रथ तान्दा ढुङ्गा हानाहान

रथ तान्दा ढुङ्गा हानाहान

शुक्रबार, ०६ बैशाख २०७६

भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन्। ...

ढालियो विस्केटको लिंगो

ढालियो विस्केटको लिंगो

बिहिबार, ०५ बैशाख २०७६

बिस्केट जात्राको क्रममा भक्तपुरको पोटरी स्क्वायरमा उठाइएको हात नभएको लिंगो बिहीबार ढालिएको छ। बिस्केट जात्राको सुरुको दिनमा उठाइने यो लिंगोलाई...

थिमिबासीले यसरी मनाए सिन्दुर जात्रा (फोटो/भिडियो )

सोमबार, ०२ बैशाख २०७६

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई...

सिन्दुरले रंगियो मध्यपुर थिमि

सिन्दुरले रंगियो मध्यपुर थिमि

सोमबार, ०२ बैशाख २०७६

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न...

ढालियो बिस्केटको लिंगो

ढालियो बिस्केटको लिंगो

सोमबार, ०२ बैशाख २०७६

बिस्केट जात्राको क्रममा भक्तपुरको ल्योसिंखेलमा शनिबार उठाइएको ५५ हात लामो लिंगो आइतबार साँझ ढालिएको छ। प्रत्येक वर्ष बिस्केट जात्राका क्रममा चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने परम्पराअनुसार लिंगो ढालिएको हो। चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उठेको भन्ने भनाइ छ।

जात्रा सधैं रमाइलो

जात्रा सधैं रमाइलो

शनिबार, ३० चैत २०७५

भक्तपुर, मंगलाक्षेका ७८ वर्षीय जगतलाल जाकीबन्जारका लागि बिस्काः (बिस्केट) जात्रा नौलो होइन। उनले हरेक वर्ष चैत अन्तिम साता भैरवको रथ तानातान गरेको, भेलुखेलमा लिंगो ठडाएको र ढलाएको हेरिरहेका छन्। जात्रामा रथ फेरियो, लिंगो फेरियो, जात्रालुको पोशाक फेरियो। तर, यसबाट मिल्ने खुसी भने हरेक वर्ष उस्तै रहेको उनले सुनाए। ‘जात्रा सधैं रमाइलो,’ विगत र अहिलेको जात्रामा कुन रमाइलो भन्ने प्रश्न खस्न नपाउँदै उनले भने, ‘यसले हामीलाई अर्को वर्ष बाँच्ने आशा जगाउँछ।’

यसरी मनाइन्छ भक्तपुरको बिस्केट जात्रा

यसरी मनाइन्छ भक्तपुरको बिस्केट जात्रा

शुक्रबार, २९ चैत २०७५

भक्तपुर यतिखेर बिस्केट जात्रामय भएको छ। बुधबारदेखि सुरु भएको जात्रा वैशाख ५ गतेसम्म धुमधामका साथ मनाइन्छ। भक्तपुर नगरपालिका वडा नं ५ पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरु हुने जात्रा त्यही रथ तान्ने क्रमको समाप्तिसँगै सम्पन्न हुने परम्परा छ।

आजदेखि भक्तपुरमा बिस्केट जात्रा

आजदेखि भक्तपुरमा बिस्केट जात्रा

बुधबार, २७ चैत २०७५

भक्तपुरको बिस्केट जात्रा बुधबार सुरु हुँंदैछ। भक्तपुर नगरपालिका वडा नं. ५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि बनाइएको भैरवनाथको रथ बुधबार दिउँसो तान्ने क्रमसँगै यहाँको बिस्केट जात्रा सुरु हुनेछ। प्रत्येक वर्ष यो जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ। प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ बनाइन्छ। उक्त रथ तान्न सुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ।

तार व्यवस्थित गरिने

तार व्यवस्थित गरिने

शुक्रबार, १५ चैत २०७५

भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा (बिस्केट जात्रा)को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार यही चैत २५ गते सम्बन्धित निकाय आफैले व्यवस्थापन गर्ने र अनावश्यक तारहरू हटाउने भएको छ।