‘समृद्धिका लागि युवाहरुको साथ र सहयोग आवश्यक’

‘समृद्धिका लागि युवाहरुको साथ र सहयोग आवश्यक’

मङ्गलबार, २९ पुष २०७६

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि युवाहरुको साथ र सहयोग आवश्यक रहेको बताएका छन्। प्रदेश युवा...

युवाले बाँडे एकदेखि आठ कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा

युवाले बाँडे एकदेखि आठ कक्षासम्मका विद्यार्थीलाई न्यानो कपडा

मङ्गलबार, २२ पुष २०७६

यहाँको एक दुर्गममा रहेको सरकारी विद्यालयका विद्यार्थीलाई केहि युवाहरुले न्यानो कपडा वितरण गरेका छन्। सुनकोसी गाउँपालिका ७ नागीस्थित भिमेश्वर आधारभुत...

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा

नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्छ : नेता थापा

मङ्गलबार, ०८ पुष २०७६

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन युवाले सङ्घर्ष गर्नुपर्ने बताएका छन्।

११ हजार युवालाई तालिम

११ हजार युवालाई तालिम

सोमबार, ०७ पुष २०७६

विश्वबैंकको आर्थिक सहयोगमा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १० हजार ९ सय ४१ वेरोजगार युवालाई छोटो अवधिको तालिमको...

स्वरोजगार बनाउन युवा व्यवसायीलाई अनुदान

स्वरोजगार बनाउन युवा व्यवसायीलाई अनुदान

शनिबार, ०५ पुष २०७६

खोटाङको रावाबेँसी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गाउँमा बसेर विभिन्न कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको हो।

युवा व्यवसायी केसीले आफ्ने खर्चमा सडक बनाईदिए पछि...

युवा व्यवसायी केसीले आफ्ने खर्चमा सडक बनाईदिए पछि...

शनिबार, २१ मङि्सर २०७६

नेपाल भारतको सीमावर्तीमा पर्ने खाता र भगतपुर गाउँ। खाता हुलाकि सडकसँग जोडिएको छ भने भगतपुर गाउँ भारतको जंगल नजिक पर्छ। सडक नहुँदा बर्खाको समयमा दुई गाउँ सम्बन्ध टुट्न पुग्थ्यो।

उदयपुर अस्पताल अस्तव्यस्त, ‘अस्पताल बचाऊ’ अभियान चलाउदै युवा

उदयपुर अस्पताल अस्तव्यस्त, ‘अस्पताल बचाऊ’ अभियान चलाउदै युवा

शुक्रबार, २० मङि्सर २०७६

आधा दशकअघि ५० शैय्यामा स्तरोन्नति गरिएको भौतिक पूर्वाधारयुक्त उदयपुर जिल्ला अस्पताल पछिल्लो समय अस्तव्यस्त भएर ‘रिफर सेन्टर’ मा परिणत भएको भन्दै जिल्लावासीबाट व्यापक जनगुनासो आएपछि युवाहरुले ‘अस्पताल बचाऊ’ अभियान थाल्ने भएका छन्। दरबन्दी अनुसार चिकित्सक अभाव, प्रशासनिक लापरवाही र सेवा प्रवाह प्रभावकारी नभएको तथा व्यवस्थापकीय कमजोरीप्रति चरम असन्तुष्टि बढेपछि जिल्लाका सरोकारवाला युवाहरुको समूह अस्पतालको साख फर्काउँदै स्तरोन्नतिका लागि अभियान चलाउने निश्कर्षमा पुगेका हुन्।

युवा र विद्यार्थीद्वारा वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा

युवा र विद्यार्थीद्वारा वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा

शुक्रबार, २० मङि्सर २०७६

युवाहरुको एक समूहले शुक्रबार बिहान जिल्लाको लालबन्दी नगरपालिका–१, जुटपानीस्थित पद्म भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान भोजन एवं न्यानो कपडा वितरण गरेको छ।

बेरोजगारले पाए, रोजगार

बेरोजगारले पाए, रोजगार

बुधबार, १८ मङि्सर २०७६

भगवतीमाई गाउँपालिकाले गाउँपालिकाभर विकास निर्माणका लागि छुट्टै कार्यदल गठन गरेर बेराजगारलाई रोजगारी दिएको छ। उनीहरुलाई हप्तादिन तालिम दिएर रोजगारीका लागि तयार बनाएको हो।

मलेसिया पुगेको चार महिना नबित्दै युवाको मृत्यु

मलेसिया पुगेको चार महिना नबित्दै युवाको मृत्यु

शुक्रबार, १३ मङि्सर २०७६

मलेसियामा खोटाङका एक युवाको मृत्यु भएको छ। जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका २८ वर्षीय टंकबहादुर सार्की सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

कृषिमा किन छैन युवा आकर्षण ?

कृषिमा किन छैन युवा आकर्षण ?

बिहिबार, १२ मङि्सर २०७६

सन् २०१५ मा संसारभरिका २५ करोड मानिसले सुरक्षित भविष्य र अवसर खोज्दै आफ्ना देश छाडेका छन् । सन् २०१९ मा यो संख्या बढेर ३० करोडभन्दा माथि पुग्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । रोजगारीका सिलसिलामा आफ्ना देश छाड्नेमध्ये ६० प्रतिशत मानिस ग्रामीण भेगका र तीमध्ये एकतिहाइ १५–३५ वर्षका युवा रहेको अध्ययनहरूले देखाएका छन् ।

अष्ट्रेलियामा नेपाली युवाको आफ्नै श्रीमतीद्वारा हत्या

अष्ट्रेलियामा नेपाली युवाको आफ्नै श्रीमतीद्वारा हत्या

आइतबार, ०८ मङि्सर २०७६

अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली मूलका युवाको हत्या भएको छ।

युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

युवाविहीन हुँदै सुदूरपश्चिमका गाउँघर

शनिबार, ०७ मङि्सर २०७६

नेपालीको ठूलो चाड विजयादशमी र दीपावलीलगायतका समय पूरै चहलपहल भएका सुदूरपश्चिमका गाउँ विस्तारै सुनसान बन्दै गएका छन्।

१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवा पक्राउ

१२ वर्षीया बालिकालाई गर्भवती बनाउने युवा पक्राउ

शुक्रबार, ०६ मङि्सर २०७६

खोटाङमा १२ वर्षीय बालिकालाई गर्भवती बनाउने युवा पक्राउ परेका छन्। बालिकालाई गर्भवती बनाएर फरार भएका साकेला गाउँपालिकाका २४ वर्षीय युवा बिहीबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। प्रहरीले पिडक र पिडितको नाम गोप्य राखेको छ।

युवा विदेशिएपछि कृषि मजदुरको अभाव

युवा विदेशिएपछि कृषि मजदुरको अभाव

बिहिबार, २८ कार्तिक २०७६

यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ। अन्य काम गर्न त्यति फुर्सद छैन, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ। रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका गाउँमा कृषि मजदूरको अभावमा किसान समस्यामा परेका छन्।

अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार

अफ्रिकामा बन्धक बनाइएका युवाको उद्धार

मङ्गलबार, २६ कार्तिक २०७६

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर बन्धक बनाउने भारतीय नागरिकलाई पक्राउ गरेको छ।

युवा र समाज कता जादैछ ?

युवा र समाज कता जादैछ ?

मङ्गलबार, २६ कार्तिक २०७६

म एक युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा छन्। युवाहरुमा देश बनाउने सपना हुन्छ। आफ्नो भविष्य सुरक्षित गर्ने इच्छा हुन्छ। भविष्यको मिठो पलहरुको परिकल्पना हुन्छ।

विपद्का बेला युवा

विपद्का बेला युवा

बिहिबार, १४ कार्तिक २०७६

नेपाली समाजको विकाससँगै अ‍ैंचोपंैचो, पर्म, सापटी, गुठीजस्ता अभ्यासले समाजमा एकलाई अप्ठेरो पर्दा अर्कोले सहयोग गर्ने संस्कार छ। नेपाली समाजको आधुनिकीकरणसँगै केही सामाजिक अभ्यासमा परिवर्तन भने भइरहेका छन्। तथापि, नेपाली समाजमा एकलाई दुःख पर्दा अर्कोले सहयोग गर्ने परम्परा हराइसकेको छैन।

प्रहरीद्धारा फेदापका ४ जना युवा पक्राउ

प्रहरीद्धारा फेदापका ४ जना युवा पक्राउ

मङ्गलबार, १२ कार्तिक २०७६

फेदाप गाउ पालिका १ को सिम्ले र जलजलेको सिमानामा आफुहरुले रोक्दा नरोकेको भन्दै बाटो छेकेर बोलेरोका चालकलाई कुटपिट गर्न खोज्ने ४ जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

युवालाई निःशुल्क सीप

युवालाई निःशुल्क सीप

बिहिबार, ०७ कार्तिक २०७६

वैदेशिक रोजगारीमा जाने संख्याको आधारमा अपेक्षित आर्थिक लाभ लिन नसकिएपछि एकैचोटि ठूलो संख्याका युवालाई सीप सिकाउन थालिएको छ।

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र

मङ्गलबार, ०५ कार्तिक २०७६

वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका पाँच युवा दुई महीनादेखि अलपत्र छन्। केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ दुई महीनादेखि अलपत्र परेका हुन्।

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

लागुऔषधविरुद्ध प्रहरीसँग युवाहरुको सहकार्य

सोमबार, २७ असोज २०७६

बाँकेको खजुरा गाउँपालिका-२ सीतापुरस्थित सचेत युवामञ्च सामाजिक अराजकता र लागुऔषधविरुद्ध प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ।

बेरोजगार युवाको अटो रिक्सामा आकर्षण

बेरोजगार युवाको अटो रिक्सामा आकर्षण

आइतबार, ०५ असोज २०७६

युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ। तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ।

विदेशबाट फर्केका युवालाई भैंसीपालनमा सहभागी गराइँदै

विदेशबाट फर्केका युवालाई भैंसीपालनमा सहभागी गराइँदै

आइतबार, ०५ असोज २०७६

अघिल्लो आर्थिक वर्षको बजेटमा भैंसीको आनुवंशिक संरक्षण र उत्पादनशीलता बढाउने कार्यक्रम प्रस्ताव गर्ने क्रममा पनौती नगरपालिकाको पशुपन्छी शाखाका पशु चिकित्सक मणिप्रसाद सापकोटाले धेरै मेहनत गर्नुपर्‍यो ।

घाँटी थिचेर हत्या

घाँटी थिचेर हत्या

शनिबार, २८ भदौ २०७६

एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ।

राजनीतिसँगै पशुपालनलाई पनि निरन्तरता दिदैं युवा नेता

राजनीतिसँगै पशुपालनलाई पनि निरन्तरता दिदैं युवा नेता

बुधबार, ११ भदौ २०७६

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटका काशीनाथ भट्टराई राजनीतिसँगै गाईपालनमा सक्रिय छन्।

साइबरले एक्ल्याएका युवाकाे कथा

साइबरले एक्ल्याएका युवाकाे कथा

बुधबार, ११ भदौ २०७६

गायिका आस्था तामाङ मास्केले सन् २०१२ मा रिलिज गरेको ‘म एक सपना’ एल्बमको गीत स्टेजको ब्याकग्राउन्डमा गुञ्जियमान हुन्छ। अँध्यारो थिएटरमा माहोल मौन भइदिन्छ। गीतको भावसँग अभियन गरिरहेका कलाकारहरूको प्रस्तुतिले थिएटरमा नाटक हेर्न पुगेका दर्शक गीतको अर्थलाई जीवनसँग तुलना गरेर गम्भीर देखिन्छन्।

पोखरा विश्वविद्यालयमा नमूना युवा संसद

पोखरा विश्वविद्यालयमा नमूना युवा संसद

आइतबार, ०८ भदौ २०७६

पोखरा विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र टोनी हागन फाउण्डेशन, काठमाडौंको संयुक्त आयोजनामा पोखरा विश्वविद्यालयमा एक दिवसीय नमूना युवा संसद अभ्यास गरिएको छ।

१६ अर्ब माग्दा ३३ करोड पाए

१६ अर्ब माग्दा ३३ करोड पाए

बुधबार, ०४ भदौ २०७६

वैदेशिक रोजगार बोर्डले स्वदेशमै उद्यम गर्ने चाहना युवालाई लक्षित गरी सार्वजनिक सूचना जारी गरेको थियो। सोही सूचना अनुसार आवेदन दिएकामध्ये १८ हजार सात सय ३७ सहुलियत ऋणका लागि योग्य रहेको भन्दै बोर्डले सूचीकरण गरेको थियो। त्यसरी माग गरिएको आवेदन अनुसार युवाले १६ अर्ब रुपैयाँ भन्दा बढी रकम ऋण लिन खोजेको बोर्डले जनाएको छ।

कृषि उद्यममा युवालाई ५० करोड

कृषि उद्यममा युवालाई ५० करोड

आइतबार, ०१ भदौ २०७६

सरकारले युवालाई कृषिमा आकर्षित गर्न ५० करोड रुपैयाँ अनुदान वितरण गर्ने तयारी गरेको छ। कृषि उद्यम गर्ने युवालाई न्यूनतम पाँचदेखि १० लाख रुपैयाँ अनुदान वितरण गर्न लागेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रिय युवा दिवस : युवालाई जागिरकै पिरलो

सोमबार, २७ साउन २०७६

‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको आयोजनामा सन् २००१ देखि विश्वव्यापी रुपमा शुरु भएको अन्तर्राष्ट्रिय युवा दिवस संसारभर अगष्ट १२ गतेका दिन मनाउने गरिन्छ। नेपालले पनि सन् २००४ देखिनै आफ्नो मौलिक नाराका साथ आजकै दिन देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएको हो।

नेपाल युवा उद्योग सम्मेलन हुने

नेपाल युवा उद्योग सम्मेलन हुने

मङ्गलबार, २१ साउन २०७६

साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा नेपाल युवा उद्योग सम्मेलन हुने भएको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले यो सम्मेलनबाट युवामा नयाँ ऊर्जा थपिने बताए।

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

सोमबार, २० साउन २०७६

चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ।पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा वृद्धि भएको देखाएको ‘चाइना युथ डेली’ले लेखेको छ।

बाँझो खेतबाट माथि उठ्ने युवाको सपना

बाँझो खेतबाट माथि उठ्ने युवाको सपना

बुधबार, १५ साउन २०७६

अफ्रिकी महादेशमा सुडानलाई फुटबलमा अगुवाको रूपमा हेरिने गरे पनि सुडान अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन।

अब युवाको उमेर १८ देखि ३५ वर्ष

अब युवाको उमेर १८ देखि ३५ वर्ष

शनिबार, ०४ साउन २०७६

सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ।

नौ महिना काम गरेर तीन महिनाको पारिश्रमिक

नौ महिना काम गरेर तीन महिनाको पारिश्रमिक

बुधबार, २५ असार २०७६

पछिल्लो समयमा युवाको मोह देख्दा लाग्छ–वैदेशिक रोजगारी भनेको सुखैसुखको संसार हो। पैसा कमाउने उपयुक्त माध्यम वैदेशिक रोजगारीभन्दा अरु छैन। तपाईले पनि यस्तै सोच्नु भएको छ भने त्यो गलत सावित हुन्छ। किनकि वैदेशिक रोजगारीबाट कमाउने मात्र नभई गुमाउने युवाको संख्या पनि बढ्दै गएको पाइएको छ।

सामूहिक तरकारी खेतीमा युवा

सामूहिक तरकारी खेतीमा युवा

शुक्रबार, २० असार २०७६

युवाहरूले ५१ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। उनीहरूले झण्डै एक करोड रुपैयाँ लगानीबाट तरकारी खेती सुरु गरेका हुन्।

‘लागूऔषध नियन्त्रणका लागि सबै जुटौं’

‘लागूऔषध नियन्त्रणका लागि सबै जुटौं’

बिहिबार, १९ असार २०७६

युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन अभिभावक सचेत हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्। सञ्चारिका समूह लुम्बिनीको आयोजना र बुटवल उपमहानगरपालिका–४ को सहयोगमा बुटवलमा गरिएको लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामुलक कार्यक्रममा सरोकारवालाहरुले युवाहरुलाई सहि बाटोमा हिडाउन अभिभावकको निगरानी आवश्यक रहेको बताएका हुन्।

सीप परीक्षणबाट पछि हट्यो सरकार

सीप परीक्षणबाट पछि हट्यो सरकार

शुक्रबार, १३ असार २०७६

वैदेशिक रोजगारीमा जाने युवालाई सीप परीक्षण अनिवार्य रूपमा लागू हुने घोषणा गरेको सरकार उक्त कार्यक्रम लागू हुन नपाउँदै पछि हटेको छ।

हत्या गरेर भारत फरार, घर फर्किँदा पक्राउ

हत्या गरेर भारत फरार, घर फर्किँदा पक्राउ

मङ्गलबार, १० असार २०७६

हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक युवालाई पक्राउ गरेको छ। जिल्लाको बाँफिकोट गाउँपालिका ६ मग्माका २४ वर्षिय बृषबहादुर बश्याललाई हत्या आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह

प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह

सोमबार, ०९ असार २०७६

दश वर्ष मलेसियामा काम गरी फर्किएका मण्डनदेउपुर नगरपालिका–३ नयाँगाउँका सन्तबहादुर तामाङ यतिबेला गाउँमा नै काम गरिरहेका छन्। मलेसियामा श्रम गरेर फर्किएका उनले भने ‘पैसा कमाउन नसकेको र श्रममात्रै गरेर खालीहात फर्कन बाध्य हुनु भएको थियो।

हजारौं युवा मारमा

हजारौं युवा मारमा

मङ्गलबार, २१ जेठ २०७६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षदेखि मलेसिया रोजगारी बन्द गरेपछि त्यसको मारमा हजारौं युवा परेका छन्। सरकारको विरोधमा उत्रिएका म्यानपावर व्यवसायीले काम ठप्प पारेपछि त्यसको मार पनि युवामाथि नै परेको छ। रोजगारीका लागि सोमबार कतार उड्ने तयारी गरेका रामेछाम, मन्थलीका रमेश श्रेष्ठले बेरोजगार युवा वैदेशिक रोजगारीमा जान नपाउने अवस्था सिर्जना भएकाले सरकारलाई गम्भीर बन्न आग्रह गरे। म्यानपावरले काम ठप्प पारेका कारण उनी उड्न पाएनन्।

लागू औषधसहित ४ युवा पक्राउ

लागू औषधसहित ४ युवा पक्राउ

सोमबार, २० जेठ २०७६

उदयपुर प्रहरीले लागू औषधसहित एकै दिन ४ युवालाई पक्राउ गरेको छ। विभिन्न ४ खालका प्रतिबन्धित लागू औषधसहित त्रियुगा नगरपालिका ११ साकेलाटोलबाट युवाहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

यार्सा टिप्न गएका दुई युवाको मृत्यु

आइतबार, १९ जेठ २०७६

यार्सागुम्बा खोज्न डोल्पा पुगेका जाजरकोटका दुई युवाको लेक लागेर मृत्यु भएको छ। प्रतिकुल मौसमका कारण जिल्लाको वारेकोट गाउँपालिका वडा नम्बर १ आगरका १९ वर्षीय कृष्ण नेपाली र सोही गाउँपालिका ६ धुमका २२ वर्षीय रमेश चलाउनेको ज्यान गएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

बरालिने प्रवृत्ति र युवा

बरालिने प्रवृत्ति र युवा

बिहिबार, १६ जेठ २०७६

जब व्यक्ति, परिवार, समाज र समुच्च प्रणाली नै कुनै रोगले ग्रसित छ भने सबभन्दा पहिले आकस्मिक उपचारमा लाग्नु जरुरी हुन्छ। श्रम, सिप र सिपालुप्रति उचित सम्मानको अभाव सिर्जना हुनमा ‘बरालिने प्रवृत्ति’ एउटा ठूलो रोगजस्तै सावित भएको छ।

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

चुनावमा रोजगार दिने बाचा, वर्तमानमा विदेश पठाउन तालिम

शनिबार, ०४ जेठ २०७६

२०७४ फागुन ३ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भए। प्रवासी राजनीतिबाट माओवादीमा उदाएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाए।  डेढ दशक बढी प्रवासमा बिताएका भट्ट त्यसअघि खासै चर्चामा थिएनन्। विवादमा समेत नमुछिएका भट्टले प्रदेश हाक्ने जिम्मेवारी पाएपछि युवा पंक्तीमा भने आशा पलाएको थियो।

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

शुक्रबार, २७ बैशाख २०७६

एक क्विन्टल गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

कांग्रेसको ध्यान युवा र विद्यार्थीमा

कांग्रेसको ध्यान युवा र विद्यार्थीमा

सोमबार, २३ बैशाख २०७६

नेपाली कांग्रेसले बुधबारदेखि सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियानमा विद्यार्थी र युवालाई केन्द्रीत गरेर गरेर प्रशिक्षण दिने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले नयाँ पुस्ताप्रति पार्टीको आकर्षण बढाउन युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गर्न लागेको हो।

युवा भन्छन् – यस्तो लोकतन्त्र काम छैन

युवा भन्छन् – यस्तो लोकतन्त्र काम छैन

बुधबार, ११ बैशाख २०७६

लिभरपुल कलेज, बानेश्वरमा कक्षा १२ मा अध्ययनरत विवेक अधिकारी भन्छन्, ‘लोकतन्त्र आएपछि नेपालबाट राजा हट्यो। त्यही त हो, लोकतन्त्र।’

रोजगार कार्यक्रमले तानेन युवा

रोजगार कार्यक्रमले तानेन युवा

मङ्गलबार, १९ चैत २०७५

चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरु ग-यो। उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो– अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एकपटक सोच्नेछन्।

Ncell Footer Ad