म्याद गुज्रिन्छ, कालोपत्रे सकिन्न

म्याद गुज्रिन्छ, कालोपत्रे सकिन्न

आइतबार, २६ असोज २०७६

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ (४६ किलोमिटर) सडकको कालोपत्रेको काममा ढिलाइ भएको छ। पाँच खण्डमा विभाजन गरेर २०७२ चैतदेखि कालोपत्रको काम...

६ वर्षसम्म अधुरै दुधाङ पुल

६ वर्षसम्म अधुरै दुधाङ पुल

आइतबार, २६ असोज २०७६

इलाम–सोयाङ–नयाँबजार सडक खण्डको दुधाङ पुल निर्माणको काम ठेक्का सम्झौताको म्याद सकिएको दुई वर्ष बित्दा पनि अधुरै छ। निर्धारित समय सकिएर...

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

बुधबार, १५ असोज २०७६

जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु र औषधि...

कटारीमा म्याद नाघेका खाद्यान्न र पेय पदार्थ

कटारीमा म्याद नाघेका खाद्यान्न र पेय पदार्थ

बिहिबार, १२ भदौ २०७६

उदयपुरको कटारी नगरपालिकाका विभिन्न बजारका व्यापारीले म्याद नाघेका खाद्यान्न तथा पेय पदार्थ बेचेर उपभोक्तालाई ठग्ने गरेको फेला परेको छ। ...

म्याद गुज्रेको २१ महिनापछि पुल बन्यो

म्याद गुज्रेको २१ महिनापछि पुल बन्यो

सोमबार, ०२ भदौ २०७६

म्याद गुज्रेको २१ महिनापछि खोटाङको साकेला गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोला पुल सञ्चालनमा आएको छ। ठेकेदारको ढिलासुस्तीका कारण २०७४ साल कात्तिकमै म्याद गुज्रिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने साप्सु खोलाको पुल निर्माणको काम ढिला गरी पूरा गरिएको हो।

तेस्रोपल्ट म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम

तेस्रोपल्ट म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम

बिहिबार, १६ साउन २०७६

सातदोबाटो–लगनखेल सडकखण्ड छेउमा फर्निचर पसल सञ्चालन गर्दै आएका उत्तम शिल्पकारले सडक अस्तव्यस्त हुँदा निकै शास्ती भइरहेको बताए।

सूचीकरण हुन तीन महिना थप

सूचीकरण हुन तीन महिना थप

बिहिबार, ०२ साउन २०७६

औपचारिक रूपमा दर्ता भएका उद्योेग, प्रतिष्ठानको तुलनामा निकै थोरै मात्र सूचीकरण भएपछि कोष सूचीकरणको म्याद थप्न बाध्य भएको हो

मादी पुल निर्माणको  म्याद दोस्रोपटक  थप्ने तयारी

मादी पुल निर्माणको म्याद दोस्रोपटक थप्ने तयारी

बुधबार, ०१ साउन २०७६

सम्झौताअनुसार तोकिएको समयमा काम नगरेका ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको छ। मादी नदीमाथि निर्माणाधीन मोटरेबल पुल बनाउने जिम्मा पाएको ठेकेदारको म्याद दोस्रोपटक थप्ने तयारी भएको हो।

स्वास्थ्यचौकीमा पठाइयाे म्याद सकिएका औषधि

स्वास्थ्यचौकीमा पठाइयाे म्याद सकिएका औषधि

बिहिबार, ०५ असार २०७६

म्याद सकिन केही दिनमात्रै बाँकी रहेको औषधि स्वास्थ्य कार्यालयले स्थानीय स्वास्थ्य संस्थाहरूमा पठाउने र जनताको स्वास्थ्यमा खेलवाड गर्नेजस्ता क्रियाकलाप गरेको भन्दै स्वास्थ्य कार्यालय प्युठानको चर्काे आलोचनासमेत भएको छ।

डिजाइन एकातिर, सडक अर्कोतिर

डिजाइन एकातिर, सडक अर्कोतिर

आइतबार, १९ जेठ २०७६

खोटाङका स्थानीय तहका जनप्रतिनिधिले पुष्पलाल मध्यपहाडी लोकमार्गको काममा चरम ढिलासुस्ती र गुणस्तरहीन भएको गुनासो गरेका छन्। सन् २०१४ मा ठेक्का लागेको दिक्तेल–हलेसी सडकअन्तर्गत तीन खण्डको काम पटक–पटक थपिएको म्याद गुज्रे पनि कालोपत्रेको काम भने अझै पूरा हुन सकेको छैन।

म्याद गुज्रेका औषधि जफत

म्याद गुज्रेका औषधि जफत

शुक्रबार, ०६ बैशाख २०७६

खोटाङको जन्तेढुंगा गाउँपालिकामा सञ्चालित औषधि पशलबाट म्याद गुज्रेका औषधि जफत गरिएको छ।

चार वर्षमा सक्नुपर्नेमा सात वर्ष

चार वर्षमा सक्नुपर्नेमा सात वर्ष

बुधबार, ०६ चैत २०७५

चार वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरु गरिएको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना सात वर्षमा मात्रै पूरा हुने भएको छ। यो वा त्यो बहानामा पटकपटक म्याद थपिँदै आएको उक्त आयोजनाबाट वैशाखको दोस्रो साता बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ।

सत्यनिरूपण तथा बेपत्ता आयोगको म्याद एक वर्ष थप

सत्यनिरूपण तथा बेपत्ता आयोगको म्याद एक वर्ष थप

बुधबार, १६ माघ २०७५

सरकारले सत्य निरूपण तथा बेपत्ता आयोगको म्याद एक वर्ष थप तथा आयोगका पदाधिकारीको म्याद चैत मसान्तसम्म रहने गरी मंगलबार विधेयक संसद्मा ल्याएको छ।

द्वन्द्वकालीन मुद्दा छानबिन आयोग : म्याद थप अन्तिम विकल्प

द्वन्द्वकालीन मुद्दा छानबिन आयोग : म्याद थप अन्तिम विकल्प

बिहिबार, १९ पुष २०७५

घोराहीकी द्रोपदा न्यौपानेलाई सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ताका क्रममै न्याय मिल्ला कि नमिल्ला भन्ने शंका थियो। झिनो आशा राखेर उजुरी दर्ता त गराइन् तर वर्षौं बितिसक्दा पनि त्यसबारे के भइरहेको छ भन्ने द्रोपतालाई अत्तोपत्तो छैन। ‘द्वन्द्वकालमा पति मारिनुभयो, न्याय पाउने आसमा वर्षौं बिते,’ उनले भनिन्, ‘आयोगमा दर्ता गराइएको उजुरीले न्याय दिलाउला कि भन्ने झिनो आस पनि मर्‍यो अब त !’ २०६१ सालमा उनका पति गणेशको तत्कालीन विद्रोही पक्षबाट हत्या गरिएको थियो।

सम्झौताविपरीत म्याद नथप्न सरकारलाई आग्रह

सम्झौताविपरीत म्याद नथप्न सरकारलाई आग्रह

बिहिबार, ०५ पुष २०७५

एक दशकदेखि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लाइसेन्स हातमा लिएर पनि निर्माण गर्न नसक्ने भारतीय कम्पनी जिएमआरको म्याद पुनः थप्न नहुने आवाज उठेको छ।

नुरप्रसादका नाममा म्याद जारी

नुरप्रसादका नाममा म्याद जारी

आइतबार, २० साउन २०७५

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या सम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीका नाममा म्याद जारी भएको छ। चितवन जिल्ला अदालतमा आईतबार भएको पेशीमा जाहेरवाला नुरप्रसादलाई बकपत्रका लागि अदालत झिकाउन म्याद जारी गरिएको हो।

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

भूकम्पपछिको पुनर्निर्माण : म्याद नथपिँदा दोस्रो किस्ता वितरण रोकियो

बुधबार, १६ साउन २०७५

सकिएको म्याद थप्नेबारे निर्णय नहुँदा भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण रोकिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले असारभित्र दोस्रो किस्ता लिइसक्नु पर्ने समय सीमा तोकेको थियो।

करार कर्मचारीको म्याद नथप्दा नगरपालिकाका मेयर कुटिए

करार कर्मचारीको म्याद नथप्दा नगरपालिकाका मेयर कुटिए

शुक्रबार, ११ साउन २०७५

रौतहटको राजपुर नगरपालिकाका मेयर र कार्यकारी प्रमुखमाथी हातपात भएको छ। नगरपालिकामा करार सेवामा कार्यरत वातावरण अधिकृत शाहनवाज हुसैनले नगरप्रमुख मोहमद शकिल अख्तर र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद साहलाई नगरपालिकाको कार्यालयमै दुर्व्यवहार गर्दै हातपात गरेका छन्।

स्थानीय तहलाई दरबन्दी पठाउन १५ दिनको म्याद

स्थानीय तहलाई दरबन्दी पठाउन १५ दिनको म्याद

मङ्गलबार, ०८ साउन २०७५

सरकारले अन्तरिम संगठन संरचना एवं दरबन्दीमा हेरफेर गर्न स्थानीय तहलाई १५ दिनको समय दिएको छ।

३३ किलो सुन प्रकरण : अनुसन्धान समितिको म्याद थपियो

३३ किलो सुन प्रकरण : अनुसन्धान समितिको म्याद थपियो

आइतबार, ०३ असार २०७५

साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अनुसन्धानका लागि गठित अनुसन्धान समितिको म्याद थप गरिएको छ।

म्याद नाघेका उपभोग्य सामग्री जलाइए

म्याद नाघेका उपभोग्य सामग्री जलाइए

आइतबार, ०३ असार २०७५

जिल्ला प्रशासन कार्यालय खोटाङले बजार अनुगमनका क्रममा बरामद म्याद नाघेका दैनिक उपभोग्य सामग्री जलाएको छ। सदरमुकाम दिक्तेल बजारका ३२ वटा पसलबाट बरामद ३३ किसिमका दैनिक उपभोग्य सामग्री प्रशासन परिसरमा जलाइएको हो।

सुन अनुसन्धान समितिको म्याद थप्न सिफारिस

सुन अनुसन्धान समितिको म्याद थप्न सिफारिस

बिहिबार, ३१ जेठ २०७५

साढें ३३ किलो सुन प्रकरणको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानविन समितिको म्याद थपका लागि गृह मन्त्रालयले सिफारिस गरेको छ।

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

मेलम्ची ठेकेदारको म्याद सात महिना थपियो

बुधबार, ३० जेठ २०७५

गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ। आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ।

म्याद गुज्रेको ७ महिनापछि पुलको पिलर ठड्याइँदै

म्याद गुज्रेको ७ महिनापछि पुलको पिलर ठड्याइँदै

सोमबार, २८ जेठ २०७५

म्याद नाघेको ७ महिनापछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको पिलर उठाउने काम थालिएको छ। १८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल बैसाखमा जिम्मा लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ र साकेला गाउँपालिका–५ मात्तिम जोड्ने पुलको बल्ल एकतर्फको पिलर उठाउने काम थालिएको हो।

म्याद नाघेका उपभोग्य वस्तु बरामद

म्याद नाघेका उपभोग्य वस्तु बरामद

सोमबार, २८ जेठ २०७५

जिल्ला प्रशासन कार्यालय खोटाङले भारी मात्रामा म्याद नाघेका उपभोग्य वस्तु बरामद गरेको छ । बजार अनुगमनका क्रममा प्रशासनले सदरमुकाम दिक्तेल बजारका पसलमा ती सामान फेला पारेको थियो।

थामखर्क विमानस्थल : महिना दिन म्याद बाँकी रहँदा बेसको काम

थामखर्क विमानस्थल : महिना दिन म्याद बाँकी रहँदा बेसको काम

बुधबार, २३ जेठ २०७५

सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क बिमानस्थल कालोपेत्रका काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ।

म्याद नाघेका वस्तु नष्ट

म्याद नाघेका वस्तु नष्ट

मङ्गलबार, २२ जेठ २०७५

पृथ्वीराजमार्गको धादिङ खण्डमा सोमबारदेखि जिल्ला अनुगमन समितिले बजार अनुगमन सुरु गरेको छ।

पाँचौपटक म्याद थप गर्न माग

पाँचौपटक म्याद थप गर्न माग

बुधबार, ०९ जेठ २०७५

नारायणगढ–मुग्लिन सडक विस्तारको काम चौंथोपटक थपिएको म्यादभित्र नसकिएपछि निर्माण कम्पनीहरूले फेरि पाँचौंपटक म्याद थपका लागि निवेदन दिएका छन् । पछिल्लोपटक तोकिएको म्यादभित्र काम नसकिने भएपछि सडक निर्माणको जिम्मेवारी पाएका कम्पनीले म्याद थपको माग गरेका हुन् । सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक निर्माण कम्पनी सडक विस्तारमा सहभागी छन् । सडक विस्तारमा सहभागी दुई निर्माण कम्पनीको चौथो पटकको म्याद सकिएको छ ।

म्याद गुज्रियो, विमानस्थल कालोपत्रे भएन

म्याद गुज्रियो, विमानस्थल कालोपत्रे भएन

आइतबार, ०६ जेठ २०७५

सम्झौताको म्याद गुज्रिँदा पनि खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम करिब ६० प्रतिशत मात्र सकिएको छ।

नवीकरण म्याद गुज्रियो

नवीकरण म्याद गुज्रियो

बिहिबार, ०६ बैशाख २०७५

सरकारी कर्मचारीको ढिलासुस्तीले नेपाली श्रमिकका लागि सबैभन्दा आकर्षक रोजगार गन्तव्य दक्षिण कोरियासँगको श्रम समझदारी (एमओयु) नवीकरणको म्याद गुज्रिएको छ । दुई मुलुकबीचको श्रम समझदारी करिब चार महिना पहिले नै नवीकरण हुनुपथ्र्यो।

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरण गर्ने म्याद तीन महिना थप (भिडियो)

मङ्गलबार, २० चैत २०७४

भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान वितरणको म्याद तीन महिना थपिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो।

म्याद गुज्रियो, पुलको जग पनि बनेन

म्याद गुज्रियो, पुलको जग पनि बनेन

बुधबार, २३ फागुन २०७४

१३ महिनाअघि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुल शिलान्यासका क्रममा पेटी ठेकेदार श्याम पोखरेलले ७ महिनामै पुल निर्माणको काम पूरा गर्ने बताउँदा पूर्वसांसद कुलप्रसाद फुयाँलले पुलको काम बीचैमा अलपत्र नपार्न आग्रह गरेका थिए।

नारायणगढ-मुग्लिन सडकको निर्माण म्याद नथपिने

नारायणगढ-मुग्लिन सडकको निर्माण म्याद नथपिने

आइतबार, ०६ फागुन २०७४

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको म्याद अब नथपिने बताएका छन्। तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ।

कुलेखानी तेस्रोको म्याद थप्न  सिफारिस

कुलेखानी तेस्रोको म्याद थप्न सिफारिस

बिहिबार, ०३ फागुन २०७४

१४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजना निर्माण सुरु भएको आगामी महिना (चैतमा) १० वर्ष पुग्दैछ । तीन वर्ष आठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यो आयोजना दशकमा पनि पुरा नभए पछि अहिले म्याद थप गर्न सिफरिस गरिएको छ ।

म्याद थप्दै, ठेक्का बचाउँदै

म्याद थप्दै, ठेक्का बचाउँदै

सोमबार, २९ माघ २०७४

ठेकेदारको लापरबाहीले भक्तपुरको कमलविनायक हुँदै नगरकोट प्रवेश गर्ने मुख्य सडक निर्माण तीन वर्षदेखि अलपत्र परेको छ ।कमलविनायक भत्केको पाटीदेखि नगरकोटसम्मको १५.६ किलोमिटर सडक तीनपटक म्याद थप्दा हालसम्म बन्न सकेको छैन । सडक नबन्दा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

दोस्रो किस्ताको म्याद थपियो

दोस्रो किस्ताको म्याद थपियो

आइतबार, २८ माघ २०७४

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिइसक्ने समयावधि आगामी चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको हो । प्राधिकरणले यसअघि २०७३ पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीलाई दोस्रो किस्ताको अनुदान लिने समयसीमा गत पुस मसान्तसम्म तोकेको थियो । उक्त समयसीमाभित्र किस्ता लिन नपाएका पीडित पछिल्लो निर्णयबाट लाभान्वित हुनेछन्।

एक सय उन्नाइस उद्योगको म्याद थप

एक सय उन्नाइस उद्योगको म्याद थप

शुक्रबार, १९ माघ २०७४

उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ।

म्याद सकियो, काम अधुरै

म्याद सकियो, काम अधुरै

शुक्रबार, १९ माघ २०७४

उच्चस्तरीय शिक्षा आयोगको पाँचमहिने म्याद शुक्रबार सकिँदैछ । म्याद सकिए पनि तोकिएको जिम्मेवारी भने अधुरै रहने भएको छ । नेपालको संघीय संरचनामा प्रारम्भिक बालशिक्षादेखि विश्वविद्यालय शिक्षासम्मको समग्र नीति निर्माण, कार्यक्रम र संंगठनात्मक स्वरुपको सुधार एवं परिमार्जन गर्न आवश्यक राय पेस गर्न सरकारले आयोग गठन गरेको हो । तोकिएको समयमा आयोगले आफ्नो प्रतिवेदनको प्रारम्भिक मस्यौदामात्र तयार पार्न सकेको छ ।

अनुसन्धान गर्न म्याद थप

अनुसन्धान गर्न म्याद थप

बिहिबार, १८ माघ २०७४

अनुमति नलिई अस्पताल सञ्चालन गरेको अभियोगमा पक्राउ परेका सञ्चालक र विदेशी डाक्टरलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक साता म्याद थप गरेको छ । तीनजना सञ्चालकसहित १७ जनालाई थुनामा राखेर अनुसन्धान गर्न अदालतबाट पहिलो एक साताका लागि म्याद थप गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

म्याद थपबारे अनिर्णित

म्याद थपबारे अनिर्णित

बिहिबार, १८ माघ २०७४

सरकारले सशस्त्र द्वन्द्वकालमा भएका ‘जघन्य अपराध’ छानबिनका लागि बनेका दुई आयोगको म्याद थप गर्ने निर्णय गरे पनि आयोगहरू भने यसबारे अनिर्णित छन् । द्वन्द्वकालमा भएका घटना छानबिनका लागि बनेका सत्य निरूपण मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगले म्याद सकिनै लाग्दासमेत म्याद थप्नेबारे अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्।

ठेकेदार म्याद मागेको मागै, सरकार थपेको थप्यै

ठेकेदार म्याद मागेको मागै, सरकार थपेको थप्यै

शुक्रबार, ०५ माघ २०७४

सम्झौताअनुसार काम भएको भए यस बेलासम्म काठमाडौंको बिजुली बजारमा ५० मिटरका दुईवटा ‘आर्क ब्रिज’ निर्माण भइसकेका हुन्थे । सडक विभागले खानेपानी तथा विद्युतीय ‘युटिलिटिज’को व्यवस्थापन नगरिदिँदा निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । ठेकेदारले बारम्बार अनेक बहानाबाजी गरेर ढिलासुस्ती गरे पनि सरकारले भने म्याद थप्ने प्रक्रिया अघि बढाएको छ।

सत्य निरूपण आयोगको म्याद नथप्न माग

सत्य निरूपण आयोगको म्याद नथप्न माग

शनिबार, २२ पुष २०७४

द्वन्द्वपीडित साझा चौतारीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद थपबारे पुनर्विचार गर्न माग गरेको छ। संक्रमणकालीन न्यायका सम्बन्धमा आएका सवाल एवं चुनौतीको सम्बोधन नगरी सरकारले केबल आयोगको म्याद थप्ने मात्रै काम गरेको चौतारीको भनाइ छ।

बिबीलाई जहाज किन्न थप एक साता म्याद

बिबीलाई जहाज किन्न थप एक साता म्याद

आइतबार, १० मङि्सर २०७४

नेपाल वायुसेवा निगम सञ्चालक समितिले आफ्नो ३० वर्ष पुरानो जहाज सञ्चालनमा नरहेको निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई सात दिनभित्र खरिद गर्न दिने निर्णय गरेको छ ।

माथिल्लो कर्णाली र अरुण–३ को म्याद थप

माथिल्लो कर्णाली र अरुण–३ को म्याद थप

मङ्गलबार, २८ कार्तिक २०७४

लगानी बोर्डले बहुचर्चित माथिल्लो कर्णाली र अरुण–३ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको म्याद थप गरेको छ । माथिल्लो कर्णाली आयोजनाको वित्तीय व्यवस्थापनको म्याद असोज २ बाट लागू हुने गरी एक वर्ष र अरुण–३ आयोजनाको असोज १४ गतेदेखि लागू हुने गरी ६ महिना थपिएको हो ।

चिनियाँ कम्पनीको रद्द, भारतीयको म्याद थप

चिनियाँ कम्पनीको रद्द, भारतीयको म्याद थप

मङ्गलबार, २८ कार्तिक २०७४

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने निर्णय सरकारले रद्द गरेको छ । १२ सय मेगावाट क्षमताको जलाशययुक्त उक्त आयोजना ‘अनियमित’ र ‘हचुवा’ ढंगले चिनियाँ कम्पनीलाई दिएको ठहर गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय रद्द गरेको हो । बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णय माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको थियो जतिखेर अहिले सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस पनि सरकारमा थियो ।

चीनसँग बुढीगण्डकी खोसेकै दिन दुई भारतीय कम्पनीको म्याद थप

चीनसँग बुढीगण्डकी खोसेकै दिन दुई भारतीय कम्पनीको म्याद थप

सोमबार, २७ कार्तिक २०७४

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजा चाइना गेजुवा समूह कर्पोरेसन (सिजिजिसी) सँग खोसेकै दिन लगानी बोर्डले दुई महत्वपूर्ण आयोजना निर्माणका लागि भारतीय कम्पनीको म्याद थप गरेको छ।

राजस्व छुट हिनामिना प्रकरण : शर्मा र खड्काले म्याद बुझे

राजस्व छुट हिनामिना प्रकरण : शर्मा र खड्काले म्याद बुझे

मङ्गलबार, ०७ कार्तिक २०७४

अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचारको अभियोगमा अभियुक्तद्वय कर फस्र्योट आयोगका पूर्वसदस्य चूडामणि शर्मा र लुम्बध्वज खड्काले विशेष अदालतको म्याद बुझेका छन् ।

म्याद नाघेको पाँच वर्षपछि दुधकोशीकाे पुल ढलान

म्याद नाघेको पाँच वर्षपछि दुधकोशीकाे पुल ढलान

बुधबार, २५ असोज २०७४

मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको प्रमुख नाकाकारुपमा रहेको जयरामघाटस्थित दुधकोशीमा निर्माणाधिन आरसिसी पुल ढलान गरिएको छ । सम्झौता म्याद नाघेको ५ वर्षपछि खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी पुल पाँच दिन लगाएर ढलान गरिएको हो । बुधबारदेखि सुरु गरिएको ढलानका काम सोमबार सम्पन्न भएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताए ।

कालोपेत्र गर्ने म्याद गुज्रिँदा सव–बेस पनि बनेन

कालोपेत्र गर्ने म्याद गुज्रिँदा सव–बेस पनि बनेन

बुधबार, १८ असोज २०७४

मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ–दिक्तेल सडक कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनीले दोस्रोपटक थपिएको म्याद गुज्रिँदासमेत सव–बेसको कामसमेत पूरा गर्न सकेको छैन । हाल कालोपत्रेको काम सम्पन्न भएर सहजरूपमा सवारीसाधन आवतजावत हुनुपर्ने बेलामा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभी तथा लामा–नागार्जुन–त्रिशूली जेभीको ढिलासुस्तीका कारण सव–बेसका कामलेसमेत पूर्णता पाउन नसकेको हो।

रसुवामा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री छ्याप्छ्याप्ती

रसुवामा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री छ्याप्छ्याप्ती

शुक्रबार, ०६ असोज २०७४

उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै रसुवाको प्रमुख बजार केन्द्रहरुमा हरेक वर्ष अनुगमन हुने गर्छ। वर्षमा यति पटक अनुगमन गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था नभए पनि दशैँ आसपास सधैँ अनुगमन हुन्छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad