प्रदेश १ मा थपिए चार जना राज्यमन्त्री

प्रदेश १ मा थपिए चार जना राज्यमन्त्री

आइतबार, ०५ माघ २०७६

प्रदेश १ को मन्त्रिपरिषद विस्तार भएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले थपिएका चार जना राज्यमन्त्रीलाई पद तथा गोपनियताको...

मन्त्रिपरिषद् निर्णयः अवैध रुपमा भित्रिएको रक्तचन्दन फिर्ता गरिने

मन्त्रिपरिषद् निर्णयः अवैध रुपमा भित्रिएको रक्तचन्दन फिर्ता गरिने

बिहिबार, ०२ माघ २०७६

अवैध रुपमा नेपाल भित्रिएको रक्तचन्दन आगामी ९० दिनभित्र भारत फिर्ता गरिने भएको छ। नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बिन्धत अधिकारीलाई...

नवनियुक्त मन्त्रीले लिए सपथ

बिहिबार, ०५ मङि्सर २०७६

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई सपथ गराइन्। ...

मन्त्रिपरिषद पुनर्गठनअघि नेकपा सचिवालय बैठक

मन्त्रिपरिषद पुनर्गठनअघि नेकपा सचिवालय बैठक

बुधबार, ०४ मङि्सर २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिपरिषद हेरफेरबारे छलफल गर्ने...

मन्त्रिपरिषदका १५ निर्णयः सेना परिचालनदेखि विश्व बैंकको १३ अर्ब ऋणसम्म

मन्त्रिपरिषदका १५ निर्णयः सेना परिचालनदेखि विश्व बैंकको १३ अर्ब ऋणसम्म

बिहिबार, २१ कार्तिक २०७६

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेको छ। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सन्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेका १५ निर्णयमा उपनिर्वाचनमा सेना परिचालनदेखि विश्व बैंकको ऋण सहायता स्वीकार गर्नेसम्म रहेका छन्।

सिंगापुरदेखि काठमाडौं भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

सिंगापुरदेखि काठमाडौं भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

सोमबार, ०९ भदौ २०७६

उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक राखेका छन्। भिडियो कन्फ्रेन्सबाट पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

विद्युतीय बस सञ्चालनका लागि सरकारले साझा यातायातलाई दियो ३ अर्ब

बिहिबार, ०२ साउन २०७६

सरकारले विद्युतीय बस सञ्चालनका लागि साझा यातायात प्रालिलाई ३ अर्ब दिने निर्णय गरेको छ।

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेक’

तरकारीमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयमा सर्वोच्चको ‘ब्रेक’

बुधबार, २५ असार २०७६

भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारकाे निर्णय कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश दिएको हो।

मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी

मङ्गलबार, २४ असार २०७६

बैठकका अजेन्टा सार्वजनिक नगरिएको भए पनि केही महत्वपूर्ण निर्णय हुने स्रोतको दाबी छ। सोमबार दिउँसो ४ बजे पनि मन्त्रिपरिषद बैठक बसेको थियो।

मन्त्रिपरिषदको निर्णयमाथि नै भारतको आपत्ति

मन्त्रिपरिषदको निर्णयमाथि नै भारतको आपत्ति

बिहिबार, १९ असार २०७६

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले मन्त्रिपरिषद् निर्णय मार्फत कानून बनाइ जाँच गर्न थालेपछि भारतले आपत्ति जनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर उक्त निर्णयमाथि आपत्ति जनाएको हो।

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

बिहिबार, १२ असार २०७६

सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता रद्द गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीयको नागरिक रद्द गर्दै कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो।

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

ईदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

बिहिबार, १६ जेठ २०७६

सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईदमा जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मुस्लिम समुदायको ठूलो पर्व ईद उल फित्रको अवसरमा जेठ २३ मा बिदा निर्णय भएको बताए।

नीतिगत र प्रशासनिक निर्णय छुट्याउन आयोगको निर्देशन

नीतिगत र प्रशासनिक निर्णय छुट्याउन आयोगको निर्देशन

मङ्गलबार, १४ जेठ २०७६

‘अख्तियारलाई छल्न मन्त्रालयबाट निर्णय गर्नुपर्ने सार्वजनिक खरिद तथा आर्थिक कारोबारका विषयलाई समेत निर्णयका लागि मन्त्रिपरिषद्मा प-याउने प्रवृत्ति बढेको छ।’

दुई एआईजीको सरुवा

दुई एआईजीको सरुवा

मङ्गलबार, २४ बैशाख २०७६

नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ। एआईजीपी पुष्कार कार्की र धिरु बस्न्यताको सरुवा भएको हो। गत १७ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो।

पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल

पाकिस्तान मन्त्रिपरिषदमा व्यापक फेरबदल

शुक्रबार, ०६ बैशाख २०७६

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेका छन्।

प्रदेश नम्बर दुईको मन्त्रिपरिषद बैठक बोलाइयो

प्रदेश नम्बर दुईको मन्त्रिपरिषद बैठक बोलाइयो

सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरी पछि दुई नम्बर प्रदेश सरकारले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएको छ।

निर्देशन टेर्दैनन् स्थानीय सरकार

निर्देशन टेर्दैनन् स्थानीय सरकार

आइतबार, १७ चैत २०७५

हरेक स्थानीय तहलाई जस्तै दाङस्थित बबई गाउँपालिकालाई पनि संघीय सरकारमार्फत निर्देशन आयो– एक करोड रुपैयाँभन्दा माथिका योजनामा मात्रै डोजर प्रयोग गर्नू। केही समयअघि मन्त्रिपरिषद्बाटै भएको यो निर्णय कार्यान्वयनका लागि गरिएको निर्देशनलाई बबई गाउँपालिकाले लत्याइदियो।

कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

कर भन्दै चन्दा उठाउनेलाई छोडिन्न : सञ्चारमन्त्री बाँस्कोटा

बिहिबार, १४ चैत २०७५

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ट्याक्सको रुपमा चन्दा उठाउने जो कसैलाई सरकारले नछोड्ने बताएका छन्।

पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला

पानीजहाज कार्यालयको रजिष्ट्रारमा कोइराला

बिहिबार, १४ चैत २०७५

सरकारले पानीजहाज कार्यालयको रजिष्ट्रारमा ऋषिराज कोइरालालाई नियुक्त गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १४ गते एकान्तकुनामा पानी जहाज कार्यालयको उद्‍घाटन गरेका थिए।

नेपाल ट्रस्टको जग्गा व्यक्तिका नाममा

नेपाल ट्रस्टको जग्गा व्यक्तिका नाममा

बिहिबार, १४ चैत २०७५

नेपाल ट्रस्ट धनी रहेको एक सय ७३ रोपनी पाँच पैसा जग्गा गैरकानुनी रुपमा व्यक्तिको नाममा बनाएको तथ्य फेलापरेको छ। मन्त्रिपरिषद्बाट निर्णय भएको देखाएर नेपाल ट्रस्ट धनी रहेको थानकोट, मातातीर्थ, इचंगु र सतुंगलका जग्गा योजनाबद्ध तरिकाले मालपोत कार्यालय कलंकीबाट व्यक्तिको बनाइएको हो।

रेल किन्न सरकारले छुट्यायो ८४ करोड, चलचित्र विकास बोर्डमा भट्टराई नियुक्त

रेल किन्न सरकारले छुट्यायो ८४ करोड, चलचित्र विकास बोर्डमा भट्टराई नियुक्त

बिहिबार, ०७ चैत २०७५

सरकारले रेल खरिदका लागि बजेट छुट्याएको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको मन्त्रिपरिषद निर्णयअनुसार जयनगर–जनकपुर–बर्दिवास रुटका लागि नेपालको आफ्नै रेल खरिद गर्न ८४ करोड ६५ लाख बजेट छुट्याइएको हो। सञ्चारमन्त्री गोकुल बास्कोटाले रेल किन्न प्रारम्भिक बजेट विनियोजन गरिएको बताए।

प्रधानमन्त्रीले सेना परिचालनको विषय सोझै मन्त्रिपरिषदमा लान पाउने

प्रधानमन्त्रीले सेना परिचालनको विषय सोझै मन्त्रिपरिषदमा लान पाउने

शनिबार, ०२ चैत २०७५

मुलुकमा गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक नै नबोलाई सेना परिचालन गर्ने विषय मन्त्रिपरिषद्मा लैजान पाउने व्यवस्था राखेर विधेयक ल्याइएको छ। प्रतिनिधिसभामा शुक्रबार दर्ता भएको ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार’सम्बन्धी विधेयकमा भनिएको छ, ‘गम्भीर राष्ट्रिय संकट उत्पन्न भएमा वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्नेछ।’ राष्ट्रिय सुरक्षा विधेयक

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

आइतबार, १९ फागुन २०७५

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै छ। शनिवार राती निधन भएका पुराना कम्युनिस्ट नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलाई दिइने सम्मान र श्रद्धाञ्जलिबारे निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठक १० बजे बस्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

विदेशी बैंकमा पैसा राख्नेमाथि निगरानी

विदेशी बैंकमा पैसा राख्नेमाथि निगरानी

मङ्गलबार, ०८ माघ २०७५

व्यवसायी घरानाले स्विस बैंकमा पैसा राखेको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री कार्यालयले सम्पत्ति शुद्धीकरण विभागलाई अनुसन्धान गर्न निर्देशन दिएको छ। कानुन कानुन

मेलम्ची ठेक्का तोड्न पत्राचार

मेलम्ची ठेक्का तोड्न पत्राचार

सोमबार, ०७ माघ २०७५

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ। मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो।

'कागजकाे हाेइन साँच्चीकैकाे पानी जहाज सुरु गर्दैछाैं'

'कागजकाे हाेइन साँच्चीकैकाे पानी जहाज सुरु गर्दैछाैं'

बिहिबार, ०३ माघ २०७५

सरकारले पानी जहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने भएको छ। नेपाल पानी जहाज कार्यालयको स्थापनाका लागि सरकारले कार्यालयको संगठन संरचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ।

विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी

विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी

बिहिबार, ०३ माघ २०७५

संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित राजदूतको सुनुवाइ जारी छ। समितिको बैठक सिंहदरवारमा बसिरहेको छ। बैठकमा फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ भइरहेको छ। दुबै राजदूतले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्।

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै, प्रस्तावित राजदूतको सुनुवाइ हुने

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै, प्रस्तावित राजदूतको सुनुवाइ हुने

बिहिबार, ०३ माघ २०७५

संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। प्रस्तावित राजदूतको सुनुवाइ गर्न विहान ११ बजे सिंहदरवारमा बैठक बस्ने सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार आज फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ हुनेछ।

तीन सय विद्युतीय बस किन्ने सरकारको निर्णय

तीन सय विद्युतीय बस किन्ने सरकारको निर्णय

बिहिबार, १२ पुष २०७५

सरकारले काठमाडौं उपत्यकामा गुडाउने गरी ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

प्रदेश तीनले विश्वविद्यालय गठन गर्ने

प्रदेश तीनले विश्वविद्यालय गठन गर्ने

सोमबार, ०९ पुष २०७५

तीन नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने भएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय गठन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

बिहिबार, २७ मङि्सर २०७५

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन। सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक

बिहिबार, १३ मङि्सर २०७५

सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक भएका छन्। सञ्चारमन्त्री गोकुल बाँसकोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन्।

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् गठन

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् गठन

मङ्गलबार, १३ कार्तिक २०७५

श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराएका छन्। राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, मन्त्रिपरिषद बैठक तीन बजे

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, मन्त्रिपरिषद बैठक तीन बजे

आइतबार, ११ कार्तिक २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि स्थगित भएको मन्त्रिपरिषद बैठक आज तीन बजेलाई बोलाइएको छ। स्वास्थ्य विग्रिएपछि शुक्रबार मन्त्रिपरिषद बैठक स्थगित भएको थियो भने शनिबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापानमा ओली जान सकेका थिएनन्।

प्रदेश ५ मन्त्रिपरिषद बैठक : १५ बिधेयक निर्माणका लागि स्विकृती

प्रदेश ५ मन्त्रिपरिषद बैठक : १५ बिधेयक निर्माणका लागि स्विकृती

आइतबार, २१ असोज २०७५

प्रदेश ५ सरकारले १५ प्रकारका र विभिन्न ऐन निर्माणका लागि बाटो खुलाएको छ। मन्त्रिपरिषदको आईतवार बसेको बैठकले विधेयक निर्माणका लागि १५ वटा अवधारणा पत्रमा सैद्धान्तिक स्विकृती दिने निर्णय गरेको हो।

अब कर्णाली प्रदेशमा पेपरलेस मन्त्रिपरिषद्

अब कर्णाली प्रदेशमा पेपरलेस मन्त्रिपरिषद्

शनिबार, ०९ भदौ २०७५

कर्णाली प्रदेश सरकारले शनिबारदेखि मन्त्रिपरिषद् बैठकलाई ‘स्वचालित प्रणाली’ बाट सञ्चालन गरेको छ। डिजिटल कर्णाली प्रदेशका रुपमा विकास गर्ने लक्ष्यसहित मन्त्रिपरिषद् बैठकबाट त्यसको सुरुवात गरिएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृषि मन्त्री विमला केसीले जानकारी दिइन्। कागजका ठेली बोकेर मन्त्रिपरिषद् बैठकमा पुग्ने मन्त्रिपरिषद्का सदस्यहरु शनिबार हातहातमा ल्यापटप बोकेर पुगेका थिए।

सरकारको निष्कर्ष : कञ्चनपुर घटनालाई केही तत्वले उत्तेजक बनाउन खोजे

सरकारको निष्कर्ष : कञ्चनपुर घटनालाई केही तत्वले उत्तेजक बनाउन खोजे

शुक्रबार, ०८ भदौ २०७५

सरकारले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कानूनी दायरामा ल्याएरै छाड्ने जनाएको छ। पन्तका हत्यारालाई कारवाहीको माग गर्दै मंगलबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा जारी स्थानीयको आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सनी खुनाको मृत्युपछि शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।

सरकारले गठन गर्‍यो सार्वजनिक खर्च पुनरावलोकन आयोग

सरकारले गठन गर्‍यो सार्वजनिक खर्च पुनरावलोकन आयोग

आइतबार, ०३ भदौ २०७५

मन्त्रिपरिषदले डा. डिल्लीराज खनालको अध्यक्षतामा सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको छ। आयोग पाँच सदस्यीय हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। आयोगका अध्यक्षको सुविधा राज्यमन्त्री सरह हुने छ।

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

मन्त्रिपरिषद बैठक : कृषि, भूमि तथा सहकारी मन्त्रालय फुट्यो, नयाँ मन्त्री को ?

बिहिबार, १० साउन २०७५

सरकारले कृषि, भूमि तथा सहकारी मन्त्रालय फुटाएको छ। स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई फूल मन्त्री बनाउन विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएको हो।

प्रधानमन्त्री चीन उड्नुअघि मन्त्रिपरिषद बैठक, यस्ता छन् निर्णयहरू

प्रधानमन्त्री चीन उड्नुअघि मन्त्रिपरिषद बैठक, यस्ता छन् निर्णयहरू

सोमबार, ०४ असार २०७५

सरकारले बैठकले उच्चस्तरीय शिक्षा आयोगलाई पुनःगठन गरेको छ।

मन्त्रिपरिषद बैठक : चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय

मन्त्रिपरिषद बैठक : चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय

मङ्गलबार, ०४ बैशाख २०७५

सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ। प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

मन्त्रिपरिषद बैठक बस्दै, दुवै प्रहरीको आईजिपी नियुक्ति गर्ने

मन्त्रिपरिषद बैठक बस्दै, दुवै प्रहरीको आईजिपी नियुक्ति गर्ने

मङ्गलबार, २७ चैत २०७४

नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजिपी) नियुक्तिको लागि मन्त्रिपरिषद बैठक बस्दै छ।

प्रदेश ७ मन्त्रिपरिषद बैठक : विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

प्रदेश ७ मन्त्रिपरिषद बैठक : विभिन्न समितिको जिम्मेवारी बाँडफाँड

बुधबार, १६ फागुन २०७४

प्रदेश नम्बर ७ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारभित्र रहने विभिन्न समितिको नेतृत्वको जिम्मेवारी तोकेको छ।

प्रदेश २ मा मन्त्रिपरिषद विस्तार, ४ मन्त्री र ३ राज्यमन्त्री थपिए

प्रदेश २ मा मन्त्रिपरिषद विस्तार, ४ मन्त्री र ३ राज्यमन्त्री थपिए

बुधबार, १६ फागुन २०७४

प्रदेश नम्बर २ मा बुधबार मन्त्रिपरिषद विस्तार भएको छ। मुख्यमन्त्री लालबाबु राउतले आफ्नो मन्त्रिमण्डलमा ४ मन्त्री र ३ राज्य थप्दै विस्तार गरेका हुन्।

प्रदेश तीनको मन्त्रिपरिषद विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ?

प्रदेश तीनको मन्त्रिपरिषद विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ?

बुधबार, १६ फागुन २०७४

रदेश नम्बर तीनको मन्त्रिपरिषद आज विस्तार हुँदैछ। मुख्यमन्त्री डोरमणि पौडेलले ४ मन्त्री थप्दै मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्। यस अघि माओवादीबाट शालिकराम जमरकट्टेलले आन्तरिक मामिला तथा कानून मन्त्रालय र एमालेबाट केशव स्थापितले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सम्हालिसकेका छन्।

मन्त्रिपरिषद विस्तार, ४ मन्त्री थपिए

मन्त्रिपरिषद विस्तार, ४ मन्त्री थपिए

सोमबार, १४ फागुन २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्।

मन्त्रिपरिषद विस्तारमा अन्यौल

मन्त्रिपरिषद विस्तारमा अन्यौल

सोमबार, ०७ फागुन २०७४

प्रदेशमा बाँकी रहेका मन्त्रालयको पूर्णताबारे अन्यौल कायमै रहेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन ४ गते ४ सदस्यीय मन्त्रीपरिषद विस्तार गरे पनि अझै मन्त्रिपरिषदले पूर्णता भएको छैन। प्रदेशमा रहने बाँकी तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्न बाँकी छ।

प्रदेश ४ को मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीद्वारा शपथ

प्रदेश ४ को मन्त्रिपरिषद विस्तार, दुई मन्त्रीद्वारा शपथ

शुक्रबार, ०४ फागुन २०७४

प्रदेश नं ४ का नवनियुक्त आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश नम्बर १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

प्रदेश नम्बर १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार

बिहिबार, ०३ फागुन २०७४

प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गरेका छन्। राईले सपथसँगै ४ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

मन्त्रिपरिषद बैठक बोलाइयो

मन्त्रिपरिषद बैठक बोलाइयो

बुधबार, ०२ फागुन २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक केहीबेरमा बस्ने कानुनमन्त्री यज्ञबहादुर थापाले बताए।

Ncell Footer Ad