मालपोत प्रमुखकै मिलेमतोमा गौर राइस मिलको जग्गा बेचिँदै

मालपोत प्रमुखकै मिलेमतोमा गौर राइस मिलको जग्गा बेचिँदै

सोमबार, ०२ असार २०७६

गौरको मुटुको रुपमा रहेको राइस मिल फिल्ड जिल्ला मालपोत कार्यालय रौतहटकैमिलेमतोमा बेचिन थालेको रहस्य खुलेको प्रमाण फेला परेको छ। मालपोत...

अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव

अनुसन्धान नसकिएपछि दुई महिना थप्न प्रस्ताव

सोमबार, ०२ असार २०७६

अहिले बालुवाटारको हडपिएको सो जग्गामा सयभन्दा बढी व्यक्ति भोगाधिकारी छन्। ...

ललितानिवासको जग्गा हडप्नेविरुद्ध मुद्दा चलाउन सिफारिस

ललितानिवासको जग्गा हडप्नेविरुद्ध मुद्दा चलाउन सिफारिस

सोमबार, २७ जेठ २०७६

फौजदारी न्यायसम्बन्धी प्रावधान अनुसार साबिकको कानुन उल्लंघन गरेको तर कसुर गरेपछि नयाँ कानुन बनेको अवस्थामा जुन कानुनमा थोरै सजाय हुन्छ...

गुठी मास्न भूमाफियाको इसारामा सरकारले विधेयक ल्याएको आरोप

गुठी मास्न भूमाफियाको इसारामा सरकारले विधेयक ल्याएको आरोप

सोमबार, २७ जेठ २०७६

सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले सरकारले भूमाफियालाई बल पुग्ने गरी गुठी विधेयक ल्याएको आरोप लगाए। ...

महानगरको २१ कित्ता जग्गा गायब

महानगरको २१ कित्ता जग्गा गायब

सोमबार, २७ जेठ २०७६

नगरप्रमुखले मागेको विवरण उपलब्ध नगराएपछि जग्गा व्यक्तिका नाममा पु¥याउन कर्मचारीकै मिलेमतो रहेको अनुमानलाई बल पुगेको छ।

निकुन्जको एक बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा

निकुन्जको एक बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा

आइतबार, २६ जेठ २०७६

बर्दिया राष्ट्रिय निकुन्जको एक बिघा जग्गा अतिक्रमणको चपेटामा परेको छ। कोहलपुर–सुर्खेत राजमार्ग खण्ड निर्माणका क्रममा सडक डिभिजन कार्यालय, बाँकेले उपकरण राख्न प्रयोग गरेको बाँसगढी नगरपालिका–१, चेपाङस्थित एक बिघाभन्दा बढी जग्गा अतिक्रमण भएको पाइएको छ। मध्यवर्ती क्षेत्रमा पर्ने सो जग्गा निकुन्जको स्वामित्वमा हुने व्यवस्था ऐनमा छ।

पशुपतिको दुई सय ३१ रोपनी जग्गा गायब

पशुपतिको दुई सय ३१ रोपनी जग्गा गायब

शुक्रबार, २४ जेठ २०७६

पशुपतिको जग्गामा भूमाफियाको चलखेल छ। २०१८ सालदेखिको अभिलेख पाउन सकिएको छैन।

दोषी जोगाउन मन्त्रीबाटै चलखेल

दोषी जोगाउन मन्त्रीबाटै चलखेल

सोमबार, २० जेठ २०७६

सचिवले तयार पारेको प्रस्तावलाई फितलो बनाउँदै भूमि व्यवस्था मन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेपछि अपरिपक्व भन्दै मुख्यसचिवले फिर्ता गरिदिएका छन्।

हडपिएका जग्गा वर्ष दिनभित्र फिर्ता

हडपिएका जग्गा वर्ष दिनभित्र फिर्ता

बिहिबार, १६ जेठ २०७६

ललितानिवासको जग्गा हिनामिना प्रकरणपछि सरकारले हडपिएका जग्गाजमिन खोजी तथा संलग्नलाई कारबाही गर्न पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा शक्तिशाली आयोग गठन गरिसकेको छ।

कर्मनासाको ७ रोपनी जग्गा भूमाफियाको कब्जामा

कर्मनासाको ७ रोपनी जग्गा भूमाफियाको कब्जामा

शनिबार, ११ जेठ २०७६

२०२२ को नक्सा अनुसार कर्मनसा खोला रहेको क्षेत्रमा ७ रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेपनि पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन।

उदयपुर सिमेन्टकाे जग्गा अतिक्रमण

उदयपुर सिमेन्टकाे जग्गा अतिक्रमण

बिहिबार, ०२ जेठ २०७६

ललितानिवास, पशुपतिनाथ मन्दिर र छाया सेन्टरको जमिन भूमाफियाको कब्जामा परेको विषयले राष्ट्रिय चर्चा पाइरहेका बेला उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको जग्गामाथि पनि भूमाफियाको नजर परेको पाइएको छ। त्रियुगा नगरपालिका–४ र ६ को सीमास्थल पन्जियार चोकदेखि उद्योग परिसरभित्र जाने सडकछेउको तीन बिघा खाली जमिन अज्ञात समूहले रातारात अतिक्रमण गर्न थालेको पाइनुले उद्योगको जमिनमाथि पनि भूमाफियाको नजर परेको रहस्य खुलेको हो।

निजी संघ–संस्थाका जग्गा बेच्न रोक

निजी संघ–संस्थाका जग्गा बेच्न रोक

बुधबार, ०१ जेठ २०७६

कर्मचारी र भूमाफियाको मिलेमतोमा सरकारी जग्गा हडप्ने क्रम बढेपछि सरकारले छानबिन आयोग बनाएको छ। आयोगले छानबिन नसक्दासम्म निजी संघ–संस्था तथा उपभोक्ता समितिका नाममा भएका जग्गा बिक्री गर्न पाइने छैन।

रातारात अतिक्रमण हुन लागेको जग्गा प्रहरीले जोगायो

रातारात अतिक्रमण हुन लागेको जग्गा प्रहरीले जोगायो

मङ्गलबार, ३१ बैशाख २०७६

अतिक्रमण गर्न प्रयोग गरिएका बाँसका किला हटाएर जमिन खाली गराएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले बताए। उनकाअनुसार अज्ञात समूहले रातिराति अतिक्रमण गर्दै किला ठोकेर घडेरी छुट्याउन खोजेको उद्योगले जमिन प्रहरी खटाएर सुरक्षित गरिएको हो ।

ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा

ललिता निवासको जग्गा धितोमा सवा दुई अर्ब कर्जा

आइतबार, २९ बैशाख २०७६

बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको पाइएको छ। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफिया किटान गरिएका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लिएको तथ्य खुलेको हो।

डरलाग्दो बाटोमा देश

डरलाग्दो बाटोमा देश

आइतबार, २९ बैशाख २०७६

यतिबेला मुलुकका विभिन्न ठाउँमा भूमाफियाले सार्वजनिक जग्गामा गरेका चलखेलका खबरले सञ्चारमाध्यम भरिएका छन्। यस्तो समस्या देशको कुनै दूरदराजको मात्र नभई राजधानी काठमाडौँमा समेत उत्तिकै छ। त्यो पनि राजधानीको मुटु अर्थात् मुलुकका कार्यकारी प्रमुख बस्ने बालुवाटारभित्रैसम्म। यस्तो अवस्थाले नै बताउँछ कि हामी अत्यन्तै डरलाग्दो बाटोतर्फ यात्रा गरिरहेका छौँ।

सिरहामा २४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा पास

सिरहामा २४ बिघा सरकारी जग्गा व्यक्तिका नाममा पास

शुक्रबार, २७ बैशाख २०७६

सिरहा नगरपालिका–२२ हकपाडास्थित सरकारी जग्गा नापी तथा मालपोतका कर्मचारीसँगको मिलेमतोमा स्थानीय रामदयाल महतोले निजी नम्बरी बनाएको पाइएको छ। तत्कालीन हकपारा गाविस–९, बठिंयास्थित सरकारको नाममा स्रेस्ता कायम रहेको कित्ता नम्बर ८१ को १४ कठ्ठा जग्गामा महतोले आफ्नो स्रेस्ता कायम गराएका हुन्। नापी, मालपोतका अधिकारीलाई मिलाएर सरकारी जग्गा निजी बनाउने रामदयाल हाल जिल्ला अदालत सिरहाको आदेशमा पुर्पक्षका लागि सिरहा कारागारमा छन्। अदालतले महतोका छोेरासहित आरोपित अन्य पाँचलाई पक्राउ पर्न वारेन्ट जारी गरेको छ।

अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन सुरु

अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानबिन सुरु

बिहिबार, २६ बैशाख २०७६

ललिता निवासलगायत सरकारी जग्गामा अनियमितताको समाचार बाहिर आएपछि बालुवाटार तथा त्यस वरपर क्षेत्रका करीब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको अनुसन्धान गर्न लागेको हो।

भूमाफियाकाे जगजगीः वकिलले नै झुक्याएर जग्गा पास गरे

भूमाफियाकाे जगजगीः वकिलले नै झुक्याएर जग्गा पास गरे

बिहिबार, २६ बैशाख २०७६

पछिल्लो समय भूमाफिया निकै सक्रिय भएका छन्। कानूनीराजको नै उपहास हुने गरी भूमाफिया सक्रिय भइरहँदा बाँके पनि अछुतो रहन सकेन। भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारीका खबर सार्वजनिक भइरहेका बेला बाँकेमा एक कानून व्यवसायीले झुक्याएर एक महिलाको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको छ।

सट्टाभर्ना पाएको प्रतिवेदन मिलेमतोमा गुपचुप

सट्टाभर्ना पाएको प्रतिवेदन मिलेमतोमा गुपचुप

बिहिबार, २६ बैशाख २०७६

धरानको खानेपानीको प्रमुख स्रोत सर्दु जलाधार क्षेत्रको संरक्षण गर्न मोरङको बयरवन क्षेत्रमा सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरिएको थियो। तर साबिक जग्गाधनीको नाममा भूमाफियाहरूले सट्टाभर्ना नपाएको भन्दै जलाधार क्षेत्र अतिक्रमण गरे। सो विषय अदालतसम्म पुगेपछि सर्वोच्चले सट्टाभर्ना (मुअब्जा) दिएको प्रमाण पेस नभएको भन्दै साबिक जग्गाधनीकै पक्षमा फैसला गरिदियो। सो फैसलाले अतिक्रमणकारीलाई झनै सहजता मिलेको थियो।

सार्वजनिक गौचर जग्गा व्यक्तिको नाममा

सार्वजनिक गौचर जग्गा व्यक्तिको नाममा

बिहिबार, २६ बैशाख २०७६

कलैया उपमहानगरपालिका–१७ किरकिचहा खोलास्थित गौचर पर्ती जग्गा नम्बरी बनाउन भूमाफियाहरू सफल भएको सार्वजनिक भएको छ। साविक बन्जरिया–९ हाल कलैया उपमहानगरपालिका–१७ को कित्ता नम्बर १ को ५ बिगाहा ८ कट्ठा १० धुर क्षेत्रफल भएको तीन करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने सार्वजनिक जग्गा भूमाफियाहरूले व्यक्तिको नाममा दर्ता गराउन सफल भएका हुन्।

राजदूत पौडेल पनि तानिए

राजदूत पौडेल पनि तानिए

बिहिबार, २६ बैशाख २०७६

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमुख्यसचिव लीलामणि पौडेल पनि मुछिएका छन्। भूमाफिया र व्यापारीको योजनाअनुसार गुठी संस्थान, मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट सरकारी जग्गा हिनामिना हुनेगरी भएका निर्णय प्रक्रियामा हाल चीनका लागि नेपाली राजदूत पौडेल पनि जोडिएका हुन्।

मुलुकमा समृद्धिभन्दा भ्रष्टाचार र अनियमितता मौलायो : देउवा

मुलुकमा समृद्धिभन्दा भ्रष्टाचार र अनियमितता मौलायो : देउवा

मङ्गलबार, १७ बैशाख २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गर्दासमेत सरकार ढाकछोप गर्न तल्लीन रहेको आरोप लगाएको छ। सोमबारबाट सुरु भएको संसद् अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार भ्रष्टाचार र अनियमितामा लिप्त भएको आरोप लगाएका हुन्। ‘यस्तो घटनाले नागरिकको धैर्यको सीमा टुट्न लागेको छ,’ देउवाले भने, ‘अब गफ र नारामा होइन, साँच्चिकै काम र परिणाममा सरकारको उपस्थिति हुनुपर्छ।’

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

सोमबार, १६ बैशाख २०७६

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

आधा दर्जन व्यापारिक घराना खरिददार

आधा दर्जन व्यापारिक घराना खरिददार

बिहिबार, ०५ बैशाख २०७६

२०६१ सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट एकैपटक खरिद गरेका भूमाफियाले त्यसको केही वर्षभित्रै दुईतिहाइभन्दा बढी भाग बिक्री गरेका थिए।

फेवातालको पानीमुनिको जग्गा पनि बेच्न सक्छन् : युवा नेता पौडेल

फेवातालको पानीमुनिको जग्गा पनि बेच्न सक्छन् : युवा नेता पौडेल

बुधबार, ०४ बैशाख २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भूमाफियाहरुले फेवातालको पानीमुनिको जग्गा पनि बेच्नसक्ने आशंका गरेका छन्।

भूमाफिया र मालपोत कर्मचारी फरार

भूमाफिया र मालपोत कर्मचारी फरार

मङ्गलबार, ०३ बैशाख २०७६

बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना गर्नेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान थालेपछि डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी र भूमाफियाको समूह फरार भएका हुन्।

सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामा

सट्टाभर्ना भइसकेको जग्गा भूमाफिया र व्यक्तिको कब्जामा

सोमबार, ०२ बैशाख २०७६

धरानको खानेपानीको प्रमुख स्रोत संरक्षण गर्न सरकारले सट्टाभर्ना दिएर बस्ती स्थानान्तरण गरे पनि सर्दु जलाधार क्षेत्रका सयौं बिघा जमिन अझै व्यक्तिकै नाममा रहेको पाइएको छ। सरकारी निकायको लापरबाहीले लगतकट्टा नभएको थाहा पाएपछि चलखेल गरी जलाधार क्षेत्रको थुप्रै जग्गा भूमाफियाले आफ्नो कब्जामा पारिसकेको देखिन्छ।

'कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइन्छ'

'कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइन्छ'

आइतबार, ०१ बैशाख २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने बताएका छन्। नयाँ वर्षको अवसरमा आइतवार प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रधी ओलीले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने बताए।

१८ सय ६० रोपनी जग्गा भूमाफियाको कब्जामा

१८ सय ६० रोपनी जग्गा भूमाफियाको कब्जामा

आइतबार, ०१ बैशाख २०७६

बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ। ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो।

मन्दिरको जग्गामा भूमाफियाको रजाइँ

मन्दिरको जग्गामा भूमाफियाको रजाइँ

शुक्रबार, २९ चैत २०७५

जनकपुरधाम उपमहानगरपालिका–२३ बसपार्कस्थित नेपाल सरकारमातहत रहेको अर्बौ रुपैयाँ बराबरको जग्गा भूमाफियाले अतिक्रमण गरी निजी संरचना निर्माण गरेका छन्। स्थानीय चलनचल्तीको भाउ अनुसार कम्तीमा एक करोड रुपैयाँ प्रतिकट्ठाको दरले बिक्री हुने १५ बिघा (तीन सय कठ्ठा) जग्गा भूमाफियाले अतिक्रमण गरेका छन्।

सिक्टा सिँचाइ आयोजनाको जग्गा व्यक्तिकाे नाममा

सिक्टा सिँचाइ आयोजनाको जग्गा व्यक्तिकाे नाममा

शुक्रबार, २९ चैत २०७५

भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौं मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ। राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको ५ कट्ठा १३ धुर जग्गा भूमाफिया र मालपोत कर्मचारी मिलेर व्यक्तिका नाममा गराएका हुन्। कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ।

‘माफिया टुँडीखेल नै बेच्न सक्ने अवस्थामा छन्’

‘माफिया टुँडीखेल नै बेच्न सक्ने अवस्थामा छन्’

शुक्रबार, २९ चैत २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले भूमाफिया टुँडीखेल नै बेच्नसक्ने अवस्थामा पुगेको बताएका छन्। काठमाडौं महानगरपालिका घेराउका क्रममा बिहीबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सार्वजनिक सम्पत्ति हडप्ने योजनामा सरकारमै सामेल दलका नेतादेखि माफिया समूहका व्यक्तिसम्म सक्रिय रहेको बताए।

महासचिव ठगिनुभयो : सञ्चारमन्त्री

महासचिव ठगिनुभयो : सञ्चारमन्त्री

शुक्रबार, २९ चैत २०७५

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै पार्टीका महासचिव नै ठगिएको दाबी गरे।

विष्णु पौडेलको संलग्नता ढाकछोप गर्ने सरकारको प्रयास: महासचिव पौडेल ठगिनु भयो (भिडियो)

बिहिबार, २८ चैत २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिनामा नेकपाका महासचिव विष्णु पौडेलको संलग्नतालाई ढाकछोप गर्ने प्रयास गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ललिता निवास किनबेच प्रकरणमा विष्णु पौडेल ठगिएको दाबि समेत गरे। प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै बाँस्कोटाले ललिता निवासको जग्गा समस्यामा सत्यतथ्य जाँचबुझ हुने बताए ।

भूमाफियाको भुलभुलैया

भूमाफियाको भुलभुलैया

शुक्रबार, २२ चैत २०७५

ललितानिवासको जग्गा पनि व्यापारिक प्रयोजनका निम्ति प्रयोग हुन थालिसकेको छ। यसबाट पनि बुझ्न सकिन्छ पहुँचवाला व्यापारिक घरानासमेत सार्वजनिक सम्पत्ति कब्जा गर्दै आफ्नो व्यवसाय विस्तारमा लागेका छन्। सार्वजनिक जग्गा कब्जाको यो फोहोरी खेलले मठमन्दिर, पाटीपौवा, धार्मिकस्थल, शैक्षिक तथा स्वास्थ्यसंस्थाका जग्गासमेत व्यक्तिको हातमा पुगेका छन्।

बस्ती बसाउन एनजिओ दर्ता

बस्ती बसाउन एनजिओ दर्ता

आइतबार, १० चैत २०७५

सर्दु जलाधार क्षेत्रको विवादित धरान–४, छोटी–मोरङस्थित जग्गामा बस्ती बसाउन भूमाफियाहरूको गिरोहले एनजिओ दर्ता गरेर पैसा उठाउन थालेका छन्।

भूमाफियालाई सघाएको आरोपमा ८ कर्मचारी पक्राउ

भूमाफियालाई सघाएको आरोपमा ८ कर्मचारी पक्राउ

मङ्गलबार, ०५ चैत २०७५

सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ। सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्च

बागमतीमा साढे चार अर्ब कुम्ल्याउने प्रपञ्च

आइतबार, ०३ चैत २०७५

भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको छ। राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको छ। यही समितिअन्तर्गत बागमती विकास आयोजना सञ्चालित छ।

३९ बिघा जग्गा हडप्न चलखेल

३९ बिघा जग्गा हडप्न चलखेल

मङ्गलबार, ०६ कार्तिक २०७५

करिब ५ दशकअघि नापी हुँदा फिल्डबुकमा मात्र दर्ता भएको तर विवादका कारण स्रेस्ता पुर्जा नबनेको बराह क्षेत्र नगरपालिका–२ स्थित बाइस बिघे क्षेत्रको जग्गा हत्याउन भूमाफिया लागिपरेका छन्।

अर्कैको जग्गा बेचबिखन

अर्कैको जग्गा बेचबिखन

शुक्रबार, २२ भदौ २०७५

सर्लाही हरिपुर नगरपालिका–१ स्थित २ बिघा १५ कठ्ठा जग्गा अलगअलग मितिमा फरकफरक व्यक्तिले मालपोत कार्यालयमा आफ्नो दाबी गर्दै आएका छन्।

कीर्ते कागज बनाई वनको जमीन हडप्ने भूमाफिया पक्राउ

कीर्ते कागज बनाई वनको जमीन हडप्ने भूमाफिया पक्राउ

शुक्रबार, १८ चैत २०७३

कीर्ते कागज बनार्इ राष्ट्रिय वनको जमीनलाई आफ्नो नाममा दर्ता गराएकाे आरोपमा रौतहट प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालिन रंगपुर गाविस– १ हाल गुजरा गाउँ पालिकाका– १ का नारायण बन्ठा रहेका छन् । नेकपा एमालेका कार्यकर्ता रहेका बन्ठा पूर्व गाविस अध्यक्षसमेत हुन् ।

वन खाँदै भूमाफिया

वन खाँदै भूमाफिया

शुक्रबार, २९ पुष २०७३

कर्मचारीको मिलेमतोमा भूमाफियाले जिल्लाको उत्तरी भेगमा पर्ने रंगपुरको सरकारी वन अतिक्रमण गरी १ सय ६ बिघा जग्गा व्यक्तिको नाममा दर्ता गराएको पाइएको छ। जिल्ला वन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी विभाग, ५ नम्बर नापी गोश्वारा कार्यालयका कर्मचारीको मिलेमतोमा रंगपुर वडा  नंं. ३, ४ र ५ मा रहेको वनको जग्गा व्यक्तिका नाममा कायम गराएको फेला परेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।