प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डलमा रवीन्द्र अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको जिम्मेवारी पाए। आसलाग्दा नेताको रुपमा हेरिएका अधिकारीले पर्यटन...
झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग माग गरिरहेको नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा थप्ने हवाई रुटमा सहमति नजुटे पनि भैरहवामा हवाई...
नागरिक उड्डयन तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलग्नता नरहेको प्रस्ट्याएका छन्।...
नागरिक फ्रन्टलाइनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, रवीन्द्र अधिकारी ...
सोमबार, २३ पुष २०७५
सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ।
सोमबार, २३ पुष २०७५
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले आफूले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। संसदीय उपसमिति तथा लेखा समितिले ४ अर्ब ३५ करोड अनियमितता गरेको भन्दै कारवाहीका लागि सिफारिस गरेका बेला मन्त्री अधिकारीले भने राजीनामा नदिने बताएका हुन्। नागरिक न्युजसँग कुरा गर्दै मन्त्री अधिकारीले भने, ‘मैले राजीनामा दिन्न। वायुसेवा निगमलाई धरासायी हुनबाट जोगाउँछु’, उनले भने।
सोमबार, २३ पुष २०७५
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वाइड बडी जहाज खरिद अनियमितता प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। सोमवार विहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई टाट पल्टिने अवस्थाबाट जोगाउन आफूले दोस्रो र तेस्रो किस्तान तिरेको बताए। ‘मैले दोस्रो र तेस्रो किस्ता नदिएको निगमको ९ अर्ब जोखिममा पथ्र्यो’, अधिकारीले भने।
आइतबार, २२ पुष २०७५
वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पत्रकार सम्मेलन बाेलाएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन आज विहान १० बजे मन्त्री अधिकारी, सचिव र सम्बद्ध अधिकारीको उपस्थितीमा पत्रकार सम्मेलन हुने पर्यटन मन्त्रालयले जनाएको छ।
मङ्गलबार, १० पुष २०७५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अबको दुई वर्षभित्रमा नेपाल वायु सेवा निगमलाई साझेदारको व्यवस्थासहित सबैले आशा जगाउने गरी ठीक बाटोमा हिँडाउने प्रतिबद्धता जनाएका छन्।
बुधबार, १२ मङि्सर २०७५
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाडडबडी जहाज खरिद प्रकरणमा अनियमितता भएको भेटिए कारबाही गर्ने स्पष्ट पारेका छन्। जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेको र मन्त्रालयले छानबिनमा सहयोग गरिरहेको बताउँदै मन्त्री अधिकारीले भने, ‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाइयो भने हामी शोधभर्ना गराउँछौं। सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं।’
सोमबार, १० मङि्सर २०७५
नेपाल वायुसेवा निगमका दुईवटा ‘वाइड बडी’ विमान भित्र्याउँदा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रश्न उठाइरहेका बेला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जहाज खरिदमा कुनै गल्ती भेटिए जो कोही कारबाहीको दायरामा आउने प्रष्ट्याएका छन्।
बिहिबार, ०१ कार्तिक २०७५
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा अगावै निर्माण सम्पन्न हुने बताएका छन्।