सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

सञ्चालन भएनन् सुदूरपश्चिमका सात विमानस्थल

शनिबार, २५ असोज २०७६

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका सात विमानस्थल लामो समयदेखि सञ्चालन हुन सकेका छैनन्। विगतको द्वन्द्व अवधिमा बन्द विमानस्थल सञ्चालनका लागि...

५५ दरबन्दीमा ३२ रिक्त, कामकाजमा समस्या

५५ दरबन्दीमा ३२ रिक्त, कामकाजमा समस्या

सोमबार, १३ असोज २०७६

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीको आधाभन्दा कम कर्मचारी हुँदा दैनिक कामकाजमा समस्या परेको छ। ...

स्थायी राजधानी निर्णय भयो, निर्माण भएन

स्थायी राजधानी निर्णय भयो, निर्माण भएन

आइतबार, १२ असोज २०७६

राजधानीस्थल तेघरी जंगल क्षेत्र तोकिएको एक वर्ष भए पनि अदालतमा मुद्दा विचाराधीन र संघीय सरकारले सो जग्गाको भोगाधिकार प्रदेश सरकारलाई...

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा भूकम्पको धक्का

सोमबार, ३० भदौ २०७६

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। ...

स्थानीय र प्रदेश सरकार मिलेर सुदूरपश्चिमको विकास गरौः मुख्यमन्त्री भट्ट

स्थानीय र प्रदेश सरकार मिलेर सुदूरपश्चिमको विकास गरौः मुख्यमन्त्री भट्ट

सोमबार, ३० भदौ २०७६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विगतका दिनमा अरुका कारणले सुदूरपश्चिममा विकास नभएकाले अब स्थानीय र प्रदेश सरकार मिली विकास गर्नु पर्ने बताए।

सुदूरपश्चिममा २४ जनामा डेंगी

सुदूरपश्चिममा २४ जनामा डेंगी

शनिबार, २८ भदौ २०७६

सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा २४ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको पुष्टि गरिएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा १५, दार्चुलामा पाँच अछाममा दुई, कञ्चनपुरमा एक र डोटीमा एक जनामा सो रोग भेटिएको हो।

शक्तिका आडमा अपराध,  ठगीबाटै कैयौंको उठीबास

शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास

आइतबार, २२ भदौ २०७६

राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। स्रोतका अनुसार बिहीबार राति पक्राउ परेको गिरोहको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्तिकेन्द्रनजिक रहेकाहरूका आडमा उनीहरूले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्बाध रूपमै गरिरहेको खुलेको छ।

नागरिककर्मीमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध

नागरिककर्मीमाथि भएको दुर्व्यवहारको चौतर्फी विरोध

शनिबार, २५ साउन २०७६

समाचारका लागि प्रतिक्रिया माग्न खोज्दा सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख दिलबहादुर छत्यालमाथि दुव्र्यवहारको चौतर्फी विरोध भएको छ।

भ्रष्टाचार रोक्न ‘स्टिङ अपरेसन’

भ्रष्टाचार रोक्न ‘स्टिङ अपरेसन’

बिहिबार, ०९ साउन २०७६

सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’ लाई सक्रियाताका साथ अघि बढाएको छ। भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२/७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थियो।

अझै सुल्झिएन बजेट विवाद, सातौं पटक पनि संसद स्थगित

अझै सुल्झिएन बजेट विवाद, सातौं पटक पनि संसद स्थगित

बुधबार, १८ असार २०७६

सुदूरपश्चिम प्रदेश सरकारको बजेटमाथि प्रतिपक्ष दलहरुको सहमति अझै पनि जुट्न सकेको छैन्। असार १ गते ल्याएको बजेटमा असहमति जनाएका प्रतिपक्ष दलहरुसँग लगातार छलफल भएपनि विवाद सुल्झिन सकेको छैन्।

सुदूरपश्चिम प्रदेशः बजेटमाथि छलफलै सुरु भएन

सुदूरपश्चिम प्रदेशः बजेटमाथि छलफलै सुरु भएन

बुधबार, ११ असार २०७६

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि असार १ गते प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बजेटमाथि अझै छलफल सुरु हुन सकेको छैन।

सुदूरपश्चिम विजयी

सुदूरपश्चिम विजयी

सोमबार, ०९ असार २०७६

प्रदेश ५ लाई ५१ रनको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिम प्रदेश आइतबार कञ्चनपुरको महेन्द्रनगरमा जारी चौथो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएको छ। सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो। महेन्द्रनगरको कवर्डहल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव १ ओभरमा अलआउट हुँदै सय रन बनाएको थियो। सुदूरपश्चिमका लागि कविता कुँवरले २५ बल खेल्दै ८ चौकाको सहयोगमा ४३ रन जोडिन्। यसै गरी कविता जोशीले २१ बलमा २ चौकाको सहयोगमा १९ रन बनाइन्। रेवती धामीले ९, निशा भट्टले ८, मञ्जु बोकटीले ४ र लक्ष्मी साउदले ४ रन जोडे।

एउटै सडकमा तीन योजना

एउटै सडकमा तीन योजना

शुक्रबार, ०६ असार २०७६

मसुरियाको साझा बजारदेखि तालबन्द जोड्ने अर्को सडकलाई प्रदेश र संसद् विकास कोषले तीनवटा योजना दिएको छ, जुन योजना एउटै सडकमा तेह्रिएको छ।

वितरणमुखी बजेट

वितरणमुखी बजेट

मङ्गलबार, ०३ असार २०७६

सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले प्रदेश सभा बैठकमा आव ०७६÷७७ का लागि प्रस्तुत बजेटमा ठोस योजना नभइ वितरणमूखी भएको विज्ञहरुले बताएका छन्।

सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोड बजेट (पूर्णपाठ)

सुदूरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोड बजेट (पूर्णपाठ)

आइतबार, ०१ असार २०७६

कैलाली–सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ।

किन पठायो प्रदेशले स्थानीय तहलाई ‘खर्च नहुने’ अनुदान ?

किन पठायो प्रदेशले स्थानीय तहलाई ‘खर्च नहुने’ अनुदान ?

मङ्गलबार, २८ जेठ २०७६

सुदूरपश्चिम सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले डोटीको शिखर नगरपालिकालाई जेठ १२ गते ९७ लाख रकम अनुदान प्रदान ग-यो। अनुदानको प्रकार ‘समपुरक’ थियो। नगर क्षेत्रमा ‘ईष्टिमेट’ भएका ९७ लाखको तलकोट लुहाखडी खानेपानी आयोजना र एक करोड ४५ लाखको नगरपालिका परिसरमा संरचना निर्माण गरी दुई करोड ४२ लाखका दुई योजना कार्यान्वयनका लागि त्यो रकम आएको थियो।

घाइते महिलालाई विमान चार्टर गरेर उद्दार

घाइते महिलालाई विमान चार्टर गरेर उद्दार

सोमबार, २७ जेठ २०७६

सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमान चार्टर गरेर घाइतेको उद्दार गरेको छ। भीरबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बुढीनन्दा नगरपालिका–४ कुरुकी सरिता रोकायाको विमान चार्टर गरेर उद्दार गरिएको हो।

हावाहुरी पीडित परिवारलाई २० हजारका दरले दिने सरकारको निर्णय

हावाहुरी पीडित परिवारलाई २० हजारका दरले दिने सरकारको निर्णय

आइतबार, २६ जेठ २०७६

सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ।

कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो

कालंगा हाइड्रोको ७० प्रतिशत काम सकियो

शुक्रबार, २४ जेठ २०७६

नेपालको सबैभन्दा ठूलो निजी लगानीबाट सञ्चालन गरिएको कालंगा हाइड्रोपावरको ७० प्रतिशत काम सकिएको छ। चार वर्षभित्र सबै काम सक्ने र अध्यारोमुक्त सुदूरपश्चिम प्रदेश बनाउने हाइड्रोको लक्ष्य पूरा नहुने देखिन्छ। जिल्लाको दुर्गम रहेको बुंगल नगरपालिकामा सञ्चालन हुन लागेको सानीगाड हाइड्रो ३८ .४६० मेगावाट, कालंगागाड हाइड्रोपावर १५.३३ मेगावाट बुंगल हाइड्रोपावर १०.७५ मेगावाट र बागथाल हाइड्रो आठ मेगावाट गरी करिब ७४ मेगावाट निर्माण हुन लागेको कालंगा हाइड्रोको काम ०७७ भित्र सक्ने गरी ०७३ माघमा सञ्चालन गरिएको भए पनि राज्यको असहयोग र स्थानीयको अवरोधका कारण ६ महिना ढिलो हुने भएको हो।

धनगढी विमानस्थल एक महिनादेखि बन्द

धनगढी विमानस्थल एक महिनादेखि बन्द

शुक्रबार, २४ जेठ २०७६

सुदूरपश्चिम प्रदेशबाट काठमाडौं उडान हुने एकमात्र नियमित उडान हुने धनगढी विमानस्थल बन्द भएको एक महिना बित्दा पनि सुचारु हुन सकेन। हवाई उडान बन्द हुँदा सुदूरपश्चिम प्रदेशका सर्वसाधारण प्रत्यक्ष मार्कामा परेका छन् भने पर्यटन, व्यवसायलगायत क्षेत्र प्रभावित बनेका छन्।

सुदूरपश्चिम र प्रदेश–५ ले अंक बाँडे

सुदूरपश्चिम र प्रदेश–५ ले अंक बाँडे

शुक्रबार, १७ जेठ २०७६

वर्षाले खेल हुन नसकेपछि सुदूरपश्चिम र प्रदेश–५ ले राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार अंक बाँडेका छन्।

मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

मुख्यमन्त्रीको कार्यक्रममा धरपकड

बुधबार, ०८ जेठ २०७६

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट उपस्थित कार्यक्रममा विपक्षीमाथि प्रहरीले धरपकड गरेको छ। डोटी बहुमुखी क्याम्पसको ५९ औँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्रीको विरोध गरेको भन्दै नेविसंघका जिल्ला अध्यक्ष गणेश खड्का सहितका नेताकार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको हो।

कृषि अनुदानबारे किसान नै अनभिज्ञ

कृषि अनुदानबारे किसान नै अनभिज्ञ

मङ्गलबार, ०७ जेठ २०७६

निर्वाचनका बेला मीठामीठा आश्वासन दिने नेताहरूले किसानलाई अनुदान उपलब्ध गराउनु त टाढाको कुरा, जानकारीसमेत नदिने गरेको स्थानीयको गुनासो छ।

वन मास्दै, भवन बनाउँदै

वन मास्दै, भवन बनाउँदै

सोमबार, ३० बैशाख २०७६

गत असोज पहिलो हप्ता सुदूरपश्चिम प्रदेशको प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिकास्थित तेघरी जंगलमा राजधानी बनाउने निर्णय ग-यो। जंगल मासेर राजधानी बनाउने निर्णयले वन तथा वातावरणप्रेमीहरू निकै चिन्तित भए। प्रदेश सरकारको सो निर्णयको सर्वत्र आलोचना र विरोध भयो।

मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

मनमोहन स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

मङ्गलबार, ०३ बैशाख २०७६

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस (वैशाख १३)को सन्दर्भ पारेर प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले मंगलबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

भारतमा १ सय ६५ नेपाली बेपत्ता

भारतमा १ सय ६५ नेपाली बेपत्ता

शुक्रबार, २९ चैत २०७५

मजदूरीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका १ सय ६५ जना बेपत्ता भएको एक संस्थाको तथ्यांकले देखाएको छ। सुदूरपश्चिम प्रदेशका अछाम, कञ्चनपुर तथा डोटीका नेपाली मजदूर बेपत्ता भएको तथ्याङ्क निड्स नेपाल नामक गैरसरकारी संस्थाले सार्वजनिक गरेको हो।

कर्णाली–सुदूरपश्चिम मर्कामा

कर्णाली–सुदूरपश्चिम मर्कामा

सोमबार, २५ चैत २०७५

सरकारले हालसालै गरेको चिकित्सकको समायोजनले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई असर पारेको छ। संघीय सरकारले खटनपटन गर्दा निश्चित अवधिका लागि भए पनि चिकित्सक सुदूरपश्चिम र कर्णाली प्रदेशमा जानैपर्ने अवस्था थियो। तर सरकारले हालै चिकित्सक समायोजन गर्दा न्यून संख्यामा मेडिकल अधिकृतहरु कर्णाली र सुदूरपश्चिम प्रदेशमा परेका छन्। यसबाट ती दुई प्रदेशका नागरिकले प्राथमिक स्वास्थ्यसेवाबाट वञ्चित हुनुपर्ने अवस्था आएको नेपाल चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठको भनाइ छ।

अस्पतालमै जोखिम !

अस्पतालमै जोखिम !

आइतबार, १० चैत २०७५

चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको गुनासो बारम्बार आइरहँदा पनि सेती अञ्चल अस्पताल प्रसाशनले बेवास्ता गर्दा घटना दोहोरिँदै गएको सर्वसाधारण बताउँछन्।

सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

सोमबार, २० फागुन २०७५

सुदूरपश्चिम प्रदेशलाई राजमार्गमार्फत भारतसँग जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण अघि बढेको छ। सवा तीन अर्ब रुपैयाँ लागतमा महाकाली नदीमा चार लेनको पुल निर्माण सुरु गरिएको हो।

प्रदेश सरकारले बेरोजगारलाई उद्यम गर्न बिना धितो कर्जा दिने

प्रदेश सरकारले बेरोजगारलाई उद्यम गर्न बिना धितो कर्जा दिने

शुक्रबार, १७ फागुन २०७५

सुदूरपश्चिम प्रदेशको शुक्रवार बसेको मन्त्रिपरिषदको बैठकले विपन्न वर्ग र बेरोजगारलाई उद्यममा संलग्न गराउन तयार पारेको सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई संसदमा पठाउन स्वीकृति प्रदान गरेको छ। यो बिधेयक पास भएपछि विपन्न, पछाडी परेका समुदाय र बेरोजगार जो कोहीले पनि उद्यम, व्यवसाय र सीपमुलक काम गर्न नागरिकताको प्रमाणपत्र वा शैक्षिक प्रमाणपत्रका आधारमा बिना धितो अत्यन्त सस्तो ब्याजमा कर्जा पाउने आन्तरिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रमुख आइसियुमा भर्ना

सुदूरपश्चिम प्रदेश प्रमुख आइसियुमा भर्ना

आइतबार, ०५ फागुन २०७५

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल बिरामी भएर धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा भर्ना भएका छन्। उनको रगत र छातीमा समस्या देखिनुका साथै ज्वरोले च्यापेपछि निसर्ग अस्पतालमा उनलाई आइसियुमा भर्ना गरिएको छ।

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभामा सम्बोधन गर्ने

आइतबार, ०५ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। प्रदेश सचिवालयले दिएकाे जानकारी अनुसार प्रदेश सभाकाे ८ गते विहान ९ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने भएका हुन्।

अख्तियारमा उजुरी बढ्दो

अख्तियारमा उजुरी बढ्दो

शनिबार, ०४ फागुन २०७५

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।  विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको सङ्ख्या बढेको छ।

सुदूरपश्चिम प्रदेशको शुसासनसम्बन्धी विधेयक टेबल

सुदूरपश्चिम प्रदेशको शुसासनसम्बन्धी विधेयक टेबल

शुक्रबार, २५ माघ २०७५

सुदूरपश्चिम प्रदेशसभामा प्रदेशको सुसासन प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएको छ। प्रदेशसभाको बिहीबारको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बिधेयक टेबल गरेका हुन्। विधेयक पारित भए प्रदेश र स्थानीय तहमा भइरहेको ढिलासुस्ती अन्त्य हुने उनको भनाइ

लागुऔषधकाे लतमा फसेका युवाका कारण बढ्दै अपराध

लागुऔषधकाे लतमा फसेका युवाका कारण बढ्दै अपराध

सोमबार, २१ माघ २०७५

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको व्यस्त बजारमा गत जेठ १३ गते मोटरसाइकलमा आएका दुई युवकले दिउँसै गोली हानेर नौ लाख रुपैयाँ लुटे। नजिकैको सिद्धार्थ बैंकबाट रकम झिकेर आफ्नो अफिस आइएमई सेन्टरमा लगिरहेका बेला निर्मल कार्कीलाई उनीहरू गोली हानेर लुटपाट गरेका थिए। पक्राउ परेका मुख्य योजनाकार धनगढी उपमहानगरपालिका–६ का ३१ वर्षीय राजकुमार चौधरीसहित घटनामा संलग्न कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ३० वर्षीय उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर नगरपालिका–६ का २७ वर्षीय कल्लु राना तीनै जना लागुऔषध दुव्र्यसनी हुन्। घटनाको दुई सातापछि पक्राउ परेका तीनै जना अहिले पुर्पक्षका लागि थुनामा छन्।

पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

पश्चिम पहाडमा हिमपात, राजमार्ग अवरुद्ध

बुधबार, ०९ माघ २०७५

सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो।

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

आइतबार, २२ पुष २०७५

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ।

सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव

सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव

सोमबार, ०२ पुष २०७५

सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ। विगतका वर्षजस्तै यसवर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन्।

राजधानीमा असुरक्षा बढ्दो

राजधानीमा असुरक्षा बढ्दो

सोमबार, ०३ मङि्सर २०७५

प्रदेश प्रमुखको कार्यालयअगाडि होटल कलशको आँगनमा शुक्रबार राति पानै ९ बजे धनगढी ४ उत्तरबेहडी निवासी २५ वर्षीय विजय थापाको हत्या भयो । टाउकोमा चोट लागेर रक्ताम्मे रहेका थापालाई अर्का युवक आशिष सेठीले घिसार्दैै लगिरहेका थिए ।

दीर्घराज सोडारी साधारण सदस्य नरहने गरी नेकपाबाट निस्कासित

दीर्घराज सोडारी साधारण सदस्य नरहने गरी नेकपाबाट निस्कासित

मङ्गलबार, २७ कार्तिक २०७५

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीबाट पदमुक्त गरिएका दीर्घराज सोडारीलाई नेपाल कम्युनिष्ट पार्टीले समेत कारबाही गरेको छ।

सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री साेडारीलार्इ हटाइयाे, सुवेदी बने नयाँ मन्त्री

सुदूरपश्चिम प्रदेश : सामाजिक विकासमन्त्री साेडारीलार्इ हटाइयाे, सुवेदी बने नयाँ मन्त्री

मङ्गलबार, २७ कार्तिक २०७५

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घराज सोडारीलाई पदमुक्त गरिएको छ। सोडारीलाई पदीय आचरण पुरा नगरेको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मंगलवार पदमुक्त गरेको हो।

मन्त्रीको गाडी दुर्घटना,तीन घाइते

मन्त्रीको गाडी दुर्घटना,तीन घाइते

शनिबार, २४ कार्तिक २०७५

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा जात्राको रौनक

सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा जात्राको रौनक

शनिबार, २४ कार्तिक २०७५

नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक सुरु भएको छ। बैतडीसहित दार्चुला, डडेल्धुरालगायतका जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवात भएसँगै जात्राको रौनक सुरु भएको हो। कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्दछ।

राजधानी तोकिएपछि तेघरी वन अतिक्रमण तीव्र

राजधानी तोकिएपछि तेघरी वन अतिक्रमण तीव्र

आइतबार, १८ कार्तिक २०७५

तेघरी जंगलछेउ बस्दै आएका बाढीपीडित र सुकुमबासीहरू पछिल्लो समयमा वन अतिक्रमण गर्न सक्रिय भएका छन्।

सबैका आँखा वनमै

सबैका आँखा वनमै

शनिबार, १० कार्तिक २०७५

सरकारले कैलालीको अत्तरियास्थित मेचीमहाकाली जडीबुटी उद्योग प्रालिका लागि भन्दै २०५९ साउन ७ गते जंगल क्षेत्र रहेको ८७ बिघा जमिन (५८ हेक्टर) उपलब्ध गरायो। यस्तै २०५१ माघ १० गते सुकुमबासी समस्या समाधानका लागि भन्दै जंगलकै ५ सय ३१ बिघा जमिन दिइयो।

दुर्घटनाका कारण तीन महीनामा २५ को निधन

दुर्घटनाका कारण तीन महीनामा २५ को निधन

बिहिबार, ०८ कार्तिक २०७५

सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७५–०७६ को तीन महीनामा २१ सवारी साधन दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन्।

प्रदेश राजधानीको विरोध : प्रदेश सांसदलाई कालो झण्डा

प्रदेश राजधानीको विरोध : प्रदेश सांसदलाई कालो झण्डा

सोमबार, २९ असोज २०७५

डोटीका युवाहरुले डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य अर्चना गहतराजलाई कालोझण्डा देखाएका छन्। सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी बनाउन मतदान गरेको भन्दै सोमबार दिपायलमा युवाहरुले कालोझण्डा देखाएका हुन्।

विपन्नलाई भान्सा चलाउनै मुस्किल

विपन्नलाई भान्सा चलाउनै मुस्किल

आइतबार, २१ असोज २०७५

दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन्। केही दिनयता उपभोग्य सामग्री दाल, चामल, खानेतेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको छ।

पत्रिका जलाएकोमा सांसद आक्रोशित

पत्रिका जलाएकोमा सांसद आक्रोशित

शुक्रबार, १९ असोज २०७५

नागरिक दैनिकलगायतका पत्रिका कब्जामा लिएर जलाएको विषयमा सुदूरपश्चिम प्रदेशसभा बैठकमा बिहीबार सांसदले विरोध गरेका छन्। विरोध गर्नेमा विपक्षका साथै सत्तापक्षका सांसद पनि छन्। यसअघि बुधबारको बैठकमा पनि सांसदले विरोध गरेका थिए।

राजधानीको निर्णय फिर्ता लिन चौतर्फी दबाब

राजधानीको निर्णय फिर्ता लिन चौतर्फी दबाब

बुधबार, १७ असोज २०७५

राजा वीरेन्द्रले २०३८ सालमा पाचौं विकास क्षेत्रको रूपमा ९ जिल्ला रहेको सुदूरपश्चिम बनाएपछि यसको सदरमुकाम दिपायल तोकेको थियो । ऐतिहासिक, सांस्कृतिक पृष्ठभूमि बोकको दिपायल भौगोलिकरूपमा पायक पर्ने ठाउँ थियो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad