका ५ मा २६ बर्षीय अनिल भन्ने तेज बहादुर सुनारले ४० बर्षीया महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिए।

पाँच महिनामा १ सय ११ थान संकलन

पाँच महिनामा १ सय ११ थान संकलन

सोमबार, ०९ बैशाख २०७६

रुकुम भन्नबित्तिकै अहिले पनि वितगको १० वर्षे सशस्त्र द्वन्द्व सम्झनामा आउने गर्दछ। तत्कालीन नेकपा माओवादीले द्वन्द्व थालेकै दिन रुकुममा पनि प्रहरी चौकीमाथि आक्रमण भएको थियो। युद्वले गर्दा यहाँका सयौं मानिस पीडित भए। द्वन्द्वकालमा जिल्लाको पूर्वी क्षेत्रले सबैभन्दा बढी क्षति बेहोर्नुपरेको थियो।

भक्तपुर नगरपालिका वडा नं ५ को समस्या

भक्तपुर नगरपालिका वडा नं ५ को समस्या

शुक्रबार, २९ चैत २०७५

भक्तपुरको विशेण बिस्का जात्रा (बिस्केट जात्रा) २७ बाट सुरु हुन्छ। अबको वडाको समस्या भनेको बाटोमा राखिएका निर्माण सामग्री देखिन्छ। किनभने जात्रामा तीन तल्ले भैरवनाथको रथ तानिन्छ। अर्को समस्या चारपांग्रे निषेध भनेर राखेको लठ्ठा पनि हो। रथ तान्ने बेला यो निकाल्ने हो कि होइन। यसको बीचबाट रथ छिर्छ भन्छन्। यो गाडी भए त सजिलै जान्थ्यो होला र यो रथ भएको करणले भनेको जसरी कहाँ हुन्छ र। यो पनि समस्या छ अहिलेको जात्रामा।

डरैडरमा रात कटाउँछन् रिगावासी

डरैडरमा रात कटाउँछन् रिगावासी

शनिबार, १६ चैत २०७५

रिगा गाउँपालिका ८ र १० मा फागुन लागेसँगै पहिरोको डर बढ्न थालेको छ। स्थानीयवासी पहिरो झर्ने डरले त्रासैत्रासमा रात बिताउन बाध्य भएका छन्।

सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम

सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयद्वारा चक्काजाम

मङ्गलबार, १२ चैत २०७५

सदरमुकाम गाईघाट बजारमा निर्माणाधीन चार लेन सडकको काम ढिला भएको भन्दै स्थानीयले चक्काजाम गरेका छन्।

बागमती नदी बग्ने जग्गाको मुआब्जा विवादमा

बागमती नदी बग्ने जग्गाको मुआब्जा विवादमा

सोमबार, ०४ चैत २०७५

बागमती सभ्यता एकीकृत विकास समितिले आयोजना सञ्चालन गर्दा नदी बगेको क्षेत्र र यसको मुआब्जाको विषय विवादमा आएको छ। आयोजनाको कार्यालयले नदीको बहाव परिवर्तन नगरेको दाबी गरिरहँदा जग्गाधनी स्थानीय बासिन्दाले भने समितिले बहाव परिवर्तन गराएको दाबी गरेका छन्। उनीहरुले आयोजनाले नदीको बहाव परिवर्तन गरकाले उचित मुआब्जा पाउनुपर्ने जिकिर गरेका छन्। बागमती नदी किनारमा मुआब्जाको विवाद दुई दशकदेखि चलिरहेको छ।

साना आयोजनामा जुट्नै स्थानीय

साना आयोजनामा जुट्नै स्थानीय

आइतबार, ०३ चैत २०७५

सरकारले एक करोडभन्दा कम बजेटका आयोजनामा डोजर लगाउन प्रतिबन्द गरेसँगै प्युठान नगरपालिकाले श्रमदानबाटै सडक निर्माणको काम थालेको छ। तीन किलोमिटर सडक निर्माणका लागि स्थानीय वासिन्दा बेल्चा, कुटो, कोदालो लिएर खटिएका छन्।

ग्यास उद्योगले स्थानीय सधैं त्रासमा

ग्यास उद्योगले स्थानीय सधैं त्रासमा

बिहिबार, १६ फागुन २०७५

मापदण्डविपरित बस्तीबीचमा सञ्चालनमा रहेको ग्यास उद्योगले धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारका स्थानीय आजित बनेका छन्।

महोत्तरीमा अख्तियारका कर्मचारी र स्थानीयबीच झडप

महोत्तरीमा अख्तियारका कर्मचारी र स्थानीयबीच झडप

मङ्गलबार, २९ माघ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीले औरही प्रहरी चौकी इन्चार्ज असई रामनरेश साह तेलीलाई नियन्त्रणमा लिन खोज्दा तनाव उत्पन्न भएको छ।

म्याद नाध्यो, काम सुरु भएन

म्याद नाध्यो, काम सुरु भएन

शुक्रबार, १८ माघ २०७५

भक्तपुरको सल्लाघारी चोकदेखि दुवाकोट पुग्ने सडक विस्तार योजना सकिनुपर्ने समय नाघिसक्दा पनि सुरु हुन सकेको छैन। भक्तपुरको सल्लाघारी सल्यानवस्ती चोकदेखि दुवाकोट पुग्ने सडक गएको पुसबाट सुरु गरी असारमै सक्निुपर्ने भए पनि सुरु हुन नपाएको हो।

सिर्सियावासी भन्छन् : मुआब्जा हैन, पुनर्वास चाहेका हौं

सिर्सियावासी भन्छन् : मुआब्जा हैन, पुनर्वास चाहेका हौं

बुधबार, १६ माघ २०७५

वीरगन्ज सुक्खा बन्दरगाहको क्षमता विस्तार गर्न चाहिने जग्गा खाली गर्न स्थानीयले असहमति जनाएका छन्। प्रस्तावित योजना कार्यान्यवनका लागि जग्गा अधिग्रहण गर्न लागिएको थियो।

पानीको मुहान मासेर सडक नबनाउन माग

पानीको मुहान मासेर सडक नबनाउन माग

बुधबार, १६ माघ २०७५

पानीको मुहानलाई अशर पुग्नेगरी सडक निर्माण गर्न लागिएको भन्दै खोटाङको मात्तिमबिर्ताका स्थानीयले विरोध जनाएका छन्। साकेला गाउँपालिका–५ मात्तिमबिर्तास्थित तीनधारेमा रहेको पानीको मुहान तेर्सोबाट डोजर लगाएर सडक खन्ने तयारी गरिएको भन्दै ६ स्थानीयले पानीको मुल संरक्षणका लागि गाउँपालिका समक्ष निबेदन दिएका छन्।

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

राप्ती नदीमा झोलुंगे पुल बन्ने भएपछि स्थानीय हर्षित

शनिबार, १२ माघ २०७५

झोलुंगे पुल बन्ने भएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्का गाउँका स्थानीय हर्षित भएका छन्। उक्त क्षेत्रको भम्का–बैरिया राप्तीघाटमा भोलुंगे पुल बन्ने भएको हो। भम्का घाटमा झोलुंगे पुल निर्माण गर्न ठेक्का सम्झाैंता भएर पनि केहीदिन देखी काम सुरु भइसकेको छ।

तीव्र विरोधपछि भारतले  ट्रेन्च खन्न र तारबार गर्न राेक्याे

तीव्र विरोधपछि भारतले ट्रेन्च खन्न र तारबार गर्न राेक्याे

शनिबार, १२ माघ २०७५

भारतीय पक्षबाट एकलौटी रूपमा थालिएको ट्रेन्च खन्ने र तारबार गर्ने कार्य स्थानीयको तीव्र विरोधपछि स्थगित भएको छ। नेपालका भूभाग र बस्ती डुबानमा पर्नेगरी भारतीय पक्षले दुई दिनदेखि कञ्चनपुरको डोकेबजारनजिक दसगजा छेउमा ट्रेन्च खन्न र सिमेन्टको खम्बा गाडेर तारबार गर्न सुरु गरेको थियो।

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

बुधबार, ०९ माघ २०७५

टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन । उनीहरुले सीमा रेखाङ्कनका नाममा वर्षौदेखी यथास्थानमा रहेको ७०४–५ नम्बरको सीमा स्तम्भ सार्ने षड्यन्त्र भइरहेको बताए।

स्थानीयले गर्दा आयातित आलु विस्थापित

स्थानीयले गर्दा आयातित आलु विस्थापित

बुधबार, ०२ माघ २०७५

जाडो याममा निस्किने ‘लोकल’ आलुको उत्पादन मध्य तराईमा यसपालि राम्रो छ। नगदेबालीको रुपमा भरपर्दो मानिने आलु उत्पादन राम्रो भएपछि किसान हर्षित छन्। वीरगन्जको थोक तरकारी बजारमा अहिले स्थानीय आलुले भारतीय आलुलाई बिस्थापन गरेको छ।

तीन दशकपछि कालोपत्रे हुँदै राँके–भेडेटार सडक

तीन दशकपछि कालोपत्रे हुँदै राँके–भेडेटार सडक

बिहिबार, १९ पुष २०७५

धनकुटा, पाँचथर र इलामका विभिन्न गाउँलाई छुने बहुप्रतिक्षित राँके–भेडटार सडक कालोपत्रे हुने भएको छ। भारतको एक्जीन बैक अफ इण्डीयाको ऋण सहयोगमा कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भइ पक्रिया अघि बढेको हो।

सडकले सहज बन्दै उत्तरी दोलखा

सडकले सहज बन्दै उत्तरी दोलखा

शुक्रबार, ०६ पुष २०७५

दोलखा–सिंगटी सडकखण्डमा रहेको कटुवाचौर बजारका जगन्नाथ पकवाल आफ्नो घरअगाडिको चिल्लो सडकमा मोटर आउजाउ गरिरहेको देखेर दंग छन्। भन्छन्, ‘यो सडकले यति छिट्टै यस्तो रूप लिन्छ भन्ने कल्पनै गरेको थिइनँ।’

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

बिहिबार, २७ मङि्सर २०७५

साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला पन्त हराएपछि आमा दुर्गादेवी र छिमेकीले अनेक बिन्ती गर्दा पनि प्रहरी खोजीमा गइदिएन। युवती हराउने र खोजी गर्दा बलात्कारसहित हत्या भएको अवस्थामा फेला पर्ने घटना भइरहेका बेला प्रहरीको यो व्यवहारले स्थानीय असन्तुष्ट बने। निर्मला हराएको बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्नू भन्दा प्रहरीले इन्कार ग-यो।

सीमा क्षेत्रमा स्थानीय र प्रहरीबीच असमझदारी

सीमा क्षेत्रमा स्थानीय र प्रहरीबीच असमझदारी

बुधबार, १४ कार्तिक २०७५

भारतीय हतियारधारी समूहले गत असोज ४ गते नेपाल आएर सुनसरी हरिनगरको भुटाहामा विद्यालय सञ्चालकको हत्या गरे । चार जनाको संख्यामा आएका उनीहरूले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए।

कीर्तिपुरलाई सुक्खा बन्दरगाह होइन, पर्यटकीय नगर बनाउन माग

कीर्तिपुरलाई सुक्खा बन्दरगाह होइन, पर्यटकीय नगर बनाउन माग

बुधबार, १४ कार्तिक २०७५

काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह निर्माणमा स्थानीयले अवरोध गरेका छन् । कीर्तिपुर पर्यटकीय नगर भएकाले त्यसको विकास गर्नुको सट्टा विभिन्न संरचना बनाउने कार्य स्वीकार्य नहुने स्थानीयको माग छ।

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

कार्यालय सार्न खोज्दा स्थानीयको प्रतिकार

बिहिबार, ०८ कार्तिक २०७५

सदरमुकामस्थित सघन सहरी तथा भवन निर्माण आयोजना (साविक सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय) झापा सार्न लागिएपछि स्थानीयले प्रतिकार गरेका छन्। कार्यालयका सामान बोक्न आएको गाडी जिल्लाका निर्माण व्यवसायी र स्थानीयको प्रतिकारपछि खाली नै फर्किएको छ।

दसैँको मुखमा खडेरी पीडितलाई राहत

दसैँको मुखमा खडेरी पीडितलाई राहत

शनिबार, २७ असोज २०७५

यसपालीको वर्षायाममा चर्को खडेरीका कारण बालीनाली नष्ट भएका पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका बासिन्दालाई दसैंको मुखमा १ नम्बर प्रदेशको अगुवाइमा राहत वितरण प्रारम्भ भएको छ।

आफ्नै पैसा र पसिनाले सडक

आफ्नै पैसा र पसिनाले सडक

शनिबार, ०६ असोज २०७५

शहिद लखन गाउँपालिका वडा नम्बर ७ बुङकोटका स्थानीयले आफ्नै शक्रियतामा सडक मर्मत गरेका छन्। दशैँ नजिकिँदै गर्दा सदरमुकाम हुँदै गाउँ जाने सडक अवरुद्ध भएपछि खाद्यान्न ढुवानीमा समस्या भएको, पुन निर्माणको समय भएकाले निर्माण सामग्री लैजान सकश भएपछि सडक मर्मतमा स्थानीय लगेका हुन्।

मनपरी कर असुल्दै स्थानीय सरकार, जनता निराश

मनपरी कर असुल्दै स्थानीय सरकार, जनता निराश

शनिबार, १९ साउन २०७५

सरकारले स्थानीय तहहरूले आफूखुसी कर असुल्न थालेपछि जनप्रतिनिधिहरुप्रति नागरिक असन्तुष्ट बनेका छन् । आन्तरिक आम्दानी वृद्धि गर्ने भन्दै जनप्रतिनिधि आएसँगै स्थानीय तहले कर असुली गर्न थालेका हुन् ।

स्थानीय तहमा भारतले सोझै लगानी गर्न नपाउने

स्थानीय तहमा भारतले सोझै लगानी गर्न नपाउने

शुक्रबार, १८ साउन २०७५

भारतले प्रदान गर्ने साना विकास परियोजनामा अब स्थानीय तहले विगतमा जस्तो सोझै खर्च गर्न नपाउने भएका छन्।

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

बिहिबार, १७ साउन २०७५

प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

केन्द्रमा कर्मचारी फालाफाल, स्थानीय तहमा अभाव

केन्द्रमा कर्मचारी फालाफाल, स्थानीय तहमा अभाव

मङ्गलबार, १५ साउन २०७५

संघीय सरकारका मन्त्रालय र माताहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ।

वर्षौदेखी डल्फिन जोगाउँदै स्थानीय

वर्षौदेखी डल्फिन जोगाउँदै स्थानीय

मङ्गलबार, १५ साउन २०७५

कैलालीको भजनी नगरपालिकाका विप्लवराज श्रेष्ठ (२३) भारतको हैदरावादमा स्नातोकोत्तर तहमा इन्जिनियरिङ पढ्दैछन्। उनी बिदाको समयमा घर आएको बेला डल्फिन क्षेत्रमा घुम्न निस्कन्छन्।

स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

स्थानीय तहको प्राथमिकतामा परेन विमानस्थल निर्माण

आइतबार, १३ साउन २०७५

जेठको २५ गते पहिलो पटक गुल्मीको रेसुङ्गा विमानस्थलमा जहाज अवतरण गर्‍याे। रेसुङ्गा विमानस्थलमा पहिलो पटक जहाज अवतरण गर्दा एक दशक अगाडिदेखिको गुल्मेलीहरुको जहाज चड्ने सपना पुरा भयो भन्दै गुल्मेलीहरुले खुसीयाली मनाए।

कर्मचारी समायोजन एक महिनापछि, पहिलो प्राथमिकता स्थानीय तह

कर्मचारी समायोजन एक महिनापछि, पहिलो प्राथमिकता स्थानीय तह

आइतबार, १३ साउन २०७५

सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि सबैभन्दा पहिलो प्राथमिकतामा स्थानीय तहमा राखेको छ। स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो।

‘चर्को’ स्थानीय ‘कर’प्रति उद्योग वाणिज्य सङ्घको विरोध

‘चर्को’ स्थानीय ‘कर’प्रति उद्योग वाणिज्य सङ्घको विरोध

शनिबार, १२ साउन २०७५

वीरगन्ज महानगरपालिका नगरसभाले हालै पारित गरेको आर्थिक ऐन २०७५ मा उल्लेखित विभिन्न कर शुल्क, दस्तुर नगरवासीको हितविपरित तथा आर्थिक शोषण हुने खालको रहेको भन्दै वीरगन्ज उद्योग बाणिज्य संघले बिरोधको कार्यक्रम घोषणा गरेको छ।

स्थानीय तहलाई चीन सरकारको एम्बुलेन्स उपहार

स्थानीय तहलाई चीन सरकारको एम्बुलेन्स उपहार

शनिबार, १२ साउन २०७५

चीन सरकारले तिब्बती सिमासँग जोडिएका ५ स्थानिय तहलाई एम्बुलेन्स उपहार दिएको छ।

Ncell Footer Ad