पालिकाका पदाधिकारीलाई वैदेशिक रोजगार शिक्षा

पालिकाका पदाधिकारीलाई वैदेशिक रोजगार शिक्षा

सोमबार, १३ असोज २०७६

स्थानीय तहमा बढ्दै गएका वैदेशिक रोजगारीसम्बद्ध समस्या न्यूनीकरण गर्न पालिकाका न्यायिक समितिका पदाधिकारीलाई कानुनी शिक्षा दिइएको छ। ...

वैदेशिक रोजगार संघमा गैरे

वैदेशिक रोजगार संघमा गैरे

बिहिबार, ०९ असोज २०७६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन्। २७ औं साधारण सभामा नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक...

'वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध'

'वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिवद्ध'

मङ्गलबार, ०७ असोज २०७६

मन्त्री विष्टले पनि वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउन सरकारले सबै राजनीतिक दलहरुसँग पनि निरन्तर छलफल गरिरहेको बताए। ...

कमाउन विदेश गएको छोराको शव आएपछि...

कमाउन विदेश गएको छोराको शव आएपछि...

शनिबार, ०४ असोज २०७६

रुसमा गत भदौ १६ गते हत्या गरिएका कपिलवस्तु नगरपालिका ३ ठुलो सडवाका २६  बर्षिय राजकुमार यादवको शव १८ दिनपछि घरमा...

वैदेशिक रोजगारमा जानेलाई 'पहिलो पाइला' मै दु:ख

वैदेशिक रोजगारमा जानेलाई 'पहिलो पाइला' मै दु:ख

मङ्गलबार, २४ भदौ २०७६

वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै विभेद सुरु हुने गर्छ। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई अध्यागमनमै त्यस्तो विभेद हुने गरेको देखिन्छ। रोजगारका लागि विदेश प्रस्थान गर्नेहरुको संख्या अनुसार अध्यागमन डेक्स नछुट्याँइदा श्रमिकहरुले पहिलो पाइलाबाटै दु:ख व्यहोर्नु पर्ने हुन्छ।

छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

छोराको रुसमा हत्या, बुवा ५ बर्षदेखि साउदीमा बन्धक, फोनमै धरधरी रोए

आइतबार, २२ भदौ २०७६

वैदेशिक रोजगारले कपिलवस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ। छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन्। उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिएपछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्। उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्।

रुसमा नेपाली युवकको हत्या

रुसमा नेपाली युवकको हत्या

शनिबार, २१ भदौ २०७६

वैदेशिक रोजगारमा रहेका एक नेपाली युवकको रुसमा हत्या भएको छ। ३ जनाको संख्यामा रहेको लुटेराको समूहले रुसको राजधानी मस्को शहरमा रहेको दोमाद्देदोभाका मेट्रो ट्रेनमा कपिलवस्तु नगरपालिका ३ का २६ बर्षीय राजकुमार यादवको हत्या गरेका हुन्।

वैदेशिक रोजगारीको पीडा, जो कफिनमा फर्किए (भिडियो रिपोर्ट)

मङ्गलबार, २१ साउन २०७६

वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जान्छन्। कोही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।

कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइने

कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइने

सोमबार, ०९ असार २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

असार १२ गतेभित्र मलेसिया नखोले आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी

बुधबार, ०४ असार २०७६

दुई देशबीच श्रम सम्झौता भएको ८ महिना बित्दा समेत मलेसिया रोजगारी नखोलेकोमा असन्तुष्टि जनाउँदै वैदेशिक रोजगार व्यवसायीले मलेसिया रोजगारी सुचारु गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

लिविया लगेर १५ जना भन्दा बढीलाई बन्धक बनाउने दुई पक्राउ

लिविया लगेर १५ जना भन्दा बढीलाई बन्धक बनाउने दुई पक्राउ

शुक्रबार, ३१ जेठ २०७६

लिवियामा रोजगारी दिलाई दिन्छु भन्दै १५ जना भन्दा बढीलाई ठगी गर्ने दुइ जना पक्राउ परेका छन्। प्रहरीले लोकमान राई र राहुल गहतराजलाई पक्राउ गरेको हो। लिवियाको त्रिपोली र मिश्राता भन्ने स्थानहरुमा तथा लिबिया हुँदै इटालीमा लगी आकर्षक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पोखरेललाई अध्यक्ष बनाउने खेलको सुरुवात !

पोखरेललाई अध्यक्ष बनाउने खेलको सुरुवात !

बुधबार, १५ जेठ २०७६

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलालले पदबाट राजिनामा दिएका छन्।

छोरा मलेसियाको जेलमा,  नेपाल ल्याइदिन वृद्ध आमाको आग्रह

छोरा मलेसियाको जेलमा, नेपाल ल्याइदिन वृद्ध आमाको आग्रह

आइतबार, ०५ जेठ २०७६

सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन्।

उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

बिहिबार, ०२ जेठ २०७६

महोत्तरी, बर्दिबास–८ का भक्तबहादुर मोक्तानले कतारमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएको चार महिना भयो। यो चार महिनामा विभागका कर्मचारीले मोक्तानलाई कानुन अनुसार क्षतिपूर्ति दिलाउन त सकेनन् नै, विभागका कर्मचारीले गम्भीरतापूर्वक कुरा नै नसुनेपछि मोक्तान निराश छन्। ‘कतारमा चार महिनासम्म काम गर्दा पूरै पारिश्रमिक नपाएपछि स्वदेश फर्केर न्यायका लागि हारगुहार गरिरहेको छु,’ बुधबार मोक्तानले नागरिकसँग भने, ‘न्याय पाइएला भन्ने आस लागेको बेला उल्टै विभागका कर्मचारी म्यानपावरको कुरा सुनेर हप्कीदप्की गर्छन्।’

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

आठ महिनामा ५ खर्ब ८२ अर्ब रेमिट्यान्स

बिहिबार, ०५ बैशाख २०७६

चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारमा गएका कामदारबाट पाँच खर्ब ८२ अर्ब १९ करोड विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। अमेरिकी डलरमा आएको बढ्वासँगै रेमिट्यान्स बढेको राष्ट्र बैंकले जानकारी दिएको छ। गएको आवमा यस्तो आय चार खर्ब ५७ अर्ब ८८ करोडमात्र थियो।

सरोकारवालाको नजरमा २०७५ मा वैदेशिक रोजगार क्षेत्र

आइतबार, ०१ बैशाख २०७६

२०७५ मा समग्र वैदेशिक रोजगार क्षेत्र कसरी अघि बढ्यो? वैदेशिक रोजगारका सरोकारवालाहरु के भन्छन्? थप जानकारीका लागि हेर्नुहोस भिडियो रिपोर्ट :

हलो हजुर म गोकर्ण विष्ट बोल्दै छु, के गुनासो छ भन्नुस त ...

सोमबार, १८ चैत २०७५

सरकारले श्रम तथा रोजगार क्षेत्रसँग सम्बन्धित गुनासोलाई तत्काल सम्बोधन गर्न आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ। मन्त्री विष्टले गुनासोको प्रकृति हेरेर सम्बोधनका लागि सम्बन्धित निकायमा पठाइने उल्लेख गर्दै गुनासोका संवेदनशीलता हेरेर तत्काल समाधान खोजिने बताए।

आधाभन्दा बढी स्वदेशमै पीडित

आधाभन्दा बढी स्वदेशमै पीडित

शुक्रबार, १५ चैत २०७५

वैदेशिक रोजगारीको क्रममा पीडित हुनेमध्ये आधाभन्दा बढी स्वदेशमै समस्यामा पर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीको क्रममा पीडित हुनेलाई कानुनी सहायता प्रदान गर्दै आएको मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) ले गरेको अध्ययनमा उक्त तथ्य फेला परेको हो।

काम थोरै, भाषण धेरै

काम थोरै, भाषण धेरै

बिहिबार, ०२ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक सम्बोधनमा मुलुक समृद्धिको मार्गमा लम्केको र विकास सुशासन आफ्नो प्राथमिकता रहेको बताउँदै आए पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन। गत जेठ ७ गते प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ५ वर्षभित्र नेपालीको आय दोब्बर बनाउने र वैदेशिक रोजगारीमा जान नपर्नेजस्ता महŒवाकांक्षी योजना अघि सारिए पनि त्यसको कार्यान्वयन गर्नेतर्फ कुनै कार्य भएको पाइँदैन। अझ रेल, पानीजहाज, हावाबाट बिजुलीजस्ता महत्वाकांक्षी योजना भाषणमा सीमित छन्।

वैदेशिक रोजगार : ४ मुलुक नेपालीको रोजाईमा

वैदेशिक रोजगार : ४ मुलुक नेपालीको रोजाईमा

शुक्रबार, २५ माघ २०७५

कामको खोजीमा विदेश जाने नेपाली युवाका रोजाईमा चार मुलुक पर्ने गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनले यस्तो तस्बिर देखाएको हो। मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा बनेको कार्यदलले गरेको अध्ययनले कामका लागि विदेश जाने युवाको ८७ दशमलव ४ प्रतिशत मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स जाने गरेको देखाएको छ।

सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार

सम्बन्ध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार

शुक्रबार, ०४ माघ २०७५

सँगै मर्ने सँगै बाँच्ने कसम खाएर विवाह बन्धनमा बाँधिएका धादिङका कैलाश अधिकारी र सान्नानी अधिकारी (नाम परिवर्तन) को सम्बन्ध पाँच वर्ष पनि टिक्न सकेन। पत्नी र आमाबुबालाई सुख दिने अभिलाषा बोकेर तीन वर्ष (२०७२ साल) अघि कैलाश मलेसिया गए। दुई वर्ष काम गरेर गत वर्ष मात्रै घर फर्किएका उनले पत्नी सान्नानीबाट पहिलेको जस्तो माया पाएनन्।

पुनः श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गर्दै सरकार

पुनः श्रम स्वीकृतिलाई विकेन्द्रीकरण गर्दै सरकार

बिहिबार, २६ पुष २०७५

वैदेशिक रोजगार विभागबाट मात्रै दिने गरिएको पुनः श्रम स्वीकृतिलाई सरकारले धमाधम प्रदेश स्तरमा सार्दैछ। केही दिनअघि ५ नम्बर प्रदेशको बुटवल र २ नम्बर प्रदेशको जनकपुरबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबारदेखि गण्डकी प्रदेशको पोखराबाट पनि पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाएको छ।

'नेपाली कामदार बढी जोखिममा'

'नेपाली कामदार बढी जोखिममा'

शुक्रबार, २० पुष २०७५

अन्य स्रोत मुलुकको तुलनामा नेपाली कामदार वैदेशिक रोजगारीमा रहँदा बढी जोखिममा परिरहेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा जानुअघि नेपालमा दिइने अभिमुखीकरण तालिम प्रभावकारी नभएको गुनासो व्याप्त रहेको बेला अध्ययनले त्यस्तो नतिजा देखाएपछि सरकारलाई विशेष योजना सञ्चालन गर्न थप चुनौती थपिएको छ ।

प्रदेशमै श्रम स्वीकृति पाएपछि सेवाग्राही उत्साहित

प्रदेशमै श्रम स्वीकृति पाएपछि सेवाग्राही उत्साहित

मङ्गलबार, १७ पुष २०७५

धनुषा, धनौजी गाउँपालिका–५, बहुअर्बा निवासी मोहम्मद जिलानी मोमिन आइतबार निकै उत्साहित मुद्रामा भेटिए। जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट वैदेशिक रोजगारमा जान श्रम स्वीकृति पाएपछि उनी हर्षित भएको बताए।

दिल्लीमा बन्धक बनाइएका नौ महिलाको उद्धार

दिल्लीमा बन्धक बनाइएका नौ महिलाको उद्धार

आइतबार, १५ पुष २०७५

सात महिनादेखि वैदेशिक रोजगारीको प्रलोभनमा पारेर बन्धक बनाइएका नौ नेपाली महिलालाई उद्धार गरिएको छ । खाडी मुलुक लैजाने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जको रिङ्गो होटलमा महीनौदेखि राखिएका नौ महिलाको उद्धार गरिएको हो ।

वैदेशिक रोजगारीको न्यायनिसाफ अझै केन्द्रमै

वैदेशिक रोजगारीको न्यायनिसाफ अझै केन्द्रमै

आइतबार, १५ पुष २०७५

वैदेशिक रोजगारीका संयन्त्रलाई स्थानीय तहमा लैजाने वाचा विपरित सरकारले त्यस्ता संयन्त्रलाई पुनः केन्द्रमै राख्ने कसरत गरेको छ।

मलेसियामा दुबै मृगौला फेल भएका राजकुमारलाई जुट्न थाल्यो आर्थिक सहयोग

बिहिबार, १२ पुष २०७५

रोजगारीका लागि मलेसिया गएका राजकुमारको विदेश यात्रालाई समेटेर नागरिक नेटवर्कले कार्यक्रम “डलरको कथा” निर्माण गरेको थियो। सोहि कार्यक्रम हेरेर मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरूले आर्थिक संकलन गरेर पठाएको ३१ हजार आफूले पाएको पीडित राजकुमारले जानकारी दिए। रोजगारीका लागि मलेसिया गएका राजकुमारको दुबै मृगौलाले काम नगरेपछि नेपाल फर्किएर उनी अहिले दिन बिराएर डायलासिस गर्दै छन्।

जब एयरपोर्टमा छोरीले बाबुको शव बुझिन्...

जब एयरपोर्टमा छोरीले बाबुको शव बुझिन्...

बुधबार, ०४ पुष २०७५

सरकारले मंगलवार (हिजो) अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनायो। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले त श्रमिकको हितका लागि आफू ‘तोप’ बन्न तयार छु पनि भने। तर, वैदेशिक रोजगारीमा गएकामध्ये दैनिक ३ जनाको शव बाकसमा फर्किने कहालीलाग्दो अवस्थाको अन्त्य कहिले होला? वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता दिएर मात्र सरकारको जिम्मेवारी पुरा होला र?

इन्द्रेणीमा आप्रवासनको रंगमञ्च, एयरपोर्टमा वैदेशिक रोजगारको वास्तविकता (फोटो फिचर)

इन्द्रेणीमा आप्रवासनको रंगमञ्च, एयरपोर्टमा वैदेशिक रोजगारको वास्तविकता (फोटो फिचर)

मङ्गलबार, ०३ पुष २०७५

१८ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा राजधानीको इन्द्रेणी फुडल्याण्डमा मन्त्री विष्टले वैदेशिक रोजगारको राजमार्ग बनाउने उद्घोष गरेको केही समयपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग हुँदै ५ जना नेपालीको शव लगालग नेपाल भित्रिए।

सिन्धुुलीबाट वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा

सिन्धुुलीबाट वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा

मङ्गलबार, ०३ पुष २०७५

सिन्धुलीबाट पछिल्लो समय वार्षिक ५ हजार युवा वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस २०१८ को अवसरमा कमलामाई नगरपालिकाबाट आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी गराइएको हो।

ठगी आरोपितलाई अदालतबाट सफाइ

ठगी आरोपितलाई अदालतबाट सफाइ

बिहिबार, २७ मङि्सर २०७५

सिन्डिकेट खडा गरी मलेसिया जाने कामदार ठगी गरेको आरोपमा मलेसिया–भिएलएन नेपालका सञ्चालक रामप्रसाद श्रेष्ठलाई ललितपुर जिल्ला अदालतले सफाइ दिएको छ।

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखापर्दै

प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखापर्दै

शुक्रबार, ३० कार्तिक २०७५

लामो समयपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापर्दैछन्।  दशैं अगाडि सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री ओली शुक्रवार काठमाडौमा भइरहेको कोलम्बो प्रोसेसको कार्यक्रममा सहभागी हुँदैछन्।

कोलम्बो प्रोसेसको सम्मेलन नेपालमा हुँदै

कोलम्बो प्रोसेसको सम्मेलन नेपालमा हुँदै

सोमबार, २६ कार्तिक २०७५

वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठक यही कार्तिक २९ र ३० गते काठमाडौंमा बस्ने भएको छ। सम्मेलन अन्तराष्ट्रिय आप्रवासन संगठनको समन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्न लागेको हो।

निवेदन लिने, आर्थिक सहायता नदिने

निवेदन लिने, आर्थिक सहायता नदिने

बुधबार, ०७ कार्तिक २०७५

वैदेशिक रोजगार नियमावलीको अस्पष्टताले घरबिदामा आउँदा ज्यान गुमाएका कामदारका आफन्त आर्थिक सहायता पाउनबाट वञ्चित भएका छन् । अघिल्लो वर्षदेखि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले घरबिदामा आएका कामदारको निधन भएको खण्डमा आर्थिक सहायता दिन भन्दै निवेदन संकलन गर्न थालेको थियो।

मलेसियामा छन् मासिक लाखौ कमाउने नेपाली

मलेसियामा छन् मासिक लाखौ कमाउने नेपाली

शनिबार, १३ असोज २०७५

वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेथिितिका भोगाई हुन्छन् भन्ने धेरैको बुझाइ छ। तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन्।

पुनः श्रम स्वीकृति : कर्मचारी सुस्त, कामदारलाई सास्ती (भिडियाे)

बुधबार, ०३ असोज २०७५

वैदेशिक रोजगारीको लागि कतारमा रहेका सिरहाका सफिक शेख वर्षमा कम्तिमा एक पटक नेपाल आउने गर्छन्। कतारको एक कम्पनीमा १३ वर्षदेखि काम गरिरहेका शेखलाई आफू काम गर्ने कम्पनीमै काम गर्न जान लिनुपर्ने पुनः श्रम स्वीकृतिको पीडाले सधैं पिरोल्छ। हालसम्म करिब १२ पटक पुनः श्रम स्वीकृति लिएर कतार गएका शेखसँग बिना सास्ती श्रम स्वीकृति लिएको अनुभव छैन।

एकीकृत सूचना प्रणालीले वैदेशिक रोजगारीका वेथितिमा सुधार ल्याउला ? (भिडियो)

बुधबार, २७ भदौ २०७५

वैदेशिक रोजगारीमा अनेक समस्या छन्। धन कमाउने र परिवार पाल्ने आशमा विदेश जान खोज्ने र जाने युवाहरु दिनदिनै पीडित बन्नु पर्ने अवस्था छ। यहि समस्यालाई समाधान गर्न सरकारले रलामो समयदेखि माग हुँदै आएको वैदेशिक रोजगार सूचना व्यवस्थापन एकीकृत प्रणाली आगामी असोज १५ देखि कार्यान्वयनमा ल्याउँदैछ।

वैदेशिक रोजगारको एकिकृत सूचना प्रणाली सञ्चालनमा

वैदेशिक रोजगारको एकिकृत सूचना प्रणाली सञ्चालनमा

सोमबार, २५ भदौ २०७५

सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ।

वैदेशिक रोजगारको बेथिति : दिनहुँ बेरोजगारको ५० लाख लुट (भिडियो)

आइतबार, २४ भदौ २०७५

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैयाँ हाराहारी ठगी हुने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनका एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमिते जस्तै देखिन्छन्।

Ncell Footer Ad