‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

‘बन्दी बनाएर ल्याइँदा काठमाडौं देखें’

शुक्रबार, ०३ जेठ २०७६

आधुनिक सुविधा भएको, यातायातका साधन पर्याप्त भएको र अन्य आफूलाई इच्छा लागेको कुरा सहजै पाउन सकिने सु–व्यवस्थित क्षेत्र नै सहर...

‘काठमाडौंलाई शिक्षाको ‘हब’ बनाउन सकिन्छ’

‘काठमाडौंलाई शिक्षाको ‘हब’ बनाउन सकिन्छ’

सोमबार, ३० बैशाख २०७६

सहर सम्भावनाको खोजी गर्ने थलो हो। हरेक मानिस आफूलाई रूपान्तरण गर्न र सभ्य बनाउन विकसित ठाउँ खोज्दै सहर पसेका हुन्छन्।

‘वन साङ्लोले घर साङ्लोलाई खान थाल्योे’

‘वन साङ्लोले घर साङ्लोलाई खान थाल्योे’

शुक्रबार, १३ बैशाख २०७६

काठमाडौं असाध्यै बिग्रिएको छ। देशका विभिन्न ठाउँमा उद्योग र कलकारखाना खुलेनन्। मानिसलाई सुख सुविधा दिने ठाउँ पनि उपत्यकाबाहिर भएनन्। ...

‘काठमाडौं संसारकै भद्रगोल सहर लाग्छ’

‘काठमाडौं संसारकै भद्रगोल सहर लाग्छ’

सोमबार, ०२ बैशाख २०७६

‘काठमाडौं भद्रगोल लाग्छ। कसैले संसारको भद्रगोल ठाउँ कुन हो भनेर सोध्यो भने त्यो काठमाडौं नै हुनेछ। किनकी काठमाडौं धेरैं बिग्रिएको...

‘कल्पनाको सहर अझै बनेको छैन’

‘कल्पनाको सहर अझै बनेको छैन’

सोमबार, १८ चैत २०७५

सामान्यतया सुविधाहरु भएको ठाउँलाई सहर भन्ने गरिन्छ। आम मानिसको बुझाई पनि यही छ। म अलि फरक ढंगले गाउँ र सहरलाई बुझ्छु। गाउँबाट सहर पसियो। उतातिर छोडेर आएको गाउँ र यहाँ आएकोलाई सहर भन्ने बुझाई रह्यो। यहाँ सहर हुनु भनेको सबथोक हुनु हो भन्ने लाग्छ। सबथोक हुनु भनेको– ठाउँ ठाउँमा शौचालय हुनु। सडक क्लीन हुनु। नजिकै केही बगैंचा हुनु, त्यहीँ आसपास सफासुग्घर घरहरू हुनु। खानेपानी, बिजुलीवत्ति, शैक्षिक संस्था र यातायात सुविधा हुनु। राज्यले दिने सेवा सुविधा सुरक्षित र समान किसिमका हौंन। एकले अर्कालाई माया र वास्ता गरुन्। सहर भन्ने बित्तिकै यस्तैयस्तै कुराहरू मनमा खेलिरहन्छन्।

‘धमिलो सोच पखालौं, अनि सहर बन्छ’

‘धमिलो सोच पखालौं, अनि सहर बन्छ’

सोमबार, ०४ चैत २०७५

हाम्रोमा नीति नियम बलियो छैन। कानुन छ। तर, त्यसको पालना हुँदैन। कानुनलाई आचारसंहिताजस्तै बनाइन्छ। यदि सरकारी निकाय र सहरवासी मिल्ने हो भने विदेशका सहरभन्दा पनि सुन्दर बन्न सक्छन् नेपालका सहर। तर, जिम्मेवार निकायले सहरको विकासमा चासो दिएन।

‘सहरका घर जोडिए पनि मन जोडिएन’

‘सहरका घर जोडिए पनि मन जोडिएन’

शुक्रबार, ०१ चैत २०७५

सहर भनेको सबैखाले सेवा सुविधा भएको व्यवस्थित बस्ती हो। सहरमा हरेक किसिमका विविधता लुकेका हुन्छन्। त्यहाँ धेरैभरका मानिसको रैथानेदेखि आुधनिक संस्कृतिसम्म भेटिन्छ। राज्यले पनि सहरको सुरक्षामा उच्च निगरानी राखेको हुन्छ। नीति नियमले सहरी क्षेत्रलाई चुस्त र व्यवस्थित बनाएको हुन्छ।

‘प्रदूषण र फोहर सहरको दीर्घरोग’

‘प्रदूषण र फोहर सहरको दीर्घरोग’

सोमबार, २० फागुन २०७५

मानवीय आवश्यकता र विकासलाई हेर्ने हो भने हामी धेरै पछि छौं। सहरको विकासको अवस्था निम्छरो छ। न्यायपूर्ण विकास भएको छैन। त्यसकारण सहरले सबै पक्ष समेटेको हुनुपर्छ।

‘जनता जिम्मेवार छन्, राज्य गैरजिम्मेवार भयो’

‘जनता जिम्मेवार छन्, राज्य गैरजिम्मेवार भयो’

सोमबार, १३ फागुन २०७५

अलि सफा र मानवीय चाहना पूरा गर्न सक्ने सुविधायुक्त ठाउँ नै सहर हो। सहरले मानवीय आवश्यकता पूरा गरेको हुन्छ।

‘कंक्रिटको सहरमा आत्मीयता अलि पर छ’

‘कंक्रिटको सहरमा आत्मीयता अलि पर छ’

शुक्रबार, १० फागुन २०७५

कंक्रिटको सहरमा आत्मीयता अलि पर हुन्छ। त्यहाँ मानवताको अभाव हुन्छ। त्यसकारण मलाई लाग्छ सहर यान्त्रिक जीवन हो, चाहे त्यहाँ जतिसुकै सुख शान्ति किन नमिलोेस्

‘गफाडी नेतृत्वले सहर बिगार्‍यो’

‘गफाडी नेतृत्वले सहर बिगार्‍यो’

मङ्गलबार, ०७ फागुन २०७५

सबै कुराले सम्पन्नता भएको सुविधायुक्त बस्ती नै सहर हो। त्यहाँ आर्थिक, सामाजिक, राजनीतिकलगायतका अन्य आधारभूत संरचना व्यवस्थितरूपले बनेका हुन्छन्। जनसंख्या धेरै भए पनि सहरको व्यवस्थापकीय पक्ष निकै मजबुत र चुस्त हुन्छ। सहरको सरकार पनि त्यतिकै परिपक्व हुन्छ।

‘काठमाडौं कलैकलाको नगरी हो’

‘काठमाडौं कलैकलाको नगरी हो’

सोमबार, २८ माघ २०७५

काठमाडौंमा जता फर्किए पनि भगवान भेटिन्छन्। यहाँका कला–संस्कृति संसारमै भेटिनन्। यहाँको प्राकृतिक र सांस्कृतिक कुरा एकदमै फरक छ। काठमाडौंको मौसम पनि राम्रो छ। मात्रै प्रदूषण र अव्यवस्थित विकास निर्माणले सहरलाई कुरूप बनाएको हो।

‘सहर सोचजस्तै भएन’

‘सहर सोचजस्तै भएन’

शुक्रबार, २५ माघ २०७५

गाउँभन्दा अलि फरक, आधुनिकता झल्कने, मौलिकता बोकेको र सुविधायुक्त ठाउँ नै सहर हो। मेरो विचारमा सहर सर्वगुण सम्पन्न हुनुपर्छ। सहरमा बस्नेहरुको जीवन सुरक्षित र सुखदायी हुनुपर्छ। पूर्वाधारयुक्त निर्माण व्यवस्थित किसिमले गरिएका हुन्छ। त्यहाँ ऐतिहासिक कलाकृति सजाइएको हुन्छ। तर, दुभाग्र्य ! हाम्रा सहर हामीले जे सोचका थियौं त्यही किसिमका भएनन्। सहरमा फोहरै फोहर मात्रै देखिन्छ। यातायात पनि अस्तव्यस्त छ। सहर यस्तो होला भनेर जुन परिकल्पनाका साथ गाउँबाट सहर पसिन्छ त्यो अनुसारको सहर देखिन्न। सहर पसेपछि झन् दुःख सुरु हुन्छन्।

‘काठमाडौंले आफ्नो अस्तित्व गुमाइसकेको छ’

‘काठमाडौंले आफ्नो अस्तित्व गुमाइसकेको छ’

सोमबार, २१ माघ २०७५

पोखरा र धरान निकै मनपर्छ। पोखरा नेपालको शान्त र रमणीय सहरभित्र पर्छ। यो सहरको सबै पक्ष व्यवस्थित छ। पोखरामा धुँवाधुलो र प्रदूषण कतै देखिँदैन। फराकिला सडक, फेवाताल र सहर वरिपरिका पर्यटकीय मार्गले पोखरा पर्यटकको आकर्षण केन्द्र बनेको छ।

‘काठमाडौं असहज बन्दै छ’

‘काठमाडौं असहज बन्दै छ’

शुक्रबार, १८ माघ २०७५

विकास थोरै भए पनि त्यतिबेलाको काठमाडौं सरल थियो। काठमाडौंमा बस्न रमाइलो लाग्थ्यो। बाहिरबाट र यहाँका स्थानीयबीच त्यति राम्रो सम्बन्ध नभए पनि त्यतिबेला काठमाडौं राम्रो लाग्थ्यो। त्यतिबेला यो ठाउँ निकै शान्त थियो। सबैतिर सुन्दर थियो।

‘काठमाडौं झन्झन बिग्रँदै गएको छ’

‘काठमाडौं झन्झन बिग्रँदै गएको छ’

शुक्रबार, ११ माघ २०७५

सुविधायुक्त ठाउँ नै सहर हो। सहरभित्र अनेक कलासंस्कृति र सभ्यता लुकेका हुन्छन्। सहरको जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरका हरेक पक्षलाई चुस्त दुरुस्त राखेको हुन्छ।

‘सहर दिक्कलाग्दो छ’

‘सहर दिक्कलाग्दो छ’

शुक्रबार, ०४ माघ २०७५

सबै कुराको सुविधा भएको ठाउँ हो सहर। सहर मान्छेको रहर हो। आधारभूत आवश्यकता पूरा गर्न सक्ने सुविधायुक्त बस्ती नै सहर हो। सहरमा खानेपानी, शिक्षा, स्वास्थ्य, सुरक्षा, यातायात जस्ता सबैखाले सुविधा हुन्छन्। यहाँ रोजगारीका लागि अवसर पाइन्छन्।

‘काठमाडौंलाई भाडाको घर सम्झियौंँ’

‘काठमाडौंलाई भाडाको घर सम्झियौंँ’

शुक्रबार, २७ पुष २०७५

व्यवस्थित भौतिक पूर्वाधार भएको सुविधायुक्त ठाउँ नै सहर हो। सहरमा इतिहास र मौलिकता झल्कने गरी आधुनिकताले छाप छाडेको हुन्छ। त्यहाँ देशका मुख्य चिनारीहरू सजाएर राखिएका हुन्छन्। गाउँ र सहरको समिश्रण छनक पनि सहरमा भेटिन्छ।

‘सहरमा लुकेको सम्भावना खोजी भएन’

‘सहरमा लुकेको सम्भावना खोजी भएन’

सोमबार, १७ मङि्सर २०७५

तपाईँको बुझाईमा सहर भनेको के हो ? मानवीय आवश्यता परिपूर्ति गर्न सक्ने सुविधासम्पन्न व्यवस्थित बस्तीलाई नै सहर मान्न सकिन्छ। मसँग विदेशी मुलुकका सुविधासम्पन्न सहर घुमेको अनुभव छ। त्यसकारण पनि मैले सहरलाई अलि फरक ढंगले बुझेको छु। शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा, उद्योगलगायत यावत पक्षलाई व्यवस्थित पारेर बनाइएको भूगोल सहर हो। सहरको जनघनत्व स्वभाविक रूपमै बढी हुन्छ। तर, त्यही अनुसारको पूर्वतयारी पनि अपनाइएको हुन्छ।

‘सहरको सम्भावना खोज्न सकेनौं’

‘सहरको सम्भावना खोज्न सकेनौं’

सोमबार, १० मङि्सर २०७५

तपार्इँको बुझाईमा सहर के हो? गुजुप्प परेको सुविधासम्पन्न बस्ती नै सहर हो। सहरमा हरेक सेवा सुविधा हुन्छन्। मानिसको चाप बढी भए तापनि त्यहाँको प्रशासनले हरेक विकास निर्माणका कामलाई चुस्त गतिमा सञ्चालन गरेको हुन्छ।

‘सहरको सम्भावना खोज्न सकेनौं’

‘सहरको सम्भावना खोज्न सकेनौं’

शुक्रबार, ०७ मङि्सर २०७५

तपाईँको बुझाईमा सहर भनेको के हो? सहर भौतिक पूर्वाधारले सम्पन्न ठाउँ हो। मानवीय आवश्यकता सहरले पूरा गरेको हुन्छ। सहरको विकास निर्माणले मौलिकता बोकेको हुन्छ।

‘सहरको यातायात भद्रगोल भयो’

‘सहरको यातायात भद्रगोल भयो’

सोमबार, १९ कार्तिक २०७५

तपाईँको बुझाईमा सहर भनेको के हो? मानिसलाई सामाजिक जीवन बिताउन आवश्यक पर्ने सबैखाले सेवा सुविधा भएको ठाउँ नै सहर हो । सहरका बस्ती गुजुप्प हुन्छन् । त्यहाँ जनघनत्व पनि बढी हुन्छ ।

‘सुन्दर सहर ‘कवाड’ बनायौं’

‘सुन्दर सहर ‘कवाड’ बनायौं’

सोमबार, १८ भदौ २०७५

तपाईँको बुझाईमा सहर के हो? सहर योजनाबद्ध विकास भएको सुविधायुक्त आकर्षक ठाउँ हो । सहरको रूप हराभरा हुन्छ । त्यहाँ पुराना मौलिक कला संस्कृतिको संरक्षण गरिएको हुन्छ।

सरकारी निकायबीच समन्वय छैन

सरकारी निकायबीच समन्वय छैन

शुक्रबार, १५ भदौ २०७५

मलाई मनपर्ने सहर पोखरा हो । पोखरा मलाई युरोपकै सहर जस्तै लाग्छ । शिक्षा र स्वास्थ्यलाई अलिकति जोड्ने हो भने पोखरा विश्वकै ‘टप सिटी’ मध्येमै पर्न सक्छ । तर, उपचार, शिक्षा र अन्य केन्द्रीय सुविधा लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । यदि यो बाध्यता हट्यो र निजी क्षेत्र पुग्यो भने पोखरा पूर्ण सहर बन्छ।

‘काठमाडौंलाई रहर पूरा गर्ने टेकोमात्रै बनाइयो’

‘काठमाडौंलाई रहर पूरा गर्ने टेकोमात्रै बनाइयो’

सोमबार, ११ भदौ २०७५

तपाईको बुझाइमा सहर के हो? सहर सुविधायुक्त र जनघनत्व बढी भएको ठाउँ हो । हरेक पक्षमा अग्रणी भूमिका सहरले खेलेको हुन्छ । सुरक्षाको हिसाबमा पनि सहर उत्तिकै संवेदनशील मानिन्छ ।

‘सहरवासीले सरकारलाई टेरेनन्’

‘सहरवासीले सरकारलाई टेरेनन्’

सोमबार, ०४ भदौ २०७५

तपाईको विचारमा सहर केहो? सहर सुगम र सहज ठाउँ हो । सहरमा हरेक सेवा–सुविधा चुस्त हुन्छन् । सहरको सुरक्षा व्यवस्था पनि कडा पारिएको हुन्छ । धेरै जनसंख्या भएको ठाउँलाई कसरी व्यवस्थित पार्न सकिन्छ भन्ने जिम्मा त्यहाँको सरकारले लिएको हुन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।