ताकम बिजुलीको पहुँचमा

ताकम बिजुलीको पहुँचमा

बुधबार, २२ असोज २०७६

म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ । यसबाट साविकको ताकम गाविसको ३, ४ र ५ नम्बर...

दसैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली

दसैंको मुखमा बिजुली पुगेपछि गड्तीर क्षेत्र झिलिमिली

शुक्रबार, १७ असोज २०७६

दसैंको मुखमा घरमा बिजुली बाल्न पाएपछि सिन्धुलीको गड्तीर क्षेत्रका नागरिकमा अहिले खुशीयाली छाएको छ। खुर्कोट–घुर्मी खण्डको गोलन्जोर गाउँपालिका–१ च्याकुटारबेँसी र...

दैनिक चार सय ५९ युनिट बिजुली निकाल्न सकिने

दैनिक चार सय ५९ युनिट बिजुली निकाल्न सकिने

बुधबार, ०८ असोज २०७६

नदी, खोला र जंगल नै डम्पिङ साइडको रुपमा प्रयोग भइरहेको प्रदेश ५ मा सरकारले फोहोरको वैज्ञानिक व्यवस्थापन गरी ऊर्जा उत्पादन...

उद्योगीलाई मागअनुसार बिजुली दिन पूर्वाधार निर्माण तीव्र

उद्योगीलाई मागअनुसार बिजुली दिन पूर्वाधार निर्माण तीव्र

सोमबार, ०६ असोज २०७६

प्रदेश ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा...

बिजुलीको पैसा बढी लिने घरधनीलाई कारवाही

बिजुलीको पैसा बढी लिने घरधनीलाई कारवाही

सोमबार, ३० भदौ २०७६

नेपाल विद्युत् प्राधिकरणले घर बहालमा बस्ने व्यक्तिसँग बिजुलीको पैसा धेरै उठाउने घरधनीलाई कारवाही गर्ने भएको छ। काठमाडौं उपत्यकामा डेरा लिएर बस्नेहरुले घरबेटीले बिजुलीको पैसा प्राधिकरणले तोकेको महसुल दरभन्दा बढी लिएको गुनासो गरेपछि प्राधिकरणले यस्तो कदम चाल्ने तयारी गरेको हो।

तीन वर्षभित्र सबै नेपाली घरमा बिजुली

तीन वर्षभित्र सबै नेपाली घरमा बिजुली

मङ्गलबार, १० भदौ २०७६

सरकारले आगामी तीन वर्षभित्र प्रत्येक घरमा बिजुली पु-याउने महत्वाकांक्षी योजना अघि सारेको छ। नेपाल विद्युत् प्राधिकरणले सरकारको मार्गनिर्देशनअनुसार प्रत्येक घरधुरीमा विद्युत्को पहुँच पु-याउने योजना अघि सारेको हो।

जलाशय भरिएपछि पूर्ण क्षमतामा बिजुली उत्पादन

जलाशय भरिएपछि पूर्ण क्षमतामा बिजुली उत्पादन

बिहिबार, ०२ साउन २०७६

नेपाल विद्युत् प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिएसँगै पूर्ण रुपमा बिजुली उत्पादन गर्न थालेको छ। प्राधिकरणले जलाशयमा पानी भरिएपछि कुलेखानी पहिलो (६० मेगावाट) र दोस्रो (३२ मेगावाट) पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

सर्लाहीको दुर्गममा बल्ल बिजुली

सर्लाहीको दुर्गममा बल्ल बिजुली

बिहिबार, २६ असार २०७६

सर्लाहीलाई तराईको सुगम जिल्ला मानिन्छ। तर यही जिल्लाभित्र दुर्गम भनेर परिचित साबिकको नारायणखोला गाविस छ। अहिले लालबन्दी नगरपालिका–१४ मा पर्ने सो ठाउँमा बल्ल बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले शनिबार साँझबाट नारायणखोलामा विद्युत् आपूर्ति गरेको हो। बिजुली पुगेसँगै स्थानीय खुसीले फुरुंग छन्।

समयमा बिजुली दिन नसक्दा माउन्टेन हाइड्रो जरिवानामा

समयमा बिजुली दिन नसक्दा माउन्टेन हाइड्रो जरिवानामा

सोमबार, १६ असार २०७६

माउन्टेन हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचथरमा निर्माण गरेको तल्लो हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) मा तोकिएको समयमा नेपाल विद्युत् प्राधिकरणलाई बिजुली उपलब्ध गराउन नसकेपछि जरिवाना तिर्नुपर्ने भएको छ।

दसैंअघि दोलखा उत्तरबाट ४१ मेगावाट थपिँदै

दसैंअघि दोलखा उत्तरबाट ४१ मेगावाट थपिँदै

आइतबार, ०८ असार २०७६

हाइड्रो ‘हब’ दोलखाको उत्तरी भेगमा निजी क्षेत्रबाट निर्माण हुँदै गरेका जलविद्युत् आयोजनामध्ये तीनवटा आयोजनाबाट आउदो दसैंअघि राष्ट्रिय प्रसारण लाइनमा ४१ मेगावाट बिजुली थपिने भएको छ।

धादिङमा बिजुलीबत्तीको लुकामारी

धादिङमा बिजुलीबत्तीको लुकामारी

शुक्रबार, ३१ जेठ २०७६

प्रत्येक मिनेट बिजुलीमा काम गर्नुपर्ने भए पनि झ्याप्प झ्याप्प बत्ती जाँदा असहज हुने गरेको धादिङबेंसीका मोबाइल पसले सन्तोष अधिकारीले बताए।

तुम्बेवामा बल्यो बिजुली

तुम्बेवामा बल्यो बिजुली

सोमबार, २७ जेठ २०७६

जिल्लाको दुर्गमा तुम्बेवा गाउँपालिकामा पहिलो पल्ट बिजुली पुगेको छ। भौतिक पूर्वाधार, आर्थिक अवस्था, जनसंख्या तथा भौगोलिक पूर्वाधारका आधारमा दुर्गम मानिएको गाउँपालिकामा पहिलोपल्ट बिजुली पुगेको हो।

डेढ सय घरधुरीलाई बिजुली

डेढ सय घरधुरीलाई बिजुली

मङ्गलबार, २४ बैशाख २०७६

जिल्लाको दुर्गम मानिएको महाकुलुङ गाउँपालिका–१ खिरौले, नाजिङ, छाराखोरलगायत बस्तीमा बिजुली पुगेपछि सर्वसाधारणले राहत महसुस गरेका छन्।

गर्मीसँगै बिजुलीको माग ह्वात्तै बढ्यो

गर्मीसँगै बिजुलीको माग ह्वात्तै बढ्यो

शुक्रबार, २० बैशाख २०७६

गर्मी बढेसँगै बिजुलीको माग पनि ह्वात्तै बढेको छ। बिजुलीको मागअनुसार आपूर्ति व्यवस्थापन गर्न कुलेखानी जलाशययुक्त आयोजना सञ्चालनमा ल्याएको हो।

आँधी प्रभावित क्षेत्रमा बिजुली नियमित

आँधी प्रभावित क्षेत्रमा बिजुली नियमित

बुधबार, २० चैत २०७५

बारा र पर्सामा आइतबार आएको विनाशकारी आँधी प्रभावित क्षेत्रमा मंलगबारदेखि बिजुली आपूर्ति नियमित भएको छ। कलैयाको चन्द्रनिगाहपुर वितरण केन्द्रबाट बिजुली आपूर्ति हुने ग्रामीण क्षेत्रका केही ठाउँबाहेक अन्य क्षेत्रमा मंगलबार बेलुकादेखि नियमित आपूर्ति सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

चार वर्षमा सक्नुपर्नेमा सात वर्ष

चार वर्षमा सक्नुपर्नेमा सात वर्ष

बुधबार, ०६ चैत २०७५

चार वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरु गरिएको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजना सात वर्षमा मात्रै पूरा हुने भएको छ। यो वा त्यो बहानामा पटकपटक म्याद थपिँदै आएको उक्त आयोजनाबाट वैशाखको दोस्रो साता बिजुली उत्पादन गर्ने तयारी भइरहेको छ।

हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती

हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती

मङ्गलबार, १४ फागुन २०७५

जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत् उत्पादन गरिएको छ। गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा १ हजार २ सय वाट विद्युत् उत्पादन गरिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि थप २५ हजार वाट (२५ किलोवाट) क्षमतामा विद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको छ।

पोल पुग्यो, बिजुली पुगेन

पोल पुग्यो, बिजुली पुगेन

मङ्गलबार, २२ माघ २०७५

बिजुलीका केही पोल गाडिएका छन्, केही भुइँमा छरिएका। भुइँमा रहेका केही पोल पुरिँदै गइरहेका छन्। बेनीघाट रोराङ गाउँपालिका–१० कोस्राङ गाउँको अवस्था हो यो। त्यहाँ पोल त पुर्‍याइएका छन् तर बिजुली नहुँदा स्थानीय अन्धकारमै रुमलिन बाध्य छन्। गाउँ झिलिमिलि पार्ने र दैनिकी सहज बनाउने सपना साँचेर गाउँलेहरू आफैंले बोकेर लगेका हुन् ती पोल। उनीहरूले केही पोल आफ्नै हिसाबले गाडेका छन्। कति दूरीमा र कस्तो ठाउँमा उपयुक्त हुन्छ भन्ने विचारै नगरी हचुवामा गाडिएका ती पोलहरू आफैंमा समस्या बनेका छन्।

सोलारले सजिलो जीवन

सोलारले सजिलो जीवन

बिहिबार, १७ माघ २०७५

चितवनको विकट मानिने माडी क्षेत्रमा बिजुली नपुग्दै स्थानीयले सोलार र बायोग्यास प्लान्ट जडान गरेका थिए। प्लान्टले उनीहरुको जीवन सहज बनाएको मात्र होइन, आय आर्जनको ढोका पनि खोलिदियो।

नेपाल–भारतबीच इनर्जी बैंकिङमा सहमति

नेपाल–भारतबीच इनर्जी बैंकिङमा सहमति

आइतबार, १३ माघ २०७५

नेपालमा उत्पादित बिजुली खेर जाने अवस्थाको अन्त्य भएको सरोकारवालाले बताएका छन्। उत्पादित बिजुली खेर जाने चिन्ता व्यक्त भइरहेका बेला नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले इनर्जी बैंकिङमा सहमतिले गरेपछि यस्तो अवस्थाको अन्त्य भएको उनीहरुको भनाइ छ।

इनर्जी बैंकिङ गर्न भारत तयार

इनर्जी बैंकिङ गर्न भारत तयार

शुक्रबार, १३ पुष २०७५

बर्खामा नेपालमा बढी हुने बिजुली उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ। भारतको राजधानी नयाँदिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी–पिइसी) को १३औं बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो। नेपालले लामो समयअघि बर्खामा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी इनर्जी बैंकिङको अवधारणा अघि सारेको थियो।

इनर्जी बैकिङमा नेपाल र भारतबीच सहमति

इनर्जी बैकिङमा नेपाल र भारतबीच सहमति

बिहिबार, १२ पुष २०७५

नेपालले वर्षायाममा उत्पादन गरेको बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट आयात गर्ने गरी नेपाल–भारत इनर्जी बैकिङमा  सहमति भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति(पीईसी)को १३ औं बैठकले यस्तो निर्णय गरेको हो।

पाँच सय १३ मेगावाट बिजुली खेर जाने

पाँच सय १३ मेगावाट बिजुली खेर जाने

मङ्गलबार, ०३ पुष २०७५

रुख कटान, गिट्टी, बालुवा कोसी करिडोर प्रसारणलाइन निर्माणमा बाधक बन्दै आएकोमा पछिल्लो समय धरान उपमहानगरपालिका पनि थपिएको छ। प्रसारण लाइन निर्माणमा अवरोध पुगेका कारण पाँच सय १३ मेगावाट बिजुली खेर जाने भएको हो।

स्वास्थ्य मन्त्रालयले १२ करोड विद्युत् महसुल बुझाउन बाँकी

स्वास्थ्य मन्त्रालयले १२ करोड विद्युत् महसुल बुझाउन बाँकी

आइतबार, ०१ पुष २०७५

स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय हो।

माथिल्लो कर्णालीको बिजुली बंगलादेश लैजाने बाटो खुल्यो

माथिल्लो कर्णालीको बिजुली बंगलादेश लैजाने बाटो खुल्यो

बुधबार, १९ मङि्सर २०७५

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट बिजुली लैजान बंगलादेशलाई मार्ग प्रशस्त भएको छ।

उज्यालिँदै ग्रामीण बस्ती

उज्यालिँदै ग्रामीण बस्ती

आइतबार, १६ मङि्सर २०७५

बरियारपट्टी गाउँपालिका–३ बलुवाटोलका ७२ वर्षीय सत्यलाल यादवले एक वर्षअघि मात्र गाउँमा बिजुली देखे। उनले आफ्नो गाउँमा बिजुली आउला भन्ने कहिल्यै कल्पनै गरेका थिएनन्।

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट बिजुली

उपल्लो र अपर खिम्तीबाट १९ मेगावाट बिजुली

आइतबार, ०९ मङि्सर २०७५

६ महिनाभित्रै उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा बिजुली थपिने भएको छ। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले एकैसाथ १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको अपर खिम्ती निर्माण गरिरहेको छ।

बिजुली (अ)विकास

बिजुली (अ)विकास

बिहिबार, ०४ असोज २०७५

सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती आयोजना बनाउने जिम्मेवारीबाट चिनियाँ कम्पनी बाहिरिएसँगै आयोजना फेरि अन्योलमा परेको छ ।

आगामी वर्षदेखि बर्खामा बिजुलीमा आत्मनिर्भर

आगामी वर्षदेखि बर्खामा बिजुलीमा आत्मनिर्भर

शुक्रबार, २९ भदौ २०७५

आगामी वर्षदेखि बर्खामा मुलुक बिजुलीमा आत्मनिर्भर हुने भएको छ।

उद्घाटनमा बालियाे निरन्तरता पाएन

उद्घाटनमा बालियाे निरन्तरता पाएन

शुक्रबार, ०८ भदौ २०७५

बेलाबेलामा सडकमा फोहोरको डुंगुर देखिन्छ । त्यस्तो बेलामा काठमाडौं महानगरपालिका भन्छ, ‘सिसडोलको डम्पिङ साइट भरिएर फोहोर उठाउन सकिएन।’

जनप्रतिनिधि नै चोर्छन् बिजुली

जनप्रतिनिधि नै चोर्छन् बिजुली

शनिबार, ०२ असार २०७५

बिजुली चोरीमा जनप्रतिनिधि नै संलग्न भएको पाइएको छ । बिजुली चोरी नियन्त्रण गर्ने अभियान थालेको नेपाल विद्युत् प्राधिकरणले बिजुली चोरेर प्रयोग गरेको भेटेपछि बिहीबार दुई वडाध्यक्ष पक्राउ परे ।

महिनामा अर्बको बिजुली चोरी

महिनामा अर्बको बिजुली चोरी

बिहिबार, ३१ जेठ २०७५

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० अर्ब रुपैयाँको बिजुली चोरी भएको छ । यस हिसाबले एक महिना अवधिमा एक अर्ब रुपैयाँको बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तथ्यांकले देखाएको छ । चालू आर्थिक वर्षको १० महिनामै एक अर्ब एक करोड युनिट बिजुली चोरी भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बुधबार नागरिकलाई बताए।

उद्योगमा नियमित बिजुली दिन उच्च क्षमताका प्रसारण लाइन

उद्योगमा नियमित बिजुली दिन उच्च क्षमताका प्रसारण लाइन

बिहिबार, २४ जेठ २०७५

नेपाल विद्युत् प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने भएको छ ।सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रसारण लाइनबाट आपूर्ति गरिरहेको प्राधिकरणले अब १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत बिजुली दिनेछ ।

न बिजुली, न मुनाफा !

न बिजुली, न मुनाफा !

सोमबार, १४ जेठ २०७५

जसरी नेपाललाई भारतले २०७२ सालमा नाकाबन्दी गरेर झन्डै घुँडा टेक्ने अवस्था सिर्जना ग-यो, त्यसै गरेर नेपालले बिजुली आपूर्ति बन्द गरेर घुँडा टेक्न बाध्य पार्न सक्छ। नेपालमा निर्मित आयोजनाबाट मन परेको बेला आपूर्ति ग-यो, रिस उठे आपूर्ति बन्द ग-यो। बालसुलभ तरिकाबाट हेर्दा यो सम्भव परिदृश्य हो।

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

सोमबार, १४ जेठ २०७५

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण भएका आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिएको हो ।चालु आर्थिक वर्ष ०७४- ७५ को आठ महिनामा ७२ मेगावाट बिजुली थपिइसकेको छ । बाँकी पाँच महिनामा त्यत्तिकै परिणाम बराबरकोे बिजुली थपिने अनुमान गरिएको छ ।

एक वर्षमा भारतबाट १८ अर्बको बिजुली खरिद

एक वर्षमा भारतबाट १८ अर्बको बिजुली खरिद

बुधबार, ०२ जेठ २०७५

स्वदेशमा उत्पादित बिजुलीले मुलुक उल्यालो बनाउन नपुगेपछि चालू आर्थिक वर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैययाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक वर्ष सकिन अझै दुई महिना बाँकी छ।

स्वदेशी लगानीको बिजुली

स्वदेशी लगानीको बिजुली

बिहिबार, २७ बैशाख २०७५

बिनाआधार कहिले कुनै मुलुक विशेषलाई दिने फेरि अर्को मुलुकले त्यसलाई पाउन प्रतिस्पर्धा गर्ने स्थितिले बूढीगण्डकीजस्ता ठूला आयोजना निर्माणमा अवरोध उत्पन्न गर्छ । यस्ता आयोजना सञ्चालनका निम्ति नीतिगत स्थायित्व अपरिहार्य हुन्छ ।

हिउँ पग्लिन नपाउँदा बिजुली उत्पादन घट्यो

हिउँ पग्लिन नपाउँदा बिजुली उत्पादन घट्यो

शुक्रबार, २१ बैशाख २०७५

चर्को गर्मी हुने वैशाखमा पनि वातावरण चिसै भएपछि हिउँ पग्लन नपाउँदा बिजुली उत्पादन घटेको छ। नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुली गत वर्षको यही समयको तुलनामा २४ प्रतिशतसम्म कमी आएको हो।

बिजुली आपूर्तिमा सुधार गर्न श्वेतपत्र जारी आउँदै

बिजुली आपूर्तिमा सुधार गर्न श्वेतपत्र जारी आउँदै

मङ्गलबार, १८ बैशाख २०७५

उर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिजुली आपूर्तिमाा सुधार, चुहावट नियन्त्रण लगायतलाई व्यवस्थित गर्न श्वेतपत्र जारी गर्ने तयारी गरेको छ।

‘समयसीमा अगावै भारतका सबै गाउँमा बिजुली’

‘समयसीमा अगावै भारतका सबै गाउँमा बिजुली’

सोमबार, १७ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तोकेको समयसीमा भन्दा १२ दिनअघि नै भारतका सबै गाउँमा बिजुली पुगेको भारत सरकारले आइतबार जनाएको छ।

‘चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने’

‘चिनियाँ लगानीको बिजुली भारतले नकिन्ने’

शनिबार, २४ चैत २०७४

प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा गएकै दिन भारतीय अखबारहरुले चीनले नेपालमा बाँध बनाएर उत्पादन गर्ने बिजुली भारतले नकिन्ने समाचार लेखेका छन्।

एलपीजी ग्यासभन्दा बिजुली धेरै सस्तो

एलपीजी ग्यासभन्दा बिजुली धेरै सस्तो

शुक्रबार, ११ फागुन २०७४

ग्यासबाट भन्दा बिजुलीबाट खाना पकाउँदा करिब दोब्वर सस्तो हुने नेपाल विद्युत् प्राधिकरणले गरेको एक अध्ययन देखाएको छ ।पर्याप्त बिजुली उत्पादन गर्न सकिएको खण्डमा ग्यास आयातमा कमी आउने र भान्छाको लागत पनि घट्ने उक्त अध्ययनले देखाएको हो।

बिजुली बेच्ने कि नबेच्ने ?

बिजुली बेच्ने कि नबेच्ने ?

मङ्गलबार, ०८ फागुन २०७४

‘नेपालमा खपत हुन नसक्ने बिजुली निर्यात गर्नु भनेको आर्थिक दृष्टिकोणबाट ठूलो फाइदा हुनु त होइन तर हाम्रो उत्पादन र उपभोगबीचको खाडल बढ्नबाट रोक्नु र निजी विद्युत् उत्पादक र प्राधिकरणको नोक्सान रोक्न सहयोग पु¥याउनु हो ।’ इनर्जी काउन्सिलले काठमाडौँमा ‘नेपाल पावर समिट’ आयोजना ग¥यो । उक्त भेलामा नयाँ नयाँ प्रस्ताव र आकर्षक योजनाहरू प्रस्तुत गरियो । १० वर्षमै ४० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजनादेखि बंगलादेशले २ हजार मेगावाट विद्युत् खरिद गरिदिने प्रस्ताव आयो । बंगलादेशले उक्त विद्युत् खरिद गरिदिने प्रस्ताव गरिरहँदा नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता वा सहमति आवश्यक रहेको कुरा भन्न छुटाएन । बंगलादेश विद्युत् निर्यात गर्न भारतको भूमि प्रयोग गर्नुपर्ने हुन्छ । भारतलाई जलविद्युत् बेच्ने कुरा सोच्दा हालसालै र पोहोर साल भारतले नेपालमा उत्पादित अदुवा उत्पादकहरूलाई दिएको दुःख बिर्सन हुन्न । त्यसैले दीर्घकालीन रूपमा सबै पक्षलाई मान्य हुने गरी नेपाल, भारत र बंगलादेशबीच आवश्यक र भरपर्दो सम्झौता हुनु जरुरी छ।

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

यो वर्ष दुई सय १४ मेगावाट बिजुली थपिँदै

आइतबार, ०६ फागुन २०७४

सरकारले जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि यो वर्ष दुई सय १४.२८ मेगावाट बिजुली थपिने भएको छ । निजी क्षेत्र र नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुने आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिन लागेको हो ।

स्थानीय तहमा सडक र बिजुली

स्थानीय तहमा सडक र बिजुली

शनिबार, ०५ फागुन २०७४

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच वर्षभित्र प्रदेश नम्बर ६ का सबै स्थानीय तहमा सडक र बिजुली पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

चमेलियाको बिजुली

चमेलियाको बिजुली

सोमबार, २९ माघ २०७४

चमेलिया ढिलै भए पनि निर्माण सम्पन्न हुनु जति सुखद हो त्यति नै दुःखद यसलाई ढिलो गरेर लाभान्वित हुनेमाथि कुनै कारबाही नहुनु । यो आयोजनाको सफलताभित्र लुकेका भ्रष्टाचारजन्य व्यवहार भविष्यका आयोजनामा नदोहोरिऊन् भन्नेमा सबैको ध्यान जानुपर्छ।

पाल्पामा हावाबाट बिजुली उत्पादन

पाल्पामा हावाबाट बिजुली उत्पादन

आइतबार, २८ माघ २०७४

पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको केन्द्रमा हावाबाट एक हजार दुई सय वाटको विद्युत निकालिएको छ। पीडा नेपालको प्राविधिक र जर्मनीको विसिन्सको आर्थिक सहयोगमा कापेक संस्थाले आठ लाख रुपैयाँको लगानीमा हावाबाट विद्युत निकालेका हो।

पाँच महिनामा चुहिएरै सकियो डेढ अर्बको बिजुली

पाँच महिनामा चुहिएरै सकियो डेढ अर्बको बिजुली

शुक्रबार, १९ माघ २०७४

पाँच महिनामा एक अर्ब ४९ करोड २० लाख रुपैयाँको बिजुली चुहिएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुली चुहावट भएका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्दै आएको छ । चालु आर्थिक वर्षको मंसिरसम्ममा एक सय ५१ गिगावाट आवर बिजुली चोरी भएको नेपाल विद्युत् प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बिहीबार नागरिकलाई बताए । यसको अर्थ प्राधिकरणले पाँच महिनामै डेढ अर्ब गुमाएको उनको भनाइ छ ।

भैरहवा सेजसम्म चैतभित्र बिजुली

भैरहवा सेजसम्म चैतभित्र बिजुली

सोमबार, ०८ माघ २०७४

विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैतभित्रमा विद्युत् पुर्याउने भएको छ । तर, त्यहाँ स्थापना हुने उद्योगका लागि विद्युत् दिनका लागि सेजले बनाउनु पर्ने ३३-११ केभीको सबस्टेसन (१० एमभिए) निर्माण प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।

बिजुली अभावले सेजमा उद्योग खोल्न ढिलाइ

बिजुली अभावले सेजमा उद्योग खोल्न ढिलाइ

आइतबार, ०७ माघ २०७४

एक वर्षभित्रै उद्योग स्थापना गर्नेगरी सम्झौता गरिएको भैरहवा सेजमा वर्षदिन बित्नै लाग्दा समेत उद्योग स्थापना प्रक्रिया सुरु हुन सकेको छैन । अन्य पूर्वाधार तथा ऐन तयार भएपनि सेजमा विद्युत् नहुँदा उद्योग स्थापना हुन नसकेको हो।

Ncell Footer Ad