संसदीय समितिले सरकार नियन्त्रण गर्ने होइन : सभामुख

संसदीय समितिले सरकार नियन्त्रण गर्ने होइन : सभामुख

मङ्गलबार, ३१ भदौ २०७६

संसदीय समितिको गठन नै सरकारका कामको बेथिति नियन्त्रण गर्न भए पनि सभामुख कृष्णबहादुर महराले भने समितिले सरकारलाई नियन्त्रण गर्न नपाउने...

सरकारको कामलाई नियन्त्रण नगर्न संसदीय समितिलाई सभामुखको निर्देशन

सोमबार, ३० भदौ २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्। ...

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन

मङ्गलबार, २४ भदौ २०७६

संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत...

अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने/नमिल्नेबारे राय लिने

अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने/नमिल्नेबारे राय लिने

शुक्रबार, २० भदौ २०७६

संसदीय समितिले अदालतको फैसलाबारे समितिमा छलफलमा गर्न मिल्ने/नमिल्ने विषयमा संविधानविद्हरुसँग राय लिने भएको छ। संघीय संसदको कानुन, न्याय तथा मानव...

झपट रावल र दिलेन्द्र बडूबीच संसदीय समितिमा बाझाबाझ !

झपट रावल र दिलेन्द्र बडूबीच संसदीय समितिमा बाझाबाझ !

बिहिबार, १९ भदौ २०७६

संसदीय समितिहरुमा आफ्ना शब्दहरुमा सांसदहरु बीच मतान्तर देखिने गरेको छ। संसदीय समितिमा छलफलमा रहेका बिधेयकहरुमा सांसदहरुले आफ्ना धारणाहरु राख्दा आफूले चाहेको शब्द राख्नु पर्ने अडान पनि राख्ने चलनले मतान्तर देखिने गरेको हो।

संसदीय समितिमा चर्काचर्की, मन्त्री यादव झोक्किए

संसदीय समितिमा चर्काचर्की, मन्त्री यादव झोक्किए

बिहिबार, ०५ भदौ २०७६

समिति सदस्यहरुको आग्रहमा ढोकाबाट फकिएका मन्त्री यादवले मिडिया प्रति पनि आक्रोस पोखे। उनले कस्तो समाचार लेख्ने कस्तो नलेख्ने सिकाउनुको साथै मिडियालाई कुन समाचार दिने, कुन नदिने भन्ने बारेमा निर्देशन दिन सभापतिको ध्यानाकर्षण नै गराए।

संसदीय समितिले भन्योः चिनियाँ लगानीमा निर्माणाधिन ह्वासिङ सिमेन्टको ठेक्का रद्ध गर

संसदीय समितिले भन्योः चिनियाँ लगानीमा निर्माणाधिन ह्वासिङ सिमेन्टको ठेक्का रद्ध गर

आइतबार, २६ साउन २०७६

संसदीय समितिले ह्वासिङ सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौंता गैरकानुनी भएको ठहर गर्दै रद्ध गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग सो कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको ठहर गर्दै रद्ध गर्न सरकारलाई निर्देशन दिएको हो।

संसदीय समितिका बैठक छल्दै मन्त्री

संसदीय समितिका बैठक छल्दै मन्त्री

शनिबार, २५ साउन २०७६

उद्योग समितिको बैठकमा सांसदले मन्त्री यादवलाई कुर्दाकुर्दा नआएपछि बैठक स्थगित भएको थियो भने विकास समितिको बैठकमा भौतिकमन्त्री महासेठले नआउने खबर पठाएका थिए।

नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज पूर्वराजासँग रहेको सरकारको आशंका

नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज पूर्वराजासँग रहेको सरकारको आशंका

मङ्गलबार, २१ साउन २०७६

संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ।

औद्योगिक विधेयकः आयात प्रतिस्थापन र उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापनमा जोड

औद्योगिक विधेयकः आयात प्रतिस्थापन र उद्योग क्षेत्रको प्रभावकारी व्यवस्थापनमा जोड

मङ्गलबार, २१ साउन २०७६

संसदीय समितिमा ‘औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथि पनि दफावार छलफल सुरु गरिएको छ।

संसदीय समिति छल्दै सांसद

संसदीय समिति छल्दै सांसद

आइतबार, १९ साउन २०७६

संघीय संसद्मा विभिन्न कारण देखाउँदै प्रायः सबै दलका शीर्ष नेता कमै उपस्थित हुँदै आएका छन्। तर पछिल्ला दिनमा संसद्का विषयगत समितिका छलफलमा शीर्ष नेता मात्र नभएर अन्य सांसद पनि सहभागि हुन छाडेका छन्। सांसदको कम उपस्थितिका कारण मिनी संसद् मानिने संसदीय समिति पनि प्रभावहीन बन्दै गएका छन्। सरकारले गरेका कामको अनुगमन, निरीक्षणसहित निर्देशन दिने मात्र होइन नीति निर्माणमा पनि समितिका बैठक केन्द्रित बन्नुपर्नेमा बैठककै ओझमाथि प्रश्न उठ्न थालेको छ।

आम्दानीको १० प्रतिशत बाबुआमाको खातामा हाल्नुपर्नेबारे सुझाव लिने

आम्दानीको १० प्रतिशत बाबुआमाको खातामा हाल्नुपर्नेबारे सुझाव लिने

बिहिबार, १६ साउन २०७६

संसदीय समितिले सन्तानले जेष्ठ नागरिक बाबु आमालाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ।

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

हुवासिन सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस

आइतबार, ०५ साउन २०७६

संसदीय समिति अन्तर्गतको उपसमितिले चिनियाँ लगानीको हुवासिन सिमेन्टले जग्गा भाडामा लिनका लागि गरेको सम्झौता रद्द गर्न सिफारिस गरेको छ।

संसदीय समितिको राजधानी केन्द्रित बाढी प्रभावित निरीक्षण

संसदीय समितिको राजधानी केन्द्रित बाढी प्रभावित निरीक्षण

शुक्रबार, ०३ साउन २०७६

संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो।

संसदीय समितिको बैठक स्थगित गर्न माग

संसदीय समितिको बैठक स्थगित गर्न माग

बुधबार, ०१ साउन २०७६

संसद् स्थगित भएपछि समिति बैठक पनि स्थगित गर्न कांग्रेसले माग गरेको छ । राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले संसदीय समितिको बैठक पनि स्थगित गर्न माग गरेका हुन् ।

आईफा अवार्ड गरेरै छाड्छौंः प्रधानमन्त्री

शुक्रबार, २० असार २०७६

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘आईफा अवार्ड’ रोक्नका लागि संसदीय समितिले दिएको निर्देशन अनाधिकृत भएको दावी गरेका छन्।

लोकसेवालाई दिएको निर्देशन गल्ती भएको भन्दै गल्ती स्वकारेर अघि बढ्न माग

लोकसेवालाई दिएको निर्देशन गल्ती भएको भन्दै गल्ती स्वकारेर अघि बढ्न माग

शुक्रबार, २० असार २०७६

बैठकमा समितिका सभापति शशी श्रेष्ठले पनि सो सम्बन्धमा लोक सेवा आयोगसँग पुनः छलफल गर्ने बताएकी थिइन्।

विमानस्थल निर्माणको लागि  तत्काल रुख कटान अनुमति दिन निर्देशन

विमानस्थल निर्माणको लागि तत्काल रुख कटान अनुमति दिन निर्देशन

शुक्रबार, १३ असार २०७६

संसदीय समितिले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक रुख कटानका लागि तत्काल अनुमति दिन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिएको छ।

जागिरमा आरक्षण विवादः सांसदका ‘कक्टेल’ तर्क

जागिरमा आरक्षण विवादः सांसदका ‘कक्टेल’ तर्क

बुधबार, ११ असार २०७६

संघीय निजामती सेवाको पदपुर्तिका सम्बन्धमा संसदीय समितिका सदस्यहरुबीच दुई थरि धारणा आएका छन्।

संसदीय समितिले सेनालाई दियो यस्तो निर्देशन

संसदीय समितिले सेनालाई दियो यस्तो निर्देशन

सोमबार, ०९ असार २०७६

संघीय संसदको विकास तथा प्रविधि समितिले सो आयोजनाको कामलाई सहज ढंगले अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई पनि सचेत गराएको छ।

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

सूचना प्रविधि विधेयक पारित गर्न मन्त्री बाँस्कोटाको दबाब

शुक्रबार, ०६ असार २०७६

मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे।

'संविधान नमान्ने, संसदलाई पनि नमान्ने  हो भने देश कसले चलाइरहेको छ?'

'संविधान नमान्ने, संसदलाई पनि नमान्ने हो भने देश कसले चलाइरहेको छ?'

सोमबार, ०२ असार २०७६

संसदीय समितिले दिएको निर्देशन सरकारले नमानेको भन्दै उनले आक्रोस पोखे।

महिनौंदेखि मिनी संसद्मा अल्झिए विधेयक

महिनौंदेखि मिनी संसद्मा अल्झिए विधेयक

आइतबार, ०१ असार २०७६

कानुन निर्माण व्यस्त रहनु पर्ने संसदीय समितिका बैठक नियमित बस्न नसक्दा समितिमा पठाएका विधेयक महिनौंदेखि अल्झिएका छन्। दोस्रो अधिवेशनदेखि संसदीय समितिमा पठाइएका विधेयक चौंथो अधिवेशनसम्ममा पनि सकिएका छैनन्। चौंथो अधिवेशनमा थप ११ विधेयक संसदीय समितिमा पुगेका छन्। मिनी संसद् मानिने समितिमा यतिबेला २१ विधेयक छन्। तीमध्ये प्रतिनिसभामाका समितिमा १८ र राष्ट्रियसभा समितिमा ३ विधेयक छन्।

गुठी विधेयकका सम्बन्धमा विज्ञसँग छलफल गरिने

शुक्रबार, ३१ जेठ २०७६

समितिमा तीन वटा विधेयक पेश गरिएको छ। ती सबै विधेयकमाथिको छलफल आगामी साता भित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ।

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

शुक्रबार, ३१ जेठ २०७६

पप्पु कन्स्ट्रक्सन कम्पनी विवादित निर्माण कम्पनी हो।

‘राजनीतिक भागबन्डाका लागि लोकसेवाको विज्ञापन रद्द गर्ने प्रयास, समितिको निर्देशन गैरजिम्मेवार’

‘राजनीतिक भागबन्डाका लागि लोकसेवाको विज्ञापन रद्द गर्ने प्रयास, समितिको निर्देशन गैरजिम्मेवार’

मङ्गलबार, २८ जेठ २०७६

साझा विवेकशील पार्टीले लोकसेवाको विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्णयलाई गैरजिम्मेवार भनेको छ। पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यद्वारा मंगलबार जारी विज्ञप्तिमा राजनीतिक भागवण्डाको उद्देश्यका साथ विज्ञापन रद्द गर्न खोजिएको उल्लेख छ।

मन्त्री पण्डितको चर्को आलोचना

शुक्रबार, २४ जेठ २०७६

सरकारले लोक सेवा आयोगमार्फत् स्थानीय तहको पनि कर्मचारी पदपूर्तिका लागि नौं हजार भन्दा बढिको विज्ञापन खुलाएपछि त्यो संविधानको मर्म विपरित हुने गरी आएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।

संसदीय समितिले नै छुट्याउन सकेन सक्कली र नक्कली मसला

संसदीय समितिले नै छुट्याउन सकेन सक्कली र नक्कली मसला

शुक्रबार, १० जेठ २०७६

बजारमा छ्याप्छ्याप्ती भएको दुई प्रकारका बिएमसी मसलाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै दर्ता भएको उजूरीमाथि टुङ्गो लगाउन बसेको संसदीय समितिले कुन मसला सक्कली वा नक्कली हो भनेर छुट्ट्याउन सकेनन्।

छलफल गरेर मात्र कानुन बन्छ: महरा

बिहिबार, ०९ जेठ २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

कानुन निर्माणमा केन्द्रीत हुन  संसदीय समितिलाई  सभामुखकाे निर्देशन

कानुन निर्माणमा केन्द्रीत हुन संसदीय समितिलाई सभामुखकाे निर्देशन

बिहिबार, ०९ जेठ २०७६

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका छन्।

संसदीय समितिमा विधेयकको चाङ

संसदीय समितिमा विधेयकको चाङ

सोमबार, ०६ जेठ २०७६

प्रतिनिधिसभा र राष्ट्रियसभामा आएका विधेयक संसदीय समितिमा थुप्रिन थालेका छन्। दोस्रो र तेस्रो अधिवेशनबाट समितिमा पठाइएका विधेयकहरू नै समितिबाट निर्णय गर्न बाँकी रहँदा थप विधेयक पठाउने तयारी भएको हो। प्रतिनिधिसभाको सोमबारको बैठकमा एकैपटक आठ विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। यी सबै विधेयकहरूलाई प्रक्रिया छलफल र संशोधन प्रक्रिया सकिएपछि थप छलफलका लागि समितिमा पठाइने तयारी भएको संसद् सचिवालयले जनाएको छ। अघिल्ला अधिवेशनबाटै रोकिदै आएका विभिन्न २३ विधेयक टुंगो लाग्न नपाउँदै थप विधेयक समितिमा जान लागेका हुन्।

दाहाल दुईपटक, देउवा एकपटक

दाहाल दुईपटक, देउवा एकपटक

बिहिबार, ०२ जेठ २०७६

संसदीय समितिको बुधबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक देखिए। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सदस्यसमेत रहेका देउवा खानेपानी मन्त्रालयको आगामी वर्षको बजेट व्यवस्थापन तथा कार्यक्रमसम्बन्धमा भएको छलफल सकिएलगत्तै बैठकबाट बाहिरिए। छलफलमा देउवाले आफ्नो भनाइ भने राखेनन्। बुधबार विकास समितिको ३५औं बैठक थियो। गत असारमा संसदीय समिति गठन भएपछि बैठक बस्न थालेको थियो। २५ वटा बैठकसम्म निरन्तर अनुपस्थित भएपछि एक महिनाअघि समिति सभापति कल्याणी खड्काले कांग्रेस संसदीय दलमार्फत देउवालाई उपस्थितिका लागि आग्रह गर्दै पत्र पठाएकी थिइन्। प्रतिनिधिसभाको नियमावलीको नियम १८० मा लगातार पाँचवटा बैठकमा सभापतिको अनुमतिबिना अनुपस्थित रहने सदस्यलाई सभापतिको सिफारिसमा सभामुखले समितिबाट हटाउन सक्ने व्यवस्था छ।

मेलम्ची आयोजना छिटो सुरु गर: समिति

बुधबार, ०१ जेठ २०७६

खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ।

मेलम्चीको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

मेलम्चीको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन

बुधबार, ०१ जेठ २०७६

खानेपानीमन्त्री विना मगरले क्याविनेटमा छलफल गरेर मेलम्ची खानेपानी आयोजनाको बाँकि कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन्। उनले स्वच्छ खानेपानीको अभाव हुन नदिने गरी सरकारले आवश्यक काम कार्वाहीलाई अघि बढाइएको दाबी पनि गरिन्।

संसदीय समितिलाई दबाब

संसदीय समितिलाई दबाब

मङ्गलबार, २६ चैत २०७५

रागाउँ विकास समिति र तारागाँउ ह्यात रिजेन्सी होटल लिमिटेडको जग्गा सम्झौता छानबिन गर्ने क्रममा संसदीय समितिले दबाब महसुस गरेको छ। आफू नेतृत्वको उपसमितिले छानबिन गर्ने क्रममा दबाब महसुस गरेको संयोजक अग्नीप्रसाद सापकोटाले बताए।

सातमध्ये ६ मा सत्तारुढको उम्मेदवारी

सातमध्ये ६ मा सत्तारुढको उम्मेदवारी

बिहिबार, २१ चैत २०७५

प्रदेश– १ को संसदीय समितिको नेतृत्व चयनका लागि बिहीबार मनोनयन दर्ता भएको छ। सात वटा संसदीय समितिमध्ये ६ वटामा सत्तारुढ नेकपाले र लेखा समितिमा मुख्य विपक्षी कांग्रेसले एक–एक जना उम्मेद्वार बनाएर दर्ता गरेपछि सबै समितिको सभापति निर्विरोध चयन हुने भएको छ।

क्षतिग्रस्त संरचना बनाउन पैसा छैन : प्राधिकरण

क्षतिग्रस्त संरचना बनाउन पैसा छैन : प्राधिकरण

मङ्गलबार, १९ चैत २०७५

बजेट भए निर्माण कार्य अगाडि बढ्छ

घटनास्थल नै नपुगी संसदीय समितिको छाउपडी रिपोर्ट

घटनास्थल नै नपुगी संसदीय समितिको छाउपडी रिपोर्ट

सोमबार, ११ चैत २०७५

संसदको महिला तथा समाजकल्याण उपसमितिले छाउपडीमा मृत्यु भएको बारेमा स्थलगत रिपोर्ट तयार पार्दा घटनास्थल नै नपुगेको फेला परेको छ। संसदीय समितिका सदस्यहरू घटना भएको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दुई दिनसम्म बसे पनि घटनास्थल नपुगिकनै फिल्ड रिपोर्ट तयार पारेका हुन्।

संसदीय समितिमा सांसद्को घट्दो उपस्थिति

संसदीय समितिमा सांसद्को घट्दो उपस्थिति

बुधबार, ०६ चैत २०७५

प्रतिनिधिसभाका अधिकांश समितिका बैठकमा सांसद नै उपस्थित हुन छाडेका छन्। समितिका सदस्यहरू नै सहभागी हुन छाडेपछि महत्वपूर्ण अजेन्डासहित बोलाइएका बैठक प्रभावहीन बन्दै गएका छन्। मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सांसदहरूको न्यून उपस्थितिले नागरिकता विधेयकमाथिको छलफल हुनै सकेन।

दुई विधेयक पारित, दुई विधेयक समितिमा

दुई विधेयक पारित, दुई विधेयक समितिमा

बुधबार, २९ फागुन २०७५

प्रतिनिधिसभाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरेको छ। प्रतिनिधिसभाको बुधवारको दोस्रो बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

शाख गुमाउँदै संसदीय समिति

शाख गुमाउँदै संसदीय समिति

बुधबार, २९ फागुन २०७५

संसदीय शासन व्यवस्थामा कार्यपालिका प्रमुखको चयन संसदबाट हुन्छ। आफैंले निर्वाचित गरेर पठाएको कार्यपालिका प्रमुखबाट गल्ती र त्रुटि भयो भने त्यसलाई सच्याउने र पदबाट हटाउनेसम्मको हैसियत राख्छ संसद्ले। तर, पछिल्लो समय व्यवस्थापिका कार्यपालिकाको छायाँ बनेको आरोप लागिरहेको छ। संसदीय समितिहरुको भूमिका पनि कमजोर देखिएको छ। समितिले सरकारले गरेका कामको त्रुटि औंल्याउँदै सच्याउन निर्देशन दिन्छन्।

दुई विधेयक सम्बन्धित समितिमा

दुई विधेयक सम्बन्धित समितिमा

आइतबार, २६ फागुन २०७५

प्रतिनिधिसभाको दोस्राे बैठकले दुई विधेयक दफवार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

संसदीय समितिका सबै बैठक स्थगित

संसदीय समितिका सबै बैठक स्थगित

आइतबार, १९ फागुन २०७५

आइतबारका लागि बोलाइएका संसदीय समितिका सबै बैठकहरू स्थगित भएका छन्। पूर्व उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनका कारण बैठक स्थगित गरिएको सचिवालयले जनाएको छ। नेता अधिकारीको शनिबार राति उपचारका क्रममा निधन भएको हो।

कोरम नपुगेपछि सुनुवाइ समितिको बैठक स्थगित

कोरम नपुगेपछि सुनुवाइ समितिको बैठक स्थगित

आइतबार, १२ फागुन २०७५

आजको लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। समितिका सदस्य योगेश भट्टराईका अनुसार ‘कोरम नपुगेर बैठक बस्न नसकेको हो। समितिको अर्को बैठक आगामी १४ गते दिउँसोको २ बजे बोलाइएको छ।

नेपाली महिलालाई ब्रिटिस सेनामा जान किन रोक लगाउन खोजिँदैछ ?

बुधबार, ०८ फागुन २०७५

यो निर्णयमा सम्बन्धित निकायहरूसँग बसेर छलफल गर्नुपर्ने परराष्ट्रविद् डा. खड्ग केसी बताउँछन् । भन्छन, ‘मुलुकको स्वाधिनताको लागि सरकारले गरेको निर्णय स्वागत योग्य रहेको छ।’

बुढीगण्डकी प्रभावितको प्रश्न : आयोजना कसरी बन्ने भन्नेमै किन अन्यौल ?

बुढीगण्डकी प्रभावितको प्रश्न : आयोजना कसरी बन्ने भन्नेमै किन अन्यौल ?

आइतबार, २९ पुष २०७५

संघीय संसदको कृषि शहकारी तथा प्राकृतिक स्रोत समितिले बुढीगण्डकी डुबान क्षेत्रका विस्थापित, प्रभावितसँग छलफल गरेको छ। आयोजनाको पुर्नवास तथा पुर्नस्थापना इकाइले गरिरहेको काम, आयोजनाको हालको अवस्था, प्रभावित विस्थापितले भोग्नुपरेको पीडा, गुनासोका बारेमा समितिले स्थलगत छलफल गरेको हो।

संसदीय समिति बैठक छल्दै मन्त्रीहरू

संसदीय समिति बैठक छल्दै मन्त्रीहरू

बुधबार, २६ मङि्सर २०७५

सरकार र सम्बन्धित मन्त्रालयको कामप्रति सांसदहरूले विभिन्न जिज्ञासा राख्न थालेपछि मन्त्रीहरू बहाना बनाएर संसदीय समिति बैठक छल्न थालेका छन्।

संसदीय समितिमा कोरम पुग्नै समस्या

संसदीय समितिमा कोरम पुग्नै समस्या

बुधबार, १९ मङि्सर २०७५

संसदीय समितिमा विगत एक महिनादेखि कोरम नपुग्ने समस्या बढेर गएको छ। बैठक बोलाएपछि समितिका सदस्यलाई कुरेर नै घन्टौं समय बित्न थालेको छ। कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले त कोरम नपुग्ने भएका कारण समितिको पहिलो बैठकसमेत बोलाउन सकेका छैनन्।

अलमलमा संसदको बिषयगत समिति,शक्तिशाली समितिकै बैठक न्यून

अलमलमा संसदको बिषयगत समिति,शक्तिशाली समितिकै बैठक न्यून

मङ्गलबार, ११ मङि्सर २०७५

प्रदेश ५ मा ‘मिनि संसद’ भनेर चिनिने प्रदेशसभाका बिषयगत समितिहरु सक्रिय हुन सकेका छैनन्। प्रदेशमा गठन भएको प्रदेशसभा र सरकारलाई निर्देशन, मार्गदर्शन र जिम्मेवारीबोध गराउन विभिन्न बिषयगत समितिहरु गठन भएका छन्।

संसदीय समिति बैठक अनिश्चित

संसदीय समिति बैठक अनिश्चित

सोमबार, १२ कार्तिक २०७५

दसैंको एक सताअघि नै देखि सुनसान देखिएको संघीय संसद् दसैं सकिएको एक सतासम्म पनि सुनसान नै देखिएकोछ। संसद् अधिवेशन नभएको अवस्थामा संसदीय समितिको सक्रियता हुनुपर्ने भए पनि त्यस्तो देखिएको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad