नेकपा : एकता कि गठबन्धन

नेकपा : एकता कि गठबन्धन

सोमबार, ०६ जेठ २०७६

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा भएको एक वर्ष पूरा भएको छ। दुई ठूला पार्टी मिलेर नेपाल...

नेकपाका एक वर्ष : नीति भन्दा व्यक्ति हावी

नेकपाका एक वर्ष : नीति भन्दा व्यक्ति हावी

शुक्रबार, ०३ जेठ २०७६

ठीक एक वर्ष अगाडि आजकै दिन राष्ट्रिय सभागृहको हलमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी...

द्वन्द्वको उदगमस्थलमा शान्तिको प्रतीक

द्वन्द्वको उदगमस्थलमा शान्तिको प्रतीक

शुक्रबार, ०३ जेठ २०७६

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र १० वर्षे जनयुद्धको क्रममा सबैभन्दा बढी क्षति भएको गाउँ हो महत। साविक रुकुम जिल्ला...

विप्लव माओवादीका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

विप्लव माओवादीका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

बिहिबार, ०२ जेठ २०७६

सरकारले धमाधम पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द्र ‘विप्वल’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एकजना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका...

चुनवाङको चिन्ता

चुनवाङको चिन्ता

बिहिबार, २१ चैत २०७५

चुनवाङ बैठकले तय गरेको बाटो हिँडेर माओवादीका धेरै नेताले व्यक्तिगत अनि राजनीतिक जीवनमा ‘छलाङ’ नै मारे तर त्यही चुनवाङ भने उस्तै छ, उदास र विकासको प्रतिक्षारत।

मझधारमा थवाङ

मझधारमा थवाङ

मङ्गलबार, १९ चैत २०७५

माओवादी विद्रोहको उद्गम मानिन्छ, मध्यपश्चिमका जिल्लालाई। तीमध्ये पनि रोल्पालाई खास मानिन्छ। अझ रोल्पाको पनि थवाङलाई विद्रोहको विम्बकै रूपमा हेरिन्छ, बुुझिन्छ। किनभने, झण्डै सात दशकको राजनीतिक इतिहासमा यो बस्तीले राज्यसँग पटक–पटक ‘विद्रोह’ गरेको दृष्टान्त छ।

प्रतिवन्ध घोषणा भित्रका रहस्यहरु

प्रतिवन्ध घोषणा भित्रका रहस्यहरु

मङ्गलबार, १२ चैत २०७५

सरकारले विप्लव नेतृत्वको नेकपासंग गम्भीर तरिकावाट वार्ताको प्रयास नगरिकनै जसरी प्रतिवन्धको हल्ला गर्ने तथा अपराधिक समूह भनेर मन्त्रिपरिषदले घोषणा गरी दमन गर्ने निर्णय गरेकोछ, त्यसले नेपाली राजनीतिलाई नयाँ मोड दिएको छ। यसले नेपाली राजनीतिमा नयाँ द्वन्द्वको संकेत गरेको छ।

विद्रोहको मुडमा छैन रोल्पा

विद्रोहको मुडमा छैन रोल्पा

सोमबार, ११ चैत २०७५

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो– के यो अर्को द्वन्द्वको विजारोपण हो ? सामाजिक सञ्जाल, चिया पसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहको केन्द्र मध्यपश्चिमी जिल्ला रोल्पालाई नछुुने कुरै भएन।

युद्धको अर्को खेल सुरु नहोस्

युद्धको अर्को खेल सुरु नहोस्

बिहिबार, ०७ चैत २०७५

रोल्पा थवाङ –३ मिरुलका खेमप्रसाद बुढा मगरका १० वर्ष तत्कालीन ‘माओवादी जनसेना’ बनेर बिते। यो अवधिमा ज्यानको बाजी लगाएर विभिन्न युद्धमा होमिएका उनी त्यो विगतलाई सम्झनसम्म चाहन्नन्। भन्छन्, ‘त्यो इतिहास सम्झनसम्म मन लाग्दैन।’ १० वर्षसम्म बन्दुक समातेर तत्कालीन राज्यसत्ताविरुद्ध लडेका उनले त्यो लडाइँको महत्व त्यतिबेला बुझे जतिबेला क्यान्टोनमेन्टबाट गलहत्याइए। सेना समायोजनका क्रममा सेना बन्नका लागि उमेर हद नपुगेपछि जनसेनाबाट सामान्य जीवनयापनमा फिरेका उनी अहिले घर निर्माण गर्ने व्यावसायमा छन्। त्यही व्यावसायबाटै रोजीरोटी धानेका उनी भन्छन्, ‘अब यस्ता कुनै पनि लडाइँ नहोउन्।’

‘जनसत्ता’लाई पैसा बुझाउन उर्दी

‘जनसत्ता’लाई पैसा बुझाउन उर्दी

आइतबार, ०३ चैत २०७५

सरकारले राजनीतिक रुपमा प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपा माओवादीले आफ्नो ‘जनसत्ता’लाई पैसा बुझाउन उर्दी जारी गरेको छ। विप्लव समूहले पत्र तथा फोनमार्फत स्थानीय तहदेखि व्यापारीसम्मलाई उसले कर भन्दै आर्थिक बुझाउन उर्दी जारी गरेको हो।

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही

विप्लवलाई सहयोग गर्नेलाई पनि कारबाही

बिहिबार, ३० फागुन २०७५

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेलाई पनि कारबाही गर्ने भएको छ। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहलाई प्रचलित कानून अनुसार कारबाही गरिने बताए।

विप्लव किन वार्तामा आएनन्?

विप्लव किन वार्तामा आएनन्?

बिहिबार, ३० फागुन २०७५

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै राजनीति वृत्तमा बहस सुरु भएको छ। असन्तुष्ट समूहलाई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुको सट्टा द्वन्द्व निम्त्याउने काम सरकारले नै गरेको भन्दै सरकारको आलोचना भइहेको छ। सत्तारुढ नेकपा भित्रै पनि असन्तुष्टिका स्वरहरु देखिएका छन्।

विप्लवले बाटो बिराए, केपीले नबिराउन

विप्लवले बाटो बिराए, केपीले नबिराउन

बुधबार, २९ फागुन २०७५

समकालीन राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली एक जना ‘एसर्टिभ’ नेता हुन्। कुनै बखत गिरिजाप्रसाद कोइराला यस्तै थिए, राजनीतिको मियो। राजनीति

विप्लव माओवादीसँग वार्ताबाट समाधान खोज : कमल थापा

विप्लव माओवादीसँग वार्ताबाट समाधान खोज : कमल थापा

बुधबार, २९ फागुन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दमनको माध्यमबाट नभई वार्ता र सहमतिको माध्यमबाट समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

‘सर्कुलर’ कुर्दै विप्लव कार्यकर्ता, जिल्लाभर उच्च सुरक्षा सतर्कता

‘सर्कुलर’ कुर्दै विप्लव कार्यकर्ता, जिल्लाभर उच्च सुरक्षा सतर्कता

बुधबार, २९ फागुन २०७५

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाए सगैं जिल्ला र गाउँ तहमा सुरक्षा सतर्कता बढाईएको छ। विप्लवका कार्यकर्ता भने बुधबार मध्यान्ह सम्म अन्यौलमा छन्। उनिहरु पार्टी केन्द्रको निर्णय कुरेर बसेका छन्।

विप्लव माओवादीका दुई नेता पक्राउ

विप्लव माओवादीका दुई नेता पक्राउ

मङ्गलबार, २८ फागुन २०७५

रुकुम (पश्चिम)मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ  गरेको छ। सोमबार साँझ जिल्ला कमिटी सदस्य एव ४ नम्बर एरिया उपाध्यक्ष मुकुन्द रावल र प्रतिरुप बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले जानकारी दिए।

विप्लव माओवादीप्रति कडारुपमा प्रस्तुत हुन गृहमन्त्रीको निर्देशन

विप्लव माओवादीप्रति कडारुपमा प्रस्तुत हुन गृहमन्त्रीको निर्देशन

शनिबार, २५ फागुन २०७५

गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्नका लागि कठोर रुपमा प्रस्तुत हुन सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्।

बरामद हतियार माओवादीका हैनन् : दाहाल

बरामद हतियार माओवादीका हैनन् : दाहाल

मङ्गलबार, २१ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय विभिन्न स्थानबाट बरामद हतियार क्यान्टोनमेन्टबाट हराएका सेनका हतियार भएको दाबी गरेका छन्। माओवादी क्यानटोनमेन्टमा भएका सबै हतियार उतिबेलै व्यवस्थापन गरिसकिएको भन्दै उनले माओवादीले लुकाएको हतियार भेटिएको भन्ने आरोप सत्य नभएको बताए। कम्युनिस्टहरू नमिलुन् भनेर केहि शक्ति लागिपरे पनि उनीहरूले केही बिगार्न नसक्ने उनको भनाइ थियो। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीस“ग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

एलएमजी र एम १६ सहित बिप्लवका कार्यकर्ता पक्राउ

एलएमजी र एम १६ सहित बिप्लवका कार्यकर्ता पक्राउ

बुधबार, १५ फागुन २०७५

अत्याधुनिक हतियारसहित विप्लव माओवादीका एक कार्यकर्ता प्राउ परेका छन्। उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित  पक्राउ परेको प्रहरीले जनाएको छ।

विप्लव माओवादीका नेता भुजेल पक्राउ

विप्लव माओवादीका नेता भुजेल पक्राउ

मङ्गलबार, १४ फागुन २०७५

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उच्‍च प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ?

मङ्गलबार, १४ फागुन २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो।

'माओवाद भुलेका माओवादी'

'माओवाद भुलेका माओवादी'

सोमबार, ०६ फागुन २०७५

दुई वर्षअघि सम्पन्न अधिवेशनमा माओवादलाई रोल्पाको थबाङमा छोडेर हिडेको विप्लव नेतृत्वको नेकपाले ‘माओवादी जनयुद्धको २४ औं वर्षगाठ’ सदरमुकाममा चियापान गरेर मनायो। एमालेसँग पार्टी एकता गरेको माओवादी केन्द्र सम्मिलित नेकपाले पनि रोल्पा सदरमुकाम लिबाङमै उस्तै प्रकारको चियापान गर्यो। गाउँ गाउँमा कार्यक्रम भए।

‘जनयुद्ध’को जनादेश र यो निराशा

‘जनयुद्ध’को जनादेश र यो निराशा

बिहिबार, ०२ फागुन २०७५

तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते सुरु गरिएको साढे १० वर्षे जनयुद्धले २३ वर्ष पूरा गर्दै छ। ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्ने’ रणनीतिक लक्ष्य लिएको उक्त जनयुद्धले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गरिदिएको छ। मूलतः जनयुद्धको जगमा उठेको १९ दिने जनआन्दोलनले २४० वर्षे राजतन्त्रलाई परास्त गरी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता लगायतका एजेन्डाहरू जननिर्वाचित संविधानसभाबाट संस्थागत गरेको छ।

फागुन १ का चार 'एक्सन'

फागुन १ का चार 'एक्सन'

बुधबार, ०१ फागुन २०७५

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै 'जनयुद्ध'को घोषणा गर्यो। त्यो दिन माओवादीले अपिल मात्रै जारी गरेन त्यसै राति केही फौजी 'कारबाही' समेत गरेर केही हुँदैछ भन्ने संकेत पनि दियो।

‘विचलित नेतृत्वसँगै ओइलिए सपना’

‘विचलित नेतृत्वसँगै ओइलिए सपना’

बुधबार, ०१ फागुन २०७५

रोल्पाको ‘होलेरी’ माओवादी १० वर्षे शसस्त्र विद्रोहको सुरुवाती ठाउँ हो। २०५२ साल फागुन १ मा यहाँको इलाका प्रहरी कार्यालयमा हमला गरेर तत्कालीन माओवादी विधिवत भूभिगत भएको थियो। त्यो आक्रमणका ३ जना हस्ती अहिले रोल्पाबाट निर्वाचित प्रतिनिधि छन्। प्रतिनिधिसभामा जितेका वर्षमान पुन, प्रदेशसभा (क) बाट निर्वाचित कुलप्रसाद केसी र (ख) बाट निर्वाचित दीपेन्द्र पुन ‘होलेरी’ आक्रमणका सहभागी पात्र हुन्। सो आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन उपराष्ट्रपति रहेका छन्।

१० भारतीय माओवादी मारिए

१० भारतीय माओवादी मारिए

शुक्रबार, २५ माघ २०७५

मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० माओवादी लडाकु मारिएका छन्।

अलमलमै बिते चार वर्ष

अलमलमै बिते चार वर्ष

शनिबार, १९ माघ २०७५

माओवादी ‘सशस्त्र द्वन्द्व’ का बेला भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटनाको सत्यतथ्य पत्ता लगाउने कार्यादेशसहित गठित दुई आयोगले अलमलमै चार वर्ष गुजारेका छन्। दुई वर्षभित्र काम सक्नुपर्ने कार्यादेशसहित गठित दुई आयोगले दुईपटकसम्म समय थप गर्दा पनि काम सम्पन्न गर्न नसकी सकारलाई अधुरो प्रतिवेदन बुझाउने तयारी गरेका छन्।

राष्ट्रनिर्मातामाथि राजनीति

राष्ट्रनिर्मातामाथि राजनीति

बुधबार, ०२ माघ २०७५

परिवर्तनले सबै परम्परा, स्मारक र संस्कृति अनि इतिहास निर्माताहरू सबैलाई अस्वीकार गर्नैपर्छ? साठीको दशकमा यसको उत्तरखोज्ने क्रममा चीनमा माओत्सेतुङले सांस्कृतिक क्रान्ति नै चलाएका थिए। त्यो सांस्कृतिक क्रान्ति माओवादीकालीन निरंकुश र क्रूर घटना मानिएको छ। सांस्कृतिक क्रान्तिले चीनको राजनीतिमा ‘चाण्डाल चौकडी’को प्रभुत्व स्थापित भएको थियो।

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

बुबा मुक्तिनाथको आत्माले १७ वर्षसम्म मुक्ति पाएन

बुधबार, ०२ माघ २०७५

दिन, महिना, वर्ष गन्दागन्दै बुबा मुक्तिनाथ अधिकारीको हत्या भएको अनि सत्य, न्याय र परिपूरणको अभियानमा लागेको १७ वर्ष पुगेछ। खोलामा धेरै पानी बग्यो, न्यायको नटुङ्गिने यात्रा निरन्तर जारी रह्यो, विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो, तर आम द्वन्द्वपीडितका  पीडाव्यथा, अन्याय,  सवाल र अन्यौल जहाँको त्यहीँ छ।

थापाकाे ‘बारुदमाथि उड्दा’

थापाकाे ‘बारुदमाथि उड्दा’

सोमबार, २३ पुष २०७५

देशमा राज्य र तत्कालिन माओवादीबीच भएको १० वर्षे ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘बारुदमाथि उड्दा’ पाठकमाझ आएको छ। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका थापाको पुस्तक राजधानीमा गत शनिबार पूर्व प्रधानन्यायाधीश एवं राष्ट्रिय मानअधिकार आयोगका प्रमुख अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले सार्वजनिक गरे।

‘सिक्लेस’ले जुराएको शान्ति प्रक्रिया

‘सिक्लेस’ले जुराएको शान्ति प्रक्रिया

मङ्गलबार, २५ मङि्सर २०७५

माओवादीको दशक लामो द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने पहिलो खुड्किलो थियो, सिक्लेस भेटवार्ता। त्यो बेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौलाले निकै जोखिम मोलेर तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता बाबुराम भट्टराईलाई कास्कीको सिक्लेसमा १२ वर्ष पहिले पहिलोपटक भेटेका थिए। त्यही भेटले शान्ति प्रक्रियालाई पूर्णता दिएको थियो।

द्वन्द्वको बिउ फैलिँदै

द्वन्द्वको बिउ फैलिँदै

शुक्रबार, ०७ मङि्सर २०७५

दुई दशकअघि तत्कालीन माओवादीले गरेको जनसत्तामा लिखत पास गर्ने निर्णय पालना नगर्नेलाई मध्यपश्चिमका कतिपय स्थानीय सरकारले ‘ठग’ मान्ने निर्णय गरेपछि समाजमा अर्को द्वन्द्वको बिउ उम्रन थालेको छ।

पूर्व लडाकूद्वारा गृहमन्त्रीकै अघि विष सेवन

पूर्व लडाकूद्वारा गृहमन्त्रीकै अघि विष सेवन

बुधबार, ०५ मङि्सर २०७५

माओवादीका पूर्व लडाकूले गृहमन्त्री रामबहादुर थापाकै अघि विष सेवन गरेका छन्। थापालाई भेट्न गृहमन्त्रालय पुगेका पूर्व लडाकू दुर्गाप्रसाद भट्टराईले गृहमन्त्रीकै अघि किटाणु मार्ने विष सेवन गरेका हुन्।

बालुवाटार आउनु अघि गिरिजा बाबुलाई पोखरामै भेट्न चाहन्थे दाहाल र भट्टराई

बालुवाटार आउनु अघि गिरिजा बाबुलाई पोखरामै भेट्न चाहन्थे दाहाल र भट्टराई

बुधबार, ०५ मङि्सर २०७५

जनआन्दोलन ०६२/०६३ ले सफलता पाएपछि नेकपा माओवादीका नेताहरु गिरिजाप्रसाद कोइरालालाई भेट्न चाहन्थे भने कोइराला तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई। दुवै तर्फबाट यसको चाँजो मिलाइदै थियो।

‘लडाकु’ बाट सेनामा रुपान्तरण

‘लडाकु’ बाट सेनामा रुपान्तरण

बुधबार, ०५ मङि्सर २०७५

एक हजार तीन सय १३ लडाकुको नेतृत्व गरेर नेपाली सेनामा छिरेका यमबहादुर अधिकारी अहिले महासेनानी भएका छन् । माओवादी शान्तिप्रक्रियामा आएपछि लडाकुलाई सातवट मुख्य शिविरमा राखिएको थियो । अधिकारी इलाम चुलाचुली शिविरका कमान्डर थिए । उपसेनानीमा प्रवेश पाएका अधिकारी प्रमुख सेनानी हुँदै महासेनानी भएका हुन् । लडाकुबाटै नेपाली सेनामा छिरेका वासुदेव घिमिरे र पदम तामाङसमेत प्रमुख सेनानीमा कार्यरत छन् ।

दोरम्बा घटनाका पीडित परिवारको प्रश्न : हामीले कहिले न्याय पाउँछौं ?

दोरम्बा घटनाका पीडित परिवारको प्रश्न : हामीले कहिले न्याय पाउँछौं ?

बिहिबार, ३१ साउन २०७५

सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीको शान्ति वार्ता चलिरहेको समयमा २०६० साउन ३२ गते भएको दोरम्बा हत्याकाण्ड पश्चात मुलुकमा ११ वटा सरकारका नेतृत्व परिवर्तन भए। त्यसमा पनि ६ पटक त कम्युनिष्टकै नेतृत्वमा सरकार बन्यो। तर १५ बर्षदेखि आँखा रसाउँदै बसेका पीडितहरुलाई राज्यले अझै पनि सम्बोधन गर्न सकेको छैन।

फेरिदै माओवादी विद्रोहको सुरुवाती ठाउँ ‘होलेरी’

फेरिदै माओवादी विद्रोहको सुरुवाती ठाउँ ‘होलेरी’

बुधबार, १३ असार २०७५

रोल्पाको होलेरीले मुहार फेर्दैछ। २०५२ फाल्गुन १ गतेको होलेरी आक्रमणका ३ जना हस्तीहरु बर्षमान पुन, कुलप्रसाद केसी सोनाम र दिपेन्द्र पुन सिजल निर्वाचित प्रतिनिधि हुन् भने आक्रमणका मुख्य पात्र नन्दबहादुर पुन अहिले उपराष्ट्रपति छन्।

द्वन्द्वकालका ‘माओवादी स्वास्थ्यकर्मी’ लाई सरकारी मान्यता

द्वन्द्वकालका ‘माओवादी स्वास्थ्यकर्मी’ लाई सरकारी मान्यता

मङ्गलबार, ०८ जेठ २०७५

तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिन प्रक्रिया अघि बढाएको छ।

एमाले नाफामा, माओवादी  ऋणमा

एमाले नाफामा, माओवादी ऋणमा

सोमबार, ०७ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्ये आर्थिक रूपमा एमाले धनी रहेको पाइएको छ। एमालेको दैनिक आम्दानी करिब चार लाख रुपैयाँ देखिएको छ भने माओवादी केन्द्रको यस्तो आम्दानी रहेको पाइँदैन। माओवादी उल्टै १३ करोड रुपैयाँ ऋणमा डुबेको देखिएको छ।

माओवादी केन्द्र पुनर्गठन गर्न किरातीको आग्रह

माओवादी केन्द्र पुनर्गठन गर्न किरातीको आग्रह

शनिबार, ०५ जेठ २०७५

माओवादी नेता गोपाल किरातीले नेकपा माओवादी केन्द्र पुनर्गठनका लागि आग्रह गरेका छन्। माओवादी केन्द्र एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेको दोस्रो दिन शुक्रबार नेता किरातीले विचार, भावना र इतिहासको एकीकृत निरन्तरताका लागि नेकपा माओवादी केन्द्र पुनर्गठन अभियानमा जुट्न आग्रह गरेका हुन्।

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

बिहिबार, ०३ जेठ २०७५

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ।

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

'माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के?’

बिहिबार, ०३ जेठ २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको विषयमा अन्य पार्टीका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।  माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टीको संयोजक बनेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टी एकताको विषयमा ट्वीट गर्दै भनेका छन्, ‘नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५ औँ स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन आजैका दिन एमाले माओवादी केन्द्र विलयको घोषणाको कुनै सांकेतिक अर्थ ?

फोरमसँग एकताबारे छलफल भएको छैन् : माओवादी केन्द्र

फोरमसँग एकताबारे छलफल भएको छैन् : माओवादी केन्द्र

मङ्गलबार, ०१ जेठ २०७५

नेकपा माओवादी केन्द्रका नेता चक्रपाणि खनालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताबारे बाहिर भएजस्तो आशंका नरहेको स्पष्ट पारेका छन्।

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

मङ्गलबार, २५ बैशाख २०७५

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ।

एमाले र माओवादी विघटनको दिशामा : दाहाल

एमाले र माओवादी विघटनको दिशामा : दाहाल

शनिबार, २२ बैशाख २०७५

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको दल र एमाले केही दिनमै विघटन भई नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन्।

माओवादी विद्यार्थीले जिशिअको कुर्सी जलाए, दुई पक्राउ

माओवादी विद्यार्थीले जिशिअको कुर्सी जलाए, दुई पक्राउ

मङ्गलबार, ११ बैशाख २०७५

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जिल्ला शिक्षा अधिकारीको कुर्सी जलाएपछि प्रहरीले दुई विद्यार्थी नेतालाई पक्राउ गरेको छ।

तीन घण्टापछि एमाले- माओवादी कार्यक्रम, दुई ब्यानर

तीन घण्टापछि एमाले- माओवादी कार्यक्रम, दुई ब्यानर

आइतबार, ०९ बैशाख २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस तथा लेनिन जयन्ती संयुक्तरुपमा मनाउने प्रयास गरे पनि यसको सुरुवातमै ढुंगो लाग्यो। कार्यक्रमको लागि बनाइएको ब्यानरमा माओवादी कार्यकर्ताको अनसन्तुष्टि रह्यो।

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

माओवादी सचिवालय बैठकको निष्कर्ष : एकता सम्मानजनक हुनुपर्छ

आइतबार, ०९ बैशाख २०७५

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमालेसँगको एकता सम्मानजनक हुनु पर्ने बताएका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकमा बोल्ने अधिकांस नेताहरुले एकताको नाममा निहुरिएर जान नहुने धारणा राखेका हुन्।

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

माओवादी केन्द्रीय कार्यालय बैठक जारी : पार्टी एकताबारे छलफल

आइतबार, ०९ बैशाख २०७५

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ। दाहाल निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए।

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

मनोज पुनको अपराधमा माओवादी र युवा संघ नेताको साथ

बुधबार, ०५ बैशाख २०७५

प्रहरी इन्काउन्टरमा मारिएका कुख्यात गुण्डा मनोज पुनको संगठित अपराधमा माओवादी र युवा संघका युवा नेता तथा व्यवसायीकै संलग्नता रहेको खुलेको छ।