चिनियाँ टोलीद्वारा स्तरोन्नति सुरु

चिनियाँ टोलीद्वारा स्तरोन्नति सुरु

शुक्रबार, १७ असोज २०७६

३९ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी चिनियाँ टोलीले काम सुरु गरेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ। स्याफ्रु–रसुवागढी सडकको दूरी १७...

रात्रीकालीन उडान सञ्चालन गरिने

रात्रीकालीन उडान सञ्चालन गरिने

बिहिबार, १९ भदौ २०७६

भरतपुर विमानस्थल विस्तार र स्तरोन्नति गरी रात्रीकालीन उडान सञ्चालन गर्ने तयारी अगाडि बढाइने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष...

विमानस्थल स्तरोन्नति ८६ प्रतिशत

विमानस्थल स्तरोन्नति ८६ प्रतिशत

बिहिबार, २३ साउन २०७६

देशभर स्तरोन्नतिका क्रममा रहेका ३७ विमानस्थलको भौतिक प्रगति ८६ प्रतिशत पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार निर्माणाधीन...

विमानस्थल स्तरोन्नतिले जगायो उत्साह

विमानस्थल स्तरोन्नतिले जगायो उत्साह

बिहिबार, ०५ असार २०७६

‘त्रि–धार्मिकस्थल हलेसी आउने जाने पर्यटकले बाह्रैमास लामीडाँडा विमानस्थल प्रयोग गर्न सक्ने भएका छन्। लामीडाँडा ओर्लेर सोलुखुम्बुसम्म पैदल यात्रा गर्ने र...

त्रियुगा बसपार्क सुविधा सम्पन्न हुँदै

त्रियुगा बसपार्क सुविधा सम्पन्न हुँदै

बुधबार, २५ बैशाख २०७६

उदयपुर सदरमुकाम गाईघाटस्थित साविक त्रियुगा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न बनाउन स्तरोन्नति गर्न लागिएको छ।

विमानस्थल आजबाट १० घन्टा बन्द

विमानस्थल आजबाट १० घन्टा बन्द

सोमबार, १८ चैत २०७५

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज (सोमबार) बाट दैनिक १० घन्टा बन्द हुने भएको छ। धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो। सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घन्टा विमानस्थल बन्द हुनेछ।

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

सिंजावासी भन्छन्– ‘अब पनि सडक नबने चुप लागेर बस्दैनौं’

बिहिबार, २३ फागुन २०७५

कर्णाली राजमार्ग हुँदै मुगु जोड्ने नाग्ग–गमगढी सडकको अवस्था झनै नाजुक भएको छ। वर्षामा हिलो र गर्मीमा धुलोका कारण रारा घुम्न जाने आन्तरिक तथा बाह्य यात्रुलाई निकै सकस हुने गरेको छ। सडकमा गाडी गुड्दैनन्।

मेरो कार्यकालमा स्तर बढ्छ : नवनियुक्त नेपाली फुटबल प्रशिक्षक

मेरो कार्यकालमा स्तर बढ्छ : नवनियुक्त नेपाली फुटबल प्रशिक्षक

सोमबार, १३ फागुन २०७५

दुई वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त योहान कालिनले आफ्नो कार्यकालमा नेपाली फुटबलको स्तरोन्नति हुने बताएका छन्।

धादिङबेंसी–आरुघाट सडक स्तरोन्नति कछुवा गतिमा

धादिङबेंसी–आरुघाट सडक स्तरोन्नति कछुवा गतिमा

बिहिबार, ०९ फागुन २०७५

धादिङबेंसी–आरुघाट सडकखण्ड निर्माणका क्रममा आफ्नो जग्गा र घर गुमाएका पीडितले मुआब्जा पनि पाउन नसकेको गुनासो गरेका छन्। सम्बन्धित निकाय धाउँदा सिन मुआब्जा पाउन नसकेको पीडितले बताए। मुआब्जाका लागि सात÷आठ महिनाअघि निवेदन दिएकामध्ये कसैले पाउनु र कसैले नपाउनु आश्चर्यको कुरा रहेको उनीहरू बताउँछन्।

थामखर्क विमानस्थल उद्घाटन

थामखर्क विमानस्थल उद्घाटन

मङ्गलबार, २९ माघ २०७५

खोटाङ जिल्लाको थामखर्क विमानस्थलको स्तरोन्नतिको काम सम्पन्न भई सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका हुन्।

मैलुङ–स्याफ्रु सडक स्तरोन्नति सुरु

मैलुङ–स्याफ्रु सडक स्तरोन्नति सुरु

शुक्रबार, २७ पुष २०७५

चीन जोड्ने छोटो दूरीको रूपमा रहेको मैलुङ–स्याफ्रु सडकको स्तरोन्नतिको काम बुधबारदेखि सुरु भएको छ। मैलुङस्याफ्रुबेंसी सडकखण्डमा गएको पहिरो पन्छाउने काम सुरु भएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको योजना प्रमुख सुवोध कुमार देवकोटाले बताए। ‘हामीले गत कात्तिकबाट नै स्तरोन्नतिको काम सुरु गर्ने योजना बनाएका थियौं,’ उनले भने, ‘असारमा पहिरोले सडकमा थप क्षति गरेपछि संशोधन गर्नुपर्‍यो।’ संशोधनपछि काम सुरु गरिएको उनको भनाइ छ।

स्तरोन्नतिपछि गैंडाछाप सिमेन्टको उत्पादन सुरु

स्तरोन्नतिपछि गैंडाछाप सिमेन्टको उत्पादन सुरु

बुधबार, १४ कार्तिक २०७५

महिनादिन लामो स्तरोन्नतिपछि पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेस्थित गैंडा छाप सिमेन्टको उत्पादन सुचारु भएको छ। स्थापनापछि पहिलो पटक उद्योगका साना–ठूला सबै यन्त्रको मर्मत र स्तरोन्नतिका लागि महिनादिनयता गैंडाछापको उत्पादन रोकिएको थियो।

उदयपुर सिमेन्ट उद्योगलाई स्तरोन्नति गरिँदै

उदयपुर सिमेन्ट उद्योगलाई स्तरोन्नति गरिँदै

आइतबार, ०७ असोज २०७५

स्थापनायताकै सबैभन्दा बढी उत्पादन गर्न सफल सरकारी स्वामित्वको गैंडा छाप सिमेन्टको उत्पादक उदयपुुर सिमेन्ट उद्योग लिमिटेड (उसीउली) जलजलेको स्तरोन्नति र मर्मत कार्य सुरु भएको छ।

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

नेपालगञ्ज विमानस्थल स्तरोन्नति हुँदै

बिहिबार, ०४ असोज २०७५

नेपालगञ्ज–दिल्ली हवाई उडानको तयारीसँगै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको छ।

स्तरोन्नति कात्तिकबाट सुरु हुने

स्तरोन्नति कात्तिकबाट सुरु हुने

मङ्गलबार, १९ असार २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकको स्तरोन्नति आगामी कात्तिकबाट सुरु हुने भएको छ ।

बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग

बेलौरी–खजुरीया छोटी भन्सारलाई स्तरोन्नति गर्न माग

शनिबार, २९ बैशाख २०७५

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको बेलौरी–खजुरीया छोटी भन्सार नाकालाई स्तरोन्नति गरिनुपर्ने माग गरिएको छ।

विकासशीलमा स्तरोन्नति !

विकासशीलमा स्तरोन्नति !

सोमबार, २१ फागुन २०७४

संयुक्त राष्ट्रसंघको विकास रणनीति समितिको सन् २०१७ जुनसम्मको तथ्यांकअनुसार विश्वका ४७ राष्ट्र अति कम विकसित राष्ट्रको सूचीमा छन् । पछिल्लोपटक सन् २०१२ मा दक्षिण सुडान अति कम विकसित राष्ट्रको सूचीमा थपिएको थियो । नेपाल भने सन् १९७१ मा अति कम विकसित राष्ट्रको अवधारणा सुरु भएसँगै यस्तो सूचीमा सूचीकृत भएको थियो । सुरुमा अति कम विकसित राष्ट्रको सूचीमा २५ राष्ट्र थिए ।

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने मन्त्रिपरिषद्को निर्णय

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने मन्त्रिपरिषद्को निर्णय

बुधबार, १६ फागुन २०७४

सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ।

महालक्ष्मीको बेथरी एक्सटेन्सन काउन्टरको स्तरोन्नति

महालक्ष्मीको बेथरी एक्सटेन्सन काउन्टरको स्तरोन्नति

बुधबार, ०९ फागुन २०७४

महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ६, बेथरीस्थित एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गर्ने भएको छ । बैंकले आजै (बुधबार) देखि उक्त काउन्टरलाई शाखामा स्तरोन्नति गर्ने एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

गल्छी रसुवागढी सडक स्तरोन्नति तीव्र

गल्छी रसुवागढी सडक स्तरोन्नति तीव्र

आइतबार, २८ माघ २०७४

दैनिक आठ घन्टा यातायात बन्द गरी निर्माण भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी’ सडक योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ । पुस १ गतेदेखि माघ मसान्तसम्म दैनिक बिहान ८ बजेदखि र ९ बजेसम्म र ११ बजेदेखि अपरान्ह ४ बजेसम्म यातायात नै बन्द गरेर सडक निर्माण कार्यलाई तीव्रता दिने निर्णय गरेर काम गर्न थालेपछि सोचेजस्तै प्रगति भइरहेको आयोजनाले जनाएको छ।

बयालीस वर्षपछि सडक स्तरोन्नति

बयालीस वर्षपछि सडक स्तरोन्नति

शुक्रबार, १६ भदौ २०७४

बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ।  जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो।

जोमसोम-कोरला सडक स्तरोन्नति गरिँदै

जोमसोम-कोरला सडक स्तरोन्नति गरिँदै

सोमबार, १३ असार २०७३

मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सीमा कोरलासम्मको सडक स्तरोन्नति हुने भएको छ। ट्र्याकमात्र खुलेको उक्त सडक स्तरोन्नति गर्न सबै प्रक्रिया अघि बढाइएको छ। सडक स्तरोन्नति गर्न टेन्डर आह्वान गरी निर्माण कम्पनी छान्ने प्रक्रिया चलिरहेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

Ncell Footer Ad