बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बैतडीमा काम नगर्ने ठेकेदारको नाम मन्त्रालय पठाइयो

बिहिबार, २४ जेठ २०७५

बैतडीमा काम नगर्ने ठेकेदार कम्पनीको नाम गृह मन्त्रालयमा पठाइको छ। जिल्ला प्रशासन कार्यालयले विकास निर्माणका काम समयमै नसक्ने २२ कम्पनीको...

बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

मङ्गलबार, २२ जेठ २०७५

बैतडीसहित ७ नम्बर प्रदेशमा भुकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ७ : १९ बजे भुकम्पको धक्का महसुस गरिएको हो।...

बैतडीमा बस दुर्घटना,  १४ जना घाइते

बैतडीमा बस दुर्घटना, १४ जना घाइते

सोमबार, २४ बैशाख २०७५

बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्। बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन...

बैतडीमा २९ जनामा औलो

बैतडीमा २९ जनामा औलो

सोमबार, १७ बैशाख २०७५

प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ। पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी...

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते

बुधबार, ०२ फागुन २०७४

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन्।  मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए।

बैतडीमा छ उम्मेदवारको धरौटी जफत

बैतडीमा छ उम्मेदवारको धरौटी जफत

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो।

बैतडीमा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर

बैतडीमा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर

बुधबार, २७ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लामा समानुपातिकतर्फ १७ प्रतिशत मत बदर भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ जम्मा ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए।

बैतडीमा समानुपातिकमा एमाले पहिलो

बैतडीमा समानुपातिकमा एमाले पहिलो

मङ्गलबार, २६ मङि्सर २०७४

बैतडीमा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २३ हजार ३२३ मत प्राप्त गरी पहिलो भएको छ।  यसैगरी नेपाली काँग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले चार हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए। प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ ७४ हजार ७७५ मत खसेकामा १२ हजार ७५९ मत अर्थात् १७ प्रतिशत मत बदर भएको छ।

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै

शुक्रबार, २२ मङि्सर २०७४

बैतडीमा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । शुक्रबार दिउँसो साढे दुई बजेसम्मको मत परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनभन्दा ३ हजार ३ सय ५ मतले अग्रता लिएको छ ।

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खस्यो

सोमबार, ११ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको मतदानमा बैतडीमा ६० र दार्चुलामा ६९ प्रतिशत मत खसेको छ । बैतडीमा स्थानीय तहको निर्वाचनमा भने झन्डै ७२ प्रतिशत मत खसेको थियो ।

बैतडीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

आइतबार, २६ कार्तिक २०७४

बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

बैतडीमा दुई राज्यमन्त्रीबीच टक्कर

बिहिबार, २३ कार्तिक २०७४

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ। दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए। भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री छन्।

बैतडीमा उम्मेदवार टुंगो

बैतडीमा उम्मेदवार टुंगो

शनिबार, ०४ कार्तिक २०७४

पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाका लागि बैतडीका मुख्य राजनीति दलका तर्फबाट उम्मेद्वारको टुंगो लागेको छ।

बैतडीमा एमालेले लगायाेउम्मेदवारकाे टुङ्गो

बैतडीमा एमालेले लगायाेउम्मेदवारकाे टुङ्गो

बुधबार, १३ बैशाख २०७४

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले जिल्ला कमिटीले १० वटै स्थानका उम्मेदवारको टुङ्गो लगाएको छ ।

सोह्रवर्षपछि बैतडीमा चिकित्सक, बाजागाजासहित स्वागत

सोह्रवर्षपछि बैतडीमा चिकित्सक, बाजागाजासहित स्वागत

बिहिबार, ०३ चैत २०७३

बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् ।

जडिबुटीको रस खाँदा बैतडीमा एक जनाको मृत्यु

जडिबुटीको रस खाँदा बैतडीमा एक जनाको मृत्यु

आइतबार, ०८ फागुन २०७३

बैतडीको उत्तरी च्वागड क्षेत्रको थलाकाँडा-१ बजाडामा जडिबुटीको रस खाँदा एक जनाको मृत्यु भएको छ। एक जनाको अवस्था चिन्ताजनक छ। शनिबार बेलुका ७ बजे आकाशबेलीनामक जडीबुटी खाँदा २३ बर्षीय दिपेन्द्र रोकायाको मृत्यु भएको छ।

बैतडीमा लडेर एक जनाको मृत्यु

बैतडीमा लडेर एक जनाको मृत्यु

शनिबार, ०७ फागुन २०७३

बैतडीमा लडेर एक जनाको ज्यान गएको छ। न्वाली–६ सल्सेनाका ४५ बर्षीय करनसिंह कार्कीको सित्तड–४ पन्ज्युनया नजिक बाटोबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बैतडीमा बस दुर्घटना,  पाँचको मृत्यु

बैतडीमा बस दुर्घटना, पाँचको मृत्यु

सोमबार, ३१ साउन २०७३

बैतडीमा आज दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो ।

Ncell Footer Ad