राजमार्ग खुला, पहाडी सडक अवरुद्ध

राजमार्ग खुला, पहाडी सडक अवरुद्ध

मङ्गलबार, २१ साउन २०७६

प्रदेश ५ को सबैभन्दा जोखिमयुक्त सडकका रूपमा सिद्धबाबा पहिरोलाई मानिएको छ। सोमबार बिहान सिद्धबाबा क्षेत्रमा ढुंगा खसेपछि झन्डै आधा घन्टा...

पृथ्वी राजमार्ग हरियाली बनाइँदै

पृथ्वी राजमार्ग हरियाली बनाइँदै

मङ्गलबार, ०७ साउन २०७६

निघाट रोराङ, गजुरी, गल्छी र थाक्रे गाउँपालिका तथा धुनीबेंसी नगरपालिकाअन्तर्गत पर्ने पृथ्वी राजमार्गका छेउछाउमा बिरुवा रोपिने भएको छ । विभिन्न...

'व्यवसायी खुसी, यात्रु हैरान'

'व्यवसायी खुसी, यात्रु हैरान'

आइतबार, १५ असार २०७६

जब आकाश मडारिँदै पानी पर्न थाल्छ, बालुवासहितको लेदोले पृथ्वी राजमार्ग ठप्प हुन्छ। बैरेनीबजार जलमग्न हुन्छ, यात्रामा हिँडेका सवारीसाधनको लाम लाग्छ।...

राजमार्ग कि मृत्युमार्ग ?

राजमार्ग कि मृत्युमार्ग ?

सोमबार, ०९ असार २०७६

सुदूरपश्चिममा मात्र ११ महिनामा २ सय १२ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको छ। यो निकै ठूलो संख्या हो। यस अवधिमा...

बस दुर्घटना हुँदा १३ जना घाइते

बस दुर्घटना हुँदा १३ जना घाइते

आइतबार, ०८ असार २०७६

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुममा बस दुर्घटना हुँदा १३ जना यात्रु घाईते भएका छन्। दाङको घोराहीबाट नेपालगन्जतर्फ आउँदै गरेको ना ७ ख ८३८२ नम्बरको बस राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बाँसखोलीमा आइतबार बिहान दुर्घटनामा परेको हो।

कर्णाली राजमार्ग: त्रासैत्रासको यात्रा

कर्णाली राजमार्ग: त्रासैत्रासको यात्रा

सोमबार, ३० बैशाख २०७६

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुँदै पहिलो पटक जुम्ला आइपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाइलो र सहज होला भन्ने ठानेका थिए। तर जब यात्रा सुरु भयो, तब उनी कष्टपूर्ण यात्राको ब्यहोर्न बाध्य भए। ‘कर्णाली सडकको दैलेख खण्डसम्म त ठिकठिकै लाग्यो तर कालिकोट खण्ड प्रवेश गर्नेबित्तिकै निकै कठिन यात्रा सुरु भयो,’ उनले भने, ‘यात्राका हरेक पल परिवार सम्झन थालें। बाटोभरि सकुशल जुम्ला पुगिएला कि नपुगिएका भन्ने चिन्तामात्रै थियो।’

निकासी हुँदै गरेका गाईगोरु नियन्त्रणमा

निकासी हुँदै गरेका गाईगोरु नियन्त्रणमा

शुक्रबार, २० बैशाख २०७६

पृथ्वी राजमार्ग हुँदै अवैध रूपमा भारततर्फ निकासी हुँदै गरेका एक ट्रक गाईगोरु प्रहरी र भेटेरिनरी अस्पताल धादिङले नियन्त्रणमा लिएको छ । कानुनविपरीत राजमार्गबाट दैनिकजसो गाईगोरु भारततर्फ लग्ने गरेको जनगुनासो आउन थालेपछि प्रहरीले अनुगमनका क्रममा नियन्त्रणमा लिएको हो ।

राजमार्गमा मालवाहक सवारीद्वारा ट्राफिक नियम उल्लंघन

राजमार्गमा मालवाहक सवारीद्वारा ट्राफिक नियम उल्लंघन

आइतबार, १५ बैशाख २०७६

राजमार्गमा गुड्ने लरी, ट्रकजस्ता ठूला मालवाहक सवारीसाधनले क्षमताभन्दा अत्यधिक बढी भारवहन गरी ट्रफिक नियम उल्लंघन गरेको पाइएको छ।

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

१० वर्षमा पनि बनेन त्रियुगाको शिवाई पुल

बिहिबार, १२ बैशाख २०७६

उदयपुरको सुन्दरपुर शिवाईस्थित त्रियुगा नदीमा पक्की पुल बनाउन थालेको आउँदो असारमा १० वर्ष पुग्दैछ। तर, अहिलेसम्म पुलको १३ मध्ये ९ वटा स्मान मात्र ठडिदैछ। जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगामा मोटरेबल पुल ३ वर्षमा सक्नेगरी ०६७ असार २३ गते सम्झौता भएको हो।

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

बिहिबार, १२ बैशाख २०७६

सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुदै पहिलो पटक जुम्ला आईपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाईलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा शुरु भयो।

हुलाकी सडकमा सरकारी लापरबाही

हुलाकी सडकमा सरकारी लापरबाही

सोमबार, ०२ बैशाख २०७६

सडकलाई मधनी टोलदेखि नेपाल–भारत सीमासम्म पहिलो र मधनी टोलदेखि राजमार्गसम्म दोस्रो खण्डमा विभाजन गरिएको छ। २७ किलोमिटर लामो सो सडकको १८ किलोमिटरभन्दा बढी भाग कलैया उपमहानगरपालिकाभित्र पर्छ।

गुड्दै गरेको बसमा आगलागी

गुड्दै गरेको बसमा आगलागी

शनिबार, ०२ चैत २०७५

काठमाडौंदेखि जुम्ला जाँदै गरेको कर्णाली यातायातको बसमा आगलागी भएको छ। शनिबार विहान साढे ११ बजेतिर बराहताल गाउँपालिकाको मसिना नजिकै गुडीरहेको बसमा आगलागी भएको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कँडेलले जानकारी दिए।

उखु बोकेका साधनले सवारी आगमनमा समस्या

उखु बोकेका साधनले सवारी आगमनमा समस्या

मङ्गलबार, २८ फागुन २०७५

उखु बोकेका सवारी साधनको चापका कारण राजमार्गमा दुर्घटना बढ्ने, राजमार्ग जामहुने लगायत समस्याबढेको छ।उखु बोकेका ट्याक्टरको ट्रेलर, टायरगाढामा पछाडि टल्कने वस्तु वाब्याकलाइट नहुने भएका कारण राती पछाडिबाट आउने अन्य सवारी साधन ठोकिने गर्दा दुर्घटनाको समस्या बढेको छ।

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका राजमार्ग असुरक्षित बन्दै

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका राजमार्ग असुरक्षित बन्दै

आइतबार, १२ फागुन २०७५

ट्राफिक प्रहरी अभावमा सिन्धुलीका ग्रामीण क्षेत्रका सडकमा चोरीका मोटसाइकल जताततै गुड्न थालेका छन्। दुई नगर र सात गाउँपालिका रहेको सिन्धुलीका अधिकांश स्थान सडक सञ्जालले जोडिएको छ। निर्माणाधीन हेटौंडा–सिन्धुली–चतरा तथा मध्यपहाडी लोकमार्ग भएर चल्ने धेरैजसो मोटसाइकल बिना लाइसेन्स र ब्लुबुकका हुने गरेको पाइएको छ।

लागुऔषध ट्रान्जिट बन्दै पृथ्वी राजमार्ग

लागुऔषध ट्रान्जिट बन्दै पृथ्वी राजमार्ग

आइतबार, २७ माघ २०७५

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ३ सय ६० किलो चरेससहित तीन भारतीयलाई गजुरी गाउँपालिकाबाट समातेको छ। भारतीय कन्टेनरमा बोरामा हाली लुकाइ छिपाइ चितवन हुँदै काठमाडौं लैजाने क्रममा प्रहरीको टोलीले उनीहरुलाई समातेको हो

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

शुक्रबार, १८ माघ २०७५

हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन।

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

इलाम–बिर्तामोड फास्ट ट्रयाक खुल्दै

बुधबार, ०२ माघ २०७५

इलाम नगरपालिका–११, सोयाककी मनरूपा बराइली झापा बिर्तामोडबाट घर आइपुगेपछि निकै हर्षित थिइन्। ‘अस्तिसम्म त्यही बिर्तामोड पुगेर आउन एक दिन माया मार्नुपर्थ्याे,’ दिउँसो साढे एक बजेतिर आफ्नो घरजनिकै बेलासेमा गाडीबाट ओर्लिएकी मनरूपा भन्दै थिइन्, ‘आँगनमै ठूलो बाटो आउला र गाडी चढेर टाढा–टाढा पुगेर छिट्टै घर फर्काैंला भनेर कल्पनासम्म गरेकी थिइनँ।’

धराप बन्दै राजमार्गका पुल

धराप बन्दै राजमार्गका पुल

शनिबार, २८ पुष २०७५

महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

४० नयाँ सहर बनाउने सरकारको योजना अलपत्र

४० नयाँ सहर बनाउने सरकारको योजना अलपत्र

आइतबार, १५ पुष २०७५

व्यवस्थित सहरीकरण गर्न नयाँ सहर निर्माण गर्ने सरकारको योजना अलपत्र परेको छ। सरकारले आठ वर्षअघि मुलुकका प्रमुख दुई राजमार्गमा व्यवस्थित सहरहरु बनाउने घोषणा गरेको थियो।

निर्माण सामग्रीको मूल्य वृद्धि

निर्माण सामग्रीको मूल्य वृद्धि

सोमबार, २२ असोज २०७५

गत भदौमा प्रतिटिपर बालुवाको मूल्य २७ देखि २८ हजार बीचमा थियो । असोज दोस्रो साता मूल्य वृद्धि भई ३० हजार नाघ्यो ।

राजमार्ग क्षेत्रका अतिक्रमण हटाउन सुरु

राजमार्ग क्षेत्रका अतिक्रमण हटाउन सुरु

बुधबार, १७ असोज २०७५

सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गको साँगा भन्ज्याङदेखि धुलिखेल बसपार्कसम्म मापदण्डविपरीत बनाइएका संरचनाहरू भत्काउन थालेको छ।

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

पूर्व–पश्चिम राजमार्गमा विद्यार्थीको र्‍याली

मङ्गलबार, ०२ असोज २०७५

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार एवं हत्या प्रकरणमा संलग्न दोषिलाई यथाशिघ्र पहिचान गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै मंगलबार सर्लाहीको लालबन्दीमा विद्यार्थीले वृहद प्रदर्शन गरेका छन्।

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

राजमार्गको यात्रा, सास्तीमै बित्छ दिन

आइतबार, २४ भदौ २०७५

कर्णाली राजमार्गअन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु सदरमुकाम गमगढीसम्मको दुरी दुई सय ९४ किलोमिटर छ।

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

मेयरको निर्देशनले राजमार्ग बन्यो डम्पिङ साईट, सहरकाे फोहोर सडकमा

बुधबार, १६ साउन २०७५

दुई दशकपछि स्थानीय सरकारको रुपमा जनप्रतिनिधि पाएपछि नागरिक हौसिएका थिए। गाउँसहरको मुहार चम्किने, सडक बस्तीको फहोर नियमित उठेर स्वच्छ वातावरणमा चयनको सास फेर्न पाउने नगरवासीको सपना थियो।

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

पूर्वपश्चिम राजमार्ग र उपत्यकामा चोरी गर्ने समूह पक्राउ

सोमबार, १४ साउन २०७५

पूर्वपश्चिम राजमार्ग क्षेत्रका विभिन्न बजार एवं काठमाडौंमा समेत मोबाइल, ल्यापटप लगायत विद्युतीय सामान चोरेर आतंक मच्चाईरहेको समूहलाई पक्राउ गरी हरिवन प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह

कोदारी राजमार्ग मर्मतमा ध्यान दिन आग्रह

आइतबार, १३ साउन २०७५

नेपाल र चीन जोड्ने कोदारी राजमार्ग मर्मतमा तत्काल ध्यान दिन प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। गोरखा भूकम्पका कारण सो राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदै आएकाले मर्मतमा ध्यान दिन र यातायात सञ्चालनमा सहज वातावरण बनाउन उनीहरुले आग्रह गरे।

बैतडी–दार्चुला राजमार्ग अवरुद्ध

बैतडी–दार्चुला राजमार्ग अवरुद्ध

बुधबार, ०९ साउन २०७५

बैतडी–दार्चुला राजमार्ग अवरुद्ध भएको छ। बुधबार बिहान ३ बजे डिलासैनी गाउँपालिका–६ बाँगाबगरमा आएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा

बुधबार, ०९ साउन २०७५

गए रातिदेखि अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।

मदन भण्डारी राजमार्ग अवरुद्ध

मदन भण्डारी राजमार्ग अवरुद्ध

बिहिबार, २८ असार २०७५

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ।

पहिराेले अरनिको र बिपी राजमार्ग अवरुद्ध

पहिराेले अरनिको र बिपी राजमार्ग अवरुद्ध

बिहिबार, २८ असार २०७५

बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् ।

पासाङल्हामु राजमार्ग अवरुद्ध

पासाङल्हामु राजमार्ग अवरुद्ध

बुधबार, २७ असार २०७५

पासाङल्हामु राजमार्गको रसुवाखण्डस्थित ग्राङमा डोजर बिग्रदा सडक अवरुद्ध बनेको छ।

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

सोमबार, १८ असार २०७५

पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार र वडा नं ७ कृष्णभीरमा पहिरो खसेको छ।

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सिद्धार्थ राजमार्ग एकतर्फी खुला, यात्रुलाई होसियारी अपनाउन आग्रह

सोमबार, १८ असार २०७५

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको माथिल्लो सिद्धबाबामा पहिरो खसेपछि अवरुद्ध राजमार्ग एकतर्फी खुला भएको छ।

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

बिपी राजमार्ग: चुनौती गाडी होइन गति नियन्त्रण

आइतबार, १० असार २०७५

बिपी राजमार्गमा ठूला यात्रु वाहक बस, माल वाहक ट्रक लगायतका सवारी साधन कुदाउन मिल्ने वा नमिल्ने लामो समयदेखिको बहस जारी छ। १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण समय र लगानी दुवै हिसाबले नेपालीको नाममा गरिएको ठूलो लगानी मानिन्छ।

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध

शुक्रबार, ०१ असार २०७५

बीपी राजमार्ग अन्तर्गत मंगलटारदेखी नेपालथोकसम्मको सडकखण्डमा खसेको लेदो माटो र खहरेका कारण सडक अवरुद्ध भएको छ।

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

बुधबार, ३० जेठ २०७५

गएराति वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएकोछ। कालिकोटको दहिखोलामा पहिरो गएका कारण सडक अवरुद्ध बन्न पुगेको हो।

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

वर्षातमा पनि रसुवागढी जोड्ने राजमार्ग नियमित सञ्चालन हुने

सोमबार, २८ जेठ २०७५

वर्षातको समयमा राजमार्ग नियमित सञ्चालनका लागि कार्ययोजना निर्माण गरिएको छ। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने राजमार्गमा वर्षातको समयमा पनि सवारीसाधन निर्वाध रुपमा सञ्चालन गर्नका लागि कार्ययोजना निर्माण गरिएको हो।

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला

शुक्रबार, २५ जेठ २०७५

अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्ला भएको छ। रातिदेखि परेको अविरल बर्षाका कारण पहिरो खस्दा राजमार्गको पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा ढुङ्गा खसेर सडक अवरुद्ध थियो।

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

सिद्धार्थ राजमार्ग ६ घण्टा बन्द गरेर पहिरो हटाइयो

शनिबार, १९ जेठ २०७५

सिद्धार्थ राजमार्गको तिनाउ–३ हेडबक्समा खसेको पहिरो हटाउन र सडक मर्मत गर्न शनिबार ६ घण्टा सडक बन्द गरिएको छ। बिहान १० बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहिरो हटाइएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

शुक्रबार, १८ जेठ २०७५

गएराति परेको पानीले पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। डिलासैनी–६ को बागाँबगरमा पहिरो जाँदा यातायात ठप्प भएको छ भने एक्साभेटरले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ठूला सवारीसाधनले बिपी राजमार्ग जाेखिममा

ठूला सवारीसाधनले बिपी राजमार्ग जाेखिममा

बिहिबार, १७ जेठ २०७५

सन् १९८६ मा बनेपा–सिन्धुली–बर्दिवास सडकको सम्भाव्यता अध्ययन गर्ने क्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यस सडकलाई कृषि सडकका रूपमा चित्रण गरेको थियो । त्यसैले पनि सर्वेक्षण र डिजाइनमा संलग्न नेपाली प्राविधिकहरू धुलिखेल–सिन्धुली–बर्दिवास सडकलाई राजमार्ग भन्न रुचाउँदैनन् । किनकि राजमार्गको मापदण्ड यसले पूरा गर्दैन ।

१२ हजार किलोमिटर राष्ट्रिय राजमार्ग प्रस्ताव

१२ हजार किलोमिटर राष्ट्रिय राजमार्ग प्रस्ताव

आइतबार, १३ जेठ २०७५

मुलुक संघीय संरचनामा गएपछि सरकारले सडक निर्माणको रणनीति परिवर्तन गरेको छ। सडक विभाग अन्तर्गतका अधिकांश साना आयोजनालाई प्रदेश र स्थानीय सरकारलाई हस्तान्त्रण गर्दै १२ हजार किलोमिटर सडक मात्र राष्ट्रिय राजमार्गमा प्रस्ताव गरेको हो

कज्वे निर्माणका लागि पासाङल्हामु राजमार्ग दुई घण्टा बन्द

कज्वे निर्माणका लागि पासाङल्हामु राजमार्ग दुई घण्टा बन्द

बुधबार, ०९ जेठ २०७५

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने पासाङल्हामु राजमार्ग बुधबार दुई घण्टा बन्द गरिने भएको छ ।

शाखा सडकको पहिरोले राजमार्ग अवरुद्ध

शाखा सडकको पहिरोले राजमार्ग अवरुद्ध

सोमबार, ३१ बैशाख २०७५

केही दिनदेखिको वर्षाका कारण राजमार्गमा बाढी र पहिरोसमेत बगेर अवरुद्ध हुने क्रम बढेको छ ।  सोमबार बिहान गजुरी गाउँपालिकाअन्तर्गत जरेखेतमा सडक माथिबाट पहिरो र लेदो माटो आउँदा राजमार्ग अवरुद्ध भयो । पूर्वपश्चिम जान लागेका यातायातका साधन बाटोमा ३ घण्टा रोकियो। गजुरीबाट डोजर लगेर सडक सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए।

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

क्रसरका टिपरले बिपी राजमार्ग भरिभराउ, सडक जोखिममा

बुधबार, २६ बैशाख २०७५

पर्यटकीय राजमार्गको रुपमा रहेको यहाँको विपी राजमार्गमा क्रसरका टिपरले राजमार्ग भरीभराउ हुन थालेको छ। पछिल्लो समय सुनकोसीमा धमाधम क्रसर चल्न थालेपछि तिनै क्रसर उद्योगीहरुको टिपरले राजमार्ग भरिएको हो।

धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

बिहिबार, १३ बैशाख २०७५

धादिङको गजुरी गाउँपालिका वडा नं ६ जहरेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। विहीबार परेको अविरल वर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। सडक अवरुद्ध हुदाँ पृथ्वी राजमार्ग भएर काठमाडौं जाने तथा पूर्व–पश्चिम गुडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन्।

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

बुधबार, १२ बैशाख २०७५

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ।  राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन्।

उखुका सवारीले पूर्व–पश्चिम राजमार्ग भरिभराउ

उखुका सवारीले पूर्व–पश्चिम राजमार्ग भरिभराउ

बुधबार, २४ माघ २०७४

चार दिनयता उखु बोकेका सवारी साधनले पूर्व–पश्चिम राजमार्ग भरिभराउ बन्न थालेको छ ।ईन्दुशंकर चिनी उद्योगमा उखु लिएर आएका ट्रक र ट्रयाक्टरले भरिभराउ हुँदा हरिवनस्थित ३ किलोमिटर पूर्व–पश्चिम राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ ।

हुलाकी राजमार्ग फराकिलो बनाउन माग

हुलाकी राजमार्ग फराकिलो बनाउन माग

मङ्गलबार, १६ माघ २०७४

वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड फराकिलो गरी निर्माण जननिर्वाचित प्रतिनिधिले माग गरेका छन् । सडक फराकिलो नगरी पुरानै संरचनामा फेरि निर्माण गर्न लागेपछि त्यसको विरोध सुरु भएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad