शुक्रबार, ०६ मङि्सर २०७६
जिल्ला मालपोत कार्यालय सिरहाका प्रमुख रामबाबु मण्डल पाँच लाख घुस रकम सहित पक्राउ परेका छन्। सेवाग्राहीसँग १० दिनदेखि रकममा वार्गेनिङ...
मङ्गलबार, १९ कार्तिक २०७६
सिरहाको सीमावर्ती बरियारपट्टी नाकाबाट प्रहरीले लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबाजार नगरपालिका– ४ का १९ वर्षीय...
शनिबार, ०२ कार्तिक २०७६
सीमावर्ती बरियारपट्टी नाका क्षेत्रबाट प्रहरीले चाँदीका तयारी गहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मोरङ रँगेली– ९ का २५...
सोमबार, १३ असोज २०७६
चाडपर्वलाई लक्ष्य गरी सिरहामा सोमबारदेखि विशेष सुरक्षा योजना लागू गरेको छ। विजयादशमी, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालयले...
सोमबार, ३० भदौ २०७६
सिरहाको सुखिपुर नगरपालिका ८ स्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। जुवातास लक्षित अभियान अन्तर्गत सुखिपुर बजरमै सञ्चालित विकास होटल एन्ड कोल्ड सेन्टरबाट आइतबार राती पाँचजनालाई जुवातास, नगदसहित पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख(एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
सोमबार, ०९ भदौ २०७६
सिरहा नगरपालिका १५ बुधौरा नाकाबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एक जनालाई पक्राउ गरेको छ। नेपालबाट मदिरा बोकेर भारततर्फ गइरहेको समूहमध्ये ४० वर्षीय बलराम यादवलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
मङ्गलबार, ०३ भदौ २०७६
जिल्ला प्रशासन कार्यालय सिरहाले मंगलबार संघ तथा प्रदेशस्तरीय विभिन्न कार्यालयको आकस्मिक निरीक्षण गरेको छ। निरीक्षणका क्रममा १३ वटा कार्यालयका ३ प्रमुख १ उपसचिव १५ अधिकृतसहित ७७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
मङ्गलबार, ०७ साउन २०७६
मंगलबार सिरहामा छुटाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। तीन घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो खेतमा कोदालोले खेत सम्याइरहेका अर्नामा गाउँपालिका–३ का २२ वर्षीया बिजुली महराको चट्याङ लागेर मृत्यु भएको छ।
आइतबार, २९ असार २०७६
कमलानदीको पूर्वी सिँचाई नहर प्रणाली र कमलानदीको बीचमा लहरै छाप्रोहरु छन्। पूर्वपश्चिम राजमार्गको उत्तरपट्टी गहिँरो सार्वजनिक जग्गामा रहेका एउटा छाप्रोमा उद्ध्व राईको सात परिवार बस्दै आएका छन्। ०५९ सालदेखि यसै ठाउँमा बस्दै आएका राई शनिबार पहिलो पटक छाप्रोबाट बिस्थापित भएर पूर्वपश्चिम राजमार्गको उत्तरी किनारमा आश्रय लिन बाध्य भए। कमलानदीको भेल बस्ती पसेर घर डुबाउँदा ज्यान जोगाउन उनी परिवारसहित सडकमा आएका हुन्।
शनिबार, २८ असार २०७६
सिरहाको कल्याणपुर नगरपालिका ६ भोक्राहाका एकजना कमला नदीको बाढीमा बगेर बेपत्ता भएका छन्। कमला नदीको बीच भागमा रहेको नाउ किनारा लगाउन गएका कामेश्वर यादवलाई बाढीले बगाएर बेपता बनाएको हो।
शुक्रबार, २७ असार २०७६
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित कमला नदीको बीच भागमा १२ घण्टादेखि रुख चढेर उद्धारका लागि गुहार गरिरहेका बिद्रु मुखियाको केहि समयअघि उद्धार गरिएको छ। वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले नाउको सहाराले मुखियाको उद्धार गरेका हुन।
शुक्रबार, २० बैशाख २०७६
सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन्। सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो।
शुक्रबार, १३ बैशाख २०७६
सिरहाको कल्याणपुर नगरपालिका–८ औरँग टोलकी २० वर्षीया कञ्चन मण्डल(खत्बे)लाई शरिरमा मट्टीतेल खन्याएर आगो लगाइ जलाइएको छ। सासू र श्रीमान मिलेर आफूमाथि मट्टीतेल खन्याएर आगो लगाइदिएको माइति पक्षको आरोप छ।
बुधबार, २७ चैत २०७५
भारतले सिराहामा निर्माण गरेको २५ शैय्याको चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरिएको छ। बुधबार भारतीय राजदूत मञ्जिभसिंह पुरी, नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले विभिन्न राजनीतिक दलका नेता तथा सामुदायिक अगुवा एवम् स्थानीयको उपस्थितिमा अस्पतालको उद्घाटन गरेका हुन्। सीता चन्द्रनारायण यादव मेमोरियल ट्रस्टकी अध्यक्ष पनि हुन्।
बुधबार, २० चैत २०७५
एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
शनिबार, ०९ चैत २०७५
शनिबार दिउँसो सिरहाको छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परी दुई बालिका र एक महिलाको मृत्यु भएको छ। धनगढीमाई नगरपालिका–१४ अमिलटार स्थित दीपक धमलाको घरमा भएको आगलागीमा परी उनकी ६ वर्षिया छोरी दीक्षा धमला र छिमेकी नित्यराज पोखरेलकी ७ वर्षिया छोरी रितु पोखरेलको मृत्यु भएको हो।
शनिबार, ११ फागुन २०७५
सिरहाको धनगढीमाई नगरपालिका–६ मोथियाही गाउँका एक युवकलाई चिनजानकै व्यक्तिले झुक्याएर भारत लगि हत्या गरेको खुलेको छ। १७ वर्षीय सुभाष यादवको भारतमा लगि गोली हानी हत्या गरिएको हो।
मङ्गलबार, २२ माघ २०७५
सिरहा नगरपालिका –१७ पटेर्वाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले मंगलबार दिउँसो ठूलो परिमाणमा लागूऔषध सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका –२ का १९ वर्षिय बब्लु कुमार यादव छन्।
शुक्रबार, ११ माघ २०७५
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका ४ मा शुक्रबार यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन्। जसमध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ।
शुक्रबार, ०४ माघ २०७५
सिरहा नगरपालिका–२१ सुखचैनामा प्रहरीले हतियारधारी युवामाथि गोली प्रहार गरेको छ। प्रहरीले चलाएको गोली लागि सिरहा–९ का २९ वर्षीय प्रमोद यादव घाइते भएका छन्। उनको दायाँ हातमा गोली लागेको छ।
शुक्रबार, ०४ माघ २०७५
सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ। १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो।
बिहिबार, २६ पुष २०७५
कल्याणपुर नगरपालिका–३ इटारी गाउँमा हतियारधारी डाँका समूहले पेस्तोल देखाएर धनमाल लुटपाट गरेको छ। विहीबार विहान हतियारधारी डाँकाको समुहले स्थानीय रामदेव मण्डलको घरमा प्रवेश गरि लाखौंको धनमाल लुटेका छन्।
बुधबार, २५ पुष २०७५
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार असफल बनाउन विभिन्न कोणबाट षड्यन्त्र भैरहेको बताएका छन्। 'सरकार असफल बनाउने षड्यन्त्र हुँदैछ, यो सरकार असफल भए परिवर्तनको प्रक्रिया नै असफल हुन्छ' उनले भने।
बुधबार, २६ मङि्सर २०७५
यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाईनका एक भलगोभीया सदाबीचको।
बिहिबार, ०६ मङि्सर २०७५
सिरहामा तीर्थयात्री चढेकाे बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने ४५ जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गको कर्जन्हा नगरपालिका २ बन्दिपुरमा बस दुर्घटनामा परेकाे हाे।
शनिबार, १७ कार्तिक २०७५
सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ। करेन्ट लागेर शनिवार सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
बिहिबार, १५ कार्तिक २०७५
सिरहाको छुट्टाछुट्टै स्थानमा एक महिला र एक पुरुषको शव फेला परेको छ। लहान नगरपालिका ३ स्थित सार्वजनिक पोखरीमा शंकास्पद अवस्थामा पहिचान खुल्न नसकेको एक पुरुषको शव फेला परेको हो।
बिहिबार, १५ कार्तिक २०७५
सिरहामा पहिलो पटक प्रदेश स्तरीय दलित जनप्रतिनिधि सभा आयोजना गरिएको छ। बिहीवारबाट कर्जन्हा नगरपालिकामा प्रदेश २ का सम्पूर्ण दलित जनप्रतिनिधिहरु भेला भएर पाएको अधिकार उपयोगका बारेमा छलफल प्रारम्भ गरेका छन्।
मङ्गलबार, ३० असोज २०७५
सिरहाको धनगगढीमाई नगरपालिका ९ जिरोमाईल स्थित एक घरबाट सिरहा प्रहरीले छापा मारेर ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। मंगलबार बिहान प्रहरीले स्थानीय गंगा प्रसाद यादवको घरबाट लागूऔषध सुई, चक्की र झोलसहित उनलाई पक्राउ गरेको छ।
शनिबार, २७ असोज २०७५
प्रहरीले शनिबार सिरहा नगरपालिका–२१ लगडीगोठबाट दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा लोड गरी भारत तस्करी गरिरहेको १० कार्टुन मदिरा सहित १ जनालाई पक्राउ गरेको छ।
बिहिबार, २४ साउन २०७५
सिरहाको मिर्चैया नगरपालिका ३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले विहिवार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन्।
बिहिबार, २४ साउन २०७५
सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुरबाट अपरिचित बन्दुकधारी समूहले एकजना मनी ट्रान्सफर सञ्चालकसँग रकम लुटेर लगेको छ। बिहीबार दिउँसो १२ : ३० बजे बन्दुकधारी समूहले राजाराम साहसँग २५ लाख ६० हजार रकम लुटेर लगेको छ।
शुक्रबार, २१ बैशाख २०७५
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७, चुहाडे घर भई सिरहा जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाल्दै आएका अंकुल राउतलाई जिल्ला प्रहरी कार्यालय, उदयपुरले बिहीबार उदयपुरबाट पक्राउ गरेको छ।
सोमबार, १४ फागुन २०७४
करिब छ महिनादेखि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी सोमबार खुलेको छ।
शुक्रबार, ०४ फागुन २०७४
सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए ।
शुक्रबार, ०७ पुष २०७४
सिरहा बजार स्थित मालोपोत कार्यालयमा शुब्रबार दिउँसो बम विस्फोट भएको छ। कार्यालयको लबीमा राखिएको सोफामा फिट गरिएको बम रिमोटको सहायताले विस्फोट गराउँदा एकजना कर्मचारी र दुईजना सेवाग्राही घाईते भएको सिरहा प्रहरी प्रमूख(एसपी) शेखर कोईरालाले जानकारी दिए। नाम खुल्न नसकेका घाईतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको उनले बताए।
सोमबार, २५ मङि्सर २०७४
सिरहा २ मा माओवादी केन्द्रबाट प्रतिनिधिसभा उम्मेदवार सुरेसचन्द्र दास विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फ़ोरमका उम्मेदवार सत्रुधन सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्। यादवले २०१४८ मत प्राप्त गरेका छन। प्रतिस्पर्धी सिंह १७२६० मत ल्याएका छन। यादव ०४८ र ०५१ मा लगातार सांसद निर्वाचित भएका थिए।
आइतबार, २४ मङि्सर २०७४
नेकपा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठ सिरहा क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् । सिरहा ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनी आफ्ना प्रतिद्वन्द्वीलाई दुई हजारबढी मतले पराजित गर्दै निवार्चित भएका हुन्।
आइतबार, ०८ असोज २०७४
सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।
बुधबार, २१ भदौ २०७४
नेपाली कांग्रेसको जिल्ला कार्यालय सिरहामा कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ।
आइतबार, ०८ फागुन २०७३
प्रधानमन्त्री पुष्पकमल दहालले श्रीमदभागवत महायज्ञ उद्घाटन गरेका छन्। प्रधानमन्त्री दाहाल बालुवाटारमा नेपाली कांग्रेससँगको बैठक सकेर हेलिकप्टर मार्फत सिराहा आइपुगेका थिए। दाहालसँगै कांग्रेस नेता प्रदिप गिरी र कानुनमन्त्री अजय शंकर नायक पनि महायज्ञमा आएका थिए।
आइतबार, १७ पुष २०७३
नेपाली काँग्रेस सिरहाको १३ औं जिल्ला अधिवेशनमा रामचन्द्र यादवको प्यानल विजयी भएका छन्। शनिकार सम्पन्न दोस्रो चरणको निर्वाचनमा रामनरेश यादवलाई पराजित गर्दै सभापतिमा रामचन्द्र प्यानलसहित विजयी भएका छन्।
शनिबार, १६ पुष २०७३
नेपाली काँग्रेस सिरहा सभापतिकालागि शनिबार पुनः मतदान हुँदैछ । शुक्रबार भएको मतदानमा कुनै पनि उम्मेद्वारले आवश्यक बहुमत ल्याउन नसकेपछि शनिबार पुनः मदतान हुन लागेको हो। पहिलो चरणको निर्वाचनमा सभापति पदमा तीनजना उम्मेदवार थिए ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।