उपत्यकाभित्रका मुख्य सडक भदाै १५ भित्रै कालोपत्रे हुने

उपत्यकाभित्रका मुख्य सडक भदाै १५ भित्रै कालोपत्रे हुने

शनिबार, १९ साउन २०७५

सरकारले कलंकी–नागढुंगा, चाबहिल–जोरपाटी सडक आगामी भदौ १५ गतेभित्र कालोपत्रे गरिसक्ने भएको छ। पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीय...

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक

एग्युरी इजिप्टको मुख्य प्रशिक्षक

शुक्रबार, १८ साउन २०७५

इजिप्ट फुटबल संघ (इएफए) ले बिहीबार हाभियर एग्युरीलाई ४ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। ...

'मुख्य न्यायाधिवक्ता सभामुख भन्दा माथि होइनन्'

'मुख्य न्यायाधिवक्ता सभामुख भन्दा माथि होइनन्'

सोमबार, १४ साउन २०७५

सरकारका कानुनी सल्लाहकारको भूमिकामा रहने मुख्य न्यायाधिवक्तालाई सभामुखको भन्दा बढि सेवा सुविधा दिन नहुने विषय संसदमा उठेको छ। ...

मुख्य न्यायाधीशसहित ३ को सरुवा

मुख्य न्यायाधीशसहित ३ को सरुवा

मङ्गलबार, १९ असार २०७५

उच्च अदालत जनकपुरको राजविराज इजलाशका मुख्य न्यायाधशिसहित ३ जना न्यायाधीशको आइतबार काज सरुवा गरिएको छ। ...

अविरल वर्षाले नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा

अविरल वर्षाले नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा

सोमबार, १८ असार २०७५

अविरल रुपमा परेको वर्षाका कारण नेपालगन्जको मुख्य सडकसहित दर्जनौ पसल डुबानमा परेका छन्। नेपालगन्जको न्युरोड, सहिद सेतु बिक चोक, घरबारी टोल लगायतस्थान डुबानमा परेको हो।

‘वायु प्रदुषण मधुमेहको मुख्य कारक’

‘वायु प्रदुषण मधुमेहको मुख्य कारक’

शनिबार, १६ असार २०७५

सन् २०१६ को अध्ययनमा हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको अमेरिकी अध्ययनले देखाएको छ। यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ।

मुख्य अभिनेत्रीबिनै  फिल्म ‘मायाङ्क’ घोषणा

मुख्य अभिनेत्रीबिनै फिल्म ‘मायाङ्क’ घोषणा

शुक्रबार, १५ असार २०७५

फिल्मको घोषणा गरिँदा प्राय फिल्मका सबै कलाकार सार्वजनिक गरेर सुटिङमा जाने गरिन्छ । तर बुधबार राजधानीमा भने एक फिल्मको घोषणा गर्दै निर्माण पक्षले फिल्मकी प्रमुख नायिका नै लुकाइदिए।

मनोज पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

मनोज पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

शुक्रबार, २५ जेठ २०७५

रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

न्युजिल्याण्डका मुख्य प्रशिक्षक हेसनले दिए राजीनामा

न्युजिल्याण्डका मुख्य प्रशिक्षक हेसनले दिए राजीनामा

बिहिबार, २४ जेठ २०७५

एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आउनै लाग्दा न्युजिल्याण्डका मुख्य प्रशिक्षक माइक हेसनले राजीनामा दिएका छन्।

राजनीतिक अस्थिरताले देशको विकास हुन सकेन:  मुख्य मन्त्री गुरुङ

राजनीतिक अस्थिरताले देशको विकास हुन सकेन: मुख्य मन्त्री गुरुङ

मङ्गलबार, २५ बैशाख २०७५

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताएका छन्।

मुख्य सुरक्षा निकाय प्रमुखविहीन हुँदा समन्वयमा समस्या

मुख्य सुरक्षा निकाय प्रमुखविहीन हुँदा समन्वयमा समस्या

सोमबार, १७ बैशाख २०७५

वैशाखको अन्तिम साता नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर समेत पुग्ने करिब निश्चित छ। स्रोतको अनुसार उनी वैशाख २८ गते जनकपुर आउने कार्यक्रम रहेको छ। आधिकारिक निकायले मोदीको जनकपुर आउने निश्चित भएपनि मिति र समय यकिन तय भइनसकेको बताइरहेको छ। मोदीले जनकपुर भ्रमण गर्ने ठ्याक्कै मिति र समय तय हुन नसकेपनि उनको सुरक्षाको लागि सम्बन्धित निकायले भने आवश्यक तयारी सुरु गरिसकेको छ।

पुनको मुख्य सहयोगी मल्ललाई सार्वजनिक

पुनको मुख्य सहयोगी मल्ललाई सार्वजनिक

शुक्रबार, ०७ बैशाख २०७५

प्रहरी मुठभेडमा मारिएका कुख्यात अपराधी मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निभाएको आरोपमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य सुजु मल्ललाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

समृद्धिको मुख्य आधार पर्यटन व्यवसाय

बुधबार, ०५ बैशाख २०७५

प्रदेश–४ सरकारले २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ र २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ को रुपमा प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । त्यस्तै २०२२ लाई ‘बृहत अन्तर्राष्ट्रियस्तरको ‘पोखरा पर्यटन वर्ष’ सञ्चालन गर्ने प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ।

समृद्धिको मुख्य कडी शिक्षाः मुख्यमन्त्री पौडेल

समृद्धिको मुख्य कडी शिक्षाः मुख्यमन्त्री पौडेल

शुक्रबार, ३० चैत २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा गुणस्तरीय र प्रभावकारी शिक्षाका लागि प्रभावकारी कार्यक्रम ल्याउने बताएका छन्। शिक्षाका माध्यमबाटै समृद्धि हासिल हुने भएकाले विद्यालय भर्ना अभियानलाई प्रभावकारी सञ्चालन गर्न प्रदेश सरकार लागि परेको उनले बताए।

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मानन्धर

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मानन्धर

बुधबार, २८ चैत २०७४

कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा अधिवक्ता विद्याभुषण मानन्धर नियुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाई बुधबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ

मङ्गलबार, २० चैत २०७४

लागू औषधविरुद्ध अभियन्ता तथा नार्कोननका प्रमुख बसन्तराज कुँवरले नेपालमा घरेलु हिंसा हुनुको मुख्य कारण लागू पदार्थ रहेको तथ्यांक पेश गरेका छन्।

प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ सम्झौता नहुने, मुख्य कार्यसूची के ?

प्रधानमन्त्रीको भारत भ्रमण : नयाँ सम्झौता नहुने, मुख्य कार्यसूची के ?

आइतबार, १८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ।

प्रदेश ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे

प्रदेश ४ को मुख्य न्यायाधिवक्तामा घिमिरे

आइतबार, २० फागुन २०७४

प्रदेश–४ को मुख्य न्यायाधिवक्तामा अधिवक्ता राजेन्द्र घिमिरे नियुक्ति हुने भएका छन्। आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न शिफारिस गर्ने निर्णय गरेको हो।

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

विकास र समृद्धिको गन्तब्यमा कही–कतै अलमल नगरौं : मुख्य मन्त्री राई

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले अब देश नयाँ चरणमा प्रवेश गरि सकेकाले विकास र समृद्धिको गन्तब्यमा सबै एक ढिक्का भएर अघि बढनुपर्ने बताएका छन् । मुख्य मन्त्रीको सपथपछि पहिलोपटक शुक्रबार (आज) इटहरीमा आयोजित औपचारिक कार्यक्रममा उनले जनताको चाहना विकास, समृद्धि र सम्पन्नता रहेकाले यसको प्राप्तिमा अब कही–कतै अलमल नगरिकन प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता जनाए।

शिक्षणदेखि मुख्य मन्त्रीसम्म

शिक्षणदेखि मुख्य मन्त्रीसम्म

सोमबार, २९ माघ २०७४

पर्यटकीय नगर रहेको प्रदेश नम्बर–४ को प्रदेश हाँक्ने जिम्मा पृथ्वीसुब्बा गुरुङले पाउने भएका छन् । एमालेले गुरुङलाई आइतबार संसदीय दलको नेता चुनेपछि प्रदेश हाँक्ने जिम्मा गुरुङको काँधमा आउने पक्का भएको हो ।

बेलायतका प्रधानमन्त्री चीनमा, व्यवसायिक सुधार मुख्य एजेन्डा

बेलायतका प्रधानमन्त्री चीनमा, व्यवसायिक सुधार मुख्य एजेन्डा

बिहिबार, १८ माघ २०७४

बेलायतकी प्रधानमन्त्री टेरेसा मे ३ दिने चीन भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेकी छन्। उनले शुक्रबार विभिन्न व्यवसायिक एजेन्डासहित चीनका राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

सिरियाली मुख्य विपक्षीद्वारा रुससँगको वार्ता अस्वीकार

शनिबार, १३ माघ २०७४

सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि भन्दै रुसले आयोजना गर्न लागेको शान्तिवार्ता सिरियाको मुख्य विपक्षी दलले अस्वीकार गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।

मुख्य मन्त्रीको कार्यालयमा सर्दै क्षेत्रीय प्रशासक

मुख्य मन्त्रीको कार्यालयमा सर्दै क्षेत्रीय प्रशासक

शुक्रबार, १२ माघ २०७४

सरकारले प्रदश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यलयको प्रशासनिक संरचना बनाएको छ । यसअनुसार, पाँच विकास क्षेत्रका क्षेत्रीय प्रशासक प्रदेश मन्त्रिपरिषद् तथा मुख्य मन्त्रीको कार्यलयमा  सचिवमा खटिएका छन्।

उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ

बिहिबार, ११ माघ २०७४

प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई विहीबार पद तथा गोपनीयताको शपथ गराएका छन्।

को बन्ला मुख्य मन्त्री ?

को बन्ला मुख्य मन्त्री ?

बिहिबार, ११ माघ २०७४

आइतबार प्रदेश सभा सदस्यहरूले (विधायक) पद तथा गोपनीयताको शपथ लिएपछि अब प्रदेश सरकार र प्रदेश मुख्यमन्त्रीको चर्चा चुलिएको छ । प्रदेश सरकारको नेतृत्व कुन दलले गर्नेदेखि मुख्यमन्त्रीको बन्ने विषयले प्रदेश २ को राजनीति तरंगित बनाएको छ।

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

कांग्रेस केन्द्रीय समिति बैठक मुख्य अजेन्डामै निस्केन निष्कर्ष

शनिबार, ०६ माघ २०७४

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकल राष्ट्रियसभा निर्वाचनमा पार्टीले अघि सार्ने उम्मेदवारको मापदण्ड तय नगरी सकिएको छ । राष्ट्रियसभा निर्वाचनलाई मुख्य अजेन्डा बनाएर प्रधानमन्त्री निवास बालुवाटारमा दुई दिनसम्म छलफल गरे पनि बैठकले उम्मेदवार छनोटको कुनै आधार तय गर्न सकेन ।

पार्किङ नै मुख्य चुनौती

पार्किङ नै मुख्य चुनौती

शुक्रबार, २८ पुष २०७४

भित्री सहरमा चारपांग्रे सवारी निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयनमा पार्किङस्थल अभावले चुनौती थप्ने देखिएको छ।

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

सर्वोच्च र उच्च अदालतमा महिला मुख्य न्यायाधीश बनाउन माग

आइतबार, २३ पुष २०७४

नेपाल बार एशोसिएशन महिला समितिले सर्वोच्च अदालत न्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीश महिलालाई नियुक्ति गर्न माग गरेको छ। बारका महिला समितिका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकको नेतृत्वमा आइतबार गएको समूहले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै न्यायाधीश नियुक्ति गर्दा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक र समावेशीतालाई ध्यान दिन माग गरिएको हो।

उच्च अदालतका मुख्य न्यायाधीशमा चारजना सिफारिश

उच्च अदालतका मुख्य न्यायाधीशमा चारजना सिफारिश

बिहिबार, २० पुष २०७४

न्यायपरिषदको बिहीवार बसेको बैठकले चार जना मुख्य न्यायाधीश नियुक्त गरेको छ । नहकुल सुवेदीलाई तुलसीपुर उच्च अदालत, उदयप्रसाद चापागाँईलाई जनकपुर उच्च अदालत, यज्ञप्रसाद बस्याललाई दिपायल उच्च अदालत र हरिकुमार पोखरेललाई सुर्खेत उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ ।

सन् २०१७ का मुख्य घटना

सन् २०१७ का मुख्य घटना

आइतबार, १६ पुष २०७४

न् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए। त्यस बाहेक उनीसँग जोडिएर उत्तर कोरिया र रुस आइनै रहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए। सन् २०१७ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ ।

एमाले पोलिटब्युरो वामदेव गाैतम निवासमा बस्ने, पार्टी एकीकरण मुख्य एजेन्डा

एमाले पोलिटब्युरो वामदेव गाैतम निवासमा बस्ने, पार्टी एकीकरण मुख्य एजेन्डा

बिहिबार, ०६ पुष २०७४

नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेलमा मुख्य सूत्रधारको भूमिका निर्वाह गरेका एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा एमाले पोलिट्ब्युरो बैठक बस्ने तयारी भएको छ। बैठकमा माअाेवादी केन्द्रसँग पार्टी एकता गर्नेबारे छलफल हुनेछ।

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

सोमबार, ०३ पुष २०७४

माओवादी केन्द्र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा हुने स्रोतले जनायो।

प्रदेश तीनको मुख्य मन्त्री मै बन्छु : पशुपति चौलागाईं

प्रदेश तीनको मुख्य मन्त्री मै बन्छु : पशुपति चौलागाईं

सोमबार, ०३ पुष २०७४

पशुपति चौलागार्इं एमाले पोलिटब्युरो सदस्य हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठा र त्याग पनि हो। अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको ३ नम्बर प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाईलाई एमाले भित्र यो प्रदेशको सम्भावित मुख्य मन्त्रीका रुपमा हेर्नेहरु थुप्रै छन्। २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटा र अहिले दोलखा २ बाट प्रदेश सभा सदस्य जितेका ५७ बर्षिय चौलागाई संग नागरिकन्युजका लागि रमेश खतिवडाले गरेको कुराकानीः

काँग्रेस पराजित हुनुमा यस्तो छ मुख्य कारण

काँग्रेस पराजित हुनुमा यस्तो छ मुख्य कारण

मङ्गलबार, २६ मङि्सर २०७४

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित परिणाम व्यहोरेपछि पार्टीभित्र र बाहिर त्यसका कारणबारेमा चर्चा हुन थालेको छ।  यही मंसिर १० र २१ गते सम्पन्न दुवै चरणका निर्वाचनमा काँग्रेसले प्राप्त गरेको प्रत्यक्षतर्फको मतपरिणाम सायदै कसैले अनुमान गरेको थियो होला। काँग्रेस नेताहरू पार्टी हारका पछाडि मुख्यरुपमा दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलले अंकगणितीय रुपमा भोट कम देखिएको आँकलन गर्न थालेका छन्।

कमल थापा हार्नुको मुख्य कारण काँग्रेससँगको गठबन्धन !

कमल थापा हार्नुको मुख्य कारण काँग्रेससँगको गठबन्धन !

आइतबार, २४ मङि्सर २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पराजित हुनुमा काँग्रेसको अन्तर्घात जिम्मेवार रहेको निष्कर्ष पार्टी पंक्तिले निकालेको छ।काँग्रेसकै कारण अध्यक्ष थापा पराजित भएको केन्द्रीय सदस्य एवं सह प्रवक्ता मोहन श्रेष्ठले जनाए।

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौं : मुख्य निर्वाचन अधिकृत

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौं : मुख्य निर्वाचन अधिकृत

मङ्गलबार, १९ मङि्सर २०७४

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।

गौचन हत्याका मुख्य योजनाकार पक्राउ

गौचन हत्याका मुख्य योजनाकार पक्राउ

आइतबार, १७ मङि्सर २०७४

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

बुथ कब्जा मुख्य चुनौती

बुथ कब्जा मुख्य चुनौती

शनिबार, ०९ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मतपरिणाम आफ्नो पक्षमा ल्याउन राजनीतिक दलले गर्ने बुथ कब्जा मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । स्थानीय प्रशासन र सुरक्षा संगठनले निर्वाचन नहुने अन्य जिल्लाका समर्थक निर्वाचन हुने जिल्लामा पुगेर सुरक्षा चुनौती थप जटिल बनाउने विश्लेषणसमेत गरेका छन् । सुरक्षा चुनौती चिर्न पर्याप्त तयारी भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्था कायम गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी गरी चार लाख सुरक्षाकर्मी खटिएका छन् ।

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

माथिल्लो तामाकोसीको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

सोमबार, ०४ मङि्सर २०७४

स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडरेस टनेल अर्थात मुख्य सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ ।

मुख्य प्रशासनिक भवनकै बिजोग

मुख्य प्रशासनिक भवनकै बिजोग

बुधबार, २९ कार्तिक २०७४

भूकम्पपछिको पुनर्निर्माणमा भइरहेको ढिलाइको उदाहरण खोज्न धेरै टाढा पुग्नु पर्दैन । मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको तस्बिरले नै पुनर्निर्माणको अवस्था प्रस्ट देखाउँछ।

मुख्य अजेन्डा पञ्चेश्वर र पश्चिम सेती

मुख्य अजेन्डा पञ्चेश्वर र पश्चिम सेती

सोमबार, २७ कार्तिक २०७४

प्रदेश नम्बर ७ का सबै निर्वाचन क्षेत्रका उम्मेदवारले पञ्चेश्वर जलविद्युत् परियोजना र पश्चिम सेती जलविद्युत् परियोजना निर्माणलाई प्रमुख चुनावी अजेन्डा बनाएका छन् । यी दुई परियोजना निर्माण भएमा प्रदेश नम्बर ७ को आर्थिक उन्नति, समृद्धि र मुहार फेरिने विश्वास उम्मेदवारहरूको छ ।

कर्णालीको मुख्य चुनावी अजेन्डा- 'उत्तरी सीमासम्म सडक'

कर्णालीको मुख्य चुनावी अजेन्डा- 'उत्तरी सीमासम्म सडक'

सोमबार, २७ कार्तिक २०७४

२०५५ सालको जिल्ला परिषद्मा हुम्ला जिविसका तत्कालीन सभापति जीवनबहादुर शाहीले एउटा प्रस्ताव पास गराउन निकै समस्या झेल्नुप¥यो । उनले चीनको सीमावर्ती हिल्साबाट हुम्लाको सिमकोट जोड्ने सडक बनाउने प्रस्ताव राख्दा आलोचकले परिषद्मै भनेका थिए, ‘यो मान्छे बहुलाउन लाग्यो कि क्या हो ? हुँदै नहुने कुरा गर्छ ।’

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

आइतबार, २६ कार्तिक २०७४

काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अाइतबार बिहानदेखि घरदैलो कार्यक्रममा सक्रिय देखिए । काठमाडौं–४ मा पर्ने मित्रपार्क, गुहेश्वरी र जय बागेश्वरी वरपर घरदैलो कार्यक्रममा निस्किएका उनले स्थानीयहरूसँग भेटघाट गरेर गुनासा सुनेका थिए।

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

विवेकशील साझा पार्टी घोषणापत्रका पाँच मुख्य विषय (घोषणापत्र पूर्णपाठसहित)

शुक्रबार, २४ कार्तिक २०७४

वैकल्पिक धारको राजनीतिको विश्वासिलो विकल्पको रुपमा हेरिएको विवेकशील साझा पार्टीले शुक्रबार चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंको सुन्धरास्थित भत्किएको धरहरा परिसरमा कार्यक्रम आयोजना गरी पार्टीले घोषणापत्र जारी गरेको हो। घोषणापत्र सार्वजनिक समारोहमा पार्टीका संयोजकहरु रवीनद्र मिश्र तथा उज्जवल थापा सहभागी थिए।

नयाँ शक्तिको प्रतिवद्धतापत्र सार्वजनिक, आर्थिक विकास र समृद्धि मुख्य नारा

नयाँ शक्तिको प्रतिवद्धतापत्र सार्वजनिक, आर्थिक विकास र समृद्धि मुख्य नारा

शुक्रबार, १० कार्तिक २०७४

नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रतिवद्धताहरु सार्वजनिक गरेको छ। राजधानीमा एक पत्रकार सम्मेलन गर्दै पार्टीले अर्थिक विकास र समृद्धिको नारा सहितको प्रतिवद्धतापत्र सार्वजनिक गर्‍यो।

अमेरिकी रक्षामन्त्रीको एसिया भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया

अमेरिकी रक्षामन्त्रीको एसिया भ्रमणको मुख्य एजेण्डा उत्तर कोरिया

सोमबार, ०६ कार्तिक २०७४

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमणको प्रमुख प्राथमिकता उत्तर कोरियाको विषय हुने बताएका छन्।  उत्तर कोरियाका कारण पछिल्लो समयमा सुरक्षा चुनौती बढेको भन्दै उनले सो धारणा राखेका हुन्। उनले यो हप्ता एसियाको भ्रमण गर्दै छन्।

मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

सोमबार, ०६ कार्तिक २०७४

सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबारको सम्पन्न बैठकले हाल गृह सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा नियुक्ति गरेको हो।

मुख्य सचिवमा तीन सचिवको दौड

मुख्य सचिवमा तीन सचिवको दौड

आइतबार, ०५ कार्तिक २०७४

मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकाश पाउने भएपछि रिक्त हुने मुख्य सचिव पदका लागि सरकारका तीन बरिष्ठ सचिवहरु प्रतिस्पर्धामा उत्रिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आइतबार, २९ असोज २०७४

मंसिर १० मा सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्बाचन सम्पन्न गर्नका लागि मुख्य निर्बाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना

आइतबार, २९ असोज २०७४

प्रतिनिधि सभा एवं प्रदेश सभाको लागि मंसिर १० गते हुने निर्वाचनका लागि रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला प्राबिधिक कार्यालयमा आज कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायधीश एव्म मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले कार्यालयको उद्‌घाटन गरे।

Ncell Footer Ad