आइतबार, २४ कार्तिक २०७६
काठमाडौंलाई दैनिक ३५ करोड लिटर भन्दा बढी पानी आवश्यक छ। उपत्यकाको शहरी क्षेत्रमा स्थायी तथा अस्थायी गरी करिब ३५ लाख...
आइतबार, ०३ कार्तिक २०७६
मेलम्ची खानेपानी आयोजनाको ९५ प्रतिशत काम सकिएर आउँदो दुई तीन महिनामा सत प्रतिशत काम सकिने बताएका छन्, मेलम्ची खानेपानी विकास...
आइतबार, २६ असोज २०७६
एउटा खानेपानी आयोजना सम्पन्न हुन कति वर्ष लाग्ला ? सामान्यतयाः ५, १० या १५ ? तर, बुटवलमा २४ वर्षअघि सुरु...
बुधबार, १५ असोज २०७६
१५ वर्ष पुग्यो मेलम्ची आयोजना सुरु भएको। जसको उद्देश्य थियो काठमाडौँबासीलाई स्वच्छ पानी पिउन दिने। यो अवधिमा मेलम्ची आयोजना सम्पन्न...
सोमबार, १३ असोज २०७६
सम्झौताअनुसार सुरुङ निर्माणको काम भए अस्थायी हेडवक्र्स (बाँध) मार्फत मेलम्चीको पानी एक वर्षभित्र उपत्यकामा आउनेछ।
सोमबार, ०६ असोज २०७६
संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ।’देउवाले भने।
बुधबार, २५ भदौ २०७६
मेलम्चीबाट सुन्दरीजलसम्म २७ किलोमिटर सुरुङ १ वर्षअगाडि नै बनाइयो। करिब ३ प्रतिशत काम बाँकी राखेर इटालियन ठेकेदार सिएमसी ठेक्का तोडेर गयो। के कति कारणले ठेक्का तोड्ने, तोडाउनेलगायत काम भए भन्नेतिर अहिले नजाऊँ। चिनी व्यापारीले झैं मेलम्चीमा सचिवले आफूलाई ढाँटेको कुरा त प्रधानमन्त्रीज्यूले नै भन्नुभएको छ। मेलम्चीको दुर्गति हुनुमा को–को जिम्मेवार छन् भन्नेतर्फ राज्यका सम्बन्धित निकायले हेर्ने नै छन्।
सोमबार, २३ भदौ २०७६
दुईतिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीले पनि केही गर्न सकेनन् भने मुलुक फेरि कुनै न कुनै आन्दोलनतिर धकेलिन सक्छ वा कुनै कोणबाट ‘कु’ नै हुन सक्छ।
सोमबार, २३ भदौ २०७६
आन्दोलनकारीले आइतबार बिहान आयोजनाको मेलम्ची बजारस्थित साइट कार्यालयमा धर्ना दिएर नाराबाजी गरे। भुक्तानी माग गर्दै उनीहरूले शनिबार पनि साइट कार्यालय घेरेका थिए।
बुधबार, १८ भदौ २०७६
सरकारले मेलम्ची खानेपानी आयोजनाको पेटी ठेकेदारको बक्यौता रकम भुक्तानी गर्न नसकिने स्पष्ट पारेको छ।
शुक्रबार, ०६ भदौ २०७६
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो छनोट भएपछि पूर्वठेकेदार इटालियन सिएमसीका आपूर्तिकर्ता, स्थानीय बिक्रेता र मजदुरले आफ्नो बाँकी रकम भुक्तानी नपाए नयाँ कम्पनीलाई काम गर्न नदिने चेतावनी दिएका छन्।
बुधबार, ०४ भदौ २०७६
मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको सुरुङ र हेडवक्र्स (बाँध) निर्माणको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको छ। मेलम्ची खानेपानी विकास समितिले सिनो हाइड्रोलाई पर्फर्मेन्स ग्यारेन्टीसहित सम्झौता गर्न आउन भनिसकेको छ।
सोमबार, २७ साउन २०७६
जति हतारिए पनि चालु आर्थिक वर्षको त कुरै छाडौँ, २०७७ को दसैँसम्ममा पनि मेलम्चीको पानी आउने सम्भावना छैन। तर चालु आर्थिक वर्षको नीति र कार्यक्रममा उक्त योजनाको पानी काठमाडौँ ल्याउने भनिएको छ।
बुधबार, २२ साउन २०७६
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानी मन्त्री बिना मगर र सचिवका कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन्।
शुक्रबार, २७ असार २०७६
इटाली ठेकेदार सिएमसीसँग ठेक्का तोडेपछि काठमाडौँमा समयमै पानी झर्छ, कुनै फरक पर्दैन भनी प्रधानमन्त्रीलाई सचिव गजेन्द्र ठाकुर, योजना प्रमुख सूर्यराज कँडेल, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार घनश्याम भट्टराईले आश्वस्त पारेका थिए, भनिन्छ।
शुक्रबार, १३ असार २०७६
सिएमसीले छाडेर गएपछि ४८ कम्पनी र व्यक्तिहरू तथा कामदारहरूको समेत गरी उनीहरूले १ अर्ब ५३ करोड भुक्तानी पाउन बाँकी छ। मेलम्चीका ठेकेदार सिएमसी डि रेभिन्नाले कामदार र कर्मचारीहरू ८२८ जनाको तलव भत्ताबापत ८ करोड ७४ लाख रुपियाँ भुक्तानी दिन बाँकी रहेछ।
मङ्गलबार, २१ जेठ २०७६
मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ।
आइतबार, २२ बैशाख २०७६
सरकारले ठूला आयोजनाको निर्माणलाई प्राथमिकता दिने भएको छ। शुक्रबार आर्थिक वर्ष २०६६/०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ठूला आयोजना प्राथमिकतामा परेको बताएकी हुन्। लामो समयअघि सुरु गरिएका ती आयोजनाहरूको हाल भौतिक प्रगति सन्तोषजक छैन।
शुक्रबार, ०६ बैशाख २०७६
काठमाडौं महानगरपालिका वडा १ नक्सालमा यस्ता छन् समस्या
शुक्रबार, ०६ बैशाख २०७६
चर्चित पर्यटकीय क्षेत्र हेलम्बुको ‘होमस्टे’ (घरबास) गाउँ मेलम्चीघ्याङको पर्यटन व्यवसाय बौरिएको छ। विनासकारी भूकम्पपछिका झन्डै तीन वर्ष यहाँको पर्यटन व्यवसाय धर्मराउन पुगेको थियो। स्थानीयले पुनर्निर्माणलाई अघि बढाएसँगै पर्यटन व्यवसाय लयमा फर्किएको हो।
बिहिबार, ०५ बैशाख २०७६
बिहीबार काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रम मन्त्री मगरले आयोजनामा देखिएका समस्या चाँडै समाधान हुने आश्वासन दिइन्। भनिन्, ‘आयोजनाको उचित व्यवस्थापन हुनेगरी मातहतका निकायलाई काम अघि बढाउनू।
सोमबार, १८ चैत २०७५
सरकारको अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ। मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भ्ए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ। राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखी ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको हो। तीस वर्षदेखि उपत्यकाबासीको मेलम्ची सपना अझै ‘मृगतृष्णा’ जस्तै बनेको छ।
बुधबार, १३ चैत २०७५
पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको विषयलाई लिएर सत्तारुढ तथा प्रतिपक्षी दलका नेताहरुले विभिन्न टिका टिप्पणी गरिरहेको बेलामा विवेकशील नेपाली दल नयाँ तरिकाले प्रस्तुत भएको छ। उक्त आयोजनामा भएको भ्रष्टाचारको छानबिन गरी कारबाहीको माग गर्दै उक्त दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दर्ता गरेको गराएकाे हाे।
शनिबार, १८ फागुन २०७५
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्।
शुक्रबार, १० फागुन २०७५
खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना आफ्नो सफलतासँग जोडिएको विषय भएकोले यसको निर्माणमा कुनै कमी हुन नदिने बताएकी छन्। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री मगरले आयोजना सम्पन्न गर्न आफु गम्भीरताका साथ लागेको बताइन्।
मङ्गलबार, ०७ फागुन २०७५
खानेपानी मन्त्री बिना मगरले मेलम्चीको काम अघि बढाउन इटालियन कम्पनी सीएमसीलाई ल्याउने प्रयास भएको बताइन्। मंगलबार साँझ नागरिक न्यूजसँग टेलिफोनमा कुरा गर्दै मन्त्री मगरले सीएमसीलाई काममा फर्काउन आफू निरन्तर लागेको प्रस्ट पारिन्।
सोमबार, ०६ फागुन २०७५
उपत्यकालाई जीवन्त राख्न बनाइएका धेरैजसो ढुंगेधारा (ल्वहं हिति) मा पानी सुकेको दशक नाघ्यो। यसअघि सरकारी निकाय र स्थानीयस्तरबाट केही ढुंगेधारा ब्यूँताउने प्रयास र पहल पनि भए। तर, पानी खस्ने मुहान रसाउन छाडेपछि ढुंगेधाराले पानी पाएनन्। अन्ततः ढुंगेधाराको अस्तित्व नै गुम्न थाल्यो।
सोमबार, २८ माघ २०७५
उपत्यकावासीको तीन दशक लामो मेलम्ची सपना फेरि धकेलिएको छ। मेलम्ची खानेपानी आयोजना र ठेकेदार कम्पनी सिएमसी राभेनाबीचको ठेक्का रद्द भएसँगै उपत्यकावासीको मेलम्ची सपना फेरि धकेलिएको छ। आयोजना र ठेकेदार कम्पनीबीचको विवाद चर्केसँगै मेलम्चीको पानी उपत्यका कहिले भित्रिने भन्नेमा अन्योलता छाएको छ ।
बिहिबार, २४ माघ २०७५
सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडेको छ। मेलम्ची खानेपानी विकास समितिको विहिबार बसेको बोर्ड बैठकले ठेक्का सम्झौता तोड्ने निर्णय गरेको हो।
बिहिबार, १० माघ २०७५
सरकारले मेलम्ची खानेपानी उपआयोजना अघि बढाउने विषयमा बृहत् छलफल थालेको छ। सरकारले ठेकेदार कम्पनीलाई नोटिस अफ टर्मिनेसन पठाएसँगै आयोजना अघि बढाउने विषयमा विभिन्न चरणमा छलफल तीव्र पारेको मेलम्ची खानेपानी उपआयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
आइतबार, ०६ माघ २०७५
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
शुक्रबार, २० पुष २०७५
चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको दुई वर्षभित्रमा सम्पन्न गर्ने उद्देश्यले थालिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण साढे पाँच वर्ष पुग्दासमेत सम्पन्न हुन सकेको छैन। यससँगै आयोजनासमेत महँगो बन्न पुगेको छ।
बिहिबार, १९ पुष २०७५
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ९ गुफाडाँडाको राष्ट्रिय जलवायु सम्मेलनको चर्चा चलिरहँदा मेलम्ची नगरपालिका वडा नं. ६ का नेत्रबहादुर थापाले हरेक वर्ष सिँचाइका लागि ५ देखि ७ मिटर कुलोको मुहान सार्नु परेको दुःखेसो पोखे। इन्द्रावती बगरमा क्रसर उद्योग सञ्चालकहरूले मनोमानी रूपमा खोस्रिएकाले आफूहरूले हैरानी बेहोरेको किसानहरूको गुनासो थियो।
शुक्रबार, १३ पुष २०७५
संसदको विकास तथा प्रविधि समितिका सदस्यहरूले मेलम्चीको भाका बारम्बार सार्ने खानेपानीमन्त्री बिना मगर सहित आयोजनाका पदाधिकारीलाई र्याखर्याखति पारेका छन्। खानेपानी मन्त्रालयको बेवास्ताले उपत्यकावासीको मेलम्ची सपना धकेलिँदै गएको उनीहरूको आरोप छ।
मङ्गलबार, १० पुष २०७५
एक साताअघि एकतर्फी रूपमा ठेक्का तोडेर बाहिरिन खोजेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने ठेकेदार कम्पनी सिएमसीले सरकारलार्ई पत्र लेखेर काममा फर्किने प्रतिबद्धता जनाएको छ।
शुक्रबार, ०६ पुष २०७५
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीले एकतर्फी ढंगले ठेक्का तोडेसँगै सरकारले नयाँ विकल्पको खोजी गर्नुपर्ने देखिएको छ। सरकार र इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री (सिएमसी) बीचको वार्तामा समझदारी हुन नसकेसँगै सरकारले मेलम्ची आयोजनालाई निरन्तरता दिनको लागि नयाँ विकल्पको खोजी गर्नुपर्ने देखिएको छ।
शुक्रबार, ०६ पुष २०७५
७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।
बिहिबार, ०५ पुष २०७५
तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याएर सडक पखाल्ने घोषणा गरेको पनि भन्डै तीन दशक पुग्न लाग्दै छ। उनले २०४७ सालमा देखाएको मेलम्ची खानेपानी आयोजनाको त्यो सपना पूरा हुन अनेकन् कठिनाइ सामना गर्नुपरेको छ। मेलम्चीकै पानीका निम्ति राजधानीबासीले सडकको धुलो खाएको वर्षौं भइसकेको छ।
बुधबार, ०४ पुष २०७५
मेलम्ची खानेपानीको सुरुङ निर्माण गर्न सरकारले सन् २००१ मा एसियाली विकास बैंक (एडिबी)सँग ऋण सम्झौता ग-यो। सम्झौताअनुसार सन् २००७ सम्म १७ अर्ब ४३ करोड लागतमा मेलम्चीको पानी उपत्यकामा भिœयाउने लक्ष्य राखिएको थियो।
मङ्गलबार, ०३ पुष २०७५
काम नसकी भाग्न खोजेको आरोपमा सरकारले मेलम्ची खानेपानी आयोजनामा कार्यरत ठेकेदार कम्पनीको साइट कार्यालय प्रमुख क्रिस्टिनयानो क्रोजोसहित आठ ८ कर्मचारीको राहदानी नियन्त्रणमा लिएको छ। साथै सरकारले ठेकेदार कम्पनीको अढाइ अर्ब धरौटी रोक्का राख्ने चेतावनी दिएको छ।
बुधबार, १९ मङि्सर २०७५
मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले मेलम्चीलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने जानकारी दिएका छन्। उनले दिगो पर्यटन विकास गरी स्थानीयको जीविकोपार्जनमा टेवा पु्र्याउने लक्ष्य रहेको बताए।
सोमबार, १७ मङि्सर २०७५
मेलम्ची खानेपानी आयोजना समयमा सम्पन्न गर्न अझै चुनौती भए पनि ६० दिनभित्र मेलम्चीको पानी काठमाडाैं भित्र्याउने बताइएको छ। गत असोजमै उपत्यकामा मेलम्चीको पानी आउने तयारी भए पनि निर्माण कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने भएको हो।
बुधबार, ०५ मङि्सर २०७५
मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपूर्ति भुक्तानी गर्नुपर्ने भएको छ। आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको हो।
मङ्गलबार, १३ कार्तिक २०७५
खानेपानी मन्त्री बीना मगरले अन्यत्र प्रयोग भईरहेको मेलम्ची आयोजनाको गाडीहरु तत्काल फिर्ता ल्याउन मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएकी छन्।
सोमबार, १२ कार्तिक २०७५
तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए।
बिहिबार, ११ असोज २०७५
काठमाडाैं उपत्यकावासीले दुई महिनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महिनाभित्र खान पाउने भएका हुन्। मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले ६० दिनभित्र उपत्यकामा मेलम्चीको खानेपानी आइपुग्ने बताए।
शनिबार, ०२ भदौ २०७५
उपत्यकाको खानेपानी सञ्जालमा शनिबारदेखि दैनिक ३ करोड लिटर पानी थपिएको छ। सभामुख कृष्णबहादुर महराले शनिबार महांकालस्थित पानी संकलन केन्द्रमा धाराको साँचो खोलेर खानेपानी थप्ने कार्यको शुभारम्भ गरेको हो।
मङ्गलबार, ०८ साउन २०७५
ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।
बुधबार, ३० जेठ २०७५
गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौताअनुसार तोकिएको समयमा काम सम्पन्न नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गरिरहेका बेला मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको भने म्याद थपिएको छ। आयोजनाले ठेकेदारको म्याद थप्नेमात्र होइन उसको दाबीअनुसार क्षतिपूर्ति दिने तयारी पनि गरेको छ।
बिहिबार, २० बैशाख २०७५
मेलम्ची पानी छिट्टै सुन्दरीजल झर्ने सुनिश्चित देखिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकामा पाइपलाइन विस्तारको कामलाई तीव्र बनाएको छ।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।