विदेशमा सफलताका लागि आतुर भारत

विदेशमा सफलताका लागि आतुर भारत

बुधबार, १६ साउन २०७५

विश्व टेस्ट वरियताको शीर्ष टोली भारतले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरे पनि विदेशी भूमिमा भने त्यसअनुसार खेल्न नसकेको आरोप लाग्ने...

‘विदेशमा लगानी गर्नु नै राष्ट्रिय इज्जत हो’

‘विदेशमा लगानी गर्नु नै राष्ट्रिय इज्जत हो’

मङ्गलबार, १९ असार २०७५

महेश जाजु, औद्योगिक सहर विराटनगरमा जमेका उद्यमी हुन् । बाबु स्व. रामानन्द्र जाजुले २००७ सालमा विराटनगरमा सुरु गरेको कपडाको पसललाई...

विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियान सुरु

बुधबार, ०५ बैशाख २०७५

देशमा राजनीतिक अस्थिरता अन्त्य भएसँगै सरोकारवालाले विदेशमा रहेका नेपाली स्वदेश फर्काउने अभियानको शुभारम्भ गरेका छन्। ...

नेपालमा बसेर विदेशमा ‘ब्ल्याकमेल’

नेपालमा बसेर विदेशमा ‘ब्ल्याकमेल’

आइतबार, २० फागुन २०७४

गत माघ २९ गते नेपाल प्रहरीको साइबर शाखामा दुबईबाट इमेलमार्फत एउटा हस्तलिखित उजुरी आयो । श्रीलंका घर भई कामको सिलसिलामा...

विदेशमा रोजगारी पनि दिन्छन् नेपाली

विदेशमा रोजगारी पनि दिन्छन् नेपाली

शुक्रबार, २६ माघ २०७४

विदेश पस्ने व्यक्तिप्रतिको आमधारणा हो– रोजगारीको खोजी । स्वदेशमा अवसर पाइएन भन्दै अहिलेसम्म जति युवायुवती विदेश पसे, तीमध्ये अधिकांशको प्राथमिकता रोजगारी नै पर्ने गरेकाले आमबुझाइ त्यस्तै रहँदै आएको पाइन्छ ।

भाषा र सीप  भए विदेशमा कमाउन सजिलो

भाषा र सीप भए विदेशमा कमाउन सजिलो

बुधबार, २४ माघ २०७४

मलेखुकी शिक्षा तामाङ पछिल्लो दुई वर्षयता निकै खुसी छिन् । वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण गरेपछि रोजगारीका लागि विभिन्न निकाय चाहार्दा कुनै उपलिब्ध हात पार्न नसकेकी शिक्षाले दुई वर्षयता दुबईमा चाहेजस्तो रोजगारी पाएकी छिन् ।

विदेशमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन

विदेशमा ज्यान गुमाउनेको सम्झनामा दिप प्रज्वलन

मङ्गलबार, ०४ पुष २०७४

वैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएका कामदारको सम्झनामा दिप प्रज्वलन गरिएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका अवस्थामा ज्यान गुमाएका तथा वैदेशिक रोजगारको कारणले मृत्यु भएका कामदारको सम्झनामा सोमबार राति सदरमुकाम दिक्तेलमा दिप प्रज्वलन गरिएको हो ।

विदेशमा ७ वर्ष वेपत्ता छोराले फोन गर्दा...

विदेशमा ७ वर्ष वेपत्ता छोराले फोन गर्दा...

सोमबार, ०४ मङि्सर २०७४

७ वर्षसम्म विदेशमा वेपत्ता भएका छोरा सम्पर्कमा आउँदा बाबुआमालाई कति हर्ष होला! त्यही खुसीमा छन् खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल भवनगैराका अम्बीकादेबी आचार्य र बाबु शिबप्रसाद आचार्य।

प्रमुख स्रोत विदेशमा रहेका नेपाली

प्रमुख स्रोत विदेशमा रहेका नेपाली

सोमबार, २० कार्तिक २०७४

एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभामा हुने चुनाव खर्च जुटाउन विदेशमा रहेका शुभेच्छुकहरूसँग रकम संकलन गर्ने भएको छ । खर्च व्यवस्थापन गर्न माधवकुमार नेपालको नेतृत्वमा गठित समितिले चुनाव खर्चका लागि आन्तरिक स्रोत परिचालन गर्ने योजना बनाएको छ, जसमा विदेशमा बस्ने नेपाली प्रमुख स्रोतका रूपमा रहेका छन् ।  ‘देशभित्र कार्यकर्ता तथा समर्थकबाट एक सय रुपैयाँ र विदेशमा रहेका नेपालीबाट एक सय अमेरिकी डलरदेखि एक हजार अमेरिकी डलर उठाउने योजना छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नागरिकसँग भने, ‘चुनावखर्चका लागि पार्टी कार्यकर्ता र शुभेच्छुकहरूसँगै रकम संकलन गर्ने योजनामा छौं।’

‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

‘विदेशमा रहेका नागरिक मतदानबाट वञ्चित हुनु दुर्भाग्युपूर्ण’

शुक्रबार, १७ कार्तिक २०७४

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा रहेका नेपाली नागरिकलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्ने व्यवस्था सरकारले मिलाउन नसक्नु दुर्भाग्यपूर्ण भएको एक कार्यक्रमका वक्ताले बताएका छन्।

विदेशमा हिन्दु संस्कृति

विदेशमा हिन्दु संस्कृति

आइतबार, ०५ कार्तिक २०७४

यसपालि दसैंमा टीकाको कार्यक्रम थिएन । त्यसैले हामी ६ दिनको छोटो बिदा सदुपयोग गर्ने निधो ग¥यौँ । काठमाडौँबाट मालिन्डो फ्लाइटमा करिब पाँच घण्टा लगाएर मलेसिया पुग्यौँ । त्यसपछि ३÷४ घण्टा ट्रान्जिटमा बिताएर दुई घण्टाको फ्लाइटमा इन्डोनेसियाको चर्चित पर्यटकीय गन्तव्य बाली पुग्यौँ । बाली पुग्दा त्यहाँको समयअनुसार बिहानको दस बजेको थियो ।

सडकका कुकुर विदेशमा !

सडकका कुकुर विदेशमा !

बुधबार, ०१ कार्तिक २०७४

यमपञ्चकको दोस्रो दिन बुधबार कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरको पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरू सबैका लागि आँखाको कसिंगरसरह हुन्छन् ।

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

विदेशमा ज्यान गुमाएकाका २२ बालबालिकालाई छात्रवृत्ति

बिहिबार, १२ असोज २०७४

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा ज्यान गुमाएकाका परिवारका २२ जना खोटाङका बालबालिकाका लागि छात्रवृत्ति रकम आएको छ ।

दसैँ बिदा विदेशमा

दसैँ बिदा विदेशमा

शनिबार, ०७ असोज २०७४

पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न कतिपयले विदेश भ्रमण समेत रोज्न थालेका छन् ।

विदेशमा ज्यान गुमाएका परिवारलाई ३ करोड

विदेशमा ज्यान गुमाएका परिवारलाई ३ करोड

बिहिबार, १९ साउन २०७४

वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका खोटाङका ३९ मृतक परिवारले ३ करोडभन्दा बढी राहत तथा क्षतिपुर्ती प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म रोजगारीका सिलसिलामा विदेश पुगेका बेलामा विभिन्न कारणले ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतीपुर्तीस्वरुप ३ करोड १९ लाख ६९ हजार रुपैयाँ पाएका हुन् ।

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

विदेशमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालय सक्रिय

बुधबार, १८ साउन २०७४

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगी अलपत्र परेका नेपाली कामदारको उद्धार कार्यमा परराष्ट्र मन्त्रालयले सक्रियता बढाएको छ।

विदेशमा ज्यान गुमाउनेका आफन्तलाई दोब्बर राहत

विदेशमा ज्यान गुमाउनेका आफन्तलाई दोब्बर राहत

मङ्गलबार, १७ साउन २०७४

श्रम स्वीकृति लिएर बिदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि सात लाख रुपैयाँ राहत पाउने भएका छन्। तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्‍याइएको हो।

म्याग्दीको अल्लो र ढाका कपडा विदेशमा

म्याग्दीको अल्लो र ढाका कपडा विदेशमा

सोमबार, १५ जेठ २०७४

म्याग्दीका उद्यमीले तयार पारेको अल्लो र ढाकाको कपडा विदेश निकासी हुन थालेको छ।

श्रमशक्ति जति विदेशमा

श्रमशक्ति जति विदेशमा

मङ्गलबार, १९ बैशाख २०७४

केन्द्रीय तथ्यांक विभागका अनुसार २०४९ सालमा देशभर चार हजार दुई सय ७१ उद्योग प्रतिष्ठानमा दुई लाख २३ हजारले रोजगारी पाएका थिए। त्यसको २० वर्षपछि उद्योग प्रतिष्ठानको संख्या घट्दा स्वदेशमा रोजगारी पाउनेको संख्या दुई लाख चार हजार मात्र।

विदेशमा मिस मंगोल नेपाल

विदेशमा मिस मंगोल नेपाल

सोमबार, २८ चैत २०७३

एक्सन इन्टरटेनमेन्टले नवौं संस्करणको 'मिस मंगोल नेपाल' नेपालमा गर्दै १० औं संस्करणको प्रतियोगितालाई विदेशमा आयोजना गर्ने भएको छ।

'विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं'

'विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गरौं'

शुक्रबार, ११ चैत २०७३

रोजगारीको क्रममा विभिन्न मुलुक पुगेका कामदारको सीप स्वदेशमा उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। संसारका विभिन्न मुलुक पुगेर फर्केका व्यक्तिले थुप्रै सीप सिके पनि त्यस्ता व्यक्तिले स्वदेशमा रोजगारी नपाउँदा या व्यवसाय गर्ने वातावरण नहुँदा वैदेशिक रोजगारी नेपालका लागि खासै उपलब्धिमूलक हुन नसकेको औंल्याइएको छ।

विदेशमा कमाएको पैसासहित पत्नी अर्कैसँग भागेपछि पति अदालत शरणमा

विदेशमा कमाएको पैसासहित पत्नी अर्कैसँग भागेपछि पति अदालत शरणमा

आइतबार, १५ फागुन २०७३

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ।

पति विदेशमा, पत्नी सहरको डेरामा, खेतबारी बाँझै

पति विदेशमा, पत्नी सहरको डेरामा, खेतबारी बाँझै

शुक्रबार, १३ फागुन २०७३

‘श्रीमान् विदेश गएको केही वर्षसम्म त म बुबाआमा (सासूससुरा) सँगै बसें’, पूजा भन्छिन्, ‘पछि पतिले नै गाउँमा बस्न असुविधा भयो, बच्चालाई स्कुल पठाउन समस्या भयो भनेर बिर्तामोडमा डेरा खोजेर बस्न भनेपछि यहाँ बसेकी हुँ।’

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

मङ्गलबार, १० फागुन २०७३

महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

विदेशमा बलियो हुने लक्ष्य

विदेशमा बलियो हुने लक्ष्य

आइतबार, ०८ फागुन २०७३

नेपाली क्लब लक्ष्मी हुन्डाइ मनाङ मर्स्याङ्दी क्लबले शेख कमल अन्तर्राष्ट्रिय क्लब कप प्रतियोगितामा आइतबार बंगलादेशको मोहमडन स्पोर्टिङ क्लब लिमिटेडसँग खेल्दै छ। खेल चित्तागोङस्थित मोहम्मद अजिज रंगशालामा हुनेछ।

शोषणले बढायो विदेशमा आत्महत्या

शोषणले बढायो विदेशमा आत्महत्या

बुधबार, १२ माघ २०७३

वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या वृद्धि हुनु अब धेरैलाई सामान्य लाग्न थालेको छ। किनकि, दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बेला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ।

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

सोमबार, ०३ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीसँग आइतबार अन्तक्र्रिया गरेका छन् । वल्ड फ्युचर इनर्जी समिट, २०१७ मा विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दूतावासमा नेपालीसँग अन्तक्रिया गरेका हुन्।

संविधान संशोधनको डिजाइन विदेशमा बनेको रावलको आरोप

संविधान संशोधनको डिजाइन विदेशमा बनेको रावलको आरोप

आइतबार, १२ मङि्सर २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान संशोधनको डिजाइन भारतमा भएको आरोप लगाएका छन्।

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

विदेशमा रहेका नेपाली खेलाडीलाई विभागीय टोलीको हैसियत दिनुपर्छ : सदस्यसचिव विष्ट

मङ्गलबार, ०२ कार्तिक २०७३

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले विदेशमा रहेका नेपाली खेलाडीहरूको समूह गठन गरी विभागीय टोलीको हैसियतमा राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुपर्ने बताएका छन् ।

‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

‘विदेशमा अलपत्र भएकालाई फर्कने प्रबन्ध मिलाऊ’

बुधबार, २६ साउन २०७३

काठमाडौं– व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले साउदी अरबमा देखापरेको आर्थिक मन्दिले रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारलाई स्वदेश फिर्ताको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

Ncell Footer Ad