मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

मिथिलामा एकपक्ष पहिले नै छठको तयारी सुरु

मङ्गलबार, ०५ कार्तिक २०७६

महोत्तरी सहितका मिथिला क्षेत्रमा छठ पर्वको तयारी सुरु भएको छ। अत्यन्त निष्ठा र श्रद्धापूर्वक मनाइने यो पर्वको तयारी करीब एकपक्ष...

मिथिलामा देवी प्रतिमा विसर्जन

मिथिलामा देवी प्रतिमा विसर्जन

बुधबार, २२ असोज २०७६

मिथिलामा यसपालिको दशहरा (दशैँ) पर्वका लागि स्थापित देवी प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन्। ...

मधेस प्रदेश होइन, मिथिला

मधेस प्रदेश होइन, मिथिला

मङ्गलबार, ०७ जेठ २०७६

करिब ६ महिनाको अभ्यासपछि आयोगले वैशाख १९ गते प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ। उक्त आयोगले प्रदेशको नाम...

‘मन्दिरको जग्गा हडपेर निजी घर’

‘मन्दिरको जग्गा हडपेर निजी घर’

सोमबार, १६ बैशाख २०७६

प्राचीन मिथिलाको राजधानी जनकपुरले यति बेला प्रदेश २ को अस्थायी राजधानीको पहिचान पाएको छ। त्रेता युगदेखि नै धार्मिक पहिचान बनाउन...

मिथिलाको प्रतिबिम्ब चित्रकलामा

शुक्रबार, २२ चैत २०७५

चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी शुक्रबार समापन भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा ७ दिन सम्म चलेको प्रदर्शनीमा मिथिलाको वास्तविकतालाई चित्रकार यादवले २९ चित्रका माध्यमबाट प्रस्तुत गरेकी थिइन्।

विदेशी बजारमा अजितको मिथिला कला

विदेशी बजारमा अजितको मिथिला कला

आइतबार, २६ फागुन २०७५

पिता व्यापार व्यवसायमा लागे पनि उनकी आमा भने घरमै चित्र कोर्थिन् । मिथिला समुदायमा पूजाका लागि बनाइने ‘अपिरण’ ले उनको ध्यान तानिरह्यो । आमाले ‘अपिरण’ बनाएको देखेका उनलाई आमाको त्यो कलाले मोहित बनायो ।

मिथिला कलामा विगत र वर्तमान

मिथिला कलामा विगत र वर्तमान

शुक्रबार, २५ माघ २०७५

सन १९७० को दशकमा उनी तराईबाट राजधानी छिर्दा आफ्नी आमासँग पशुपति दर्शन गर्न पुगेका थिए। पशुपतिमा बाँदरको हुल देखेपछि उनको मानसपटलमा ‘पशुपति’ सम्झने माध्यम जवान हुँदासम्म ताजै थियो। तर उनी कलाकार बनेर राजधानी छिरेर पशुपति पुग्दा ७० को दशकको बाँदरको हुल हेर्न पाएनन्। बाँदर हेर्न नपाए पनि उनले सडकबाटै टलक्क टल्केका सुनौला छानालाई दर्शन गरे।

तराईमा जितिया पर्वको रमझम, मिथिलानी महिलाको कठोर व्रत (फोटो फिचर)

तराईमा जितिया पर्वको रमझम, मिथिलानी महिलाको कठोर व्रत (फोटो फिचर)

सोमबार, १५ असोज २०७५

मिथिलानी महिलाले निष्ठापूर्वक मनाउने महान् पर्व जितिया सोमवारदेखि सुरु भएको छ। पुत्रको दिर्घायु एवं परिवारको मंगलकामना साथ महोत्तरी लगायत मिथिलाञ्चल भरिकै महिलाहरुले मनाउने जितिया पर्वका व्रतालुहरुले सोमबार आ–आफना घर र गाउँ नजिक पायक पर्ने पोखरी, नदी तलाव जलाशयमा स्नान गरेर भिजेकै लुगा लगाएर घिरौलाको पातमा जितुमाहन भगवानलाई तेल र खरी(पिना)चढाएर यो पर्वको विधिवत शुरुवात गरेका हुन।

मधुश्रावणीमा झुम्दै मिथिला

मधुश्रावणीमा झुम्दै मिथिला

शनिबार, १९ साउन २०७५

नवविवाहिताहरूले आफ्नो पतिसँगका मधुर अनुभूति साथीसंगीमाझ साटासाट गर्दा नवविवाहिताका अनुहारमा उठ्ने लाजका छाल र उत्सुकताका रङले मिथिला क्षेत्रमा यौवना छाएजस्तै लाग्छ।मिथिलाञ्चलका नवविवाहिता मिथिलानी(महिला)हरूले हर्षोल्लास र धुमधामका साथ मनाउने पर्व मधुश्रावणीको रौनकमा मिथिलाक्षेत्र रमाइरहेको छ।

मिथिला कलामा महिला हिंसा

मिथिला कलामा महिला हिंसा

शनिबार, ३० असार २०७५

तराजुको एकातिर घुम्टो लगाएकी महिला छिन् । अर्कोतिर पगरी गुथेका पुरुष छन् ।महिलातिर कार, मोटरसाइकल, गरगहनालगायत थुपै्र सामान राखिएको छ । तर, तराजुको पल्ला पुरुषतिरै ढल्केको छ।

मिथिला र मण्डनाभित्र नेपाल भारतको छवि

मिथिला र मण्डनाभित्र नेपाल भारतको छवि

सोमबार, ११ असार २०७५

नेपालको तराई भेगबाट उत्पत्ति भएको मिथिला कला र भारतको गुजरातको मण्डना कलाको इतिहास झन्डै समान छ । मिथिला कला तराई क्षेत्रको संस्कार र संस्कृतिको जग हो । त्यस्तै गुजरातको गन्धर्वपुरमा मण्डना घरघरै देख्न पाइन्छ । यी दुई कलाको संगम यतिबेला राजधानीको नेपाल कला परिषद्मा देख्न पाइन्छ।

सर्वनाममा मिथिला चित्र

सर्वनाममा मिथिला चित्र

आइतबार, १३ जेठ २०७५

दुई वर्षदेखि मिथिला चित्रकलामा क्रियाशील कलाकार पुनमकुमारी दासको एकल कला प्रदर्शनी ‘द स्टोरी अफ मिथिला पेन्टिङ’ शुक्रबारदेखि सर्वनाम आर्ट ग्यालरी, कालिकास्थानमा सुरु भएको छ । प्रदर्शनीको चित्रकार तथा प्राज्ञ एससी सुमनले उद्घाटन गरेका थिए।

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

आइतबार, ०६ फागुन २०७४

मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन्।

मिथिला कलामा महिला समानताका आह्वान

मिथिला कलामा महिला समानताका आह्वान

बुधबार, ०३ माघ २०७४

मिथिला कलामार्फत् महिला समानताका आवाज उठाउँदै आएकी कलाकार सुनैना ठाकुरको दोस्रो एकल चित्रकला प्रदर्शनी ‘समानता’ सोमबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।प्रदर्शनीको उद्घाटन गर्दै नेकपाका नेता नारायणकाजी श्रेष्ठले कलाकार सुनैनाले चित्रकलामार्फत् नेपाली महिला सशक्तीकरणका क्षेत्रमा गर्विलो आवाज उठाएको बताए ।

मिथिला संस्कृतिमय ‘राज्जा रानी’ प्रिमियर

मिथिला संस्कृतिमय ‘राज्जा रानी’ प्रिमियर

आइतबार, २३ पुष २०७४

सर्लाही बबरगन्जका शम्भु बैठा पेसाले धोबी हुन् । सर्लाहीबाटै फिल्म हेर्नका लागि जनकपुर आएका बैठाका ७ छोरी छन् । जसमध्ये दुईको बिहे भइसक्यो, ५को बाँकी छ । बैठालाई बाँकी छोरीको विवाहले चैनले सुत्न दिने गरेको छैन । तर, बिहीबार राती रामजानककी मन्दिरमा फिल्म हेरेर निस्कँदा बैठा थप चिन्तित देखिए । उनलाई चिन्तित बनाएको थियो फिल्म ‘राज्जा रानी’को कथा र दृश्यले । उनले छोरीको बिहे गर्न जुन झन्झट खप्नु परेको थियो, फिल्ममा दुरुस्त उस्तै दृश्यको बाहुल्य थियो । उनले फिल्म मधेशी जनजीवनको नजिक रहेको बताउँदै फिल्मले आफ्नै कथा भने झैं लागेको बताए ।

नाम मिथिला, कामकाजी भाषा मैथिली राख्न बहस

नाम मिथिला, कामकाजी भाषा मैथिली राख्न बहस

मङ्गलबार, ११ पुष २०७४

प्रदेश नम्बर २ मा मधेसी दलले सरकार बनाउने स्पष्ट बहुमत प्राप्त गरेसँगै यहाँको सम्भावित सत्ता समीकरणदेखि प्रदेशको नाम र सरकारी कामकाजको भाषाका विषयमा बहस सुरु भएको छ । सत्ता समीकरणमा मधेसी दलकै नेतृत्व रहने प्रस्ट भए पनि प्रदेशको सरकारी कामकाजको भाषा र नामका विषयमा टुंगो लागिसकेको छैन ।

Ncell Footer Ad