छेउको सियो छेउमै छ कि माझमा पुग्यो मामा ?

छेउको सियो छेउमै छ कि माझमा पुग्यो मामा ?

शनिबार, ०८ चैत २०७६

पहिलोचोेटि यो गीत मैले उनकै मुखबाट सुनेको हुँ। मानौँ, यो गीत उनको ‘सिग्नेचर म्युजिक’ हो, जतिखेर पनि गाइरहने। ...

नाम र राजधानीको मुद्दा झनै पेचिलो

नाम र राजधानीको मुद्दा झनै पेचिलो

बिहिबार, ०६ चैत २०७६

राजधानी र नामकरण टुंग्याउन प्रदेश २ को प्रदेशसभामा मंगलबार मतदानमार्फत दिनभरि भएको प्रयास असफल भयो। ...

राजधानी र नामकरण टुंग्याउन आज मतदान

राजधानी र नामकरण टुंग्याउन आज मतदान

मङ्गलबार, ०४ चैत २०७६

प्रदेश २ को स्थायी राजधानी र नामाकरणकालागि आज(मंगलबार) मतदान हुने भएको छ। ...

पुलचोकले खाता खोल्यो

पुलचोकले खाता खोल्यो

सोमबार, ०३ चैत २०७६

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत आइतबार भएको खेलमा पुलचोक स्पोर्ट्स क्बवले झम्सीखेल युथ क्लबलसँग १–१ गोलको बराबरी खेल्दै...

दुई वर्षपछि प्रदेशको राजधानी टुंगो लाग्दै, नामाकरणको विषयमा दलहरू विभाजित

दुई वर्षपछि प्रदेशको राजधानी टुंगो लाग्दै, नामाकरणको विषयमा दलहरू विभाजित

शनिबार, ०१ चैत २०७६

दुई महिनापछि बसेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन प्रक्रिया सुरु भएको छ। प्रदेशसभा गठन भएको दुई वर्षपछि प्रदेशको स्थायी राजधानी टुंगो लाग्दैछ भने नामांकनको झमेला अझै टुंगिने छाँट देखिदैन्।

विवादमा तानिँदै स्थायी राजधानी

विवादमा तानिँदै स्थायी राजधानी

सोमबार, २६ फागुन २०७६

प्रदेश ५ मा सरकार र सदन स्थापना भएको दुइ वर्ष नाघिसक्दा यहाँका मुख्यमन्त्री शंकर पोखरेललाई आफनै पार्टीका सांसदले प्रदेशको नाम र राजधानीको विषय अल्झाएको र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आरोप लगाउँदै आएका छन्।

काम उस्तै, ज्याला फरक

काम उस्तै, ज्याला फरक

शनिबार, २४ फागुन २०७६

राजधानीमा अन्तर्राष्ट्रिय नारी दिवससम्बन्धी कार्यक्रमको चहलपहल बढ्दो छ। तर, ललितपुरको पाटन क्षेत्रमा इँटाको भारी बोक्दै गरेकी सिन्धुपाल्चोककी मुना तामाङलाई यसको कुनै अत्तोपत्तो छैन।

टुसालको फराकिलो जित

टुसालको फराकिलो जित

शुक्रबार, २३ फागुन २०७६

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार टुसाल युथ क्लबले झम्सिखेल युथ क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ।

सातदोबाटोको रोमाञ्चक जित

सातदोबाटोको रोमाञ्चक जित

बुधबार, २१ फागुन २०७६

राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबले श्री कुमारी क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ।

बाँसबारीको लगातार दोस्रो जित

बाँसबारीको लगातार दोस्रो जित

सोमबार, १९ फागुन २०७६

बाँसबारी फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ।

तेघरीमा संस्थागत अतिक्रमण तीव्र

तेघरीमा संस्थागत अतिक्रमण तीव्र

बिहिबार, १५ फागुन २०७६

राजधानी घोषित स्थलमा जमिन किन्न आर्थिक भार पर्ने भएकाले संघ–संस्थाले सामुदायिक वनको जमिन अतिक्रमण गर्दै गएका छन्।

जुरेन प्रदेश ५ काे  राजधानी र नाम

जुरेन प्रदेश ५ काे राजधानी र नाम

बुधबार, २९ माघ २०७६

‘विशेष समितिले दिएको प्रतिवेदनको कुनै अर्थ छैन, समिति त केवल प्रक्रिया पूरा गर्नका लागि बनाइएको थियो।’

मच्छिन्द्र पुनः शीर्षमा

मच्छिन्द्र पुनः शीर्षमा

मङ्गलबार, २८ माघ २०७६

संकटा क्लबमाथि ३–१ को सहज जितका साथ मच्छिन्द्र क्लब राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ।

मनाङको रबाफिलो जित

मनाङको रबाफिलो जित

सोमबार, २७ माघ २०७६

न्युरोड टिम(एनआरटी)माथि सहज जितका साथ मनाङ मर्स्याङ्दी राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ।

राजधानी र नाम तोक्न सकेन, स्थापना दिवसमा ३४ जना सांसद

राजधानी र नाम तोक्न सकेन, स्थापना दिवसमा ३४ जना सांसद

मङ्गलबार, २१ माघ २०७६

प्रदेश न. ५ प्रदेशसभाले मंगलबार दोस्रो स्थापना दिवस मनायो । २०७४ साल माघ २१ गतेका दिन पहिलो बैठक बसेको थियो । त्यहि दिनलाई गत वर्षदेखि प्रदेशसभाले स्थापना दिवसका रुपमा मनाउन थालेको हो । दुई वर्षसम्म पनि प्रदेशको नामाकरण र स्थायी केन्द्र तोक्न नसकेकोमा प्रदेशसभाको निकै आलोचना भएको छ ।

सहिद स्मारक लिगमा खेल मिलेमतोको दाबी

सहिद स्मारक लिगमा खेल मिलेमतोको दाबी

आइतबार, १९ माघ २०७६

राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजनमा खेल मिलेमतोको हल्ला चलिरहँदा एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले आफूहरूलाई नियोजित रूपमा घटुवा गर्ने योजना बनिरहेको दाबी गरेका छन्।

राजधानीमा एकमत, नामाकरणमा अल्झिएको 'मधेश राजनीति'

राजधानीमा एकमत, नामाकरणमा अल्झिएको 'मधेश राजनीति'

शनिबार, १८ माघ २०७६

प्रदेश २ सरकारले ०७५ माघ ५ गत्ते लहानमा आयोजना गरेको १२ औं मधेस बलिदानी दिवसमा समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नाम अंकबाट छिट्टै अक्षरमा रूपान्तरण हुने बताउँदै नाम पनि ठोकुवा गरिदिए ‘मधेस’ प्रदेश।

प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ नाममा अझै झमेला

प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ नाममा अझै झमेला

बुधबार, ०१ माघ २०७६

मधेस केन्द्रित दलको सरकार गठन भएसँगै प्रदेश २ को नाम अंकबाट अक्षरमा रूपान्तरण धेरैको अपेक्षा थियो। सहमतिमा नाम चयन हुन नसकेपछि गत भदौमै प्रदेश २ को नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता भएको छ।

नाममा हारेका सांसद्

नाममा हारेका सांसद्

सोमबार, २८ पुष २०७६

अन्ततः प्रदेश ३ ले नाम पायो। राजधानी पायो। प्रदेशसभा गठनको एक वर्षभित्र यो निर्णय भइसक्नु पथ्र्यो। तर, भएन। मुख्यमन्त्री डोरमणि पौडेल र प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको स्वार्थ मिलेको थियो। दुवै हेटौंडाका नागरिक हुनुबाहेक यसमा अरु स्वार्थ मिल्नु पर्ने कारण थिएन।

नेकपामा फ्लोर क्रसको त्रास

नेकपामा फ्लोर क्रसको त्रास

बुधबार, २३ पुष २०७६

एक सय १० सांसद रहेको प्रदेश ३ मा नेकपाका ८० जना छन्। राजधानीसम्बन्धी प्रस्ताव पास हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ।

राजधानी र नामबारे प्रदेशसभामै चर्काचर्की

राजधानी र नामबारे प्रदेशसभामै चर्काचर्की

मङ्गलबार, २२ पुष २०७६

चार महिनापछि बसेको प्रदेश ३ संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमै राजधानी र नामबारे सांसदबीच चर्काचर्की भएको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा विभिन्न राजनीतक दलका सांसदले एकअर्कालाई आरोप–प्रत्यारोप गरेका थिए।

केन्द्रको विरोध नगरे पनि सांसद असन्तुष्ट

केन्द्रको विरोध नगरे पनि सांसद असन्तुष्ट

सोमबार, २१ पुष २०७६

स्थायी राजधानी र नामबारे छलफल गर्न तीन दिनदेखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश ३ संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ।

बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्न सक्दैन: नेता खाँण

बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्न सक्दैन: नेता खाँण

बुधबार, ०९ पुष २०७६

नेपाली कांग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुटवलबाट राजधानी सारीए त्यसको परिणाम सरकारले थेग्नै नसक्ने बताएका छन्।

प्रदेश ५ को राजधानी सिफारिस, भेगीय स्वार्थकै प्रतिवेदन

प्रदेश ५ को राजधानी सिफारिस, भेगीय स्वार्थकै प्रतिवेदन

आइतबार, ०६ पुष २०७६

प्रदेश नम्बर ५ को स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले गत सोमबार प्रदेशसभालाई आफ्नो प्रतिवेदन बुझायो। प्रदेशसभाबाट दुईतिहाइ बहुमत जुट्न नसकेपछि स्थायी राजधानी र नाम चयन गर्नका लागि प्रदेशसभाले विशेष समिति बनाएपछि स्थायी राजधानी घोषणा हुने मात्रै हैन, स्थायी राजधानी हुनसक्ने सम्भावित थलोबारे विभिन्न बहस थालिए।

विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन

विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन

मङ्गलबार, ०१ पुष २०७६

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले १६ महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार प्रदेशसभाका उपसभामुख कृष्णी थारूलाइ बुझाएको छ।

प्रदेश नं ५ः नाममा निर्विवाद, राजधानी टुंगो छैन

प्रदेश नं ५ः नाममा निर्विवाद, राजधानी टुंगो छैन

सोमबार, ३० मङि्सर २०७६

प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित बिशेष समितिले १६ महिना पछि प्रतिवेदन बुझाएको छ।

‘आइडिया’ खाेज्न भारत पुग्यो संसदीय टोली

‘आइडिया’ खाेज्न भारत पुग्यो संसदीय टोली

बिहिबार, २६ मङि्सर २०७६

बुटवल पक्षधरको मत कमजोर पार्न सांसदको टोलीलाई मुख्यमन्त्री पोखरेलले नै भारत पठाएको चर्चा छ।

नम्बर प्लेट फेर्न हतार

नम्बर प्लेट फेर्न हतार

बिहिबार, १९ मङि्सर २०७६

हेटौंडामा केही दिनअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले भने, ‘प्रदेश नं. ३ को राजधानी र नाम तत्काल टुंगो लाग्नेछ।’ उनले यो विषय टुंगो लगाउन मुख्यमन्त्री डोरमणि पौडेललाई निर्देशन पनि दिए।

पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण

पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण

सोमबार, १६ मङि्सर २०७६

पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो।

तलब वृद्धिको माग गर्दै प्रदर्शन

तलब वृद्धिको माग गर्दै प्रदर्शन

बुधबार, ११ मङि्सर २०७६

देशको राजधानी जाग्रेबस्थित मुख्य क्षेत्रमा भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजारभन्दा बढी सहभागी भएका थिए । उनीहरुले तलब वृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनुपर्ने मागसमेत उठाएको अधिकारीले जनाएका छन् । गत महिना पनि उनीहरुले तलब वृद्धिको माग गर्दै प्रदर्शन गरेका थिए । सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

राजधानीमै सार्वजनिक शौचालय अभाव

राजधानीमै सार्वजनिक शौचालय अभाव

आइतबार, २४ कार्तिक २०७६

संघीय राजधानी काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ। पर्याप्त सार्वजनिक शौचालय नहुँदा बजार क्षेत्रका यात्रीले शौच रोकेर बस्न बाध्य छन्। यसको सबैभन्दा बढी मार अपांगता भएका व्यक्ति तथा महिलाले बढी समस्या भोग्नुपरेको छ।

राजधानीबाट १२ लाख बाहिरिए

राजधानीबाट १२ लाख बाहिरिए

बुधबार, १५ असोज २०७६

दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन्।

राजधानी सार्ने हो कि ?

राजधानी सार्ने हो कि ?

मङ्गलबार, १४ असोज २०७६

राजधानी छिर्ने मुख्य नाका नागढुंगा–नौबिसे सडकमा सवारी जामका कारण सर्वसाधारणले ज्यानै गुमाएपछि गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर तत्काल यातायात सहज बनाउने व्यवस्था गर्न आदेश दिनुप¥यो।

स्थायी राजधानी निर्णय भयो, निर्माण भएन

स्थायी राजधानी निर्णय भयो, निर्माण भएन

आइतबार, १२ असोज २०७६

राजधानीस्थल तेघरी जंगल क्षेत्र तोकिएको एक वर्ष भए पनि अदालतमा मुद्दा विचाराधीन र संघीय सरकारले सो जग्गाको भोगाधिकार प्रदेश सरकारलाई हस्तान्तरण नगर्दा पूर्वाधार निर्माणको काम भएको छैन।

प्रदेश ३ को बजेटमा दलित बहिष्कृत

प्रदेश ३ को बजेटमा दलित बहिष्कृत

मङ्गलबार, ३१ भदौ २०७६

म प्रदेश नम्बर ३ मा पर्ने देशकै राजधानी काठमाडौंमा बस्छु। मलगायत यहाँ बस्ने धेरैलाई प्रदेश ३ को सरकारले के गर्दै छ भन्ने चासो अत्यन्त कम छ। किनभने मलाई आफू बस्ने टोखा नगरपालिका र काठमाडौं महानगरपालिकाले जे गर्छन्, त्यसमा मात्रै मतलब हुन सक्छ। सबै सुविधा यहीं नै केन्द्रित भएका कारण पनि मलाई आजसम्म कुनै कामले प्रदेशको राजधानी हेटांैडा जानुपरेको छैन। त्यसै कारण पनि सो प्रदेशले आफ्नो नीति, कार्यक्रम तथा बजेटमा के व्यवस्था गरेको छ भन्ने चासो यहाँका बासिन्दालाई कमै हुन्छ। तर म दलित विषयको अध्येता र विश्लेषक भएको हुँदा यो प्रदेशको बजेटमा दलित समुदायका लागि के कस्तो व्यवस्था गरिएको छ भनी अध्ययन नगरिरहन सकिनँ।

प्रदेश ३ को राजधानी हेटौंडानै हुनुपर्छ : कमल थापा

शुक्रबार, २० भदौ २०७६

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडानै हुने दावी गरेका छन्। अध्यक्ष थापाले प्रदेश ३ को प्रदेश सभाले छिट्टै प्रदेश ३ को स्थायी राजधानी हेटौडा बनाउन आवश्यक निर्णय गर्ने विश्वास पनि व्यक्त गरे।

पुनःनिर्माणमा राजधानी नै सबैभन्दा कमजोर

पुनःनिर्माणमा राजधानी नै सबैभन्दा कमजोर

मङ्गलबार, १७ भदौ २०७६

भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गरे।

दलहरूभित्रै फरकफरक मत

दलहरूभित्रै फरकफरक मत

सोमबार, ०९ भदौ २०७६

राजधानीको विषयमा दलगत रुपमा आएका चारवटै प्रस्तावमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘जनकपुर’ परिसकेकाले मिलाउन खासै कठिन नहोला। तर नाम तोक्न भने जटिल छ। नामका लागि दलपिच्छे फरकफरक प्रस्ताव आएको छ। नेकपाले ‘जानकी’, कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तारुढ दलले ‘मधेस’ र कांग्रेसको असन्तुष्ट समूहबाट ‘मध्य–मधेस’ प्रस्ताव भएको छ।

काठमाडौँ कहर

काठमाडौँ कहर

बुधबार, २९ साउन २०७६

अलि सकारात्मक भएर सोच्दा पहिलेभन्दा सरकारले सरसफाइलाई महत्व दिएकोचाहिँ रहेछ, तर हाम्रा प्रधानमन्त्रीज्यूले दाबी गरेजस्तो होइनरहेछ। काठमाडौँका भित्री सडकहरूमा अझै रसुवाको मूलखर्कको पहिरोभन्दा पनि बढी समस्या रहेछन्।

राजधानी र नामकरण तोक्ने प्रक्रिया सुरु

राजधानी र नामकरण तोक्ने प्रक्रिया सुरु

सोमबार, २७ साउन २०७६

प्रदेश २ को नाम र राजधानीबारे प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद विभाजित छन्। प्रदेशको अस्थायी राजधानी ‘जनकपुर’ तोक्ने विषयमा एक मत भए पनि प्रदेशको नामबारे एउटै दलमा फरकफरक मत भएका सांसद पनि छन्।

नेताको स्वार्थमा अल्झिएको राजधानी

नेताको स्वार्थमा अल्झिएको राजधानी

मङ्गलबार, १४ साउन २०७६

दाङका यी दुई हेभिवेटहरू राजधानीको विषयमा मौन रहँदा बुटवलका दुई हेभिवेट भने बुटवल राजधानीको पक्षमा अडिग रहँदै आएका छन्।

राजधानीका भित्री सडकमा ट्राफिक लाइट

राजधानीका भित्री सडकमा ट्राफिक लाइट

बुधबार, ०८ साउन २०७६

व्यवस्थापन पनि विकास हो भन्ने बुझाइ नै विकास भएको छैन। सडक दुर्घटनाका कारणले दैनिक मान्छे मरिरहेका छन् तर कसैले यसतर्फ कसैको ध्यान भएको छैन। सकडको असुरक्षाले गर्दा बढिरहेको बेथिति घटाउन सडक सुरक्षा अवलम्बन गर्नु पनि विकास हो।

राजधानीमै एक घण्टा हिँडेर स्कुल

राजधानीमै एक घण्टा हिँडेर स्कुल

बिहिबार, ०२ साउन २०७६

देशको राजधानी काठमाडौंमै एक घण्टाभन्दा बढी पैदलयात्रा नगरी विद्यालय पुग्न सकिन्न भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। वास्तवमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्ती डाँडागाउँका विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको नियति हो त्यो। घना जंगल छिचोलेर विद्यालय जानुपर्दा विद्यार्थीलाई बाटोभरि त्रास हुने थाहा पाउँदा झनै मन बिझाउँछ। त्यस्तो नियति भोग्दै आएका विद्यार्थीको कहालीलाग्दो अनुभव सुन्दा मात्रै होइन, सिंगो गाउँको साझा पीडाबारेको जानकारीले झनै निराश तुल्याउँछ। यातायात छैन, अस्पताल छैन। ८० परिवार बस्दै आएको डाँडागाउँमा सुरक्षाको पनि निकै समस्या छ।

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

बुधबार, ०१ साउन २०७६

प्राकृतिक प्रकोपका कारण राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले ४ स्थानमा एक्रोब्रिज तयारी हालतमा राखेको छ। प्राकृतिक प्रकोपका कारण राजमार्ग अवरुद्ध भएर राजधानी आउँने मालवाहक तथा यात्रुवाहक सवारी तथा मानिसको ओहोरदोहोर टुट्न नदिन उच्च ४ स्थानमा एक्रोब्रिज उपलब्ध गराइएको सेनाले जनाएको छ।

फोहोर : काठमाडौंदेखि सिस्डोलसम्म (भिडियो)

बुधबार, २५ असार २०७६

देशको जम्मा जनसंख्याको एक तिहाई जनसँख्या काठमाडौंमै बसोबास गर्छ। ती एक तिहाई जनसंख्याले दैनिक उत्पादन गर्ने फोहोर अत्यधिक छ। काठमाडौं महानगरपालिकाले फोहोर फाल्ने सिस्डोलमा दैनिक एक हजार टन बराबर नकुहिने फोहोर थुप्रने गरेको छ। उक्त फोहोर काठमाडौं, ललितपुर, भक्तपुर, ककनी र बनेपाबाट उठाइन्छ।

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

आइतबार, १५ असार २०७६

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताएका छन्। पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताएका छन्।

बजेट कार्यान्वयन गर्न स्थायी राजधानी माग, सांसदलाई दिने ३ करोडसहित बजेटको विरोध

बजेट कार्यान्वयन गर्न स्थायी राजधानी माग, सांसदलाई दिने ३ करोडसहित बजेटको विरोध

बिहिबार, १२ असार २०७६

प्रदेश ३ का सांसदले स्थायी राजधानी छिट्टै नतोके बजेट कार्यान्वयन असफल भई सरकार र प्रदेश नै असफल हुने चेतावनी दिएका छन्। बुधबारको प्रदेशसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै प्रदेश सांसदहरूले बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न चाँडै स्थायी राजधानी तोक्नुपर्नेमा जोड दिएका हुन्।

राजधानीमा भीषण हावाहुरी (फाेटाे फिचर)

शनिबार, १८ जेठ २०७६

राजधानी काठमाडौंमा शनिबार साँझ भीषण हावाहुरीसहित वर्षा भइरहेको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरको छानोसमेत उडाएको छ। घरका झ्याल ढोकामा क्षति पुर्याएको छ।

प्रदेश सभा बैठकमा राजधानीबारे जुहारी

प्रदेश सभा बैठकमा राजधानीबारे जुहारी

सोमबार, ३० बैशाख २०७६

प्रदेश नम्बर ३ को अधिवेशनमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समेत सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। सत्ता पक्ष र प्रतिपक्षका मन्त्री र सांसदहरुले एकअर्काप्रति कटाक्ष समेत गरे।

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेश सभा अवरुद्ध

राजधानी माग्दै कांग्रेसद्वारा प्रदेश सभा अवरुद्ध

सोमबार, ३० बैशाख २०७६

प्रदेश नम्बर ३ को स्थायी राजधानीको तत्काल माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ। प्रदेश सभामा धेरै सांसदहरुले पटक–पटक माग गरेपनि राजधानीसम्बन्धी बिषयलाई उपेक्षा गरिएको भन्दै कांग्रेसले बैठक नै अवरुद्ध गरेको हो।

Ncell Footer Ad