गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो

गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो

शनिबार, २८ भदौ २०७६

उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ। ...

१५ अर्ब लगानीमा गरुड सिमेन्ट

१५ अर्ब लगानीमा गरुड सिमेन्ट

शुक्रबार, २० भदौ २०७६

सिमेन्ट उद्योगीले स्वदेशी बजारको मागभन्दा उद्योगको उत्पादन क्षमता ५० प्रतिशत धेरै बढी भइरहेको बताइरहँदा सिमेन्टमा धमाधम नयाँ लगानी थपिएको छ।...

माग करोड  टन, उत्पादन क्षमता डेढ करोड टन

माग करोड टन, उत्पादन क्षमता डेढ करोड टन

आइतबार, ०८ भदौ २०७६

पछिल्लो समय नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानीमा रुची देखाइएको क्षेत्र सिमेन्ट उद्योग हो। स्वदेशीमात्र होइन विदेशी लगानीकर्ता पनि सिमेन्टमा...

सिमेन्ट उद्योगमा ‘झन्झट’

सिमेन्ट उद्योगमा ‘झन्झट’

आइतबार, २६ साउन २०७६

सरकारले चालु आर्थिक वर्ष ०७६/७७ को बजेटमा सिमेन्टलाई निर्यातजन्य उद्योगको रुपमा राखे पनि सरकारी निकायमा हुने झन्झटले उद्योगी आजित भएको...

सिमेन्ट बोकेको ट्रक दुर्घटना

सिमेन्ट बोकेको ट्रक दुर्घटना

सोमबार, १६ असार २०७६

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ।

अर्घाखाँचीको पिपिसी सिमेन्ट आयो

अर्घाखाँचीको पिपिसी सिमेन्ट आयो

सोमबार, २७ जेठ २०७६

अर्घाखाँची सिमेन्टले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी पिपिसी सिमेन्ट बजारमा ल्याएको छ। नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई एनएस चिह्न दिएसँगै कम्पनीले पिपिसी सिमेन्टको बिक्री सुरु गरेको हो।

सिमेन्ट उत्पादन बढ्यो, खपत बढेन

सिमेन्ट उत्पादन बढ्यो, खपत बढेन

बिहिबार, १६ जेठ २०७६

मुलुकमा पूर्वाधार निर्माणले गति लिए खपत बढ्ने आसमा धमाधम नयाँ सिमेन्ट उद्योग सञ्चालनमा आए पनि अपेक्षित रुपमा खपत नबढ्दा उद्योगी निराश बनेका छन्। बजारमा माग नबढेपछि उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्।

२५ सय मिटरको धावनमार्ग तयार

२५ सय मिटरको धावनमार्ग तयार

बिहिबार, ०५ बैशाख २०७६

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तयार भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनमा राख्दै प्राथमिकतामा पारेको यो विमानस्थल निर्माण गति तीव्र रुपमा भइरहेको छ । धावनमार्ग पूरा भएको आयोजनाले बताएको छ । धावनमार्ग बाहेकका पूर्वाधार पनि धमाधम निमाण भइरहेको आयोजनाले बताएको छ ।

कतै आधा उत्पादनमा बस्नुपर्ने त होइन !

कतै आधा उत्पादनमा बस्नुपर्ने त होइन !

बिहिबार, १४ चैत २०७५

मुलुक सिमेन्ट र क्लिंकर उत्पादनमा आत्मनिर्भर भएको अवस्थामा निजी क्षेत्रका प्रतिनिधिले थप लगानी आवश्यक नभएको बताएका छन्।

‘सरकारले सघाए सिमेन्ट निर्यात गर्छौं’

‘सरकारले सघाए सिमेन्ट निर्यात गर्छौं’

शुक्रबार, १८ माघ २०७५

अधिकांश वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा मुलुक सिमेन्टमा आत्मनिर्भर बनेको छ। नेपाली बजारमा खपत हुने सिमेन्ट उत्पादन गर्न स्वदेशी उद्योग सक्षम भएकाले सरकारले सघाए विदेशसमेत निर्यात गर्ने तयारी रहेको उद्योगीले बताएका छन्।

उदयपुर सिमेन्टको उत्पादन पूर्ण  क्षमताभन्दा १६ प्रतिशत बढी

उदयपुर सिमेन्टको उत्पादन पूर्ण क्षमताभन्दा १६ प्रतिशत बढी

शनिबार, २१ पुष २०७५

उत्पादन वृद्धिमा तीव्रता दिँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडेले पछिल्लो २४ घण्टामा नयाँ कीर्तिमान राखेको छ। दैनिक(२४ घण्टा) ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो।

हेटौंडा  सिमेन्टको उत्पादन क्षमता बढाइने

हेटौंडा सिमेन्टको उत्पादन क्षमता बढाइने

शनिबार, १७ कार्तिक २०७५

सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्नुका साथै त्यसको क्षमतामा सुधार गर्ने प्रक्रिया अगाडि बढाइएको छ।

सिमेन्टको क्लिंकरमा ७३ प्रतिशत भन्सार

सिमेन्टको क्लिंकरमा ७३ प्रतिशत भन्सार

सोमबार, १२ कार्तिक २०७५

सरकारले सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकरमा भन्सार महसुल र मूल्य अभिवृद्धि कर गरी करिब ७३ प्रतिशत राजस्व असुलेको छ । यसले तयारी सिमेन्टको मूल्यमा असर परेको छ।

भारतीय प्यारामिटरमा विवाद

भारतीय प्यारामिटरमा विवाद

बुधबार, २७ भदौ २०७५

स्वदेशी सिमेन्टको ग्रेडिङ नतोकेकै कारण बर्सेनि अर्बौं रुपैयाँको सिमेन्ट आयात हुँदा पनि सरकारले ग्रेडिङ तोक्न सकेको छैन । ग्रेडिङको प्यारामिटर भारतीयअनुसार गर्ने कि आफ्नै बनाउने भन्ने विषयमा सरकारी पक्ष र उद्योगीबीच कुरा नमिल्दा ग्रेडिङ हुन नसकेको हो।

सगरमाथाकाे ओपिसि सिमेन्ट बिक्रि वितरणमा रोक

सगरमाथाकाे ओपिसि सिमेन्ट बिक्रि वितरणमा रोक

बिहिबार, १७ साउन २०७५

सगरमाथाको ओपिसि सिमेन्ट बिक्रि वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ। बजार अनुगमनको क्रममा नमुना परिक्षणपछि सगरमाथाको ओपिसि सिमेन्ट गुणस्तरहीन भएको भन्दै बिक्रि वितरणमा प्रशासनले रोक लगाएको हो।

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

सिमेन्ट उद्योगमा चिनियाँ लगानी बढ्यो, हुवासिनले १४ अर्ब भित्र्याउँदै

बुधबार, ०६ असार २०७५

दैनिक तीन हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित चिनियाँ कम्पनी हुवासिनले आगामी ६ महिना भित्र कारखाना स्थापना गर्ने भएको छ।

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

विद्युत अनियमिताले उदयपुर सिमेन्ट उद्योग समस्यामा

मङ्गलबार, ०५ असार २०७५

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुलाई मागेजत्ति विद्युत उपलब्ध गराउने घोषणा गरिरहँदा उदयपुरस्थित पूर्ण सरकारी स्वामित्वको गैँडा छाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)लाई भने विद्युत अनियमितताले निकै सास्ति दिएको छ।

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

स्वदेशी चुनढुंगाबाट वार्षिक ४० लाख टन सिमेन्ट उत्पादन

सोमबार, २१ जेठ २०७५

ठूलो लगानी आवश्यक पर्ने सिमेन्ट उद्योगको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै जाँदा स्वदेशी उत्पादन बढ्दै गएको छ । हाल मुलुकमा आफैं कच्चा पदार्थ उत्पादन गर्ने १३ वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको अवस्थामा थप १० यस्ता उद्योग आउने तयारीमा छन् ।

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सको भेटघाट

सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिल्सको भेटघाट

शुक्रबार, ३० चैत २०७४

सर्वोत्तम सिमेन्ट प्रालि र लक्ष्मी स्टिल्स प्रालिले बुटवल, सुनवल र भैरहवामा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिकबीच (ठेकेदार) भेटघाट कार्यक्रम गरेको छ । गत सोमबारदेखि बुधबारसम्म उक्त कार्यक्रम गरिएको हो।

सिमेन्ट आयात घट्यो, क्लिंकरको बढ्यो

सिमेन्ट आयात घट्यो, क्लिंकरको बढ्यो

शुक्रबार, १८ फागुन २०७४

मुलुक सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुन लागेको चर्चा चलिरहँदा यसको आयात घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सिमेन्ट आयात झन्डै २४ प्रतिशतले घटेको हो।

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन

एड स्टार लेमिनेटेड ब्याग्स एड सिमेन्ट प्याकेजिङ सम्मेलन

बुधबार, १६ फागुन २०७४

शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रालिले प्राविधिक स्टारलिंगर एन्ड कम्पनीको सहकार्यमा एड स्टार लेमिनेटेड ब्याग्स एन्ड सिमेन्ट प्याकेजिङसम्बन्धी सम्मेलन गरेको छ । उक्त सम्मेलन दक्षिण एसियाकै ठूलो भएको कम्पनीको दाबी छ।

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

शुक्रबार, १९ माघ २०७४

धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालित निगाले सिमेन्ट उद्योग बन्द गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। स्थानीयबासीले निगाले सिमेन्ट उद्योगको गेटमा तालाबन्दी समेत गरेका छन्। आन्दोलनको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्योगको सुरक्षा दिइरहेका छन्।

बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी

बृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी

बिहिबार, १८ माघ २०७४

‘समृद्ध राष्ट्रको पहिचान, आधुनिक भौतिक निर्र्माण’ नारासाथ सुरु भएको तीनदिने नवौं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रम सिभिल इन्जिनियर विद्यार्थी समाज नेपाल, सिभिल इन्जिनियरिङ केन्द्रीय क्याम्पस पुल्चोकको आयोजनामा प्रदर्शनी भएको थियो ।

उदयपुर सिमेन्ट प्रदुषणमुक्त, मजदुर र स्थानीयलाई राहत

उदयपुर सिमेन्ट प्रदुषणमुक्त, मजदुर र स्थानीयलाई राहत

आइतबार, ०७ माघ २०७४

उदयपुरमा रहेको नेपाल सरकारको पूर्ण स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले प्रदुषणमुक्त भएपछि कामदार मजदुर र स्थानीयलाई राहत मिलेको छ। उद्योगले फाल्ने धुँवा र धुलोको कारण वर्षौंदेखि समस्या भोग्दै आएका मजदुर र स्थानीयबासी उद्यागेमा ईलेक्ट्रो स्टारिक पावर इन्जिन (इएसपी) जडान गरिएपछि प्रदुषणबाट बच्न सफल भएका हुन्।

‘सिमेन्ट उद्योगका समस्या सुनवाइमा सरकार उदासिन’

‘सिमेन्ट उद्योगका समस्या सुनवाइमा सरकार उदासिन’

सोमबार, ०१ माघ २०७४

भारतबाट आइरहेको क्लिंकर आउन एक्कासि ठप्प भएपछि स्वदेशी सिमेन्टको मूल्यमा करिब डेढ सय रुपैयाँ वृद्धि भएको छ ।

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

आइतबार, २३ पुष २०७४

सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन्।

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

सिमेन्ट र छडको मूल्य बढाएपछि हार्डवेयर व्यवसायी आन्दोलित

आइतबार, २३ पुष २०७४

सिमेन्ट र छड उत्पादन गर्ने कम्पनीहरुले एकाएक सिमेन्ट र छडको मूल्य बढाएपछि पोखराका हार्डवेयर व्यवसायी आन्दोलित भएका छन्।

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

शुक्रबार, १४ पुष २०७४

नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ।  होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी गरिरहेको बेला, चिनियाँ कम्पनी ह्वासिनले पनि वैदेशिक लगानी भित्र्याउन लागेको हो। यस्तै नाइजेरियाको सिमेन्ट डाङ्गोटेले पनि सिमेन्ट उद्योगमा लगानी भित्र्याउन लागेको छ।

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

सिमेन्ट उद्योग खोल्न लगानी बोर्ड र चिनियाँ कम्पनीबीच सम्झौता

बुधबार, १२ पुष २०७४

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच बुधवार प्रारम्भिक सम्झौता भएको छ ।

मौका छोपेर सिमेन्ट र डन्डीमा मूल्यवृद्धि

मौका छोपेर सिमेन्ट र डन्डीमा मूल्यवृद्धि

बुधबार, १२ पुष २०७४

निर्वाचनपछि बजारमा माग बढ्न थालेको मौका छोपेर उद्योगी व्यवसायीले प्रतिबोरा एक सय रुपैयाँसम्म सिमेन्टको मूल्य बढाएका छन् । निर्माण कार्यमा धेरै प्रयोग हुने अर्को वस्तु फलामे डन्डीको मूल्य पनि प्रतिकेजी पाँच रुपैयाँ बढाइएको छ । इन्धनको मूल्य नबढे पनि यही मौका छोपेर ट्रक व्यवसायीले भाडा ह्वात्तै बढाएका छन् ।

संकटमा सिमेन्ट उद्योग

संकटमा सिमेन्ट उद्योग

मङ्गलबार, ११ पुष २०७४

विकासका लागि चाहिने भौतिक पूर्वाधार निर्माणको मुख्य वस्तु सिमेन्टमा मुलुक आत्मनिर्भर बन्न लागेका बेला अप्रत्यासित संकटले सिमेन्ट उद्योगलाई छोपेको छ । सिमेन्ट बनाउन भारतबाट आउने मुख्य कच्चा पदार्थ क्लिंकर ल्याउन रक्सोलको रेलयार्डमा रोक लागेपछि नेपालका सिमेन्ट उद्योग संकटमा परेका हुन् ।

भारतीयको आन्दोलनले नेपाली सिमेन्ट उद्योग मारमा

भारतीयको आन्दोलनले नेपाली सिमेन्ट उद्योग मारमा

शुक्रबार, ०७ पुष २०७४

सीमावर्ती भारतीय सहर रक्सोलमा प्रदूषणविरुद्धको आन्दोलनले वीरगन्ज पथलैया करिडोरका एक दर्जन सिमेन्ट उद्योग समस्यामा पर्ने भएका छन् । रक्सोलका बासिन्दा र भारतीय रेल्वेबीच प्रदूषण विवाद भएपछि पुस १० देखि नाका अवरोध गर्ने घोषणा गरिएको छ । यसले सिमेन्ट उद्योगलाई सामान आपूर्तिमा समस्या पर्ने भएको हो ।

रक्सोल आन्दोलनले सिमेन्ट उद्योगमा समस्या

रक्सोल आन्दोलनले सिमेन्ट उद्योगमा समस्या

सोमबार, ०३ पुष २०७४

वीरगन्ज पथलैया करिडोरमा संचालित एक दर्जन सिमेन्ट उद्योगहरु सिमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदुषण बिरोधको एउटा आन्दोलनले धरापमा पर्न थालेपछि चिन्तित बनेका छन्। वीरगन्ज उद्योग बाणिज्य संघको भन्सार तथा रेल्वे ढुवानी सम्बनधी समितिको अगुवाईमा नेपाल र भातरका सरोकारवाला सरकारी पक्षलाई सो बारेमा सोमवार पत्राचार गरेको छ।

सीमापारिको आन्दोलनले नेपाली सिमेन्ट उद्योग धरापमा

सीमापारिको आन्दोलनले नेपाली सिमेन्ट उद्योग धरापमा

बुधबार, २७ मङि्सर २०७४

वीरगन्ज पथलैया करिडोरमा सञ्चालित एक दर्जन सिमेन्ट उद्योग सीमावर्ती भारतीय सहर रक्सोलमा जारी प्रदूषणविरोधी आन्दोलनले जोखिमको अवस्थामा पुगेका छन् । नेपाली सिमेन्ट उद्योगले कच्चा पदार्थ आयात गर्न रक्सोलस्थित रेलवे स्टेसन प्रयोग गर्ने गरेका छन् । त्यहाँ क्लिंकर लगायत ‘डस्टी’ (धुलोयुक्त) कार्गो अनलोड हुँदा त्यसबाट उड्ने धुलोले स्थानीयको जनजीवन नराम्ररी प्रभावित भएको भन्दै स्थानीय संघ–संस्थाले संयुक्त रुपमा आन्दोलन थालेका छन् ।

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

विद्युत काटिने समस्याले उदयपुर सिमेन्ट संकटमा

बुधबार, २४ जेठ २०७४

पटक पटक विद्युत काटिने समस्याले गैडा ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग संकटमा परेको छ। पूर्ण सरकारी लगानी संचालन भएको उद्योगले २० वर्षको अवधिमा नाफामा गए पनि विद्युत काटिने समस्याले उद्योग चल्न नसक्ने अवस्थामा पुगेको हो।

सरकार र सिमेन्ट व्यवसायीले झुक्याए

सरकार र सिमेन्ट व्यवसायीले झुक्याए

मङ्गलबार, १९ बैशाख २०७४

बजारमा बढेको मूल्यमा सिमेन्ट कारोबार भइरहे पनि सम्बन्धित व्यवसायीले भने मूल्य नबढाएको भन्दै उपभोक्तालाई झुक्याएका छन्। उद्योग मन्त्रीसँगको पछिल्लो छलफलमा सिमेन्ट व्यवसायीले मूल्य नबढाएको बताएपछि मन्त्रालयले समेत उपभोक्तालाई ठगिनबाट सचेत रहन भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ।

बढेको सिमेन्ट मूल्य घटेन

बढेको सिमेन्ट मूल्य घटेन

आइतबार, ०३ बैशाख २०७४

बढेको सिमेन्ट मूल्य घटाउन उद्योगीहरुले केही दिनअघि गरेको मौखिक सहमति लत्याएका छन्। उनीहरुले उद्योगमन्त्री नविन्द्रराज जोशीको आग्रहमा मूल्यवृद्धिको निर्णय पुनर्विचार गर्ने बताए पनि बजारमा मूल्य घटेको छैन।

सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण कछुवा गतिमा

सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण कछुवा गतिमा

शुक्रबार, १३ फागुन २०७३

सरकारले चुनढुंगामा आधारित सिमेन्ट उद्योगका लागि पूर्वाधार निर्माण गरिदिने योजनलाई उच्च प्राथमिकतामा राखे पनि व्यवहारमा प्रगति सन्तोषजनक नभएको पाइएको छ।

सिमेन्ट ग्रेडिङ मस्यौदा गुणस्तर परिषद पठाइँदै

सिमेन्ट ग्रेडिङ मस्यौदा गुणस्तर परिषद पठाइँदै

शुक्रबार, ०३ मङि्सर २०७३

सिमेन्टको ग्रेड अनुसार गुणस्तर छुट्ट्याउन भनेर गुणस्तर मापदण्ड स्वीकृतिको लागि नेपाल गुणस्तर परिषदमा पठाउन लागिएको छ। नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिबाट गुणस्तर मापदण्ड पारित गरी परिषदमा पठाउन लागिएको हो।

५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

५० करोड लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग

शनिबार, २९ साउन २०७३

बारा– वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा ५० करोडभन्दा बढीको लगानीमा रिलायन्स सुपरटेक सिमेन्ट उद्योग सञ्चालनमा आएको छ। यसअघि औद्योगिक करिडोरमा बिश्वकर्मा, अम्बे, कलश, शालिमार, स्टार, ओम, आरसिएम, नारायणी, शुभश्री जगदम्बालगायतका सिमेन्ट उद्योगहरु सञ्चालनमा रहँदै आएका थिए।

६.६ अर्बमा सर्वोत्तम सिमेन्ट

६.६ अर्बमा सर्वोत्तम सिमेन्ट

सोमबार, १७ साउन २०७३

सौरभ ग्रुप अन्तर्गत जगदम्बा सिमेन्ट उत्पादन गरेर सफल व्यवसायीको रुपमा स्थापित छन् विष्णुप्रसाद न्यौपाने। जगदम्बा सिमेन्टसहित लक्ष्मी स्टिल, जगदम्बा टी प्रोसेसिङ, सौरभ फोटो इन्टरनेसनल लगायत नौभन्दा धेरै कम्पनी सञ्चालन गरिरहेको समूहले नयाँ ब्रान्ड सर्वोत्तम सिमेन्ट स्थापना गरेको छ। ६ अर्ब ६० करोड रुपैयाँ लगानी गरेर नयाँ ब्रान्डका रुपमा सर्वोत्तम सिमेन्टले व्यावसायिक सुरुआत गरेको अवसरमा नागरिकका सन्तोष न्यौपानेले सौरभ ग्रुपका अध्यक्ष न्यौपानेसँग गरेको कुराकानीको सम्पादित अंश :

उदयपुर सिमेन्ट उद्योग पौने ४ अर्ब घाटामा

उदयपुर सिमेन्ट उद्योग पौने ४ अर्ब घाटामा

सोमबार, ०३ साउन २०७३

निजी क्षेत्रबाट सञ्चातिल सिमेन्ट उद्योगहरुले नाफा कमाइरहँदा सरकारको पूर्ण स्वामित्वमा सञ्चालित एसियाकै ठूलो मानिएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड अर्बौं नोक्सानीमा छ। गत वैशाख २१ गते ३०औं वार्षिकोत्सव मनाएको उद्योगले अहिलेसम्म झन्डै ४ अर्ब घाटा बेहोरको तथ्य बाहिर आएको छ।

Ncell Footer Ad