शुक्रबार, ०३ असोज २०७६
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राज्य आतंक सिर्जना गरी समाजमा अशान्ति फैलाएको...
सोमबार, ३० असार २०७६
नेपाली कांग्रेसका सांसदले देशभरका बाढीपहिरो पीडितलाई ५ दिनको तलब दिने भएका छन्। प्रतिनिधिसभामा बाढीपहिरोबारे छलफल गर्न जरुरी महत्वको प्रस्ताव दर्ता...
शनिबार, २१ असार २०७६
नेकपाका सांसदहरुले आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्। ...
सोमबार, १६ असार २०७६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बसिरहेको छ। ...
बिहिबार, ०५ असार २०७६
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले प्रेससहित सबै क्षेत्रलाई तर्साउने र धम्काउने काम गरेको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता देउवाले लोकतन्त्रका आधारभूत तत्वमाथि सरकारले निरन्तर प्रहार गरी रहेको दाबी गरेका हुन्।
मङ्गलबार, ०३ असार २०७६
राष्ट्रिय सभामा सत्तारुढ नेकपा संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले ल्याएको गुठी विधेयकको बचाउ गरेका छन्।
बिहिबार, ०२ जेठ २०७६
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको प्रतिकूल हुनेगरी सरकारले संघीय संसद्मा दर्ता गरेका तीन विधेयक तत्काल फिर्ता लिन माग गरेको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकले राष्ट्रिय सुरक्षा, मानव अधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिदै सबै प्रकारका निरंकुशताविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो। संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको भएको जनाउँदै कांग्रेसले भनेको छ, ‘संविधान प्रतिकूलका उपरोक्त विधेयक फिर्ता गर्न जोडदार माग गर्दछ।’
बुधबार, ०१ जेठ २०७६
सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकुल हुने गरी विधेयकहरु संसदमा दर्ता गराएको भन्दै आपत्ति जनाएको छ।
आइतबार, २२ बैशाख २०७६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा सांसदहरूले आफ्ना कुरा राख्न नपाएको भन्दै असन्तुष्टि पोखेका छन्। सांसदहरूले बैठकमा आपना कुरा राख्न पाउनुपर्ने माग नदिएको भन्दै बैठकको सुरुमै सांसद रामकुमारी झाँक्रीले संसद्मा हुने छलफलमा नेकपाका सांसदले सरकारकै पक्षमा बोल्ने भए पनि संसदीय दलको बैठकमा भने आफ्ना कुरा राख्न पाउनुपर्ने माग गरेकी थिइन्।
बुधबार, १८ बैशाख २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संसदीय दलको बैठकमा मुलुकको विकास निर्माणका प्रमुख बाधक निर्माण व्यवसायीहरु भएको भन्दै काम नगर्ने ठेकेदारप्रति सरकार कडा रुपमा प्रस्तुत हुने बताएका छन्।
सोमबार, ०९ बैशाख २०७६
२०७४ फागुन १२ गते बसेको नेपाली कांग्रेस संसदीय दलको पहिलो बैठकले सङ्घीय संसद्को विधान पारित गर्दै दलका नेताको नेतृत्वमा छाया सरकार गठन गर्ने निर्णय गर्यो। केन्द्रदेखि स्थानीय तहसम्म इमानदार प्रतिपक्षको भूमिका इमान्दारितापूर्वक निर्वाह गर्ने बताउँदै कांग्रेसले छाया सरकारको परिकल्पना गरेको थियो। केन्द्रीय स्तरमा सरकारले जे जति मन्त्रालय गठन गर्छ, त्यसैअनुसार छाया मन्त्रीसमेत चयन गर्ने काँग्रेस निर्णय थियो।
मङ्गलबार, १२ चैत २०७५
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका सबै निकायलाई नियन्त्रणको रणनीतिमा रहेको ठहर गरेको हो।
सोमबार, ११ चैत २०७५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा विप्लव समूहका गतिविधि पूर्णरुपले रोकिने बताएका छन्।
सोमबार, ११ चैत २०७५
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार संसदीय दलको बैठक बोलाएको छ।
शुक्रबार, १७ फागुन २०७५
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बस्दैछ। मन्त्री तथा आफ्नो पार्टीको सांसद रवीन्द्र अधिकारीसहित सात जनाको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेकपा संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।
शुक्रबार, १० फागुन २०७५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलले भ्रष्टचारमा मुछिएका राजनारायण पाठकको भिडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा अख्तियारका प्रतिनिधि बोलाएर पाठकको भिडियो हस्तान्तरण गरिएको हो। अख्तियारले निवर्तमान आयुक्तमाथि मुद्दा चलाउने निर्णय लिएको भोलीपल्ट नेकपाले भिडियो हस्तान्तरण गरेको हो।
बिहिबार, १० माघ २०७५
शान्तालाई एउटा कुराले जहिले चित्त दुखाँउछ । उनि भन्छिन् “जव दुःख थियो श्रीमान जहिले साथमा रहे । सुखका दिन फिरे जस्तो लागेको थियो । श्रीमानले नै साथ छोडिदिए” ।
बुधबार, २५ पुष २०७५
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठक प्रधानमन्त्री केपी ओलीसँग प्रश्नोत्तरबाट सुरु हुनुपर्ने निष्कर्ष निकालेको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको दलको बैठकले संसद् स्थगित गरिएको ठाउँबाटै बैठक अघि बढाउनु पर्ने निष्कर्ष निकालेको हो।
बिहिबार, १९ पुष २०७५
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार जना सदस्य मनोनीत गरेका छन्।
बिहिबार, १२ पुष २०७५
गण्डकी प्रदेशको सबैभन्दा ठूलो संसदीय दल नेकपा हो। एकताअघि साविकको पूर्वएमालेका तर्फबाट मायानाथ अधिकारी र माओवादी केन्द्रबाट गायत्री गुरुङ सचेतकको भूमिका थिए। संसद्मा बोल्नेक्रममा दुवैजनाले नेकपाको प्रतिनिधित्व गर्छन, तर सुविधा भने दुईजनाले नै छुट्टाछुट्टै दलको तर्फबाट लिने गरेका छन्।
बुधबार, १० असोज २०७५
दुई कम्युनिस्ट घटक नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनको महिनौं भइसक्दा पनि पार्टीको संसदीय दलको कार्यालय भने अहिले पनि एक हुन सकेको छैन।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।