'पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई'

'पत्रकारको परीक्षा लिने जिम्मा दर्शक र स्रोतालाई'

मङ्गलबार, १४ माघ २०७६

मिडिया काउन्सिल विधेयकमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुले परीक्षा दिनुपर्ने प्रावधानको सत्तापक्ष र विपक्षी दलका नेताहरुले पक्ष विपक्षमा आफ्नो मत जाहेर...

साढे नब्बे हजारले गरे लाइसेन्स नविकरण

साढे नब्बे हजारले गरे लाइसेन्स नविकरण

शुक्रबार, २५ पुष २०७६

हाल मुलुकभरी १९ वटा जीवन कम्पनी सञ्चालनमा रहेका छन्। यी कम्पनीमा चालु आवको कात्तिक मसान्तसम्म ७४ हजार दुई सय ४९...

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

बिहिबार, २४ पुष २०७६

समयमै शुल्क नदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले गरेको तीन कम्पनीको लाइसेन्स खारेज निर्णय सरकारले बदर गरेको छ। ...

विदेशी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण

विदेशी कलेजमा पढेका अधिकांश विद्यार्थी अनुत्तीर्ण

मङ्गलबार, १७ मङि्सर २०७६

नेपाल पशु चिकित्सा परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा (नेसनल लाइसेन्सर एक्जामिनेसन फर भेटेरिनरियन्स–एनएलई २०७६/७७) मा विदेशका भेटेरिनरी कलेजमा पढेका अधिकांश...

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

आइतबार, ०८ मङि्सर २०७६

सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

'वकिलको लाइसेन्स निलम्बन गलत'

'वकिलको लाइसेन्स निलम्बन गलत'

बुधबार, २७ कार्तिक २०७६

सर्वोच्च अदालतले नेपाल कानुन व्यवसायी परिषद्(बार काउन्सिल)ले कानुन सच्चाएर पछि कानुन व्यवसायीको लाइसेन्स निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

२९६ म्यानपावरको लाइसेन्स खारेज

२९६ म्यानपावरको लाइसेन्स खारेज

शुक्रबार, २० भदौ २०७६

भुसालले तोकिएको सर्तअनुसार नवीकरण नभएका म्यानपावरको दर्ता खारेज भएको बताए। त्यस्ता म्यानपावर कम्पनी दुई सय ९६ वटा छन्। तीमध्ये अधिकांश म्यानपावरविरुद्ध उजुरी परेका छन्।

स्याटेलाइट  टेलिकमको लाइसेन्स खारेज

स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज

मङ्गलबार, ०३ भदौ २०७६

सुमार्गी सञ्चालक रहेको स्याटेलाइट टेलिकमले रोयल्टी तथा नवीकरणबापत प्राधिकरणकलाई ७९ करोड ९२ लाख रुपैयाँ बुझाउन बाँकी छ।

मापसे गरेर सवारी चलाउने ४३९ जनाको लाइसेन्स निलम्बन

मापसे गरेर सवारी चलाउने ४३९ जनाको लाइसेन्स निलम्बन

बुधबार, १५ साउन २०७६

यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरेको छ।

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

लाइसेन्स जोगाउन तामाकोसी तेस्रोको क्षमता घटाइयो

बुधबार, १५ साउन २०७६

‘जोखिमका कारण पहिलो चरणमा यसो गरेका हौं, क्रमिक रुपमा पूर्ण क्षमतामै आयोजना सम्पन्न गर्छौं’

हेभि र लाइट सवारीको नक्कली स्मार्ट लाइसेन्स बनाउने पक्राउ

हेभि र लाइट सवारीको नक्कली स्मार्ट लाइसेन्स बनाउने पक्राउ

बिहिबार, ०९ साउन २०७६

हेभि र लाइट सवारी साधानको नक्‍कली सवारी चालक अनुमति पत्र (स्मार्ट कार्ड) बनाउने एकजना पक्राउ परेका छन्। बाराको जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर ७ का ३१ बर्षिय दिपक अर्याल नक्कली स्मार्ट लाइसेन्स बनाएको आरोपमा पक्राउ परेका हुन्।

डडेल्धुराबाटै सवारी चालक अनुमतिपत्र दिने तयारी

डडेल्धुराबाटै सवारी चालक अनुमतिपत्र दिने तयारी

बुधबार, ०१ जेठ २०७६

सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामबासीले नयाँ सवारी चालक अनुमतिपत्र लिन तराई झर्नुपर्ने बाध्यता छ। सवारी चालक अनुमतिपत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कञ्चनपुर जाँदा हजारौं खर्च हुने गरेको छ।

लाइसेन्सका लागि १० लाख कार्ड खरिद गर्दै यातायात विभाग

लाइसेन्सका लागि १० लाख कार्ड खरिद गर्दै यातायात विभाग

मङ्गलबार, १२ चैत २०७५

चालक अनुमतिपत्र छपाइमा रहेको ढिलाइ हटाउन यातायात व्यवस्था विभागले दश लाख कार्ड खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। विभागले ‘मास प्रिन्टर’ सँगै कार्ड खरीद प्रक्रिया अघि बढाएको हो। ‘मास प्रिन्टर’ को क्षमता साधारण उपकरणको भन्दा धेरै गुणा बढी भएकाले एकै पटक धेरै कार्ड छाप्न लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

दुई सय मेगावाटसम्मको लाइसेन्स प्रदेशबाटै

दुई सय मेगावाटसम्मको लाइसेन्स प्रदेशबाटै

बिहिबार, २४ माघ २०७५

प्रदेश १ को सरकारले दुई सय मेगावाटसम्मको जलविद्युत् उत्पादनका लागि प्रदेशबाटै लाइसेन्स वितरण गर्ने र प्रदेशमै महसुल निर्धारण आयोग गठन गर्ने प्रावधानसहितको विद्युत्सम्बन्धी कानुन ल्याउने भएको छ।

जिएमपीको सिफारिसबिनै लाइसेन्स नवीकरण

जिएमपीको सिफारिसबिनै लाइसेन्स नवीकरण

सोमबार, २१ माघ २०७५

औषधि व्यवस्था विभाग (डिडिए) ले गैरकानुनी ढंगले विदेशी औषधि कम्पनी ओजन फर्मास्युटिकल्सकोे आयात अनुमतिपत्र (लाइसेन्स) नवीकरण गरेको पाइएको छ। डिडिएअन्तर्गतको जिएमपी कमिटीको सिफारिसबिना नै डिडिएका महानिर्देशक नारायण ढकाल र वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको मिलेमतोमा पुस पहिलो साता ओजनको लाइसेन्स नवीकरण गरेको पाइएको हो। डिडिएका वरिष्ठ औषधि व्यवस्थापक क्षेत्रीले ओजनको आयात अनुमतिपत्र नवीकरण गरेको नागरिकलाई बताए। जिएमपी अडिट ९निरीक्षण० टोलीको प्रतिवेदन र जिएमपी कमिटीको सिफारिसबिनै ओजनलाई औषधि ल्याउन दिने लाइसेन्स नवीकरण हुनुमा आर्थिक चलखेलले काम गरेको स्रोतले बतायो।

चार सयबढी चालकको सवारी अनुमतिपत्र खारेज

चार सयबढी चालकको सवारी अनुमतिपत्र खारेज

बुधबार, १८ पुष २०७५

चार सयबढी चालकको सवारी अनुमतिपत्र खारेज भएकाे छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४ सय २३ चालकको सवारी अनुमतिपत्र(लाइसेन्स) खारेज गरेको हाे।

स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा

स्मार्ट लाइसेन्स छपाइ बिनाप्रतिस्पर्धा

सोमबार, ०२ पुष २०७५

प्रधानमन्त्रीका अवैतनिक सूचना प्रविधि सल्लाहकार अस्गर अलीको स्वार्थ र चाहनामा स्मार्ट कार्ड र आइटीसम्बन्धी महत्ववपूर्ण ‘प्रोजेक्ट’ हरू प्रतिस्पर्धा नगराई मन्त्रिपरिषद्बाट निर्णय गराएर सीधै सुम्पने गरेको पाइएको छ ।

अब इन्जिनियरलाई पनि लाइसेन्स

अब इन्जिनियरलाई पनि लाइसेन्स

बुधबार, १२ मङि्सर २०७५

नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङको क्षेत्रमा पनि लाइसेन्सको व्यवस्था गर्ने तयारी थालेको छ। मेडिकल शिक्षामा जस्तै निश्चित परीक्षा पास गरिसकेपछि मात्रै काम गर्न पाउने व्यवस्थाका लागि लाइसेन्सको व्यवस्था गर्न लागिएको जनाइको छ।

मापसे गरेर विमान उडाउने पाइलटको लाइसेन्स रद्द

मापसे गरेर विमान उडाउने पाइलटको लाइसेन्स रद्द

मङ्गलबार, २७ कार्तिक २०७५

विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ। विमान चलाउनु अगाडी श्वास परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन्।

भरिया बन्न पनि लाइसेन्स

भरिया बन्न पनि लाइसेन्स

सोमबार, २६ कार्तिक २०७५

सरकारले पर्यटन क्षेत्रमा काम गर्ने सामान्य मजदुर (भरिया)ले पनि लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको छ।

अब वर्दिवासबाटै लाइसेन्स

अब वर्दिवासबाटै लाइसेन्स

बिहिबार, ११ असोज २०७५

यातायाता व्यवस्था सेवा कार्यालयले वर्दिबासबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण गर्ने कार्य शुरु गर्ने भएको छ।

पाल्पाका २ सय ड्राइभरले बुझाए सिडिओलाई लाइसेन्स

पाल्पाका २ सय ड्राइभरले बुझाए सिडिओलाई लाइसेन्स

मङ्गलबार, ०२ असोज २०७५

पाल्पाका २ सय जना सवारी चालकले सवारी चालक अनुमतिपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। उनीहरूले मुलुकी अपराध संहिता तथा यातायात व्यवस्था ऐनमा भएको सजाय पुनरावलोकनको माग राख्दै आजैदेखी जिल्लामा गाडी सञ्चालन नगर्ने बताएका हुन्।

उडानमा खेलाँची गरेका विदेशी पाइलटको लाइसेन्स खारेज

उडानमा खेलाँची गरेका विदेशी पाइलटको लाइसेन्स खारेज

बिहिबार, १४ असार २०७५

उडान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

'मिटर व्याज'का नाईके सिंहसँग ६ नाल हतियार, प्रशासनद्वारा लाइसेन्स रद्ध

मङ्गलबार, १२ असार २०७५

प्रहरीले मिटर व्याजका नाइके महेशबहादुर सिंहको हतियार खोसेको छ। महानगरीय अपराध महाशाखाले मिटर ब्याजका नाईके महेशबहादुर सिंहका साथमा रहेका ६ थान इजाजत प्राप्त हतियार खोसेको हो।

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

बुधबार, २३ जेठ २०७५

साउदी अरबका महिलाले पहिलो पटक ड्राइभिङ लाइसेन्स पाएका छन् । साउदी अरबले सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरेकाे हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेका थिए।

‘जलविद्युत आयोजनाको ठेक्का लिएर काम नगर्नेको लाइसेन्स खारेज’

‘जलविद्युत आयोजनाको ठेक्का लिएर काम नगर्नेको लाइसेन्स खारेज’

शनिबार, १५ बैशाख २०७५

उर्जामन्त्री वर्षमान पुनले तीन करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण पश्चात स्फ्रुुबेसीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले हरेक नेपाली नागरिकलाई जलविद्युतको सेयरको हकदार बनाउन आगामी वर्षको बजेटमा नीतिगत व्यवस्था गरिन लागिएको बताए।

नेपाली भाषामा ड्राइभर लाइसेन्स लिन अमेरिकामा हस्ताक्षर अभियान

नेपाली भाषामा ड्राइभर लाइसेन्स लिन अमेरिकामा हस्ताक्षर अभियान

आइतबार, ०९ पुष २०७४

अमेरिकाको क्यालिफोर्निया राज्यमा आफ्नै मातृ भाषा नेपालीमा ड्राइभर लाइसेन्स परीक्षा दिन पाउनुपर्ने माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ। गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले क्यालिफोर्नियाका नेपालीहरुले सुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुन अमेरिकामा रहेका नेपाली भाषी समुदायलाई अपिल गरेका छन्।

लाइसेन्स लिन एक लाखसम्म !

लाइसेन्स लिन एक लाखसम्म !

बुधबार, ०६ मङि्सर २०७४

पूर्वाधार निर्माणमा प्रयोग हुने ‘हेभी इक्विपमेन्ट’ सञ्चालनको लाइसेन्स वितरणमा अनियमिता भएको पाइएको छ । कानुनी जटिलतालाई देखाएर सरकारी निकायले चोरबाटोबाट ठूला मेसिन सञ्चालनको लाइसेन्स दिने गरेको सम्बन्धित व्यवसायीले बताएका छन् ।

कैलालीमा स्मार्ट लाइसेन्स वितरण शुरु

कैलालीमा स्मार्ट लाइसेन्स वितरण शुरु

बिहिबार, २२ भदौ २०७४

सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ।

ट्रायल दिएको तीन महिनापछि लाइसेन्स

ट्रायल दिएको तीन महिनापछि लाइसेन्स

शुक्रबार, ०२ भदौ २०७४

विभागले समयमै स्मार्ट कार्ड प्रिन्ट गर्ने व्यवस्था नगर्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने भएको हो। पर्याप्त तयारी र उपकरणविनै विभागले स्मार्ट लाइसेन्स जारी गर्दा सेवाग्राही मर्कामा परेका हुन्।

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

नक्कली लाइसेन्स बनाउने दुई पक्राउ

शुक्रबार, ०६ साउन २०७४

सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

अब कुकुर पाल्न लाइसेन्स अनिवार्य

अब कुकुर पाल्न लाइसेन्स अनिवार्य

बुधबार, ३१ जेठ २०७४

चिनियाँ सरकारले कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य हुनुपर्ने नियम लागु गर्ने भएको छ । लाइसेन्स प्राप्त गर्नका लागि दर्ता गराउनुपर्ने र दर्ता शुल्क वापत ३८ सय लाग्ने छ ।  तर कुकुरका प्रजाती अनुसार भिन्न भिन्न शुल्क लाग्ने छ ।

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

आइतबार, २८ जेठ २०७४

ट्राफिक प्रहरी जुम्लाले पूर्व स्वीकृति बिना संचालन गरिएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफत गरेको छ । यसै साता जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेको थियो । स्थानीय प्रशासनले गरेको निर्णय विपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स ट्राफिक प्रहरीले जफत गरेको हो।

ठाडो निर्णयबाट एसटिएमलाई युनिफाइड लाइसेन्स

ठाडो निर्णयबाट एसटिएमलाई युनिफाइड लाइसेन्स

आइतबार, २१ जेठ २०७४

कामचलाउ सरकारले निजी दूरसञ्चार कम्पनी एसटिएम टेलिकमलाई ठाडो निर्णयबाट ‘युनिफाइड लाइसेन्स’ दिएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक मापदण्ड पूरा नगरेको भन्दै एसटिएमलाई लामो समयदेखि उक्त लाइसेन्स रोकेर राखेको थियो ।

१० जीवन बिमा कम्पनीलाई लाइसेन्स

१० जीवन बिमा कम्पनीलाई लाइसेन्स

शुक्रबार, ०५ जेठ २०७४

अर्थमन्त्री कृष्णबहादुर महराले १० जीवन बिमा कम्पनीलाई सञ्चालन स्वीकृति दिएका छन् । युनियन, आइएमई, सिटिजन्स, रिलायबल, ज्योति, महालक्ष्मी, सन नेपाल,  सानिमा, स्टार र रिलायन्सले बिहीबार सैद्धान्तिक स्वीकृति पाएका हुन्।

लाइसेन्स वितरण नहुँदा चालक अभाव

लाइसेन्स वितरण नहुँदा चालक अभाव

बुधबार, ३० चैत २०७३

व्यवसायी गोविन्द आचार्यले गएको जेठमा मालबाहक ट्रक किन्ने निधो गरे । आफूसँग भएको पैसा जम्मा गर्दै बैंकिङ प्रक्रिया पूरा गरेपछि ट्रक अर्डर दिए । ट्रक अर्डर दिएको तीन महिनामा ट्रक आयो । तर गुडाउने चालक पाउन सकेनन् ।

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ

वैदेशिक रोजगारीमा जानेलाई नक्कली लाइसेन्स बेच्ने पक्राउ

बुधबार, ०९ चैत २०७३

महानगरीय प्रहरी परिसर जावलाखेलले नक्कली लाइसेन्सको कारोबार गर्दै आएका दुई व्यक्तिलाई पक्राउ गरेको छ।

लाइसेन्स परीक्षामा १० प्रश्न मिलाए उत्तीर्ण

लाइसेन्स परीक्षामा १० प्रश्न मिलाए उत्तीर्ण

आइतबार, ०६ चैत २०७३

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षालाई सरल बनाएको छ। विभागले लाइसेन्सको लागि लिइने लिखित परीक्षाको पाठ्यक्रम नै परिमार्जित गरेर सरल बनाएको हो।

यातायातमा हट्यो, लिखित कागजी लाइसेन्स फारम

यातायातमा हट्यो, लिखित कागजी लाइसेन्स फारम

बुधबार, ०२ चैत २०७३

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वागमती एकान्तकुनाले कागजी लिखित फारामको व्यवस्था हटाएको छ ।

मापसेबाट २१ करोड असुली, १८ हजार लाइसेन्स अझै ट्राफिकसँग (भिडियो)

बुधबार, १८ फागुन २०७३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुलाई कारबाही गरी आर्थिक वर्ष २०६८/६९ को मंसिरदेखि हालसम्म(करिब ५ वर्षमा)२० करोड ९९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

क्लब लाइसेन्स लागु गरिने

क्लब लाइसेन्स लागु गरिने

सोमबार, ०२ फागुन २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमूख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नेपालमा एएफसी क्लब लाइसेन्स प्रणाली लागु गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। सन् २०१७ मा हुने राष्ट्रिय लिगअघि लाइसेन्स प्रणाली लागु भइसक्ने तुलाधरले नागरिकलाई जानकारी गराए।

लाइसेन्स दिन बहिरा नागरिकको माग

लाइसेन्स दिन बहिरा नागरिकको माग

बुधबार, १९ माघ २०७३

बहिरा नागरिकका लागि सवारीचालक अनुमतिपत्र ऐन संशोधन संघर्ष समितिले सहज ढंगले अनुमतिपत्र पाउनुपर्ने माग गरेका छन्।

अतिरिक्त दूरसञ्चार सेवालाई छुट्टै लाइसेन्स

अतिरिक्त दूरसञ्चार सेवालाई छुट्टै लाइसेन्स

मङ्गलबार, ०४ माघ २०७३

मोबाइल नेटवर्कमार्फत अतिरिक्त सेवा उपलब्ध गराउने सेवा प्रदायकले अब छुट्टै लाइसेन्स पाउने भएका छन्। अतिरिक्त सेवा दिने कम्पनीहरूको व्यवसायलाई व्यवस्थित गर्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स दिने भएको हो। यसले मोबाइल नेटवर्कमार्फत उपलब्ध गराउने अतिरिक्त सेवाको ब्रान्डिङ गर्न टेवा पुग्ने बताइन्छ।

धाैलागिरीमा 'ड्राइभिङ लाइसेन्स' अावेदन खुल्यो

धाैलागिरीमा 'ड्राइभिङ लाइसेन्स' अावेदन खुल्यो

बिहिबार, २८ पुष २०७३

धाैलागिरि अञ्चलमा तीन वर्षदेखि रोकिएको सवारी साधन अनुमति पत्र (लाइसेन्स) वितरण प्रक्रिया पुनः सुरु भएको छ।

जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछः उर्जामन्त्री

जसले काम गर्छ, उसले मात्र लाइसेन्स पाउँछः उर्जामन्त्री

शुक्रबार, २२ पुष २०७३

उर्जामन्त्री जनार्दन शर्माले विद्युत् लाइन पुगेको ठाउँलाई लोडसेडिङ्मुक्त गर्न मन्त्रालय प्रयासरत रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार  गरेको पत्रकार सम्मेलनमा उनले प्रशारण लाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको बताए ।

लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन

लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन

बिहिबार, २१ पुष २०७३

यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो।

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन

लाइसेन्स खोलेको खबरअघि नै डेढ दर्जन निवेदन

बिहिबार, २१ पुष २०७३

ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार मध्याह्नतिर सरकारको बास्केटमा रहेका डेढ सय जलविद्युत् आयोजनाको लाइसेन्स (अध्ययन अनुपतिपत्र) खोल्नेसम्बन्धी निर्देशिकामा हस्ताक्षर गरे।

लाइसेन्स फारम लिन मध्यरातदेखि लाइन (भिडियो)

बिहिबार, ३० मङि्सर २०७३

कीर्तिपुरका ललित भण्डारी सवारी चालक लाइसेन्सको फारम लिन लाइन बस्न बिहान ३ बजे यातायात व्यवस्था कार्यालय पुगे। जाडोले सिउसिउ गर्दै सबैभन्दा अगाडि लाइन बस्ने लक्ष्य सहित एकान्तकुना पुगेका उनी त्यहाँ पुगेपछि तीन छक्क परे।

धौलागिरिबाट लाइसेन्स वितरण हुने

धौलागिरिबाट लाइसेन्स वितरण हुने

बुधबार, २२ मङि्सर २०७३

चार वर्षदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले नीति परिमार्जन गरेसँगै धौलागिरिमा रोकिएको लाइसेन्स वितरण सुरु गर्ने तयारी भएको धौलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङले जनाएको छ।

चालक लाइसेन्स आवेदन खुल्यो

चालक लाइसेन्स आवेदन खुल्यो

शुक्रबार, १० मङि्सर २०७३

दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को आवदेन बुधबार खुलेको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा छैठौं संशोधन भएसँगै असोजयता लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा रोकिएको थियो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad